Author: दाश पन्न्नालाल

  • फेटाको भरवलिया स्थित अधुरो सडक पुर्व मन्त्री सोनलको पहलमा पुन: सुचारु

    फेटाको भरवलिया स्थित अधुरो सडक पुर्व मन्त्री सोनलको पहलमा पुन: सुचारु

    २५ चैत , कलैया — मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री तथा प्रदेशसभा सदस्य जितेन्द्र सोनलको पहलमा बाराका फेटा गाउँपालिकामा रहन गएको अधुरो सडकको निर्माण कार्य पुनः सुचारु भएको छ ।

    प्रदेश सरकारको योजना अनुसार बाराको भलुही चौकदेखि बतरा सम्मको पाँच किमी सडक कालोपत्रे योजना अन्तर्गत अधिकांश गाउँमा काम सम्पन्न भइसकेको भए पनि भरवलिया र बिनवलिया गाउँमा सडक निर्माण कार्य केही समयदेखि स्थगित रहेको  रमेश श्राफले बताएका छन्।

    नेता सोनल आफैँ स्थानीय तहमा पुगेर अगुवा समाजसेवी तथा ठेकेदारहरूसँग छलफल गरी काम तत्काल अघि बढाउने पहल गरेपछि सडक निर्माणको काम पुन: सुरु भएको हो ।  फेटा गाँउपालिका -१ का पुर्व वडाअध्यक्ष जयप्रकाश दासले जानकारी गराएका छन्।

    कार्यक्रममा फेटा गाउँपालिका लोसपा प्रत्याशी मदन साह, वडा नम्बर १ का पूर्व वडाध्यक्ष जयप्रकाश दास, पूर्वाधार विकास कार्यालयकी ई. आरती जयसवाल, बैजनाथ पटेल, रामाशंकर पटेल, रामबालक पटेल, नथुनी पटेलसहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

    स्थानीयहरूले सडक निर्माण पुनः सुरु भएपछि खुसी व्यक्त गर्दै नेताहरूको सक्रियता र सहकार्यको प्रशंसा गरेका छन् ।अधुरो सडक निर्माण कार्य पूरा भएपछि प्रत्यक्षरुपमा सयौं घर परिवार विगतदेखि खाल्टाखुल्टीको समस्या समाधानले हजारौाानिस लभान्वित हुनेछ।

  • विओपी गोलागंजद्धारा बरामद बिरुवा नष्ट

    विओपी गोलागंजद्धारा बरामद बिरुवा नष्ट

     संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    २३ चैत, सिम्रौनगढ—  सिम्रौनगढ स्थित वि.ओ.पि.गोलागंजले शनिवार बिहान अ. साढे ९ वजेको समयमा  सिम्रौनगढ नगरपालिका – ६ अमरपुर सिमा ईलाकामा भारतबाट अवैध रुपमा ल्याउदै गरेको अवस्थामा भारतिय फुलका विरुवा बरामद गरेको छ।

    वि.ओ.पि.का ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीको कमाण्डमा खटि गएको ४ जनाको मोटरसााईकल गस्ती टोलीलाई देखि अवैध रुपमा भारतबाट २ जना व्यक्तिले २ वटा मोटरसाईकल मा क्यारेटमा राखी नेपाल तर्फ ल्याउदै गरेको फुलका क्यारेट सहितको वेर्ना फालिएको अवस्थामा फुलका बिरुवा बरामद गरिएको जनाएको छ।

    विभिन्न जातका फुलका २ हजार ४ सय  गोटा अ.मुल्य रु.२ हजार ४ सय बरावरको सोही स्थानमा गस्ति टोली देखि छाडी मोटरसाईकल लिई भागेको हुँदा उक्त फुलका बिरुवा बरामद गरिएको सशस्त्र प्रनि कार्कीले जनाएका छन्।

    बरामद गरी ल्याईएका उक्त अबैध फुलका भारतिय बिरुवा विओपी  गोलागंज बारामा ल्याई वडाका जनप्रतिनिधि ,नेपाल प्रहरी र संचारकर्मीको रोहवरमा वि.ओ.पि. परिसरमा खाल्टो खनी पुरि नष्ट गरिएको छ।

    यति थोरै विरुवाको समाउनु र नष्ट नै गरिहाल्नु पर्ने कारण बारे  सशस्त्र प्रनि कार्कीले भने, विरुवाको जरामा रहेको माटोमा जैविक किटाणु मौजुद हुन्छ। यसको असर हाम्रो माटोमा पनि फैलिने खतरा भएकोले यसबाट सुरक्षित राख्न क्वारेन्टाईनको माटो परिक्षण विज्ञअनुसार  खाल्टोमा पुरेर नष्ट गर्नु उपयुक्त हुने बताईएको हँदा  नष्ट गर्नु परेको उनको भनाई रहेको हो।

  • संसदीय अनुगमन समिति द्धारा मानवत-मटिअर्वा स्थित कलैयाको अधुरो सडकको निरिक्षण

    संसदीय अनुगमन समिति द्धारा मानवत-मटिअर्वा स्थित कलैयाको अधुरो सडकको निरिक्षण

     संवाहक
    अनलाईन/ राष्ट्रिय दैनिक

    २२ चैत, कलैया — मानवत – मटिअर्वा सडक खण्ड तीन किलोमिटर सडक वर्षात अघि नबने कलैया उपमजानगरपालिकाका मेयर बिनोद साहले आमरण अनशन बस्ने सार्वजनिक घोषणा गरेपछि संसदिय अनुगमन समिति सडक निरिक्षण गर्न आज विहानै कलैया आएका छन्

    प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरुले मानवत–मटिअर्वा सडकखण्डको स्थलगत अनुगमन गरेका छन् । समितिका सदस्यहरुले बिहीबार उक्त सडकखण्ड अन्तर्गत निर्माण हुन बाँकी रहेको संस्कार एफएमदेखि सितलपुरसम्म तीन किलोमिटर सडकको स्थलगत अनुगमन गरेका हुन् ।

    निर्माण व्यवसायीले निर्माणमा हेलचेक्र्याईं गर्दा जनतालाई व्यापक समस्या भएपछि समितिका सदस्यहरु स्थलगत अनुगमनमा पुगेका हुन् । अनुगमन समितिका संयोजक सांसद किशान श्रेष्ठको नेतृत्वमा रहेको टोलिले भरत चौकदेखि संस्कार एफएम तर्फको सडक अनुगमन गरेका छन्।

    अनुगमन समितिलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले सडक निर्माणमा विगतदेखिका समस्या र वर्तमान अवस्थाबारे अवगत गराए। नगर प्रमुख साहले पटक–पटक हुलाकी सडक आयोजना र सडक बोर्ड धाउँदा समेत निर्माण व्यवसायीको लापरवाहीले सडक निर्माणमा ढिलाई भई जनतालाई समस्या भएको जानकारी दिए ।

    अनुगमनका क्रममा स्थानीयहरुले बाटो जाम गरि विरोध प्रदर्शन गरिरहेको स्थानमा पुगेर सांसदहरुले यथाशिघ्र यसबारे कारबाही प्रकृया अगाडि बढाउन दवाव दिने बताए ।

    टोलीका संयोजक श्रेष्ठले जनताको प्रत्यक्ष सरोकार रहेको सडक वर्षौँसम्म अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्ने समेत बताए । उनले ठेकेदारलाई समितिमा डाकेर यसबारे स्पष्टीकरण लिने र वर्षात अगावै सडक निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिने जनाए ।

    अनुगमनका क्रममा संसदहरु गणेश पराजुली, महेन्द्रबहादुर शाही, रमा कोइराला पौड्याल, रामशंकर यादव लगायतकाले ठेकेदारको बलमिच्यार्इंले जनताले सास्ती खेप्नु परेको भन्दै यसबारे संसदमा आवाज उठाउने बताएका छन् ।

    अनुगमन समिति निरिक्षण गरिरहदा बारा क्षेत्र ३ का सांसद जवाला लुमारी साहले जनताले भोगिरहेको समस्या प्रति सदनमा अवाज उठाउने र प्रधानमन्त्रीसँग पहल गरिने बताए।

    अनुगमन समितिलाई संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व सांसद रामबाबु कुमार यादव , प्रदेश सभा सदस्य रबिनदास श्रेष्ठ, जसपा नेता रामकिशोर यादव लगायतले सडक निर्माणमा विगतदेखिका अवरोध, समस्या र वर्तमान अवस्थाबारे जानकारी दिएका थिए

    एमालेका युवा नेता महमद एम समिउल्लाह , कलैया उपमहानगरपालिकाका – १ का वडाअध्यक्ष मोहन बहादुर क्षेत्री  नगरपालिकाले गरेको हरेक प्रयास असफल देखिएको कारण ठेेकेदार हो, उनले भने।

    वर्षौ देखि देखि सडकको दुराअवस्थाबारे समितिलाई प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले ब्रिफिङ्ग गरेका थिए ।

    बाटो बन्द गरि दबाब दिईरहेको कांग्रेसका युवा नेता लुकेश सिंह,  विबेकशिल साझा पार्टीका जिल्ला अध्यक्ष डा. शुशिल साह,माओवादी केन्द्रका युवा नेता मुकेश साह ,जनमतका जिल्ला अध्यक्ष शिवनाथ पटेल, एकृकित समाजवादीका अरुण खनाल, बिक्रम ठाकुर,  जिल्ला उपाध्यक्ष हरिओम साह लगायत सयौं स्थानिय सरकार र मेयरको मुर्दाबाद गर्दै सडक अबिलमब बनाउन चर्का नाराबाजी गरेका थिए। आक्रोस सँगै बाटो वर्षा अघि बनाउमन समितिलाई आग्रह गरेका थिए।

     

     

     

  • कलैयामा पर्ने तीन किमि  मानवत- मटिअर्वाको अधुरो सडकखण्ड बनाउन मेयर साहले गरे आमरण अन्सनको घोषणा

    कलैयामा पर्ने तीन किमि मानवत- मटिअर्वाको अधुरो सडकखण्ड बनाउन मेयर साहले गरे आमरण अन्सनको घोषणा

     संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    २१ चैत, कलैया–मानवत – मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया उपमहानगरपालिका स्थित बाँकी रहेका तीन किलोमिटर अधुरो सडक बनाउन मेयर बिनोद साहले  कलैयाको भरत चोकमा आमरण अन्सनमा बस्ने आज आफ्नै कक्षमा पत्रकार सम्मेलन गरि घोषणा गरेका छन्।

    अथक प्रयासका बावजुद बाटो बमाउन सरकार गम्भीर नभएकोले र चुनाव जितेपछि मेरो कार्यकालमा अधुरो सडक बनाउने प्रतिबद्धताले जनतामाझ प्रतिषपठा दाउमा लागेको छ ,उनले भने।  ठेकेदारले बाटो बनाउन बहानाबाजी गर्दै दु: ख दिएकोले अब अन्तिम विकल्पको रुपमा सरकारलाई दबाब  दिन ७ दिनको अल्टिमेटम सहित आमरण अन्सनमा बस्ने उनले बताए।

    नागरिक मेयरलाई सब थोक बुझिरहेेका छन्। त्यो स्वभाविक पनि हो । संघिय सरकार देखि प्रदेश सरकारमा आफ्नै पार्टी सांसद विधायक , नगरपालिकाका मेयर उपमेयर सहित नगर सभासदस्य समेत आफ्नेै भएपनि पहल कदमी गर्दा गर्दै थाकिसकेकोले आमरण अन्सन रोजेको  उने भने।

    संसदमा झिनामसिना कुरामा अवाज उठाउने तर यत्रो वर्ष देखि अलपत्र अवस्थामा रहेको सडकको विषयमा मुखै खोल्न नसक्नेलाई कुन रुपमा लिने चिन्ता व्यक्त गरे। उबडखाबड  परेको सडक खण्डमा सांसदको गाडी दुर्घटना हुन्छ, सांसदलाई कलैया प्रवेशमा नागरिकबाट अडचन हुन्छ। विडमबना तीन तहमा सरकारको नेतृत्व र वर्चस्व रहेपनि निरीह जस्तो भान भएको उनको गुनासो रहेको छ।

    सांसद एमालेकै, प्रदेश समसद एमाले कै र स्थानिय तह स्वयम् आफै हाकिरहेको अवस्थामा नागरिकबाट दिनरात ट्रोल हुनु आफै आजित भएकोले यस्तो कदम उठाउन बाधय भएको छु, मेयर साहले बताए।

    एक हप्ताको समयसिमा दिएको छू, यसअवधि भित्र बाटो बनाउन अग्रसरता देखाए जेजे सहयोग चाहिने सब लगाएर चाँडो भन्दा चाँडो भद्रुा रुपमा देखिएको सहरको मुहार सुन्दर बनाउने हुटहुटी छ उनले प्रतिबद्धता गरे।

    यसबिच ठेेकेदार मन्त्री डिजि लगायत सम्बन्धित निकायसँग काठमान्डौ गएर मन्त्रालय प्रधानमन्त्रीसँग समेतलाई घच्चघच्याउने छु, यसको बावजुद दिएको अल्टिमेटम भित्र सुनवाई भएन भन्ने काठमान्डौ देखि जुन दिन फिर्ता हुन्छु चाहे नव दिन लागेपनि सॐही दिन देखि अनसनमा बस्ने उनले बताए।  सडकले दिनरात गिज्याईरहेको र सडकखण्डको देखिने दृश्यले आत्मग्लानी महसुस  भइरहेकोले अब नबने कहिले बन्छ? भन्दै आमरण अन्सन एक्लै बस्ने चाहे ज्यानै किन नजाओस भनि उदघोषले अब बाटो बन्छ कि नागरिकमा अलि आशा पलाएको छ।

    बाटो बनाउन  मैरो सरकार मेरो नेताले उदघटान गर्छ, कालोपत्रो बनाउन प्रतिबद्धता सहित क््यौं पटक ठुलै नेताबाट सिलान्यास हुन्छ तर उस्ताको उस्तै भन्दा पनि झन झन विग्रिदै गएको छ। हिलामय र धुलामयले सास्ती खेपिरहेका नागरिक आजित भई ढाठ भठा लगाई  दुई अघि बाटो अवरुद्ध गरेपछि मेयर पनि बाटोको लागि तातेका छन्।

    बाटो बनाउने जिम्मा सघिय सरकारले ठेकेदारलाई दिएको छ।नगरपालिकाको बजेटले बनाउन नसकिने प्राविधिक कारण छ। बुलाकी सडक अन्तर्गत तीन किमि अधुरो सडक खण्डकले दुर्घटना निम्त्याएसँगै स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ। मानिस विभिन्न रोगका सिकार बन्दै गएका छन्। वाटोको कारण वातवरण प्रदुषण फैलिएको छ। बााटो छेउका बासिन्दा आउजाउ देखि धुलो हिलोले २४ औं घन्टा आजित भएका छन् भन्ने मेयरको राजनितिक साख पनि कमजोर गर्न राजनिति भईरहेकोले बाटो पिच नभई नहुने अवस्थामा छ।

    ठेेकेदार विचैमा काम छोडी भुक्तानीको बहानामा भाग्दै गरेको अवस्थामा कलैया सहर कुरुप देखिएको छ। संस्कार एफएम देखि शितलपुरसम्मको बाटो ग्रावेल उबडखावड सडक छिन्नभिन्न अवस्थामा छ।

    सडक यस्तो देखेर नगरबासीले बाटो बनाउन दबाब दिदै आएका छन्।  सडक कै कारण नागरिकले बारम्बार नगरप्रमुख साह बिरुद्ध टायर बाल्ने प्रदर्श गर्ने कार्यले बदनामी बेहोर्नु परिरहेको छ। बाटो पिच नहुँदा धुलो रोक्न पानी छडकावले नगरको बजेटको अनावश्यक  खर्च बढेकै छ।

     

     

  • महासंघका कार्यवाहक अध्यक्ष दासको पहलले बारा शाखाको समन्वयमा मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा पत्रकार आचार संहिता गोष्ठी सम्पन्न, मिडिया काउन्सिल मधेस प्रदेश सरकार पत्रकार र सञ्चारमाध्यमको अवस्था अध्ययनका लागि समिति बनाउने- मन्त्री लेखी

    महासंघका कार्यवाहक अध्यक्ष दासको पहलले बारा शाखाको समन्वयमा मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा पत्रकार आचार संहिता गोष्ठी सम्पन्न, मिडिया काउन्सिल मधेस प्रदेश सरकार पत्रकार र सञ्चारमाध्यमको अवस्था अध्ययनका लागि समिति बनाउने- मन्त्री लेखी

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    सरोज दास–

    १९ चैत, कलैया—

    मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले राजतन्त्र नेपालमा कहिल्यै नफर्किने दाबी गर्दै राजावादीहरूको आन्दोलनले कुनै प्रभाव पार्न नसक्ने बताएका छन्।

     

    हाल देशमा करिब एक प्रतिशत हाराहारीमा रहेको राजावादी समूहले आन्दोलन गरे तापनि त्यसले कुनै परिवर्तन नल्याउने स्पष्ट पारे। उनले हिंसात्मक आन्दोलनले नागरिकहरूलाई झन् आक्रोशित बनाउने भएकाले यस्ता गतिविधिमा संलग्न दोषीहरूलाई कानुनी कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे।

    मन्त्री लेखीले मधेस प्रदेशका सञ्चारमाध्यम र पत्रकारहरूको अवस्था सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउदै यस विषयमा आवश्यक अनुसन्धान गरी उचित नीति निर्माण गर्न चाँडै नै पाँच सदस्यीय समिति गठन गर्ने घोषणा गरे। समिति सञ्चारमाध्यमका चुनौतीहरू पहिचान गरी सुधारका उपायहरू सुझाउने जिम्मेवारीमा रहनेछ उनको धारणा थियो।

    मिडिया काउन्सिल मधेस प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ महासंघ बारा जिल्ला शाखाको समन्वयमा पत्रकार आचार संहिंता पलना सम्बन्धी गोष्ठीलाई कलैयामा सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मन्त्री लेखीले ९५ प्रतिशत भन्दा बढी गणतन्त्र पक्षधर रहेको नेपालमा जाबो ५ प्रतिशतको हाराहारीमा रहेका प्रतिगमन चाहने ब्यक्तिले राजा ल्याउने कुरा गर्ने दिवा सपना रहेको बताए ।

    गणतन्त्रको बिकल्प अरु केही हुन नसक्ने भन्दै मन्त्री लेखीले लोकतन्त्रको पक्षमा संघियताको पक्षमा, समान्ताको पक्षमा, यो मुलुकको बिकास र समृद्धिका पक्षमा यहाका राजनेतिक दलहरु, संचारकर्मी लगायत गणतन्त्र पक्षधरका सम्पुर्ण वर्ग, समुदायहरु एउटै थलोमा उभेर प्रतिगमनकारी राजावादीहरुलाई लखेटनु पर्दछ उनले भने ।

    पत्रकारहरु र संचार गृहहरुका लागि संरक्षण एवम सम्वर्द्धन गर्न तथा सुरक्षाका लागि पनि स्वास्थ्य बिमा मात्र होईन, दुर्घटना बिमा मात्र होईन अव पत्रकारहरुको जीवन बिमा गर्ने तिर प्रदेश सरकार अगाडी बढने प्रतिवद्धता ब्यक्त गरे।

    पत्रपत्रिका, रेडियो , टिली भिजन, अनलाईनहरुलाई अझै व्यवस्थित गरि सना लगानीका मिडियाहरुलाई पनि बाच्ने सम्मको कामकाज अगाडी बढाउन एवम क्षमता अभिवृद्धि गर्न, तालिकहरुको संचालन गर्न लगायतका सुधारका कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा अगाडी लानका लागि एउटा समिति बनाएर अगाडी बढने सोच अनुरुप अगाडी बढीरहेको स्पष्ट पारे ।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले आचार संहिता पुर्णरुपमा लागु गर्न आजको सामाजिक सञ्जालको दुनियामा अतिआवश्यक रहेको बताए।

    नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले
    स्व. पत्रकार सुरेश रजकका हत्यारालाई कानुनको कठघेरामा ल्याउने सरकारसंग माँग गरे ।  राजावादीका केही अराजक समुहले अन्य पत्रकारहरुलाई कुटपिट गर्नु,अंगभंग गर्नु, संचार गृहमा तोडफोड, आगजनी गर्ने समुहलाई पनि कार्यवाहीका दायरामा ल्याई क्षतिपुर्ति समेत उपलब्ध गराउदै पत्रकारको सुरक्षाको ग्यारेन्टी हुन पर्नेमा जोड दिए।

    उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्णले सहजीकरण गरेका थिए। पत्रकारले के कसरी आचाारसंहिताको पालना गर्ने मिथ्या र भ्रामक सामाचार प्रकाशन प्रशारण गर्न पुर्व ख्याल गर्नु पर्ने सहभागीबाट आएका जिज्ञासा मेटाएका थिए।

    यसैगरि, नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष शयाम बञ्जाराले संञ्चारकर्मी माथि बर्बर दमन भईरहेको प्रति चिन्ता प्रकट गरे । अचारसहिताले पत्रकारहरुलाई सही मार्गमा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

    कसैको दवाव र प्रभावमा नपरी स्वतन्त्र र निस्पक्षमा रुपमा पत्रकारिता गर्नुपर्ने बताउदै अहिले पत्रकारिता प्रति जनबिश्वास गुमीरहेको उनले औल्याए ।उनले भारतिय सञ्चारमाध्यमहरुले नेपालको गणतन्त्र गईसक्यो भनेर भ्रामक समाचार प्रशासरण गरी रहेको समेत बताए । उनले समाज प्रति जिम्मेवार भएर पत्रकारिता गर्न सचारकर्मी संग  सजग र सतर्क भएर काम गर्न सुझाए।

    पत्रकारहरुको जिवन बिमा र पत्रकारहरुका लागि समेत नागरिक लगानी कोष राख्नु पर्नेमा उनले जोड दिए । बन्द कोठा भित्र बनाएको कानुन पत्रकार माथि लादन खोजे सहय नहुने उनको भनाई थियो।पत्रकारले सिंगो समाज प्रभावित हुने समाचार लेख्न नहुने उनको भनाई रहेको थियो ।

