७ किलो लागू औषध गाँजा सहित २ प्रकाउ

संवाहक 

अनलाईन / राष्ट्रिय दैनिक

२३ माघ, कलैया— बारा प्रहरीले ७ किलो लागू औषध गाँजा सहित २ जना मानिसहरू   चेकपजाँचको क्रममा पक्राउ गरिएको जनाएको छ।

माघ २२ गते विहान अं.०६:१० बजेको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्ष तथा ट्राफिक व्यस्थापन कार्यालय पथलैयाबाट प्रहरी नायब निरिक्षक टंक न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलील लागु औषध गाँजा सहित स्कुटी सवार दुबै जनालाई नियन्त्रणमा लिईएको हो।

प्रक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका – १५ बस्ने बर्ष ३१ को बिक्रम लामा र मनहरी गाँउपालिका – २ बस्ने बर्ष ३८ को जिवन स्याङवो रहेका छन्।
उनिसँग लागू औषध गाँजा ७ किलो ( २ पोका) बरामद गरिएको प्रहरीले जनाएको छ।

जितपुर सिमरा उपमाहानगर पालिका – १ पथलैया स्थित ट्रफिक चेक पोष्टमा खटिएको ट्रफिक प्रहरी टोलीले चेकिङ गर्ने क्रम्मा हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बा.प्र.०३-००५ प ७२६६ नं. को स्कुटी रोकी चेकजाँच गर्दा स्कुटी भित्र लुकाई छिपाई लगी रहेकोबताईएको छ।

लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरी चालक सहित २ जना मानिसहरू र स्कुटी समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरी प्रवक्ता तथा सुचना अधिकारी डिएसपी प्रकाश साकोटाले जानकारी गराएका छन्।

 

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *