Author: दाश पन्न्नालाल

  • नव जन्म पुनस्थापना केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ गर्न पिडित परिवार सहित स्थानियको कलैयामा विरोध प्रदर्शन

    नव जन्म पुनस्थापना केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ गर्न पिडित परिवार सहित स्थानियको कलैयामा विरोध प्रदर्शन

     संवाहक

    अनलाई / राष्ट्रिय दैनिक

    ४ माघ, कलैया —- सुधार गृहको रुपमा संचालित रहेका नव जन्म पुनस्थापना केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ गरी कारवाहीको माग गर्दै कलैयामा आइतबार बिरोध प्रदर्शन गरिएको छ।

    कलैया उपमहानगरपालिका–१ स्थित सो सुधार केन्द्रमा कुटपिट गरी हत्या गरिएका ३७ वर्षिय युवक प्रदिपप्रसाद मण्डलका परिवार र स्थानीयले बिरोध प्रदर्शन गरेका हुन्।

    मृतक मण्डलका परिवारजन र स्थानीयहरुले संचालकलाई पक्राउ गर,पीडितलाई न्याय दे,दोषी हत्यारालाइ कार्वाही गर,पीडितलाई न्याय दे,थप सिसिटिभी फुटेज सार्बजनिक गर लगायतका प्लेकार्ड लिई नाराहरु लगाउदै कलैया बजारभरी परिक्रमा गरेका हुन्।

    बिरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमा पुगि पीडित परिवारले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन पत्र समेत बुझाए। 

    सुधार केन्द्रमा कुटपिट गरि हत्या गरिएको घटनामा प्रहरीले किटानी जाहेरीमा परेका ९ मध्ये सात जना अभियुक्तहरुलाइ पक्राउ गरेको ज्तर सुधार केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ नगरिएको भन्दै मन्सुरलाई पनि पक्राउ गर्नुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ।

    घटनामा संलग्न रहेका जो प्रामणले पुष्टि भएको हो जो छन् केही पक्राउ परेका छन् र अन्य फरारलाई कानुनको दायरामा ल्याई कानुन बमोजिम कार्यवाही हुने बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पिडित परिवारबाट ज्ञापन पत्र बुझेपछि छलफलमा यस्तो बताएका हुन्।

     मृतक पीडित परिवारसित कुराकानी गर्दै बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष तामाङले अभियुक्तहरुलाइ पक्राउ गरि सकिएकोले उनीहरुलाई कानुन बमोजिम सजाय हुने बताए।

    सुधार गृह भित्रै कुटपिट गरिएको सिसिटिभी फुटेज लगायतका प्रमाणहरु बरामद गरि घटनाको अनुसन्धान सूक्ष्म ढंगबाट प्रहरीले गरिरहेको उनले भने।

    कलैया–९ रामपुरका मण्डललाई बिहीबार मध्यराति अनुशासन भंग गरेको भन्दै सजाय दिन खोज्दा उनले नमानेपछि सामूहिक रुपमा कुटपिट गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ तर घटना प्रकृति हेर्दा हत्या नै हो, आरोपितलाई तत्कालै पक्राउ गरि ज्यान मारने कसुरमा मुद्दा दर्ता भईसकेको छ सआथै फरार रहेकालई खोजी कार्य जारी रहेको बाराका प्रहरी प्रमुख एसपी तमाङले बताए ।

    सुधार गृह भित्रको सिसिटिभि फुटेजमा लात ‘मुक्काले अनुहारमा कुटपिट गरिएको संकलित प्रमाणले प्रस्ट भएको छ,’ उनले भने, ‘मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ ।

    शारीरिक यातना दिन मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न उनले नमानेपछि कुटपिट गरिएको देखिन्छ ।’ मण्डललाई दुई साता अघि परिवारले नै पुनःस्थापना केन्द्रमा राखेका थिए ।

    लागूऔषधको कुलतमा फसेकाहरूको सुधारका लागि सञ्चालनमा ल्याइएको पुनःस्थापना केन्द्र जिल्ला प्रशासन बारामा दर्ता नभएको र सञ्चालनको अनुमतिसमेत नलिएको सञ्चालकका भाइ तमन्ना मन्सुरले प्रहरीलाई बयान दिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरीका प्रहरी निरीक्षक रादेश खत्रीले बताए ।

    यता सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको नेतृत्वमा जनस्वास्थ्य कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत संचारकर्मीहरु सहितको अनुगमन टोली बारामा रहेका सुधार केन्द्रहरुको आज बाट अनुगमन सुरु गरेको हो ।

    अनुगमनको क्रममा सुधार केन्द्रहरुको भौतिक अवस्था, गुणस्तर, पालना गर्ने नियम, दर्ता भए नभएको कागजपत्र तथा अन्य सेवासुविधाको अवस्था बारे हेर्ने काम भएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताएका छन् । मनपरि ढंगले खोलिएका यस्ता सुधार गृहले मापदण्डको पालना नगरेकि देखिएकोले विदमान घटनाको समस्या सृजना भएको हो।

  • नव जन्म पुनस्थापना (सुधार) केन्द्रमा मण्डलको कुटपीटबाट हत्या, सात जनालाई पक्राउ गरि मुद्दा दर्ता ,२ फरार

    नव जन्म पुनस्थापना (सुधार) केन्द्रमा मण्डलको कुटपीटबाट हत्या, सात जनालाई पक्राउ गरि मुद्दा दर्ता ,२ फरार

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    ४ फाागुन, कलैया — बाराको सदरमुकाम कलैया स्थित सुधार केन्द्रखो रुपमा संचालित नव जन्म पुनस्थापना केन्द्रमा २ फागुनको मध्यराती २ बजेको समयमा प्रदिप प्रसाद मण्डलको कुटपीट गरी हत्या भएको प्रहरीले पुष्टि गरेको छ।

    कलैया उपमहानगरपालिका – ३ भवानीपुर बस्ने फुल महमद मन्सुरको छोरा अं.बर्ष २२ को साहेब बाबु मन्सुरले वडा नं – १ मा उक्त सुधार केेन्द्र संचालन गरेको हो।

    मण्डलको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरि ज्यान मारने मुद्दा चलाई सकेको छ बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तामाङ्गले बताएका छन्। सिसिटिभि फुटेज लगायत दशि प्रमाणले मृतक मण्डलको हत्या भएको पुष्टि हुन्छ प्रउ तामाङ्गले बताए।

    पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका – ३ बस्ने असलम मन्सुरको छोरा वर्ष १९ को सरफराज मन्सुर, ऐ वडा नं. ४ बस्ने शिव कुमार सरार्फको छोरा बर्ष २२ को निरज सरार्फ  र ऐ वडा नं. ६ बस्ने मुकाबिल मियाँको छोरा वर्ष २० को राहुल भन्ने महमद आँशु मिया शेख रहेका छन्।

    त्यस्तै , कलैया उपमहानगरपालिका- १ बस्ने कृष्ण साह सोनारको छोरा वर्ष २४ को अरूण सरार्फ ,कलैया उ.म.न.पा वडा नं. २ बस्ने शिव शंकर प्रसाद साहको छोरा वर्ष २१ को प्रमेश्वर साह, कलैया उ.म.न.पा. वडा नं. ३ बस्ने फुल महमद मन्सुरको छोरा वर्ष २९ को तमन्ना अली र
    कलैया उ.म.न.पा.वडा नं. – १ बस्ने प्रकाश साहको छोरा वर्ष १९ को सागर गुप्‍ता प्रहरी हिरास्तमा रहेका प्रहरीले जनाएको छ।

     घटना प्रकरण: 

    नवजन्म पुनस्थापना (सुधार) केन्द्र कलैयामा १५ दिन अगाडी देखि  कलैया उपमहानगरपालिका – ९ का रामपुरटोल बस्ने हिरालाल प्रसाद धानुकको छोरा अं. वर्ष ३७ को धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डल उपचारको लागि भर्ना रहेका थिए।

    गत  २ फागुन राती २ बजे उक्त सुधार केन्द्रमा रहेका मानिसहरू तथा कर्मचारीहरुसँग वादविबाद गरेको भन्ने बहानामा मृतक मण्डललाई सुधार केन्द्रमा रहेका मानिसहरु तथा कर्मचारीहरू समेत मिलि मरणासन्न हुने गरी कुटपिट गरेका थिए।

    कुटपिट गरी उपचारको लागि भनि कलैया सिटी अस्पताल कलैयामा लगेको र थप उपचारको लागि भनि प्रादेशिक अस्पताल कलैयामा लगे पश्चात चिकित्सकले चेकजाँच गर्दा  प्रदिप प्रसाद मण्डलको मृत्यु घोषणा गरेको प्रहरीको विज्ञप्तीमा उल्लेख गरिएको छ।

    घटनाबारे जानकारी जिल्ला प्रहरी कार्यालय बारालाई प्राप्त भए पश्चात तत्काल घटना स्थलमा प्रहरी टोली खटिइ गई उक्त घट्‌नासँग सम्बन्धित दशि प्रमाण समेत संकलन गरी सो घट्‌नामा संलग्न रहेका  ७ जनालाई तत्काल पक्राउ गरीएको प्रहरीको भनाई रहेको छ।

    कारवाही प्रकृया:-

    र सो घटनामा ९ जना उपर किटानी जाहेरी परेकोमा तत्काल पक्राउ परेका ७ जनालाई फागुन २ गतेबाट लागु हुने गरी बारा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर मुद्दा शीर्षकमा ७ दिन को म्याद थप अनुमति लिई थप अनुसन्धान  भईरहेको र अन्य फरार आरोपितहरूको खोज तलास भईरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गरएका छन्।

  • कलैयामा निःशुल्क कपडा बैंक’आयो संचालनमा

    कलैयामा निःशुल्क कपडा बैंक’आयो संचालनमा

     संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    २ फागुन, कलैया—  बाराको सदरमुकाम कलैयामा आज नि:शुल्क कपडा बैंक’ सञ्चालनमा आएको छ । ग्रामीण उत्थान अभियान कलैयाद्वारा ‘निशुल्क कपडा बैंक’ स्थापना गरिएको हो ।

    गरिब परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले नि:शुल्क कपडा बैंक’ स्थापना गरिएको संस्थाका संस्थापक मोकद्दम अन्सारीले  जनाएका छन्।

    कपडा बैंकबाट गरिब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने  कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले नि:शुल्क कपडा बैंकको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

    निःशुल्क कपडा बैंकमा खासगरी असहाय, गरिब, विपन्न, एकल, दलित, पिछडिएको र मजदुर वर्गका व्यक्तिले लाभ लिएको देखेर आफू उत्साहित भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।

    दाता दानी महानुभावले घरमा भएका बढी कपडा राम्रो खेर  नफाली सफा चिटिक आइरन गाई लगाउने खाल लत्ताकपडा पुराना र नयाँ समेत यस बैंकलाई सहयोग गर्न आग्रह गरे।

    ‘कपडा बैंक’ की संस्थापक अध्यक्ष माधुरी गिरीका अनुसार बैंक संचालनमा आएको एक घण्टामै ३५ जनाभन्दा बढीले लगाउने कपडा लगेका छन् ।

  • कलैयाको नव जन्म पुन स्थापना केन्द्रमा मण्डलको मृत्यु , सात जना पक्राउ

    कलैयाको नव जन्म पुन स्थापना केन्द्रमा मण्डलको मृत्यु , सात जना पक्राउ

    संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    २ फागुन, कलैया— बाराको कलैया स्थित सुधार केन्द्रमा एक जनाको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नं. ९ रामपुर बस्ने हिरालाल मण्डलको छोरा  ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक संतोष तामाङ्गले जानकारी गराएका छन्।

    शव पोष्टमर्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। शव परिक्षण पश्चात् मृत्यु बारे थप प्रष्ट हुने उनले बताए। घटनामा संलग्न देखिएकालाई नियन्त्रणमा लिई सुक्ष्म अनुसन्धान भईरहेको प्रउ तामाङ्गले बताए।

    साथै बारामा यस्ता सुधार केन्द्र खोलिएकाहरु संचालकको दुर्व्यसनीसँग गरिने व्यवहार अव्यवहारिक भएकोले यस घटनासँगै अन्य ठाँउमा रहेका सुधार केन्द्रको अनुगमन निरिक्षण गर्ने उनले बताए।

    मृतक मण्डल कलैया उपमहानगरपालिका – १ बैंक रोडमा रहेको नव जन्म पुन स्थापना केन्द्रमा  १५ दिन देखि भर्ना रहेका थिए।

    मृतकका बुबा हिरालालले छोरालाई सामुहिक रुपमा कुटपिट गरि हत्या गरेकिले हत्यारालाई कडाभन्दा कडा कारवाहीको गुहार लगाए छन्। पिडित परिवारजनले सिसिटिभि फुटेजमा स्पष्ट देखिन्छ क कसले कसरी मारेको हो मृतक मण्डलका दाईले भने।

    मण्डल र त्यहाँ रहेका मानिस विच वादविवाद हुदा सो विवादमा मण्डललाई कुटपिट गरेका थिए।

    त्यसपछि घाइते भएका मण्डललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको र अस्पतालमा चिकित्सकले मण्डललाई मृत घोषणा गरेको हो।

    सो पुनस्थापना केन्द्र बारा कलैया उपमहानगरपालिका वडा नं ३ भवानिपुर बस्ने २२वर्षीय साहेब बाबु मन्सुरले सञ्चालन गरेका हुन्।

    प्रहरीले घटनाको अनुसन्धानको क्रममा सात जनालाई पक्राउ गरेको  प्रहरी निरिक्षक बलराम श्रेष्ठले जानकारी गराएका छन्।

    अनुसन्धानको लागि प्रहरीले राती नै घटना थाहा पाए लगतै मान्छे पक्राउ गरि छानबिन थालेको छ।

    पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका – ३ का १९ वर्षीय सर्फराज मन्सुरी, वडा नं – ४ का २२ वर्षीय निरज सरार्फ,कलैया – ६ का २० वर्षीय राहुल भन्ने महम्मद आशु मिँया शेखलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    यसैगरि, कलैया- १ का २४ वर्षीय अरुण सरार्फ,कलैया- ३ का २२ वर्षीय साहिल अलीलाई समेत सो घटनामा अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

    कलैया वडा नम्बर २ का २१ वर्षीय प्रमेश्वर साह, सुरज शेख, वडा नं-  ३ का २९ वर्षीय तमन्ना अली, वडा नं -१ का १९ वर्षीय सागर गुप्तालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको बताईए पनि जिल्ला प्रहरी कार्यालयका निमित सुचना अधिकारी श्रेष्ठले सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जानकारी गराएका छन्।

  • प्रेस सेन्टर बाराद्धारा जनयुद्ध दिवसको अवसरमा रचनात्मक कार्य, अस्पतालका ८५ जना विरामीलाई फलफुल वितरण

    प्रेस सेन्टर बाराद्धारा जनयुद्ध दिवसको अवसरमा रचनात्मक कार्य, अस्पतालका ८५ जना विरामीलाई फलफुल वितरण

    संवाहक

    हनलाईन/ राष्ट्रिय दैनिक

    २ फाागुन, कलैया —- ३० औं जनयुद्ध दिवसको अवसरमा  प्रेस सेन्टर नेपाल बाराले प्रदेशिक अस्पताल कलैयामा विरामीहरुलाई  फलफूल वितरण गरेको छ ।

    माओवादीले जनयुद्धको थालनी गरेको ३० औं वर्ष पुगेको अवसरमा पार्टी र भातृ संगठनहरुले देशभर विभिन्न कार्यक्रम मनाइरहेका बेला विहुवार कलैयामा प्रेस सेन्टरले रचनात्मक कार्य र सामाजिक सेवा गर्ने उदेश्यले अस्पतालमा पुगेर त्यहाँ रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रन्जन यादवले बताएका छन्।

    अस्पतालमा भर्ना रहेका विरामीलाई फलफुल वितरणसँगै विरामी अवस्था र अस्पतालबाट हुने सेवा प्रवाहमा ढिल्लासुस्ती नहोस्, अस्पताल प्रशासन र चिकित्सक सँग छलफल भएको हो। जनयुद्ध दिवसले जुराएको अवसरमा अस्पतालमा रहेको ८५ जना बिरामीलाई फलफुल वितरण गरिएको  नेकपा माओवादी केन्द्र कलैया नगर कमिटीका उपाध्यक्ष रमेश साहले जनाएका छन्।

    वि.सं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको  गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएकोले माओवादी पार्टीले जनयुद्ध दिवस मनाउन थालिएको प्रेस सेन्टर नेपालका संथापक अध्यक्ष रामबाबु मेहताले बताएका छन्।

    उक्त फलफूल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका कलैया नगर कमिटीका अध्यक्ष मुकेश साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेन्टरका सचिव अखिलेश यादवले बताए।

    नेकपा माओवादी केन्द्रका कलैया नगर कमिटि उपाध्यक्ष रमेश साह,प्रेस युनियनका बारा अध्यक्ष श्यामबाबु यादव , प्रेस सेन्टर नेपाल बाराकी उपाध्यक्ष प्रियंका सराफ, सहसचिव बिशाल सर्राफ लगायतका सहभागिता रहेका थिए।

  • प्रहरीले साढे २४ लाखको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    प्रहरीले साढे २४ लाखको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १ फाागुन, कलैया—- पथलैया चोकबाट आज ४ बजे प्रहरी चौकी पथलैयाले साढे २४ लाखको समान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी उपरिक्षक संतोष तामाङ्गले बताएका छन्।

    प्रहरी चौकी पथलैयाका प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटीएको प्रहरी टोलीले  जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चौकबाट  सो परिमाण बराबरको  समान नियन्त्रणमा लिएको हो।

    वीरगंजबाट काठमाणडौँ तर्फ जादै गरेको ना ६ ख ६३९५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा बिल बिजक भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. २४ लाख ५७ हजार ७ सय २३ रूपैया बराबरको पिकअपमा लोड रहेको मोटर पार्टस, पेपर, पंखा मोटर लगायत अन्य समानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक बलराम श्रेष्ठ जानकारी गराएका छन्।

  • ५ किलो लागू औषध अफिम सहित एक पक्राउ

    ५ किलो लागू औषध अफिम सहित एक पक्राउ

     

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १ फाागुन, कलेैया — विशेष सूचनाको आधारमा बिहान पौने ८  बजेको समयमा ५ किलो लागू औषध अफिम सहित १ जनालाई इलाका प्रहरी कार्यालय अमलेखगँजले पक्राउ गरेको जनाएको छ।

    ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुरसिमरा उप-महानगरपालिका – २१ अमलेखगंँज चोकबाट अहिम सहित मानिसलाई नियन्त्रणमा लिईएको हो।

    पक्राउ पर्नेमा मोटर साइकल चालक मकवानपुर कैलाश गाउँपालिका – ६ गोगने वस्ने वर्ष २५ को भुवन सिंह थिङ रहेका छन्।

    हेटौडाबाट वीरगंज तर्फ जादै गरेको बा ३६ प २७१४ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सिट मुनी लुकाई छिपाई राखेको अवस्त्थाामा पक्राउ परेको प्रहरीले जनाएको छ।

    लागू औषध अफिम जस्तो पदार्थ वरामद गरी १ जना समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक बलराम श्रेष्ठ जानकारी गराएका छन्।

  • प्रहरीले सावा १७ लाखको समान राजश्व कार्यालय पथलैयामा बुझाए

    प्रहरीले सावा १७ लाखको समान राजश्व कार्यालय पथलैयामा बुझाए

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    २९ माघ, कलैया —

    बारा प्रहरीले साढे १७ लाख बराबरको समान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ।

    गएराती ११:५५ बजेको समयमा प्रहरी चौकी पथलैयाबाट  प्रहरी बरिष्ठ नायब उपरिक्षक रोशन अधिकारीको कमाण्डमा खटीएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चौक स्थितमा वीरगंजबाट काठमाणडौँ तर्फ जादै गरेको प्र.३-०२२ च ३५५५ नम्बरको पिकअप गाडीलाई चेेकजाँच गरेका थिए।

    चेकजाँच गर्दा बिल बिजक भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. १७ लाख २३ हजार २६ रूपैया बराबरको पिकअपमा लोड रहेको मोटर पार्टस, कम्प्युटर पार्टस, औषधी, मोबाईल पर्ट लगायत अन्य समानहरू समेत पिकअप नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • १३ किलो अफिम र लाखौ नगद  सहित २ जना पक्राउ

    १३ किलो अफिम र लाखौ नगद सहित २ जना पक्राउ

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    २९ माघ, कलैया — विशेष सूचनाको आधारमा पथलैया र सिमरा प्रहरीको संयुक्त प्रयासमा आज बिहान साढे ७ बजेको समयमा पथलैया चोकबाट १३ किलो लागू औषध अफिम र एक लाख भन्दा बढी नगद सहित २ जनालाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

    हेटौडाबाट वीरगंज तर्फ जादै गरेको प्रदेश २ ०३-००१ प १६१४ नम्बरको स्कुटीबाट सो परिमाण बराबरको अफिमर र नगद सहित दुई जनालई नियन्त्रणमा लिईएको पथलैया प्रहरी चौकीका प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीले  बताएका छन्।

    पक्राउ पर्नेमा स्कुटी चालक मकवानपुरका मनहरी गाउँपालिका – ६ बस्ने बर्ष ५४ को सुर्य बहादुर मोक्तान र पछाडी सवार मकवानपुरका कैलाश गाउँपालिका – ८ बस्ने अ.बर्ष ४५ को भिम बहादुर मोक्तान रहेका छन्।

    प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोक स्कुटीलाई रोक्न खोज्दा नरोकी फरार भएको थियो।

    उक्त स्कुटीलाई ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पच्छयाउदै जितपुरसिमरा – २ सुर्य नेपाल अगाडी समातिएका थिए।

    चेकजाँच गर्दा स्कुटीको डिक्की भित्र लुकाई छिपाई लगी रहेको १३ किलो  लागू औषध अफिम जस्तो पदार्थ (१३ गोला) र नगद रू. १ लाख ३३ लाख ६ सय ५५ रुपैया वरामद गरी स्कुटी चालक र पछाडी सवार २ जना समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

     

  • १० लाख भन्दा बढी रकम सहित नियन्त्रित ३ जना अनुसन्धान पश्चात छाडिए

    १० लाख भन्दा बढी रकम सहित नियन्त्रित ३ जना अनुसन्धान पश्चात छाडिए

    संवाहक

    अनलाई / राष्ट्रिय दैनिक

    २८ माघ, कलैया — विशेष सूचनाको आधारमा २६ गते ५ बजेको समयमा प्रहरी चौकी पथलैयाले पथलैया चौक दस लाख भन्दा बढी रकम सहित नियन्त्रणमा लिएका ३ जनालाई अनुसन्धान पश्चात छोडिएको बारा प्रहरीले जनाएको छ।

    भारत, राज्य बिहार, जिल्ला पूर्वी चम्पारण,ग्राम दरपा ४ बस्ने अं.वर्ष ५० को उजीर मिया , ग्राम छौडादनो बुदबाहा-६ बस्ने अं.वर्ष ३५ को समिर आलम र सोही ठाउँका अं.वर्ष १७ को गफार मियालाई  प्रहरीले नियन्त्रणमा लिएका थिए।

    प्रहरी चेकिङ टोलिले नारायणघाटबाट बीरगंज तर्फ आउँदै गरेको ना ५ ख ६५४४ नं. को यात्रु बाहक बसलाई रोकि चेकजाँच गर्दा नियन्त्रित तीनै जनाको साथबाट नेपाली रू. १० लाख १७ हजार ५ सय र भारु १, लाख ४७ हजार ५ सय नगद भारतीय रुपैया बरामद गरिएका थिए ।

    बरामद रकमको आवश्यक छानबिन गर्दै जाँदा उक्त मानिसहरू सहितका २०/२५ जनाको समूहमा आबद्ध ब्यक्तिहरू सुदुर पश्चिमका बिभिन्न जिल्लाहरूमा आफ्नो ट्याक्टर लिइ गाउँ गाउँ घुमि सिरक, डस्ना, गद्दा लगायतका कपडाको समानहरु बनाउने बेच्ने पाईएको प्रहरीले जनाइएको छ।

    उनीहरुले आर्थिक उपार्जन गरी घर पठाउने तथा समुहको जो कोही घर गएमा सबैजनाको कमाई एकासँगोल गरी घर लिई जाने र बँडफाड गर्ने गरेको भन्ने देखिएको र विश्वास गर्नुपर्ने कारण तथा प्रमाणहरू समेत देखिए पश्चात छानबिन तथा अनुसन्धान गरी आवश्यक परेमा उपस्थित हुने गरी ती ब्यक्तिलाई रकम दिई नियन्त्रण मुक्त गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।