बाराको आमाडारमा फेला परेको वेवारिसे कार भित्रको शवको पहिचान खुल्यो

दाश पन्न्नालाल
2 Min Read

संवाहक 

अनलाईन/ राष्ट्रिय दैनिक

६ पुस, बारा–– बारामा शनिबार बिहान फेला परेको शवको पहिचान खुलेको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर–११ आमाडार पुल स्थित आमाडार लोसन्डा जाने भित्रि सडक खण्डको छेउमा आफ्नै साईडमा कारमा पहिचान नखुलेका मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि गरेको छ ।

प्रहरी उपरिक्षक महेन्द्र खड्काले बेवारिसे अवस्थामा फेला परेको शव प्रहरीको कार्यालय सहयोगी ४० वर्षिय राजकुमार रुम्बा रहेको बताएका छन् । उनका अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।

उनले भने, ‘मृतक रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टरको गाडी मागेर गएका थिए, काम विशेषले गाडी मागेर गएको जानकारी आएको छ । त्यसपछि आज बिहान मृत भेटिएका हुन ।’

बेवारिसे हत्या गरिएको अनुमान रहेता पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको बारा प्रहरी प्रमुख खड्काले जनाएका छन् । उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौँ । सम्बन्धित सबैसँग सोधपुछ चलिरहेको छ । त्यसकारण अहिले केही बोल्न सकिने अवस्था छैन ।’

बागमती नम्बरको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र प्रहरीका भान्से रुम्बाको शव भेटिएको हो । यो गाडी बारा सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले जानकारी दिएको छ । मृतकको टाउको पछाडि गहिरो चोट लागेको बारा प्रहरीले जनाएको छ ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *