Author: दाश पन्न्नालाल

  • पिकअपको ठक्करले अटोमा सवार एकको मृत्यु अन्य घाईते

    पिकअपको ठक्करले अटोमा सवार एकको मृत्यु अन्य घाईते

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १८ बैशाख, कलैया—  आज बाराको फेटा गाँउपालिका – ७ गमहरिया चोक नहरमा बेलुका ३ बजेर ४० मिनेटमा पिकअपले अटोलाई ठक्कर दिदा दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भन्ने अर्का एक जना घाईते भएका छन्।

    उक्त सवारी दुर्घटनामा परि जिल्ला बारा बिश्रामपुर गाँउपालिका – ५ ईटियाहि टोल बस्ने सुनिल पण्डितको छोरा अं.बर्ष १३ को समर पण्डितको विरगंज स्थिश नेशनल मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। मृतक पणडितको शव  सोहि अस्पतालमा रहेको छ।

    त्यसैगरि उकत दुर्घटनामा परि घाईते हुनेमा चितवन जिल्ला खैरेनी गाँउपालिका -६ पुलटोल बस्ने हरीशरण हजरा रहेका छन्। उनको दाहिने हात र खुट्टामा चोट लागेको छ भन्ने सोही असपतालामा  उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।

    गम्हरिया चोक नहर स्थित फेटाबाट मटिअर्वा तर्फ जादै गरेको बा ०१-०३० च १४२१ नम्बर पिकअपले बिपरित दिश बाट आउदै गरेको ना २ ह ४८८९ नं.को अटोलाई ठक्कर दिदा अटोमा सवार चालक सहित ८ जना मध्य २ जना घाईते भएका थिए।

    घाईतेको उपचारको लागि नेशनल मेडिकल कलेज शिक्षण  अस्पतालमा भएको जनाएको छ।

    अटो चालक बाराको कलैया उपमहानगरपालिका – २० बसतपुर बस्ने अं.बर्ष ५३ को अबुलयस मिया अस्थाई प्रहरी पोष्ट जोतपुर बाराको नियन्त्रणमा रहेको छ भन्ने पिकअप कलैया उपमहानगरपालिका – १२ धर्मनगरमा बा ०१-०३० च १४२१ नं.को पिकअप सडक साईडमा पल्टिरहेको अवस्थामा प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।

    पिकअप चालक फरार रहेकोले खोजतलास कार्य भईरहेको अटोमा सवार अन्य यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विजय राज पंडितले जानकारी गराएका छन्।

  • जसपाको जिल्ला अधिवेशन पायनलमा प्रतिस्पर्धा,अध्यक्षका लागि पुर्व मेयर रमेश यादवको पनि पायनल घोषणा , शनिवार निर्वाचन हुने

    जसपाको जिल्ला अधिवेशन पायनलमा प्रतिस्पर्धा,अध्यक्षका लागि पुर्व मेयर रमेश यादवको पनि पायनल घोषणा , शनिवार निर्वाचन हुने

    संवाहक

    अनलाइन/ राष्ट्रिय दैनिक

    १८ बैशाख,कलैया–  जनता समाजवादी पार्टी नेपालको बाराको जिल्ला अधिवेशनको लागि सर्व सहमतिको लागि उत्पन्न विवाद समाधान भएपछि अन्तत: निर्वाचन हुने भएको छ।

    प्रथम जिल्ला अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वको लागि सिद्देश्वर विद्यालय परिसरमा शनिवार मतदान हुने भएको छ ।

    वैशाख १३ गते उद्घाटन भएको प्रथम जिल्ला अधिवेशनले सहमतिमा नयाँ नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको हो।

     यसरी , मतदानबाट जित सुनिश्चित गर्न उम्मेदवारहरुले छुट्टा छुट्टै पदाधिकारी सहितका प्यानल बनाई चुनावी प्रचारलाई तिब्र पारेका छन । जसपाका शिर्ष नेताले आ- आफ्ना नजिकका उम्मेद्वारलाई समर्थन गरि निर्वाचनलाई तताएका छन्।

     प्यानल घोषणा गर्नेमा अध्यक्ष पदका उम्मेदवार रमेश कुमार यादव सहितको पायनल मजबुत देखिएको छ भने अन्य अध्यक्षका उम्मेदवारहरुले पनि प्यानल घोषणा गर्ने क्रममा छन्।

    रमेश कुमार यादव पचरौता नगरपालिकाको निवर्तमान नगर प्रमुख हुन्। यादवको पायनलमा पार्टीका जुझारु  समावेशी विभिन्न  समुदाय र वर्गको प्रतिनिधित्व हुने गरि पदाधिकारी सहितको पायनल घोषणा गरि चुनावी मैदानमा मतदातासँग भेंटघाट बाक्लो पारेका, उनले बताएका छन्।

    अध्यक्ष पदमा  पुर्व मेयर रमेश यादवको पायनलमा उपाधयक्ष द्वयमा शिवेन्द्र प्रताप सिंह र पुनम देवी कुशवाहा,कोषाध्यक्षमा बिनोद प्रसाद यादव ,सचिवमा शम्भु गुप्ता, उपसचिव द्वयमा सिकेन्द्र दास र नन्दन गुप्ता पदाधिकारी सहितका रहेका छन्।

    जिल्ला कार्यसमितिका लागि राम्रो सक्षम महिला, दलित लगायतका समावेशी सहितको पायनललाई निर्वाचित गराउन मतदातालाई आग्रह गर्दछु, अध्यक्ष पदका उम्मेद्वार रमेश कुमार यादवले भने।

    नेतृत्व लिईने चाहना पार्टीमा अन्य साथीको भएपनि हाम्रो टिममा समावेशीतालाई मध्यनजर गरि समेटिएको उपाध्यक्ष सिंहले बताएका छन्। निर्वाचित गर्न आफ्ना अमूल्य मत दिन मतदातालाई आग्रह गरेका छन्।

    यसैगरि, उपसचिवका उम्मेद्वार सिकेन्द्र दासले जिल्ला नेतृत्वका पायनल घोषणा गरिएको छ। जिल्ला समिति सर्वसहम्मत हुन नसकेपछि चुनाव लडने प्रतिस्पर्धामा पार्टीमा सक्रिय संघर्ष गरिरहने भएकोले पुर्व रमेश यादवको पायनलमा छु।

    समावेशी सहभागितामा अल्पसंख्य दलित जस्तालाई टिममा मलाई अवसर मिलेकोले सम्पुर्ण मतदातालाई कामको मुल्याँकन गरि र घोषित चुनावी पायनल मजबुत, शसक्त र सक्षम भएकोले आफु सहित यस पायनललाई निर्वाचित गराउन उपसचिवका उम्मेद्वार दासले आग्रह गरेका छन्।

    अध्यक्ष पदका लागि रमेश प्रसाद यादव,धर्मबीर प्रसाद यादव, धर्मेन्द्र प्रसाद यादव र सुरेन्द्र प्रसाद यादव सहित चार जनाले  उम्मेदवारी दर्ता गराएका छन्।

    यसैगरि दुई जना उपाध्यक्ष पदका लागि शिवेन्द्र प्रताप सिंह, सुरेन्द्र प्रसाद साह, मो. मुरतुजा अन्सारी, अरुण कुमार सिंह , पुनम कुशवाहा र आनन्द प्रसाद यादवले उम्मेदवारी दिएका छन ।

    त्यस्तै, एक जना सचिव पदका लागि मुकेश कुमार पाण्डे र राम निवास प्रसाद यादव गरि दुई जनाले उम्मेदवारी दिएका छन ।

    दुई जना सहसचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । सहसचिवमा सिकेन्द्र दास, लक्ष्मि प्रसाद यादव, नन्दन गुप्ता, सुनैना कुमारी चौधरी , धनसुनर यादव र मोकदम मियाँ ठाकुरले उम्मेदवारी दिएका छन ।

    साथै एक जना कोषाध्यक्षका लागि विनोद प्रसाद यादव, शारदा यादव, सुमिन्त्रा देवी चौधरी र पवन सर्राफ गरि चार जनाले उम्मेदवारी दिएका छन ।

    ५० जना सदस्यका लागि कुल ९२ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

  • बस दुर्घटनामा परि  तीन भारतिय सहित १९ जना यात्रु घाईते, अवस्था समान्य

    बस दुर्घटनामा परि तीन भारतिय सहित १९ जना यात्रु घाईते, अवस्था समान्य

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    १५, बैशाख, बारा— आज बिहान साढे तीन बजेको समयमा बाराको जितपुर सिमरा उपमहानगरपालिका -२२ ३ नं. पुल नजिक बस दुर्घटना भएको छ।दुर्घटनामा परि तीन भारतिय यात्रु सहित चालक सह चालक गरि १९ जना घाईते भएका छन्।

    बस अर्का बसलाई क्कर दिएपछि दुर्घटना परि घाईते मानिसहरुको उपचार भईरेहेको र उनिहरुको अवस्था समान्य रहेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तामङले बताएका छन्।

