बारा प्रहरीले छपकैया सोनार हत्याका आरोपी साहलाई पक्राउ पछि सार्बजनिक

दाश पन्न्नालाल
2 Min Read

१५ कार्तिक, कलैया । प्रहरीको तादारुक्ताले छपकैया सोनार हत्याकाण्डका आरोपी विजय कुमार साहलाई पक्राउ गरि आज बारा प्रहरीले प्रेस मिट गरि सार्वजनिक गरेको छ।

घटनाबारे अनुसन्धान पश्चात पर्साको साविक गा.वि.स.बिश्रामपुर वडा नं.७ हाल बहुदरामाई नगरपालिका वडा नं.९ बस्ने अं. वर्ष २८ को बिजय कुमार साहलाई सोनार हत्या पक्राउ गरिएको प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्।

कार्तिक १ गते बिहान अं. साढे ९ बजे बजेको समयमा  बारा प्रसौनी गाँउपालिका वडा नं. १ त्रिवेणी स्थित गण्डक नहरमा मृत अवस्था पुरूषको शव बरामद गरिएको थियो।

घटनाख सूचना प्राप्त हुन साथ प्रहरी टोली घटना स्थल मुचुल्का गरी मृतकको बारेमा बुझ्दा पर्सा वीरगंज महानगरपालिका वडा नं. ३ छपकैया टोल बस्ने वर्ष २६ को बिरेन्द्र साह सोनार मृत शव कुहिन लागेको अवस्थामा बरामद गरिएको थियो।

हत्या आरोपी साहलाई ७ कार्तिक ५ बजेको समयमा बारा कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा स्थित दशगंजाबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।

घटना अनुसन्धान गर्दा निज मृतकको श्रीमति संग प्रेम सम्बन्धको कारणले विबाद हुँदा गमछाले पछाडीबाट घाँटीमा कसी हत्या गरी असोज २७ गते राती साढे ९  बजेको समयमा बारा प्रसौनी गाँउपालिका वडा नं. १ त्रिवेणी स्थित गण्डक नहरमा फालेको भनि स्वीकार गरेकोले कानुन बमोजिम कार्यवाही प्रकृया अगाडी बढाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायाब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *