Author: दाश पन्न्नालाल

  • पथलैया चौकीका बरिष्ठ सई अधिकारीद्धारा साढे ४ किलो लागू औषध गाँजा सहित १ जना पक्राउ

    पथलैया चौकीका बरिष्ठ सई अधिकारीद्धारा साढे ४ किलो लागू औषध गाँजा सहित १ जना पक्राउ

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    २८ माघ, कलैया— विशेष सूचनाको आधारमा पथलैयाबाट आज पौने ३  बजेको समयमा साढे ४ किलो लागू औषध गाँजा सहित १ जनालाई पथलैया प्रहरीले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा भारत बिहार राज्य बेतिया जिल्ला ग्राम भवरा वडा नं. ८ बस्ने वर्ष ४५ को बिजय श्रीवास्तव रहेको प्रहरीले जनाएको छ।

    जितपुरसिमरा उपमहानगरपालिका – १ पथलैया स्थितबाट चौकीका प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको चेकिङ टोलिले यात्रुबाहक बसलाई चेेकजाँच गर्ने क्रममा लागू औषध सहित मानिदलाई पक्राउ गरिएको जनाईएको छ।

    नारायणघाटबाट बिरगंज तर्फ आउदै गरेको ना ६ ख ५३०९ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार को साथमा रहेको कालो ब्यागबाट अवैध लागु औषध गाँजा साढे ४ किलो फेला पारी लागु औषध गाँजा सहित पक्राउ गरिएकालाई  आवश्यक प्रकृया अगाडी बाढाईएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

     

  • १० दिन देखि वेपता वालक अंशको शव फेला

    १० दिन देखि वेपता वालक अंशको शव फेला

    संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    २७ माघ, कलैया— बाराको जीतपुरबाट १० दिन अघि  देखि हराएका तीन वर्षीय बालक अंश चौधरी जयसवाल शनिबार दिउँसो मृत भेटिएका छन् ।

    मृत भेेटिएका बालक अंश माघ १७ गते देखी हराएका थिए। उनलाई व्यापक खोजि भईरहेका थिए।

    जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ र वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को बीचमा रहेको टेडा रोडको किया सोती खोलामा बालक मृत भेटिएका हुन् ।

    ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइवाको नेतृत्वमा रहेको प्रहरी टोली र सरसफाईकर्मीले बिहानदेखि किया सोती खोलाको पानी घटाएर फोहोर पन्छाउँदै खोजी गरेको थियो । खोजी गर्दै जाँदा बालक घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् ।

    पानीमा डुबेको अवस्थामा भेटिएका बालकको शरीर सुन्निएको छ । उनको मृत्यु कहिले र कसरी भयो भन्ने खुल्न सकेको छैन । प्रहरी टोलीले बालकको शव शल्यपरीक्षणका लागि कलैया अस्पताल पठाएको छ । प्रहरी नायब उपरीक्षक वाइवाले शल्यपरीक्षण रिपोर्टबाट बालकको मृत्युको कारण खुल्ने जानकारी गराएकि छिन् ।

    बालक भेटिएको स्थान पथलैया–वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत जीतपुर चोकबाट करिब आधा किलोमिटर पश्चिमतर्फ पर्दछ । १० दिनअघि हराएका बालकलाई सिसिटिभी फुटेजमा सोही क्षेत्रको वरपर हिडिरहेको अवस्थामा देखिएको थियो ।

    प्रहरीले यसअघि वीरगन्जस्थित विपद् व्यवस्थापनमा रहेका तालिमप्राप्त कुकुर ल्याएर सो क्षेत्रमा बालकको खोजी समेत गरेको थियो । तालिमप्राप्त कुकुर खोलानजिकको सोही सडक हुँदै पश्चिमतर्फ गएको थियो ।

    रौतहटको दुर्गाभगवती गाउँपालिका १ घर भएका रितेश चौधरी र अञ्जली चौधरीले छोरा अंशलाई करिब डेढ महिनाअघि जीतपुरस्थित मामाघर पठाएका थिए । पाँच महिनाअघि छोरीलाई जन्म दिएकी अञ्जलीले चिसोको समयमा दुई बच्चालाई एकैसाथ स्याहार गर्न गाह्रो भएपछि अंशलाई मामाघर पठाएकी थिईन् ।

    अंश डेढ महिनादेखि मामाघरमै बस्दै आएका थिए । मामाघरमा उनलाई हजुरआमाले स्याहार गरिरहेकी थिईन् ।  अंश घरको आगनमा खेलिरहेका थिए भने हजुरआमा घरको काम समेत गरिरहेकी थिईन् ।

    त्यसैबेला आगनबाट बेपत्ता भएका अंश केही समयमा बजार क्षेत्रको सिसिटिभी क्यामरामा एक्लै दौडिरहेको अवस्थामा कैद भएका थिए । घरवरपरको क्षेत्रमा खोजी गरिएपनि नभेटेपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।

    घटनाको जानकारी पाएदेखि ईलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय जीतपुर, पथलैया चौकीका प्रहरी टोलीले बालकको खोजी गरिरहेको थियो । मृत्युको कारणबारे शवको पोष्टमार्टम भएपछि थप पता लाग्ने बाराका प्रहरी उपरिक्षक संतोष तमाङ्गले जानकारी गराएका छन्।

    मृतक बालकको सनाखत भईसकेको र शव परिक्षणको लागि प्रदेशिक अस्पताल कलैयामा ल्याईएको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

     

  • पिप्राविर्तामा ४ कोठे भवनको मेयर यादवद्धारा शिलान्यास

    पिप्राविर्तामा ४ कोठे भवनको मेयर यादवद्धारा शिलान्यास

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    २६ माघ, कलैया — गुणस्तरीय शिक्षाको लागि विद्यालयलाई भौतिक पुर्वाधार सम्पन्न बनाउन  महागढीमाई नगरपालिका- ९ पिप्राविर्तामा नगरप्रमुख उपेन्द्र प्रमाद यादवले शुक्रवार नेपाल गष्ट्रिय माध्यमिक विद्यालय पिप्रा विर्तामा चार कोठे भवनको एक कार्यक्रमका बिच शिलान्यास गरेका छन्।

    पुराना भवन जिर्ण भईसकेकोले कक्षाकोठाको अभाावमा विद्यार्थीहरुको पठनपाठनमा समस्या हुँदै आएको अवस्थामा भवन निर्माण पछि सो समाधान हुने मेयर यादवले बताएका छन्।

    यस वडामा एक मात्र माद्यमिक विद्यालय छ। स्थानियले भवनको माग गर्दै आएकोमा गुणस्तरिय शिक्षाको लागि चार कोठे भवनको शिलान्यास टेवा पुर्याउने उनले बताए।

    यसै आर्थिक वर्षमा कार्य पूरा गर्ने लक्षय अनुरुप निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई मेयर यादवले निर्देशन समेत दिए।

    महागढीमाई नगरपालिकाको कार्यालयले बजेटको जोहो गरेर भएपनि विद्यालयमा पूर्वाधार निर्माण अभियान संचालन गरेको उनले बताए।

    शिक्षाको विकासमा नगरपालिका सधै एक कदम अगाडी रहेको र नागरिकको माग अनुसार काम गर्न आफू तत्पर रहेक उनको भनाई थियो।

    शिलान्यास भएको  ४ कोठे भवनको ६५ लाख लागतमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न हुने  र  यसकोलागि नगरपालिकाले ५५ लाख एकमुष्ट उपलब्ध गराउने नगर शििक्षा समिति संयोज परमहंश यादबले जानकारी गराएका हुन्।

    सो कार्यक्रममा महागढीमाई नगर पालिकाका बडा सदस्य, शिक्षा शाखा प्रमुख रामविश्वास चौरसिया, नगर शिक्षा समिति संयोजक परमहंश यादव, शिक्षा प्रेमी समाजसेवी रामनरेश दास, स्थानिय दिपनारायण कुश्वाहा , दिनेश पटेल, शिक्षक कर्मचारी लगायतका सहभागिता रहेको प्रधानध्यापक रामायण यादवले जानकारी गराएका छन्।

    कक्षाकोठाको अभावमा सकसपुर्ण अध्ययन् अधयापन भईरहेको अवस्था छ । भवन निर्माण छिट्टै भए सो समस्या हदसम्म हटने शिक्षक द्वय रसिद अंसारी र नागेन्द्र कुश्वाहाले बताए।

    भवन शिलान्यास सँगै स्थानियमा उत्साह बढेको शिवनाथ यादवले बताए।

  • एसपी तमाङ्गको एक्सन ९ बिगाहाको गाँजा खेती फँडानी तथा नष्ट

    एसपी तमाङ्गको एक्सन ९ बिगाहाको गाँजा खेती फँडानी तथा नष्ट

      संवाहक

    अनलाई / राष्टरिय दैनिक

     २४ माघ, कलैया–    बाराको उतरी भेेगमा लुकाई छिपाई ९ बिगाहा खेतमा लगाएको अबैध गाँजा खेती फँडानी तथा नष्ट गरिएको प्रहरी उपरिक्षक संतोष तमाङ्गले बताएका छन्।

    जिल्लाको कमाण्ड सम्भाले पछि पत्रकारसँग साक्षात्कार गर्दै गाँजा खेेती जहाँ भएपनि अमीन लगाएर सिमाना एकिन गरि फडानी गर्ने प्रतिबद्धता गरेको तेस्रो दिनमै भनाई र गराईको एक्सन देखिएको छ।

    ईलाका प्रहरी कार्यालय अमलेखगंजले जीतपुर सिमरा उपमहानगरपालीका –  २२ टोल चकरी गाँउ र नयाँ बस्तीमा लगाईएका अबैध गाँजा खेति ५ बिगाहामा करिब १ लाख  बोटहरू फडानी तथा नष्ट गरिएको प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यलाय निजगढले निजगढ नगरपालिका- १२ र  १३ नम्बर वडाको एरियामा ४ बिगाहामा लगाईएका गाँजा ८० हजार बोटहरू फडानी तथा नष्ट गरिएको हो।

    प्रहरी कारवाहीको सिलसिलामा आज साढे ९ बजेदेखि. साढे ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय  र मातहतका प्रहरी ईकाइबाट खटी गएको प्रहरी टोलीले जिल्लाको बिभिन्न स्थानहरूमा ९  बिगाहा खेतमा अवैध रूपमा लगाएको गाँजाको अं.१ लाख ८० हजार   बोटहरू फडानी तथा नष्ट गरिएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जाकारी गराएका छन्।

  • साढे ६६ लाखको समान सहित ट्रक पथलैयाका बरिष्ठ सई अधिकारीको नियन्त्रणमा

    साढे ६६ लाखको समान सहित ट्रक पथलैयाका बरिष्ठ सई अधिकारीको नियन्त्रणमा

     संवाहक

    अनलाई / राष्ट्रिय दैनिक

    २४ माघ, कलैया — विशेष सूचनाको आधारमा पथलैया र मटिअर्वा प्रहरीले साढे  ६६ लाख बराबरको समान सहित १ ट्रक  नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ।

    प्रहरी चौकी पथलैयाले आज विहान ६:५० बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चौकबाट प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले गाडी चेेकजाँच गरेका थिए।

    उक्त टोलीले गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ७ ख ४५६३ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा लोड गरेको मुल्य रु.६५ लाख २९ हजार ९ सय ५० रुपैया बराबरको कस्मेटिक, जुता, कपडा, औषधी, हाडवेयर लगायतका अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिईएको जनाईएको छ।

    त्यस्तै,  प्रहरी चौकी मटिअर्वाले पनि आज दिउँसो साढे ११ बजेको समयमा कलैया उप-महानगरपालिका-  १० शनिचरा मठबाट प्रहरी हवलदार प्रितम पटेलको कमाण्डमा खटिएको गस्ती टोलीले  रू १ लाख १८ हजार बराबरको कपडाहरू बरामद गरेको छ।

    भारतबाट नेपाल तर्फ टाउकोमा बोकि लुकाई छुपाई ल्याउदै गरेको अवस्थामा गस्ती टोलीलाई देखी कपडा फाली फरार रहेकोले उक्त समानहरू नियन्त्रणमा लिईएको प्रहरीको भनाई रहेको छ।

    जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले गाडीहरूलाई चेेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. ६६ लाख ४७ हजार ९ सय ५० रूपैया बराबरको विभिन्न समानहरू सहित १ ट्रक  नियन्त्रणमा लिई आवश्यक कारवाहीको भईरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

     संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    २४ माघ, कलैया— बारामा सवारी दुर्घटनामा परी १ जना पुरूष व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।

    ट्याक्टरले विपरित दिशा तर्फ आउदै गरेको मोटरसाईकललाई ठक्कर दिदा  बारा कलैया उप-महानगरपालिका वडा –  १६ मझौलिया टोल बस्ने अं. ३१ को बिजयकुमार महतोको मृत्यु भएको छ।

    माघ २३ गते राती करिब  ९ बजे दुर्घटना भएको हो। दुर्घटनामा परि पछि घाइते महतोको विरगंज स्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    जीतपुरसिमरा उप-महानगरपालिका वड नं. २४ हरपुर पुल स्थितमा श्रीपुरबाट मिलनचोक तर्फ जाँदै गरेको ना ३ त ८४१९ नं. को ट्याकटरले नितपुरबाट हरपुर तर्फ आउँदै गरेको ना ६५ प ५५०५ नं. को मोटरसाईकललाई ठक्कर दिदाँ घाईते भई उपचारको लागी बीरगंजको ब्योधा अस्पतालमा भर्ना गरी उपचारको क्रममा गएराती  सावा १० बजेको समयमा महतोको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

    ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको र ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ।

  • सावा ६४ लाख बराबरको समान सहित गाडी प्रहरीको नियन्त्रणमा

    सावा ६४ लाख बराबरको समान सहित गाडी प्रहरीको नियन्त्रणमा

     संवाहक 

    अनलाईन / राष्टरिय दैनिक

    २३ माघ, कलैया— विशेष सुचनाको आधारमा पथलैया र अमलेखगंज प्रहरीले सावा  ६४ लाख  बराबरको समान सहित  गाडी प्रहरीले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यालय अमलेखगंजले आज  साडे ९ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – २१ अमलेखगंज चौक स्थितमा बिरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख ८३०५ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.४१ लाख ८६ हजार ३० सय  बराबरको wire,toweler,tyre,plywooel jail, led light, नेपाली कपडा र चिनी लगायतका अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिईएको हो।

    त्यसेगरि, १ बजेको समयमा जितपुर सिमरा उप-महानगरपालिका –  – २१ अमलेखगंज चौक स्थितमा बिरगंज बाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.२-०३-००१ च ०७७५ नं. को पिकअपलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.२१, लाख ७४ हजार ८ सय  बराबरको brass utensil-४७ बोरा सहित पिकअप नियन्त्रणमा लिईएको बताईएको छ।

    त्यस्तै, प्रहरी चौकी थलैयाले आजै राति ६ बजेको समयमा जितपुर सिमरा उप-महानगरपालिका – .१ पथलैया चौक स्थितमा यस कार्यालयबाट प्रहरी बरिषठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले गौर बाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख १४६३ नं. को बसलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.६१ हजार ३ सय  ५० रूपैया बराबरको ४ कार्टुन चार्जर र डाटाकेवल समानहरू नियन्त्रणमा लिईएको छ।

    गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६४ लाख २२ हजार ४ सय ५० रूपैया बराबरको विभिन्न समानहरू सहित १ ट्रक १ पिकअप नियन्त्रणमा लिई आवश्यक कारवाही बढाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • ९ किलो लागू औषध गाँजा सहित ३ जना प्रहरीको नियन्त्रणमा

    ९ किलो लागू औषध गाँजा सहित ३ जना प्रहरीको नियन्त्रणमा

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    २३ माघ, कलैया– इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक सुरेश राज भट्टको कमाण्डमा प्रहरीले  ९ किलो २ सय ग्राम लागू औषध गाँजा सहित १ पुरूष र २महिला गरी ३ जना प्रहरीको नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ।

    विशेष सूचनाको आधारमा आज बिहानै अं.०७:४० बजेको समयमा  प्रसौनी गाँउपालिका – २ स्थित बजार टोलबाट भलुही तर्फ पैदल जादै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा बारा प्रसौनी गाँउपालिका – २ प्रसौनी बस्ने बागर मुखियाको श्रीमती अं.बर्ष ५५ कि रम्भा देवी मुखियाको साथमा अं.३ के.जि १ सय ४१ ग्राम , सोही ठाँउ बस्ने निजको छोरा अं.बर्ष ३८ को जोगिन्द्र मुखियाको साथमा अं.२ के.जी.६ सय ४३ ग्राम र  पर्सा बिन्दाबाशिनि गाँउपालिका – २ गर्दौल बस्ने जंगली मुखियाको श्रीमती अं.बर्ष ६० की ममता देवी मुखियाको साथबाट अं.२ के.जि.६ सय ५९ ग्राम र ७ सय ९८ ग्राम झोलामा रहेको लागू औषध गाँजा ९ किलो २ सय ग्राम सेतो प्लाष्टिकमा प्याक गरीको ३ पोका बरामद गरिएको प्रहरीको दाबी  छ।

    पक्राउ गरि शरिर खानतलासि गर्दा ३ जनाको कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३ पोका अं.९ के.जि.२ सय ग्राम प्लाष्टिक सहित  लागू औषध गाँजा बरामद गरी ३ जना मानिस सहित नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको  प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

     

  • २ हजार लिटर अबैध घरेलु मदिरा गंजभवानीपुर प्रहरीद्धारा नष्ट

    २ हजार लिटर अबैध घरेलु मदिरा गंजभवानीपुर प्रहरीद्धारा नष्ट

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    २३ माघ, कलैया– बाराको महागडछीमाई स्थित गंजभवानीपुर प्रहरी चौकीको सक्रिय अभियानको करवाहीको सिलशिलामा  करिब २ हजार लिटर अबैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको बारा प्रहरीले जनाएको छ।

    माघ २१ गते साढे २ बजेदेखि करिब १  बजेसम्म प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका – ०३ र  १०  वडा स्थित ३ स्थानमा सञ्चाल गरेको अबैध मदिरा भट्टी नष्ट गरिएसँगै उत्पादित मदिरा तथा कच्चा पदार्थ समेत नष्ट गरिएको हो।

    नष्ट घरेलु मदिरा तथा उत्पादन गर्न तयारी मदिरा २ सय लिटर अं. मुल्य रू. २० हजार र कच्चा पदार्थ १ हजार ८ सय लिटर अं. मुल्य रू. ९० हजार बराबरको रहेको बताईएको छ।

    रक्सी उत्पादनका सामग्री भट्ठी संख्या -३ ,सानो ड्रम – ५  ठुलो ड्रम- २  नियन्त्रणमा लिई भट्ठी समेत नष्ट गरिएको प्र्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • साढे २९ लाख बराबरको समान प्रहरीको नियन्त्रणमा

    साढे २९ लाख बराबरको समान प्रहरीको नियन्त्रणमा

     संवाहक

    अनलाईन / राष्टॐरिय दैनिक

    २३ माघ , कलैया– बारा प्रहरीले गाडी चेक जाँचको क्रममा साढे २९ लाख बराबरको समान नियन्त्रणमा लिएको जनाएको छ।

    माअ २१ गते बेलुका साढे ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरिक्षक मोह नारायण रायको कमाण्डमा खटीएको प्रहरी टोलीले सो रिमाण बराबरको समान बरामदबगरेको हो।

    जितपुर सिमरा उप-महानगरपालिका- ७ जीतपुर चोक स्थितमा वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको लु १ ख ७९६९ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि समान रहेको र समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. २९ लाख ४८ हजार ९ सय ५३ रूपैया बराबरको ट्रकमा लोड रहेको हाडवेयर सामान अल्मुनियम सिट ,SS हेण्डल , SS टवेयर वेल्ट , इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन ,सब विलेट ,बालनट इन्सेल  लगायत समानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी गराएका छन्।