    हेटौँडा बिरगंज सडक-खण्डमा पोखराबाट रौतहट तर्फ आउँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिएको हो।

    ठक्करपछि बस अनियन्त्रित भई पथलैयाबाट हेटौँडा तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ५१८७ नं. को कोईला लोड लहरी ट्रक सडक छेउमा बिग्री रोकिराखेको अवस्थामा उक्त ग २ ख १६५५ नं. को बस ठोकिन गई सडक भन्दा ५ मिटर तल खसि दुर्घटना भएको हो।

    उक्त बसमा सवार मानिसहरु घाईते भई अस्पतालहरुमा पठाईएको उक्त स्थानमा इलाका प्रहरी कार्यालय अम्लेखगंजका सई टेक बहादुर कार्कीको नेतृत्वमा प्रहरी टोली खटि गई घाईतेको उद्धार गरि अस्पताल पठाएको सई कार्कीले बाएका छन्।

    सवारी साधनहरु घटना स्थलमा नै रहेको हटाउने कार्यसँगै एकतर्फी बाटो सुचारु गरिएको छ भन्ने ग १ ख ११५४ नं.को बस र बस चालक चितवन राप्ति नगरपालिका -३ बस्ने बर्ष ४७ को तिलक बहादुर थापा मगर इ.प्र.का.अम्लेखगंजको नियन्त्रणमा रहेको छ बारा प्रहरीले जनाएको छ।

    बस दुर्घटनामा परि घाईते हुनेहरुमा  ग २ ख १६५५ नं को बस चालक कास्की जिल्ला रुपा गाँउपालिका-७ बस्ने बर्ष ४० को रवि कु.ताम्राकार ,  सह चालक कास्कि बस्ने अं. बर्ष ५० को बासुदेव अधिकारी रहेका छन्। शरिरमा चोट पटक लागि द अवस्था समान्य रहौको छ।

    यसैगरि, बसमा सवार तनहुँका भानु नगरपालिका -८ बस्ने बर्ष ३० को अनिल कु.बस्नेत , पाँचथर फिदिम नगरपालिका -५ बस्ने बर्ष ३२ को खर्क सिंह तुमवापो रहेका छन्।

    त्यस्तै, बसमा सवार तीन जना भारतीय जिल्ला भङकुरा बस्ने बर्ष ४६ को बिलाश दाशको निधार,दुबै हातमा चोट अवस्था मध्यम, जिल्ला सिलोङ बस्ने कमल सिंह थापाको छोरा बर्ष २५ को रेशम थापा र सोही ठाँउका हेमलाल क्षेत्रिको छोरा बर्ष २८ को सागर क्षेत्रि को मुख,बायाँ हातमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको जनाएको छ।

    यसैगरि, सप्तरी रुपनि गाँउपालिका -३ बस्ने बर्ष २८ को रबिन्द्र माझि र हलुवा नगरपालिका-१ बस्ने बर्ष २० को भरत ईश्वरको हेटौडा स्थित अस्पतालमा उपचार भईरहेको छ।

    त्यस्तै, पाँचथर जिल्ला हिलेहाङ गाँउपालिका -६ बस्ने बर्ष ६० कि बुद माया याव, सल्यान जिल्ला कालिमाटि गाँउपालिका -३ बस्ने अं. बर्ष २८ कि पुष्पा वलीर  झापा दमक नगरपालिका -१ बस्ने बर्ष २० को निशा लिम्बु ,दोलखा बिष्णु गाँउपालिका -५ बस्ने अम्बर ब. खड्काको छोरा बर्ष १९ को अनुराग खड्का रहेका छन्।

    यसैगरि, ईलामका सुर्यदैले नगरपालिका -१२ बस्ने बिरमान राईको छोरी बर्ष २२ कि मनिषा राई , सोही जिल्लाका देवमाई नगरपालिका -८ बस्ने बर्ष २९ को दल ब.राई, ईलाम ईलाममाई नगरपालिका -४ बस्ने बर्ष ३१ को राजेन्द्र सुनुवार , ईलाममाई नगरपालिका-१ बस्ने बर्ष ३७ को तेज ब.राई र ऐ.ऐ. बस्ने बर्ष २७ को संजिव राईको गाला,शरिरमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको छ ।

    अर्का घाईते खोटाङ केपिलास गढि गाँउपालिका -७ बस्ने बर्ष ३२ को टेक ब.राईको टाउको,अनुहारमा चोट अवस्था मध्यम रहेको र उनको स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको छ ।

    बसमा सवार यात्रु र बसका चालक सह चालकसबैको हेटौडा स्थित विभिन्न अस्पतालमा उपचार भईरहेको र घाईतेको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी डिएसपी बिजय राज पंडितले जानकारी गराएका छन्।

  • मुख्यमन्त्रीले बन्द गराएको अस्पताल २४ घण्टा नबित्दै मेयरको निर्देशनमा खोलिए, अधिकारको लडाईमा अस्पताल सञ्चालकको रजाई

    मुख्यमन्त्रीले बन्द गराएको अस्पताल २४ घण्टा नबित्दै मेयरको निर्देशनमा खोलिए, अधिकारको लडाईमा अस्पताल सञ्चालकको रजाई

    संवाहक
    अनलाईन/ राष्ट्रिय दैनिक
    १४ बैशाख, कलैया— मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अनुगमन गर्दै हिजो बन्द गराएका मापदण्ड विपरीत संचालित कलैयाका निजि अस्पताललाई धज्जि उडाउदै आज मेयर विनोद साहले खोलाएका छन्।
     प्रदेशको अधिनमा रहेका भन्दै मुख्मन्त्री  मापदण्ड विपरित भएकोले भौतिक संरचना लगायत आवश्यक चिकित्सक सहितको आईसियु, ओटी नभएपनि विरामीसँग ठुलो विल बनाई रकम ठगि गरि विरामीको ज्यान जोखिममा र आर्थिक ठगि गरिेरहेको प्रति मापदण्ड प्रकृया पूरा गर्न सुधारको लागि अघि अघि बन्द गराउैदै जादा २४ घण्टा नबित्दै मेयर साहले आफ्नो क्षेत्राधिकार भन्दै पछि पछि संचालन गराउदै मुख्यमन्त्रीलाई   चुनौति दिएका छन्।
    कलैया उपमहानगरपालिकाको सभा हलमा निजि अस्पतालका संचालकसँग छलफल गरि मुख्यमन्त्रीको निर्देशन नमान्ने निर्णयसँगै बन्द गरिएका कलैया सम्पुर्ण निजि अस्पताल खोलिएको हो।
    नगरपालिकाले १५ सयाको अस्पताल सञ्चालन अनुमति दिईने अधिकार अनुसार प्रशिक्षण अनुमति दिईएकोमा प्रदेशले बन्द गर्न नमिल्ने नगरप्रमुख साहले दाबी गरेका हुन्।
    यस विषयमा मापदण्ड विपरीत भनेर निजि अस्पताल बन्द गर्ने मुख्यमन्त्रीको निर्णय अनि मेयरले मापदण्ड बमोजिम रहेका र संचालनको अनुमति स्थानिय सरकारले दिईने अनुसार अनुगमनको क्रममा बन्द गराइएका अस्पताललाई खोल्ने निर्णयले अधिकारको  लडाईमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले यस विषयमा अधिकारिक जानकारी वा पत्र प्रदेशबाट आएको छैन्। समाचारको माध्यमबाट थाहा पाएको हुँ, मुख्यमन्त्रीले अनुगमन गर्दा मापदण्ड विपरित भनिएको निजी अस्पताल कुन कुन बन्द गराईएको एकिन भएपछि किन खोलियो बारे आवश्यक समन्वय र पहल गरिने प्रजिअ अधिकारीले यस्तो बताएका हुन्।
    तर स्वास्थ्य सेवा गुणस्तर र मापदण्ड बमोजिमको सेवा सुविधा सहित विरामीले पाउनु पर्ने उद्देश्यले मधेश प्रदेश भरिका निजि तथा प्रादेशिक अस्पतालमा छडके अनुगमन थालिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
    ।मधेस

    जिल्लाको कलैयामा शनिबार निजी अस्पताल र क्लिनिकहरूमा अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालित योग्यशिला लगायत १२ वटा अस्पताल र क्लिनिकहरू बन्द गर्न निर्देशन दिएका मुख्यमन्त्रीको सचिवालयले जनाएका थिए ।


    अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका निजी अस्पताल र क्लिनिकहरू सञ्चालनमा रहेको पाइएको सचिवालयले जनाए।

    अनुगमनको क्रममा प्रादेशिक अस्पताल कलैयामा समेत  निरिक्षण गरि उपचार बारे जानकारी लिदै आवश्यक सुधारको निर्देशन दिएका थिए।

