Author: दाश पन्न्नालाल
-

कलैया उमनपामा राष्ट्रिय आर्थिक गणना सचेतना गोष्ठी सम्पन्न, कार्यतालिका सार्वजनिक
कलैया,२० चैत । राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत आज कलैया उप-महानगरपालिकामा पालिका स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0041,0.0044;
brp_del_sen:0.1000,0.1000;
motionR: 65537;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 266.9506;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 33;zeissColor: bright;
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0064,0.0003;
brp_del_sen:0.0500,0.0500;
motionR: 0;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (29, 0);aec_lux: 272.14142;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 35;zeissColor: bright;
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0012,0.0002;
brp_del_sen:0.1000,0.1000;
motionR: 65539;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 261.54742;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 35;zeissColor: bright;
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0016,0.0008;
brp_del_sen:0.1000,0.1000;
motionR: 65536;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 35;zeissColor: bright;
उपमहानगरपालिकाको सभाहलमा सम्पन्न गोष्ठी प्रमुख प्रशासकीय अधिकृत रामबिनय सिंहको अध्यक्षतामा भएको थियो। कार्यक्रममा उपमेयर रौशन प्रविणको विशेष उपस्थिति रहेको थियो। अध्यक्ष सिंहले आर्थिक गणनालाई सफल बनाउन पालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।कार्यक्रममा जिल्ला आर्थिक गणना कार्यालय बाराका प्रमुख राजेश दासले आर्थिक गणनाको उद्देश्य, प्रक्रिया र महत्वबारे सहजीकरण गरेका थिए। उनले विश्वसनीय तथ्यांक संकलनमार्फत नीति निर्माण, योजना तर्जुमा तथा आर्थिक विकासका आधार तयार हुने भएकाले यस अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
नेपालमा आर्थिक गणनाको इतिहास हेर्दा २०७५ सालमा पहिलो पटक गरिएको थियो भने २०८२ मा दोस्रोपटक सञ्चालन हुन लागेको हो। देशभर ८४ वटा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ भने बारामा मात्रै १२ हजार ४४९ प्रतिष्ठान रहेका छन्। औपचारिक रूपमा दर्ता भई आर्थिक कारोबार गरिरहेका उद्योग, पसल, क्याम्पस, विद्यालय लगायत आर्थिक गतिविधिसँग सम्बन्धित सबै प्रतिष्ठानलाई गणनामा समेटिने जनाइएको छ।
यसैबीच, सार्वजनिक कार्यतालिका अनुसार आर्थिक गणना चरणबद्ध रूपमा सञ्चालन हुनेछ। केन्द्रीयस्तरको तालिम फागुन २४–२८ मा सम्पन्न भइसकेको छ भने चैत १–४ मा जिल्ला कार्यालय स्थापना गरिएको छ। चैत तेस्रो हप्तामा सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
चैत २०–२५ मा गणक तथा सुपरिवेक्षकको अन्तर्वार्ता र नतिजा प्रकाशन, चैत २६ देखि बैशाख २ सम्म तालिम, र चैत ३० देखि असार ७ सम्म स्थलगत तथ्याङ्क संकलन गरिनेछ। त्यस्तै असार ८–११ मा छलफल तथा बिदाइ, असार १२–१६ मा अनलाइन प्रविष्टि, असार १७–२१ मा फाराम रुजु तथा ढुवानी, र असार २२–२६ मा आन्तरिक लेखापरीक्षण गरिनेछ। असार मसान्तसम्म जिल्ला आर्थिक गणना कार्यालय बन्द गरिनेछ।
यसअघि बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला स्तरीय सचेतना गोष्ठीमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साहले आर्थिक गणनाको सफलताका लागि सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको बताएका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गणनाका क्रममा सुरक्षा निकायबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए।
-

सभामुखमा डीपी अर्याल निर्विरोध
सभामुखमा डीपी अर्याल निर्विरोध
२० चैत, काठमाडौं — प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल निर्विरोध भएका छन्। यद्यपि, उनको औपचारिक घोषणा भने आगामी प्रतिनिधिसभा बैठकमा गरिनेछ।
सभामुख पदका लागि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। सो अवधिमा अर्यालको मात्र उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध चयन भएका हुन्।
प्रतिनिधिसभा नियमावली–२०७९ को नियम ७ अनुसार सभामुख पदमा एक जनाको मात्र उम्मेदवारी परेमा समर्थक सदस्यले प्रस्ताव प्रस्तुत गरेपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ। सो घोषणा अब बस्ने प्रतिनिधिसभाको बैठकमा गरिनेछ, जुन आगामी आइतबारका लागि तय गरिएको छ।
संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी को स्पष्ट बहुमत रहेका कारण अन्य दलहरूले सभामुख पदमा उम्मेदवारी नदिएको बताइएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्। त्यस्तै नेपाली कांग्रेस का ३८, नेकपा एमाले का २५, नेपाल कम्युनिस्ट पार्टी का १७, श्रम संस्कृति पार्टी का ७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का ५ सांसद रहेका छन्।
संवैधानिक व्यवस्था अनुसार अब उपसभामुखको निर्वाचन प्रक्रिया सभामुखले तोकेको मिति र समयमा हुनेछ। -

सभामुख चयन प्रक्रिया सुरु, डीपी अर्यालद्वारा उम्मेदवारी दर्ता
काठमाडौं, २० चैत्र। प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया सुरु भएसँगै डीपी अर्याल ले उम्मेदवारी दर्ता गराउनुभएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालय मा पुगेर मनोनयनपत्र पेश गर्नुभएको हो।
उहाँको उम्मेदवारीमा रवि लामिछाने प्रस्तावक रहनुभएको छ भने स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थकका रूपमा उभिनुभएको छ।
डीपी अर्याल गत फागुन २१ गते सम्पन्न निर्वाचनमा काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको अनुभवसमेत राख्नुहुन्छ।
संघीय संसद् सचिवालय का अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। दर्ता भएका उम्मेदवारहरूको नामावली आजै दिउँसो साढे २ बजे सार्वजनिक गरिने कार्यक्रम रहेको छ। -

बारामा आर्थिक गणना सचेतना गोष्ठी सम्पन्न, कार्यतालिका सार्वजनिक
बारा,१९ चैत २०८२ । राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत बारा जिल्लामा सचेतना गोष्ठी सम्पन्न भएको छ। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नारासहित जिल्ला आर्थिक गणना कार्यालय बाराले कार्यक्रम आयोजना गरेको हो ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0009,0.0000;
brp_del_sen:0.1000,0.0000;
motionR: 0;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 270.4743;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 34;zeissColor: bright;
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0000,0.0000;
brp_del_sen:0.1000,0.0000;
motionR: 0;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 251.1374;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 34;zeissColor: bright;जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार दिउँसो सम्पन्न गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साहले आर्थिक गणना राष्ट्रको समग्र आर्थिक अवस्थाको आधार तयार गर्ने महत्वपूर्ण प्रक्रिया भएकाले यसको सफलताका लागि मिडिया, उद्योगी, पालिका प्रमुखसहित सबै सरोकारवालाले सक्रिय सहयोग गर्नुपर्ने बताए। उनले कार्यक्रमको प्रशंसा गर्दै सबैले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।कार्यक्रम प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले आर्थिक गणनामा सुरक्षा निकायको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै गणकहरूलाई सुरक्षित वातावरणमा काम गर्न दिइने बताए। साथै, नागरिकलाई घरदैलोमा आउने गणकलाई आवश्यक तथ्यांक तथा सूचना निर्धक्क रूपमा उपलब्ध गराउन आग्रह गरे। यो राज्यद्वारा सञ्चालन गरिने विशुद्ध आर्थिक गणना भएकाले सबैले विश्वस्त भएर सहयोग गर्नुपर्ने उनले उल्लेख गरे।
कार्यक्रममा जिल्ला आर्थिक गणना कार्यालय बाराका प्रमुख राजेश दासले आर्थिक गणनाको उद्देश्य, प्रक्रिया र महत्वबारे सहजीकरण गरेका थिए। उनले विश्वसनीय तथ्यांक संकलनमार्फत नीति निर्माण, योजना तर्जुमा तथा आर्थिक विकासका आधार तयार हुने भएकाले यस अभियानलाई सफल बनाउन सबै सरोकारवालासँग सहयोगको आग्रह गरे। सहभागीहरूले पनि गणना सफल बनाउन स्थानीयदेखि केन्द्रीय तहसम्म समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।
यसैबीच, सार्वजनिक कार्यतालिका अनुसार आर्थिक गणना प्रक्रिया चरणबद्ध रूपमा सञ्चालन हुनेछ। केन्द्रीयस्तरमा अधिकारीहरूको तालिम फागुन २४–२८ मा सम्पन्न भइसकेको छ भने चैत १–४ मा जिल्ला कार्यालय स्थापना गरिनेछ। चैत तेस्रो हप्तामा सचेतना कार्यक्रमहरू सञ्चालन हुनेछन्।
त्यसपछि चैत २०–२५ मा गणक तथा सुपरिवेक्षकको अन्तर्वार्ता र नतिजा प्रकाशन, चैत २६–बैशाख २ मा तालिम, तथा चैत ३० देखि असार ७ सम्म स्थलगत तथ्याङ्क संकलन गरिनेछ। असार ८–११ मा छलफल तथा बिदाइ, असार १२–१६ मा अनलाइन प्रविष्टि, असार १७–२१ मा फाराम रुजु तथा ढुवानी, र असार २२–२६ मा आन्तरिक लेखापरीक्षण गरिनेछ। अन्ततः असार मसान्तसम्म जिल्ला आर्थिक गणना कार्यालय बन्द गरिने जनाइएको छ।
-

