कलैया उमनपामा राष्ट्रिय आर्थिक गणना सचेतना गोष्ठी सम्पन्न, कार्यतालिका सार्वजनिक

दाश पन्न्नालाल दाश पन्न्नालाल 253 Views

कलैया,२० चैत । राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत आज कलैया उप-महानगरपालिकामा पालिका स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0041,0.0044;
brp_del_sen:0.1000,0.1000;
motionR: 65537;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 266.9506;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 33;zeissColor: bright;
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0064,0.0003;
brp_del_sen:0.0500,0.0500;
motionR: 0;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (29, 0);aec_lux: 272.14142;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 35;zeissColor: bright;
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0012,0.0002;
brp_del_sen:0.1000,0.1000;
motionR: 65539;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 261.54742;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 35;zeissColor: bright;

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0016,0.0008;
brp_del_sen:0.1000,0.1000;
motionR: 65536;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 35;zeissColor: bright;

उपमहानगरपालिकाको सभाहलमा सम्पन्न गोष्ठी प्रमुख प्रशासकीय अधिकृत रामबिनय सिंहको अध्यक्षतामा भएको थियो। कार्यक्रममा उपमेयर रौशन प्रविणको विशेष उपस्थिति रहेको थियो। अध्यक्ष सिंहले आर्थिक गणनालाई सफल बनाउन पालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

कार्यक्रममा जिल्ला आर्थिक गणना कार्यालय बाराका प्रमुख राजेश दासले आर्थिक गणनाको उद्देश्य, प्रक्रिया र महत्वबारे सहजीकरण गरेका थिए। उनले विश्वसनीय तथ्यांक संकलनमार्फत नीति निर्माण, योजना तर्जुमा तथा आर्थिक विकासका आधार तयार हुने भएकाले यस अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

नेपालमा आर्थिक गणनाको इतिहास हेर्दा २०७५ सालमा पहिलो पटक गरिएको थियो भने २०८२ मा दोस्रोपटक सञ्चालन हुन लागेको हो। देशभर ८४ वटा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ भने बारामा मात्रै १२ हजार ४४९ प्रतिष्ठान रहेका छन्। औपचारिक रूपमा दर्ता भई आर्थिक कारोबार गरिरहेका उद्योग, पसल, क्याम्पस, विद्यालय लगायत आर्थिक गतिविधिसँग सम्बन्धित सबै प्रतिष्ठानलाई गणनामा समेटिने जनाइएको छ।

यसैबीच, सार्वजनिक कार्यतालिका अनुसार आर्थिक गणना चरणबद्ध रूपमा सञ्चालन हुनेछ। केन्द्रीयस्तरको तालिम फागुन २४–२८ मा सम्पन्न भइसकेको छ भने चैत १–४ मा जिल्ला कार्यालय स्थापना गरिएको छ। चैत तेस्रो हप्तामा सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

चैत २०–२५ मा गणक तथा सुपरिवेक्षकको अन्तर्वार्ता र नतिजा प्रकाशन, चैत २६ देखि बैशाख २ सम्म तालिम, र चैत ३० देखि असार ७ सम्म स्थलगत तथ्याङ्क संकलन गरिनेछ। त्यस्तै असार ८–११ मा छलफल तथा बिदाइ, असार १२–१६ मा अनलाइन प्रविष्टि, असार १७–२१ मा फाराम रुजु तथा ढुवानी, र असार २२–२६ मा आन्तरिक लेखापरीक्षण गरिनेछ। असार मसान्तसम्म जिल्ला आर्थिक गणना कार्यालय बन्द गरिनेछ।

यसअघि बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला स्तरीय सचेतना गोष्ठीमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साहले आर्थिक गणनाको सफलताका लागि सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको बताएका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गणनाका क्रममा सुरक्षा निकायबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया
Share This Article