    कलैयाको योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि, समाज प्रसूति तथा जेनेरल अस्पताल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि, रारा हस्पिटल प्रालि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आशीर्वाद अस्पताललाइ बन्द गर्न निर्देशन दिइएको मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिए ।

    यसरी मुख्यमन्त्री  र मेयर क्षेत्राधिकारको लडाईमा भिडेपछि निजि अस्पतालका सञ्चालकको रजाई भएको छ। सोही अवस्थामा बिरामीसँग भए नभएको सेवा सुविधाको नाममा मनलाग्दी रकम असुल्ने भएको छ।

    विरामीलाई प्रादेशिक अस्पताल कलैयामा  भिडयो एक्सरे नाममको लागि पछि सबै रोगीको उपचार र रगत पिसाब जस्ता विभिन्न ल्याव परिक्षण प्राईबेट क्लिनिक र अस्ताल मै पठाउने बदनियतिले आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेकोमा मुख्यमन्त्रीले कदम चालोस भन्ने जनअपेक्षा छ।

  • २६औं दिन देखि शान्तिपुर्ण आन्दोलनरत शिक्षकमाथि प्रहरीद्धारा पानीको फोहरा र लाठी प्रहार, बाराका शिक्षक सँगै सयौं घाईते

    २६औं दिन देखि शान्तिपुर्ण आन्दोलनरत शिक्षकमाथि प्रहरीद्धारा पानीको फोहरा र लाठी प्रहार, बाराका शिक्षक सँगै सयौं घाईते

    संवाहक
    अनलाईन / राष्ट्रिय दैनिक

    काठमान्डौ, १४ वैशाख  —- २६ औं दिन देखि आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोोहरा र लाठी चाार्ज गरेको छ। लाठी चार्ज र पानीको फोहराले सयौं शिक्षक घाईते भएका छन्।

    शान्तिपुर्ण आन्दोलनलाई घुुसपैठ गरि शिक्षक र प्रहरी बिच झडपको अवस्था सृजित घटना बनाएको बारा शिक्षक संघका अध्यक्ष राजकिशोर सहनीको भनाई रहेको छ।

    उनले प्रहरीको दमनबाट पानीको फोहरा र लाठीबाट बाराका दर्जनौ शिक्षक घाईते भएका छन्। घाइते हुनेमा संघका अध्यक्ष राजकिशोर सहनी, उपाध्यक्ष सुबासचन्द्र यादव, शिक्षक संजय दास, संजय यादव, बाबुराम यादव, पवन कुमार सिंह लगायतका दर्जनौ शिक्षकको आँखा र टाउकोमा चोट लागेेको छ। विभिन्न अस्पतालमा उपचारर्त अवस्था रहेका छन्।  अहिले उनीहरुको अवस्था गम्भिरमुक्त रहेको शिक्षक आन्दोलन परिचालन समिति बाराका संयोजक सहनीले जानकारी गराएका छन्।

    विगतमा सरकाारसँग पटक पटक भएको सम्झौता बमोजिम नयाँ शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको काठमान्डौ केन्द्रित शन्तिपुर्ण आन्दोलनमा आज प्रहरीले शिक्षकमाथि पानीको फोहरा सहित लाठी चाार्ज गरेको छ।

    आन्दोलन तुहाउन सरकारले प्रहरी परिचालन गरि देशभरिका लाखौ शिक्षक कर्मचारीलाई बाध्य बनाएर स्कूल फर्काउन सरकार कडा प्रस्तुत भएको छ।

    अघिका २५ दिनजस्तै आज पनि बिहानै ११ बजे माइतीघर मण्डलामा भेला भए । सधैंजस्तो विद्यालय शिक्षा ऐनको माग राख्दै उनीहरू बबरमहलको सडक हुँदै नयाा बानेश्वरतर्फ लागे ।

    शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, बानेश्वर निषेधित क्षेत्रभन्दा धेरै अगाडि शिक्षक नेताहरूले भाषण गर्ने मञ्च थियो ।

    प्रहरी तैनाथ भएको ठाउँसम्म शिक्षकहरू पुग्ने र फर्किने क्रम चलिरहेको थियो ।

    ‘भीडलाई संयम बनाउन स्वयंसेवकको टोली परिचालन गरेका छौं । भीडलाई निषेधित क्षेत्रमा जान नदिन स्वयंसेवक प्रहरी भएतर्फ जाँदै थिए । त्यहीबेला स्वयंसेवकमाथि प्रहरीले प्रहार गर्‍यो,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘हाम्रो स्वंसेवक पदम पटेलालाई प्रहरीबाट कुटपिट भयो ।’

    उनको आँखामा गहिरो चोट लागेको उनले बताइन् । त्यहीबेला प्रहरीमाथि पनि ढुंगा प्रहार भयो । महासंघले त्यो ढुंगा प्रहार शिक्षकबाट नभएको  महासंघकी अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दाबी गरेकि छन् ।

    आन्दोलन चैत्र २० गते देखि काठमान्डौको माईतिघर मण्डलामा निरन्तर चलिरहेको छ। हिजो सरकार पक्षबाट शिक्षा मन्त्रीको आह्वानमा मन्त्रालयमा सम्झौता कार्यन्वयनको लागि बार्ता चल्यो तर वारता चलिरहने सहमति मै टुङ्गियो ।सरकारले शिक्षकको माग पूरा गर्न उदासिन देखिन्छ। आन्दोलन कै कारण कक्षा १२ को ११ गते देखि हुने परिक्षा २१ गतेको लागि सारिएको छ।

    यसपाली सरकारसँग सम्झौता पूरा गरेर विद्यालय फर्किने संकल्पका साथ एकबद्ध भई विरोध धर्नामा बसिरहेका छन्। पछिल्लो उधारो सम्झौताको आश्वा्वासनमा रितो हात घर फर्किने क्षणक देखिएको छैन्।

    यसरी शिक्षक आन्दोलन सँगै चिकित्सक स्वस्थ्यकर्मीको आन्दोलन पनि महिना देखि चलिरहेको छ।  यस्तै निजामति कर्माचरी युनियनले समेत आन्दोलनको चेेतावनी दिईसकेको छ।  शिक्षकहरुमाथि प्रहरी दमनको विरोध र भर्त्सना विभिन्न राजनितिक दल र संघ संगठन गरेका छन्।

     

  • मापदण्ड बिपरीत संचालित बाराका १२ ओटा निजी अस्पताल बन्द गर्ने मुख्यमन्त्रीको निर्देशन

    अनलाईन / राष्ट्रिय दैनिक
    १३ बैशाख, कलैया— मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बारा जिल्लमा संचालित एक दर्जन निजी अस्पताल छडके अनुगमन निरिक्षण गरि मापदण्ड बिपरित भएको भन्दै बन्द गर्न निर्देशन दिएका छन् ।

    जिल्लाको कलैयामा शनिबार निजी अस्पताल र क्लिनिकहरूमा अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालित योग्यशिला लगायत १२ वटा अस्पताल र क्लिनिकहरू बन्द गर्न निर्देशन दिएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।


    अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका निजी अस्पताल र क्लिनिकहरू सञ्चालनमा रहेको पाइएको सचिवालयले जनाएको छ।

    अनुगमनको क्रममा प्रादेशिक अस्पताल कलैयामा समेत  निरिक्षण गरि उपचार बारे जानकारी लिदै आवश्यक सुधारको निर्देशन दिएका हुन्।


    कलैयाको योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि, समाज प्रसूति तथा जेनेरल अस्पताल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि, रारा हस्पिटल प्रालि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आशीर्वाद अस्पताललाइ बन्द गर्न निर्देशन दिइएको मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिए ।

  • मुख्यमन्त्रीले छडके गरेका निजि अस्पतालमा रिपोर्टिङ्ग गर्ने गएका पत्रकार यादवलाई दुर्व्यवहारर धम्की

    मुख्यमन्त्रीले छडके गरेका निजि अस्पतालमा रिपोर्टिङ्ग गर्ने गएका पत्रकार यादवलाई दुर्व्यवहारर धम्की

    कलैया । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनका क्रममा रिपोर्टिङ गर्न पुगेका साझेदारी राष्ट्रिय दैनिकका संवाददाता संदिप प्रसाद यादवलाई योगशिला हस्पिटल प्रा.लि का संचालक पवन गुप्ताले धम्की दिदै दुर्व्यवहार गरेेको छ।

    बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -६ हस्पिटल रोडमा संचालित योगशिला हस्पिटलमा मुख्यमन्त्री सिंहले शनिबार अनुगमन तथा छडके गर्ने क्रममा रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवलाई संचालक गुप्ताले गोलि मार्ने धम्की दिएका हुन् ।

