पूर्वमुख्यमन्त्री यादवद्वारा ढल्केवरमा ‘लियो होटल’ उद्घाटन
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले ढल्केवरमा सञ्चालनमा आएको ‘लियो होटल’ले स्थानीय अर्थतन्त्र, पर्यटन र आतिथ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
धनुषाको मिथिला नगरपालिका–ढल्केवरमा नव निर्मित ‘लियो होटल’को उद्घाटन गर्दै उनले मधेस प्रदेशको व्यापारिक तथा यातायात केन्द्रका रूपमा विकास भइरहेको क्षेत्रमा गुणस्तरीय होटल सञ्चालनमा आउनु सकारात्मक उपलब्धि भएको बताए।
उनले यस्ता लगानीले रोजगारी सिर्जना गर्नुका साथै सेवा क्षेत्रको विस्तारमा समेत सहयोग पुग्ने धारणा राखे। प्रदेश सांसद हरिनारायण महतोको पहलमा निर्माण गरिएको होटलको उद्घाटन समारोहमा कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका नेता, उद्योगी–व्यवसायी, सामाजिक अगुवा, बुद्धिजीवी, युवा तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पूर्वमुख्यमन्त्री यादवले रिबन काटेर होटलको पहिलो तलाको उद्घाटन गरेका थिए भने दोस्रो तलाको उद्घाटन रिमोटमार्फत गरिएको थियो। त्यसपछि उनले होटलको अवलोकन गर्दै उपलब्ध सेवा–सुविधाबारे जानकारी लिएका थिए। कार्यक्रममा बोल्दै कार्यवाहक मुख्यमन्त्री समिरले नयाँ होटल सञ्चालनमा आएसँगै ढल्केवर क्षेत्रमा आतिथ्य सेवा विस्तार हुनुका साथै पर्यटन तथा व्यापारिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।
होटल सञ्चालक तथा प्रदेश सांसद महतोले स्थानीय आवश्यकता र ग्राहकको सुविधालाई मध्यनजर गर्दै होटल सञ्चालनमा ल्याइएको बताउँदै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको ढल्केवर पछिल्लो समय व्यापार, यातायात र सेवा क्षेत्रको केन्द्रका रूपमा विस्तार हुँदै गएको छ।
यसै क्रममा ‘लियो होटल’ सञ्चालनमा आउनुलाई स्थानीय व्यवसायिक तथा आतिथ्य क्षेत्रको नयाँ लगानीका रूपमा हेरिएको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0