    कान्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले सहभागिबाट उठेको जिज्ञासामा आफु पाएको जिम्मेवारीसम्म मधेश प्रदेशका भरि पत्रकारको आचाारसंहिता पालना देखि विभिन्न कार्य गरेको बताए। थोरै समयमा मिडिया काउन्सिललाई ट्याकमा ल्याउने कार्य गरेको उनले बताए। बारा शाखाको कार्यबाहक अध्यक्ष पन्नालाल दासको पहलमा बाराली संचारकर्मी संचारगृहका प्रकाशक सम्पादकलाई मध्यनजर गरि कार्यक्रम गरेको उनले जानकारी गराए।

    उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष पन्नालाल दासले अचार संहिताले अहिले जुन हिसाबले समाजमा संचारकर्मी र सिंगो मिडियालाई समाजमा देख्ने  नजरिया बदलेको छ त्यसलाई वास्तविक मानेमा यथार्तरक बनाउन पत्रकारिता पेशा अंगालेका पत्रकारहरूलाई पेशमा निखार ल्याउने बताए ।

    जसरी फेेयर एण्ड लब्लीले अनुहारको चाया पोते हटाई सफा र गोरो बनाउन मद्दत गर्छ, त्यसैगरि आजको आचारसंहिताको कार्यक्रमले पुर्ण पालना गर्ने तर्फ धेेरै कुरा स्पष्ट पारेको छ।

    पित पत्रकारिता र सामाजिक सञ्जालको दुरुपयोगले कयौं पत्रकार मुद्दा खेेपी थुना बस्नु परेको प्रति ईंगित गर्दै त्यो अवस्था नआओस भन्ने सुझाएका थिए। महासंघले आचारसंहिता विपरीत र पत्रकारिताको खोलमा गलत गर्नेको पक्षमा पैरवी नगर्ने समेत स्पष्ट पारे । यस्ता सौखका रुपमा पत्रकारिता अंगालेकाले आचाारसंहिता बारे राम्री अध्ययन गरि बदनामीबाट अक्षुण राख्न बारा शाखाका कार्यकवाहक अध्यक्ष पन्नालाल दासले जोड दिए।

    उनले महासंघका कार्यबाहक दासले भने, अन्य ठाँउमा हुन लागेको कार्यक्रमलाई मेरो विशेष आग्रहमा मडिया काउन्सिलाका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारको लागि आचारसंहिता सम्बन्धि गोष्ठी संचार तथा गृहमन्त्री राजकुमार लेखिको प्रमुख आतिथ्यमा बाराली पत्रकार र संचारगृहका प्रकाश सम्पादकको लागि महासंघको सभा हलमा सफलतापुर्वक सम्पन्न गर्न र समन्वयको अवसर प्रदान गरेकोमा आयोजक प्रति आभार प्रकट गरेका थिए।

    महासंघलाई चलायमान बनाउन आफु सदैव तत्पर रहेको भन्दै कार्यबाहकको दायित्व निर्वाहमा स्व. पत्रकार सुरेश रजकको राजावादी आन्दोलनमा भएको हत्यालाई केन्द्रीय सर्कुलर अनुसार विरोधका कार्यक्रम तय भएदेखि सफलता पुर्वक सम्पन्न गर्दै आएको कार्यक्रममा साथै आजको प्रदेश स्तरीय मिडिया काउन्सिलको गोष्ठीले नवप्रवेशी पत्रकारको लागि कोशेढुङगाको रुपमा रहेको आचारसंहिता गोष्टीमा सहभागिता जनाई सफलतापुर्वक सम्पन्न गर्न  अथक सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यवाद कृत्ज्ञता व्यक्ता गरे।

    नेपाल पत्रकार माहसंघ बारा शाखाको समन्वयमा तथा मिडिया काउन्सिल मधेश प्रदेश जनकपुरधामको आयोजनामा पत्रकार आचारसहिंता पालना बारे गोष्ठमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं महासंघका पुर्व उपध्यक्ष रामबाबु मेहता, पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष शयाम बञ्जारा , कोषाध्यक्ष अनिल कुमार गौरव , प्रदेश सदस्य बृजमोहन कुश्वाहा, महासंघ पुर्व अध्यक्ष त्रय गुरुप्रसाद गौतम , लक्ष्मी साह, कमल कुमार उपाध्याय , नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्ष एवं जिल्लाका वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ,  युनियनका मधेश प्रदेश सदस्य रामेश्वर मेहता, प्रेस चौतारी मधेश प्रदेशका ईन्चार्ज अच्युत पौडेल, आदिवासी जनजाती महासंघ प्रदेश अध्यक्ष तथा महासंघका सहसचिव दुश्यन्त चौधरी, प्रेस चौतारी जिल्ला अध्यक्ष थानेश्वर सापकोटा, प्रेस सन्टरका जिल्ला अध्यक्ष एवम् महासंघका कोषाध्यक्ष रन्जन यादव,मेचिकाली मिडिया सोसाईटीका अध्यक्ष एवम् महासंघका केन्द्रीय पार्सद भोजराज भट्टराई , आदिबासी जनजाती महासंघका जिल्ला अध्यक्ष एवं कार्यसमिति सदस्य धिरेन्द्र पनुहर, दलित पत्रकार संघका जिल्ला अध्यक्ष उपेन्द्र पासवान, कार्यसमिति सदस्य नवीन चौधरी,” प्रभु यादव, प्रहलाद तिमिल्सेना, नारायण पौडेल, श्रमजिवी पत्रकार संघका जिल्ला अध्यक्ष शिवशंकर मिश्र, पर्यटन पत्रकार संघका जिल्ला अध्यक्ष पवन यादव, प्रेस युनियनका जिल्ला सचिव राजेश कुश्वाहा, सदस्य संदिप यादव लगायतका उल्लेख्य संचारकर्मी र विभिन्न संचारगृह  अनलाईन, दैनिक पत्रिकाका प्रकाशक सम्पादकहरुको सहभागितमा सम्पन्न भएको हो।

    बुधवार सम्पन्न उक्त गोष्ठीमा मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा सम्पन्न गोष्टीमा स्वागत काउन्सिलका अधिकृत फनिन्द्र ढुगेल र सहजीकरण नेपाल पत्रकार महासंघका मधेस प्रदेशका कोषाअध्यक्ष अनिल कुमार गौरवले गरेका थिए ।

  • पत्रकार महासंघ बारा शाखाद्धारा आयोजित सरोकारबालासँग छलफल कार्यबाहक अध्यक्ष दासको अध्यक्षतामा सम्पन्न

    पत्रकार महासंघ बारा शाखाद्धारा आयोजित सरोकारबालासँग छलफल कार्यबाहक अध्यक्ष दासको अध्यक्षतामा सम्पन्न

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    सरोज दास–

    १९ चैत, कलैया– नेपाल पत्रकार महासंघ बारा शाखाले स्व. पत्रकार सुरेश रजकको न्यायको लागि आज बाराको उधोग बाणिज्य संघ कलैया को सभा हलमा सरोकारवालासँग छलफल कार्यक्रम गरेको छ।

    महासंघका कार्यवाहक अध्यक्ष पन्नालाल दासको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानको प्रमुख आतिथ्यमा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो।

    चैत १५ गते राजवादी आन्दोलनको हिंसात्मक समूहले काठमान्डौको तिनकुनेमा हत्या भएको स्व. पत्रकार सुरेश रजकलाई न्याय संचारगृह र संचारकर्मीहरुको सुरक्षा एवं दोषीलाई कार्यवाहीको लागि सरोकारवाला संगठनसँग छलफल गरेको हो।

    प्रमुख अतिथि पासवानले स्व. पत्रकार रजकलाई न्यायको लागि  केन्द्रीय महासंघ सर्कुलर जारी गरि देशव्यापी विरोधका कार्यक्रम गरिरहेको अवस्था छ। राजावादीको प्रदर्शनले स्व. पत्रकार रजकको निर्मम रुपले हत्या गरेकोले दोषीलाई पता लगाई कडा कार्यावही गर्न सरकारसँग माग गरेका हुन्।

    त्यसै गरि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रामकिशोर यादवले स्व. पत्रकार रजकको आन्दोलनरत पक्षबाट हत्या गरिएको भर्त्सना गर्दै मृतक परिवारलाई भरनपोषण सहितको व्यवस्त्थापन गर्न सरकार सँग माग गरेका हुन्।

    यो कार्य निनदनिय हो। संचारकर्मी ऐना हो । यसले समाजमा भएगरेको किरा चाहे विकास, वेतिथि, भ्रष्टाचार उजागर गर्ने दायित्व निर्वाह गर्ने सिलसिलामा जनताले संविधान सभाबाट ल्यएको  गणतान्त्रिक व्यवस्था फाल्न पत्रकारलाई निसाना बनाउनु अपराध हो। अक्षम्य पाप हो, उनले भने।

    लोलतान्त्रिक गणतान्त्रिक व्यवस्था अंगालेका दल र नेताले पत्रकार सुरक्षा र सहयोगको लागि हरदम साथ रहने जसपा नेता यादवले  प्रतिबद्ध व्यक्त गर्दै पत्रकारले पनि सत्य लेख्न ठुला पार्टीका मात्रै नबनी नागरिक अन्य दलप्रति सहि सुचना सत्य तथ्य प्रकाशन प्रशारण गरिदिन नचुक्न सूजकाव दिदै फत्रकार सुरक्षा न्यायको सवालमा समर्थन जनउदै पत्रकार सवालमा महासंघको आन्दोलन प्रति एक्यबद्धता जनाए।

    माओवादी केन्द्रका कलैया नगर अध्यक्ष मुकेश साहले पत्रकारको सुरक्षा र सहयोगमा हाम्रो साथ हमेशा रहने प्रतिबद्धता व्यक्त गर्दै  न्यायका लागि सरकारसँग माग गरेका हुन्।

    जनमत पार्टीका प्रभु यादवले तिनकुने आन्दोलनले पत्रकारलाई लारेर आफ्ना शाासन व्यवस्थाको झलको दिन खोजेको बताए। हत्या गरिएका पत्रकार रजकलाई न्याय मिलोस राज्यसँग माग गर्दछु, उनले भने।

    यसैगरि लोकतानत्रिक समाजवादीका पार्टीका केन्द्रिय सदस्य  डा. कमरुलालह अंसारीले पत्रकारको जिउधनको सुरक्षा आन्दोलका बखत लोकतान्त्रिक पद्धति अंगालेका दल र नेताले यसता जघन्य अपराध कहिल्यै गर्दैन। हामीले पक्षकारलई सधै समाजको पहरेदारको रुपमा लिएको हेर्छौ।जुनवेला पत्रकार सुरक्षा सहयोग साथ समर्थन रहने प्रतिबद्धता जनाउदै उनको न्याययोचित क्षतिपुर्तो र दोषीलाई कडा कार्यवाहीको सरकारसँग माग गरेका थिए।

    महासंघ आयोजित  छलफल कार्यक्रममा नागरिक समाजका जिल्ला अध्यक्ष उमेशलाल दास, महिला अधिकारकर्मी बबिता जयसवाल,, मानव अधिकार एलायन्सका मधेश प्रदेश अध्यक्ष अनिल तिवारी  स्व. पत्रकार रजकको हत्य भएको ठहर गर्दै मानव अधिकारको घोर उलङ्घन गरेेको हुनाले कडा कारयवाही हुनुपर्छ उनको धारणा रहेका थिए।

    छलफल कार्यक्रममा पत्रकार महासंघ मधेश प्रदेश सदस्यहरु साजिर मंसुर, बृजमोहन कुश्वाहा, प्रेस सेन्टर नेपाल केन्द्रिरी सदस्यय रामबाबु मेहता, प्रेस युनियन मधेश प्रदेशका अधयक्ष सत्यप्रसाद श्रेेष्ठ , प्रेस मञ्छ्चका जिल्ला अध्यक्ष निखिल पासवान, शिक्षक संघका जिल्ला अध्यक्ष राजकिशोर सहनी , महासंघका पुर्व उपाध्यक्ष राकेश पाण्डेय , प्रेस यनिुयन मधेश प्रदेश सचिव संतोष पाण्डेय लगयतकाले छलफलमा स्व. पत्रकार रजकको घटनाको छानबिन तथा दोषीलाई कार्यवाहीको जोडदार अवाज उठाएका थिए।

    लोकतन्त्रका पहरेदार संचारकर्मी र संचार क्षेत्र असुरक्षित बनाएर नागरिक सुरक्षित नहुने भन्दै सहभागी नेता अधििकारकर्मी सरोकारबाला सम्पुर्णले पत्रकारको रक्षार्थ उभिने एक्यबदधता जनाएका छन्।

    यसैगरि महासंघद्धारा आयोजित छलफल कार्यक्रमका अध्यक्ष दासले लोकतान्त्रिक प्रणालीमा पत्रकारलाई हत्या गरेर न व्यवस्था परिवर्तन हुन्छ नत अवस्था बदलिन्छ।कलमलाई भाँचेे , क्यमारा माईकलाई फोडेर , आगोमा जलाएर सत्य तथ्य दवाउन सकिन्न। स्व. पत्रकार रजक प्रति श्रद्धाञ्ली व्यक्त गर्दै सरकारले निश्पक्ष छानबीन गरि चाँडोभन्दा चाँडो दोषीलाई कडा कार्यवाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

    सम्पन्न छलफल कार्यक्रममा स्वागत मन्तव्य महासंघ बाराका कोषाध्यक्ष  रन्जन यादव र संचालन सहसचिव दुश्यन्त चौधरीले गरेका थिए।

  • महासंघका बाराका उपाध्यक्ष दासको अध्यक्षतामा प्रजिअ अधिकारीलाई ध्यानाकर्षण पत्र बझाईयो।।

    महासंघका बाराका उपाध्यक्ष दासको अध्यक्षतामा प्रजिअ अधिकारीलाई ध्यानाकर्षण पत्र बझाईयो।।

    संबाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    सरोज दास–

    १८ चैत, कलैया —  नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाईएको छ।

    राजवादीको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको प्रति नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार बारा शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ध्यानाकर्षण पत्र बुझाईएको हो।

    घटना विवरणः

    १. भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको।

    २. अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुऱ्याइएको ।

    ३. कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुऱ्याइएको।

    ४. हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुऱ्याइएको।

    ५. पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको।

    ६. फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको।

    उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ। अतः प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्या बारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मी माथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुऱ्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासघ जोडदार माग गर्दछ।

    साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघ माग गर्दछ।

    हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी ज्यू मार्फत नेपाल सरकार समक्ष आग्रह गरिन्छ । अन्यथा महासंघ सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रन वाध्य हुने तर्फ ध्यानाकर्षण गराईन्छ, भन्दै महासंघका उपाध्यक्ष दासको नेतृत्वमा प्रजिअ अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

    तोकिएको समय भित्र अबिश्सनियता देखा परे देशव्यापी आन्दोलनमा उत्रने  बाध्यात्मक परिस्थिति भन्दै सात दिनको अलटिमेटम दिईएको हो।

    पत्र  बुझदै प्रजिअ अधिकारीले यो घटना प्रति गम्भीर ध्यानाकर्षण भएको र यसलाई सम्बन्धित ठाँउमा अबिलम्ब पठाउने उनले बताए।

    उक्त विरोधको कार्यक्रम अन्तर्गत ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले घटना र माहसंघको चरणबद्ध आन्दोलनको सर्कुलर बारे अवगत गराएका थिए।

    सो अवसरमा पत्रकार माहसंघ बाराका पुर्व अध्य्यक्ष कमल कुमार उपाध्याय , वर्तमान महिला उपाधयक्ष प्रियंका दास, पुर्व उपाध्यक्ष राकेश पाण्डेय, नेपाल प्रेस युनियनका मधेश प्रदेश अध्य्यक्ष एवम् वरिष्ठ पत्रकार सत्य प्रसाद श्रेष्ठ , वरिष्ठ पत्रकार गोकुल घोरसाईने, भोजराज भट्टराई, प्रेस चौतारी मधेश प्रदेशका महासचिव दिवाकर भण्डारी, चौतारीका जिल्ला अध्य्यक्ष थानेश्व सापकोटा , प्रेस मञ्च जिल्लाका अध्यक्ष निखिल पासवान, महासंघका सहसचिव दुश्यन्त चौधौरी, कार्यसमिति सदस्य जिउत यादव, धिरेन्द्र तिवारी, नारायण पौडेल, नवीन चौधरी,  नरेश गुप्ता, धिरेन्द्र पनुहर, पत्रकार अनिल पाण्डेय, रन्जना खतिवडा लगायतका उल्लेख्य संचारकर्मीको सहभागिता रहेका थिए।

  • पत्रकार रजकलाई न्याय दिलाउन पत्रकार महासंघ बाराका उपाध्यक्ष दासको नेतृत्वमा हातमा कालोपट्टी बाँधी पत्रकार आन्दोलित

    पत्रकार रजकलाई न्याय दिलाउन पत्रकार महासंघ बाराका उपाध्यक्ष दासको नेतृत्वमा हातमा कालोपट्टी बाँधी पत्रकार आन्दोलित