संवाहक राष्ट्रिय दैनिक ~ ई- पेपर~ मिति २०८२ चैत्र १९ गते
https://drive.google.com/file/d/1dKpaBkkaIZLaWIDACk1aR92ZtkPKyPo8/view?usp=drivesdkयहाँ बाट डाउनलोड गर्नुहोस् ।247-1
-

कलैयामा जेनजीको मोटरसाइकल र्याली : बालेन सरकार र सुरक्षा निकायको समर्थन
कलैया, चैत १७। बाराका युवाहरूले बालेन सरकार र सुरक्षा निकायको सहयोगमा कलैयामा मोटरसाइकल र्याली आयोजना गरेका छन्।
र्याली जेनजी युथ अफ बाराका संयोजक सौरभ पाण्डेको नेतृत्वमा गरिएको थियो, जसमा युवाहरूले सरकारको सकारात्मक काम र सुशासनको महत्त्व जनसमुदायमा प्रचार गरेका छन्।
र्याली दरबार रोडबाट सुरु भएर भरत चोक, बालमन्दिर, श्री ३ चन्द्र रोड, देवकोटा चोक, गुप्ता पेट्रोल पम्प हुँदै बजार क्षेत्रमा सम्पन्न भएको थियो। सहभागीहरूले सडकमा जनतालाई अभिवादन गर्दै, “भ्रष्टाचारी जेलमा, नयाँ सरकारको काम सफल” लगायतका नारासहित जनचेतना अभिवृद्धि गर्ने प्रयास गरेका थिए।
जेनजी युथ संयोजक पाण्डेले भने, “यो र्यालीले युवाहरूमा राष्ट्रप्रतिको जिम्मेवारी र भ्रष्टाचारविरुद्ध आवाज उठाउने चेतना जगाउँछ। हामी सबैले सरकार र सुरक्षा निकायसँग सहकार्य गर्दै देशमा शान्ति कायम राख्नुपर्छ।”
उक्त कार्यक्रममा सौरभ चौगाई, सुरज साह, संजय चौधरी, प्रशान्त यादव, आनन्द गुप्ता, रोहित पटेल, अशोक पाण्डे, सुरज खनाल, लालु गुप्ता र एजाजुल अंसारी लगायतका जेनजी युथका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
आयोजकहरूले बताएअनुसार, र्यालीले शान्ति, सुशासन र भ्रष्टाचारविरुद्ध युवाको भूमिकालाई समुदायमा प्रष्ट रुपमा देखाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
-
सुशासन मार्गचित्र–२०८२ : जिल्ला समन्वय समिति खारेज गर्न सिफारिस
काठमान्डौ, १७ चैत ।प्रशासनिक खर्च कटौती र संरचनागत सुधारलाई लक्ष्य बनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सुशासन मार्गचित्र–२०८२ ले देशभरका जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सिफारिस गरेको छ।
२०७२ को संविधानअनुसार ७७ वटै जिल्लामा स्थापना गरिएको जिससलाई गाउँपालिका, नगरपालिका तथा संघ–प्रदेशका कार्यालयबीच समन्वय गर्ने संवैधानिक निकायका रूपमा परिभाषित गरिएको छ। संविधानको धारा २२० मा प्रमुख, उपप्रमुख, कम्तीमा तीन महिला तथा एक दलित वा अल्पसंख्यक सदस्यसहित ९ सदस्यीय संरचना रहने व्यवस्था छ।
तर व्यवहारमा जिससले अपेक्षित रूपमा समन्वय, अनुगमन तथा विकास–निर्माणमा सन्तुलन कायम गर्न नसकेको निष्कर्ष अध्ययन समितिले निकालेको छ। साथै, संरचना प्रभावकारी नभई खर्चिलो बन्दै गएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
तत्कालीन सरकारले सुशासन मार्गचित्र तयार पार्न सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिले तयार पारेको प्रतिवेदनमा संरचनागत सुधारका प्रमुख बुँदामध्ये जिसस खारेजीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ।
प्रशासनिक संरचनालाई थप चुस्त, किफायती र परिणाममुखी बनाउने उद्देश्यसहित गरिएको यो सिफारिस कार्यान्वयनमा आएमा स्थानीय तहको शासन संरचनामा ठूलो परिवर्तन आउने आकलन गरिएको छ।