    पत्रकार यादवले सडकबाट उक्त हस्पिटलको फोटो खिच्ने क्रममा संचालक गुप्ता र डाक्टर सुमन प्रसाद साहले उनको मोबाइल नियन्त्रणमा लिदै उक्त फोटो डिलेट गराउन लगाउदै प्रेस कार्ड खोसी त पत्रकार होइन,तलाई पत्रकारको अपशब्द थाहा छैन भनि दुर्व्यवहार गरेको पत्रकार यादवले बताएका छन्।

    मोटरसाइकलमा बसेका पत्रकार यादवलाई उनिहरुले हस्पिटलको प्राङ्गणमा घेरेर राखी सर्वसाधारणको अगाडि विभिन्न अश्लील शब्द पनि प्रयोग गर्दै गालीगलैंच गरेका थिए ।

    हस्पिटलका डाक्टर सुमन प्रसाद साह समेत पत्रकार यादवलाई दुर्व्र्यवहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त हस्पिटलका संचालक गुप्तालाई नियन्त्रणमा लिएको छ । भने डाक्टर सुमन प्रसाद गुप्ता फरार रहेका छन् ।

  • आगोलागिबाट करिब अढाई लाख बराबरको क्षति

    आगोलागिबाट करिब अढाई लाख बराबरको क्षति

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    १२ बैशाख, कलैया–– बाराख देवताल गाँउपालिका-७ स्थित बेनौली चोकको पसलमा गएराती पौने एघाह्र बजे आगोलागि भएको छ। आगोलागिबाट लाखौको मालसमान डह्रेर नष्ट भएको प्रहरीले जनाएको छ।

    वेनौली चोकमा बिनोद साहको घर र गुम्ती पसल भाडामा लिई  दौवताल -५ बस्ने ललन महतोले संचालन गरेको नास्ता पसलमा अचानक आगलागी भएको बताईएको छ।

    आगोलागिबाट गुम्ति र पसलमा भएका  सर -सामानहरु जली नष्ट भएको छ। आगोलागिको खवर पाएसँगै उक्त स्थानमा रहेका अस्थायी प्रहरी पोष्ट बेनौलीबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा गएको टोली, दमकल,प्रहरी र स्थानियको सहयोगमा एक घण्टको प्रयासमा  पौने बाह्र बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीको भनाई छ।

    उक्त आगोलागिबाट देवताल गाँउपालिका – ५ बस्ने ललन महतोको नास्ता पसलमा रहेको ग्यास सिलिन्डर २ थान,ग्यास चुलो २ थान,२ काट्टुन अण्डा,बेन्च र टेवल सिलिङ फ्यान,चिउरा भुजाङ,काठहरु गरी अं.१ लाख ४८ हजार बराबरको क्षती भएको छ।

    त्यस्तै, उक्त आगोलागिको चपेटामा परि छिमेकी देवताल गाँउपालिका -७ बेनौली बस्ने जमुन ठाकुरको सैलुन पुर्ण रुपमा जली अं.३० हजार बराबरको क्षती भएको छ ।

    भन्ने सोही ठाँउका भोज मियाँको मासु पसलको गुम्ति र बिभिन्न सर-सामानहरु जलेर  करीब ३५ हजार गरि तीनै जनाको पसलका मालसमान २ लाख ३३ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विजय राज पंडितले जानकारी गराएका छन्।

     

  • गैसस महासघ बाराद्धारा १९ औं लोकतन्त्र दिवस सडक संवाद दिप प्रज्वलन गरि मनाए

    गैसस महासघ बाराद्धारा १९ औं लोकतन्त्र दिवस सडक संवाद दिप प्रज्वलन गरि मनाए

     संवाहक

    ११ बैशाख , कलैया— लोकतन्त्रको विकल्प लोकतन्त्र नारा सहित आज १९ औं लोकतन्त्र दिवसको अवसरमा गैर सरकारी संस्था महासंघ बाराले सडक संवाद तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

    गैर सरकारी संस्था महासंघ बाराद्धारा आयोजित उक्त कार्यक्रममा बैशाख ११ लाई लोकतन्त्रको स्थापना भएको दिवस उक्त कार्यक्रम गरि मनाएका हुन्।

    सो अवसरमा जंगबहादुर चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेलनेलबाट राजतन्त्रको अन्त्य भएको दिनलाई उनले स्मरण गरेका थिए । यसैगरि जनमत पार्टीका केन्द्रीय नेता प्रभु पटेलले राजवादीले लोकतन्त्रलाई परिवर्तन गर्न षडयन्त्र गरिरहेको प्रति हामी सचेत रहनु पर्ने धारणा राखे।,

    नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष पन्नालाल दासले लोकतान्त्रिक व्यवस्था ल्याउन निरंकुशता शासन ढालेर  रैतिबाट नागरिक बनेको दिन अवसर जनताको बलिदानी संघर्षबाट प्राप्त उपव्धीको रक्षार्थ संचारकर्मी  सजग छौ। राजनितक दल  शासन गर्ने पद्धतिमा नागरिक नैरश्यतालाई सम्बोधन हुने गरि व्यवस्था सुधार गर्न जरुरी रहेको औल्याए।  लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय नेता डा. कमरुल्लाह अंसारी, गैससका उतिमलाल चौरसििया लगायतकाले लोकतन्त्रको स्थापनाको लागि नागरिकले जेलनेल आन्दोलन र सयौं सपुतको वलिदानीबाट निरंकुशता ढलेको दिनलाई स्मरण गरेका थिए।

    उक्त कार्यक्रम गैसस बाराका कार्यबाहक अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा संचालन अंगद सहनीले गरेका थिए।

    उक्त कार्यक्रममा एसिई नेपाल , सचेत नागरिक समाज बारा, दलित महिला संघ बारा सहयोगी संस्थाको रुपमा रहेको जनाईएको छ।

  • यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दासले सेवाप्रवाह दुुरुस्त पारेसँगै साढे सात करोड राजश्व संकलन गरे

    यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दासले सेवाप्रवाह दुुरुस्त पारेसँगै साढे सात करोड राजश्व संकलन गरे

    ११ बैशाख,कलैया– कार्यालय प्रमुख अबिन्दर दास यातायात व्यवस्था कार्यालय कलैया बारामा कार्यभार सम्हाले यता चुस्त कार्यालय व्यवस्थापन सँगै राजश्व संकलनमा उल्लेख्य बृद्धि भएको छ।

    चालु आर्थिक वर्षको वैशाख  पहिलो सातासम्ममा रु. सात करोड ३६ लाख भन्दा बढी राजश्व संकलन गरेको कार्यालय प्रमुख दासले बताएका छन्।

    कार्यालयको राजश्व संकलनको तथ्यांकले समेत उनी हाजिर हुनु  अघि पछिल्लो चार महिनामा जम्मा तीन करोड जति रहेकोमा उनको अवधिको पछिल्लो माघ ९ देखि चैत्र मसान्तसम्म तीन महिना मै चार  करोड राजश्व संकलन भएको छ, उनले थपे।

    यस अवधिसम्म रु. सात करोड ३६ लाख ५७ हजार ६७५ राजस्व संकलन भएको जानकारी दिए । “कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म रु. चार करोड ३० लाख राजस्व संकलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म रु. तीन करोड छ लाख ५५ हजार राजस्व संकलन भएको छ । पछिल्ला महिनामा राजश्व संकलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ”,  उनले भने ।

    कार्यालयका अनुसार तीन महिना यता प्रति महिना औसतमा रु. एक करोड दुई लाख रकम राजश्व संकलन हुँदै आएको तथ्यांकले देखिन्छ । कार्यालयले आन्तरिक सुशासन र सेवा प्रवाहलाई चुस्त बनाएसँगै राजश्व संकलन बढेको जनाएको छ ।

    यस रकममध्ये सबैभन्दा धेरै राजश्व  संकलन चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु. तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट रु. तीन करोड ४० लाख ३९ हजार ९४३ रुपैया संकलन भएको छ ।

    यातायात क्षेत्रको आम्दानी बापत रु. ४० लाख ८४ हजार ५४० राजस्व संकलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्कबापत रु. २५ हजार ५०० र बेरुजुबापत रु. ६७ हजार ३३६ रकम संकलन भएको छ । कार्यालयले चालु आवमा करिब रु. १० करोड राजश्व संकलन हुने अनुमान गरेको छ ।

    कार्यालयबाट हप्ताको पाँच दिन लिखित र सोही दिन ट्रायल लिईने प्रणाली लागू गरिए पछि समय र आउने जाने र बासको निम्ति व्योरिने फजुल खर्चको बचतले सेवाग्राही सन्तुष्ट भएका छन्। अर्कै दृष्टिकोणले कार्यालय प्रति गरिने विभिन्न किसिमका अनरगल अफवाहको पछि नलाग्न सेवाग्राहीलाई कार्यालय प्रमुख दासले सजग गराएका छन्। सेवाप्रवाहको सवालमा गुनासो आउन नदिन कार्यालयका कर्मचारीलाई सेवाप्रवाह छिट्टोछरितो गर्न बडा निर्देशन दिएको  प्रमुख दासले बताए।