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    सरोज दास–

    १७ चैत, कलैया–– नेपाल पत्रकार महासंघ बारा शाखा उपाध्यक्ष पन्नालाल दासको नेतृत्वमा पत्रकार हत्याको विरुद्धमा बाराका पत्रकार आन्दोलित भएका छन्।

    पत्रकार हत्याको विरोधमा आज हातमा कालोपट्टी बाँध्ने कार्यक्रमको अन्तर्गत महासघका उपाध्यक्ष दासले बाराका वरिष्ठ पत्रकार एवम् प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेठको हातमा कालो पट्टि बाँधी चरणबद्ध विरोध कार्यक्रमको थालनी गरेका हुन्।

    पत्रकार सुरेश रजकको हत्या पछि केन्द्रीय महासंघद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रमका तय गरिएको छ। सोही क्रममा आज पत्रकारले आफ्ना हातमा कालोपट्टी बाँधी संचार कर्ममा दायित्व निर्वाह गरेका छन्।

    संघिय राजधानी काठमान्डौको तिनकुनेमा भएको व्यवस्था फर्काउने राजावादी आन्दोलनमा १५ गते शुक्रवार एभि न्युजका पत्रकार सुरेश रजकको हत्या र संचारगृह माथि गरिएको तोडफोड आक्रमणको विरोधमा पत्रकारहरु आन्दोलित भएका हुन्।

    केन्द्रीय सर्कुलर अनुसार शनिवार विरोध र्यालीर र सभा, आज हातमा कालोपट्टी बाँधी विरोध जनाएका हुन्।

    यसैगरि भोली सोमवार प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी मार्फत नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ।

    संचारकर्मीको हत्या हुनु जघन्य अपराध हो  । दोषीलाई पहिचान गरि यथाशिघ्र कानुनको कठघरामा उभ्याउन सरकारसँग जोडदाार माग गरेको हो।

    कालोपट्टि बाँधी विरोधमा उत्रेका महासंघ केन्द्रीय सदस्य सिकेन्द्र पासवान , महासघका मधेश प्रदेश सदस्य साजिर मसुर, वर्तमान महिला उपाध्यक्ष प्रियंका दास, पुर्व उपाध्यक्ष राकेश पाण्डेय, कार्यसमिति सदस्य जिउत यादव, नरेश गुप्ता, धिरेन्द्र तिवारी , पत्रकार जयनाराण यादव, अनिल पाण्डेय, भोला पौडेेल, राजेश कुश्वाहा लागयतका उल्लेख्य संचारकर्मीले आ आफ्ना कर्मथलोबाटै दोषीउपर कार्यवाहीको माग गरेका छन्।

  • पत्रकार महासंघ बाराले उपाध्यक्ष दासको अध्यक्षतामा पत्रकार हत्या विरुद्ध प्रदर्शन

    पत्रकार महासंघ बाराले उपाध्यक्ष दासको अध्यक्षतामा पत्रकार हत्या विरुद्ध प्रदर्शन

     हिजो संघिय राजधानी काठमाडौमा राजावादीले गरेको प्रदर्शनमा गरिएको पत्रकार हत्या र मिडियामाथिको आक्रमणको विरुद्धमा महासंघले कलैयामा प्रदर्शन गरेको हो ।

    महासंघले कलैयाको भरतचौकबाट निकालेको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर भरत चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।

    महासंघका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा सम्पन्न विरोध सभामा प्रमुख अतिथि महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानको प्रमुख, प्रदेश कोषाध्यक्ष अनिल गौरव,महासंघ बाराका पुर्व अध्यक्ष कमल उपाध्याय, पुर्व उपाध्यक्ष राकेश पाण्डे, नागरिक समाजका अध्यक्ष उमेशलाल दास,वरिष्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठ लगायतले पत्रकार हत्या र संचार क्षेत्रमाथिको आक्रमणको विरोध गर्दै घटनाको घोर भर्त्सना गरेका छन्।

    एभिन्युजका पत्रकार सुरेश रजकलाई हत्या भएको देशभरि पत्रकार घटनाको विरोधमा उत्रेको हो।कार्यक्रमको संचालन जिल्ला सचिव पुष्पराज खतिवडाले गरेका थिए ।

  • सावा ८ किलो  लागू औषध अफिम सहित २ पक्राउ

    सावा ८ किलो लागू औषध अफिम सहित २ पक्राउ

      संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    १६ चैत, कलैया— बारामा सशस्त्र प्रहरी बल राजश्व इकाई पथलैयाले सावा ८ किलो ग्राम लागू औषध अफिम सहित २ जनालाई पक्राउ गरेेको छ।

    पक्राउ गरेका लागु औषध सहित दुईटैलाई जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको  प्रहरीले जनाएको छ।

    मकवानपुर, हेटौडा उप-महानगपालिका – १२ बस्ने वर्ष ४४ को मिलन भोलान र सोही वडा १२ बस्ने वर्ष ४७ को गोपाल प्रसाद गौतमलाई ८ किलो २ सय ५२ ग्राम लागू औषध अफिम जस्तो पदार्थ ( ८ प्याकेट) सहित पक्राउ रेका छन।

    चैत १५ गते दिउँसो अं ३ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी इकाई पथलैयाबाट खटिएको सशस्त्र प्रहरी बल टोलीले जीतपुर सिमरा उप-महानगरपालिका – १ स्थित बा प्र -०१-०२९ च ५४१४ नम्बरको कारलाई रोकी चेक जाँच गरेका थिए।

    चेक जाँच गर्दा लुकाई छिपाई लगी रहेको लागू औषध अफिम जस्तो पदार्थ वरामद गरी मानिस समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको लागी  जिल्ला प्रहरी कार्यालय, बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरिक्षक विजय राज पण्डितले जानकारी गराएका छन्।