Author: दाश पन्न्नालाल

  • पुर्व गृहमन्त्री रवि जेलबाट बाहिरिए

    पुर्व गृहमन्त्री रवि जेलबाट बाहिरिए

     

     मुन्ना कुमार–

    काठमाडौं, २४ भदौ– ।  जेनजी आन्दोलनले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।

    आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।

    देशमा जेन जी को सत्ताच्युत आन्दोलन भ्रष्टचार वेथितिका विरुद्ध सामाजिक सञ्जालको हवालामा गरिएको रणनितिक विद्रोह हो। दुई तिहाईको सरकार छिनभरमै गडागुडुम भयो। सरकारले पुर्व गृहमन्त्री रवि लामिछानेलाई मुद्दाको सिलसिलामा देशभर थुुन्दै दौडाउदै गलागदै नखु कारागारमा राखेका थिए।

    देशको यस्तो अवस्थाबाट प्रहरीले हात उठाएपछि रवि बाहिरिएका हुन्।

  • नागरिकको उपेक्षाको भेलले प्रधानमन्त्री ओली सेनाको हेलिकप्टरबाट भाग्न बाध्य

    नागरिकको उपेक्षाको भेलले प्रधानमन्त्री ओली सेनाको हेलिकप्टरबाट भाग्न बाध्य

    मुन्ना कुमार —

    काठमान्डौ, २४ भदौ— प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ज्यान जोगाउन नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षित स्थान तर्फ जाँदै गरेको दृश्य देखिन्छ।

    आज मंगलवार पुन: युवाहरुको लाखौको भििडले ज्यानको प्रवाहै नगरी संसद भवन र सिंहदरवारमा तोडफोड र आगजनी गर्न थालेपछि परिस्थिति प्रतिकुल भाप्दै राजनितिक निकासको लागि बाटो तय गरेका हुन्।

    सोमवार “देखि जेन जि ” आन्दोलनका कारण सरकारले दमन गर्न खोज्दा गृहको आदेशमा युवाले संसद भवन प्रवेश गरि आगजनी र तोडफोडलाई नियन्त्रण गर्न प्रहरीको गोलीबाट हिजै १९ जनाको मत्यु भयो।

    यसरी शक्तिशालि  दुई पार्टीका सरकार लचार विवश भएर सत्ताच्युत हुनु पर्यो ।सबै नेता मन्त्रीलइ सुरक्षित बासको खोजिमा सेना गुहार्दै् ज्यान जोगाउन हम्मे परेको छ। मुलुक श्रीलंका र बंगलादेश जस्तै परिघटना दोहर्यायो।

    दम्भ र पद लुलुप्ताले तानाशाह बनेका देशलाई बैरिको पौडी खेेल्ने ताल बनाएर छोडेको अनुभुति हुँदै छ।

    अबको बाटो के जनता जिज्ञासामा असल नेतृत्व सक्षम सबल सरकारको या अन्य व्यवस्था भिडले तय गर्ने भयो।

     

     

  • ” जेन जी” प्रदर्शनकारीले संसद भवनमा आगो लगाए,

    ” जेन जी” प्रदर्शनकारीले संसद भवनमा आगो लगाए,

    मुन्ना कुमार—

    काठमाडौं , २४ भदौ–।  आजको ताजा अवस्था लाखौको उपस्थितिमा जेन जि ले दमनबाट आक्रोशित प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।

    प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।

    यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

  • प्रधानमन्त्री केपी ओलीले पदबाट दिए राजिनामा

    प्रधानमन्त्री केपी ओलीले पदबाट दिए राजिनामा

     

    २३ भदौ, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन् । उनले पदबाट राजिनामा दिएको जानकारी सचिवालयले गराएको छ ।

    सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनमा दिएका हुन्।

    जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

    सो क्रममा युवाहरूले  सिंह दरबार , संसद भवन , प्रधानमन्त्री केपी ओलिको निबास बालकोट,  शेर बहादुर देउवाको निवास बुढानिलकण्ठ, राष्ट्रपति भवन, कांग्रेस नेता गगन थापाको घर, लगायत शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायतमा समेत आगजनी गरे ।

    सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।

    शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।

    देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।

     

  • कलैया पनि एक जनामा हैजा संक्रमण भेटियो

    कलैया पनि एक जनामा हैजा संक्रमण भेटियो

     

    कलैया । सरोज दास
    भाद्र,११—-
    विरगंज पछि बारामा पनि एक जना हैजाक बिरामी देखा परेको छ। प्रादेशिक अस्पताल कलैयामा पनि एक जना हैजा संक्रमण फेला परेको छ।
    अस्पताल श्रोतका अनुसार प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालका पुष्टि भएको छ।

    झाडापखाला लागेर अस्पताल भर्ना भएका कलैया उप महानगरपालिका -१८ पतौराका एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

    तर यस विषयमा बुझदा अस्पतालका मेसु डा. अजय साह आफु तालिममा रहेकोले विस्तृत जानकारी आफुलाई नभएकोले सुचना अधिकारीसँग जानकारी लिन बताए।

    यता वीरगञ्ज महानगरमा गत शुक्रबार देखि हैजा संक्रमित देखिएको छ। वीरगञ्जमा हाल सम्म हैजा संक्रमितको संख्या एक सय १५ पुगेको छ । भन्ने विभिन्न अस्पतालमा झाडापाखालाका सयौं बिरामी भर्ना भएका छन्।
    हैजा महामारी फैलिन नदिन तथा अवस्था बुझन नारायणी उप क्षेत्रिय अस्पताल विरगंजमा संघिय स्वास्थ्य मन्त्री प्रदिप पौडेलले निरिक्षण गरेका थिए।

  • बारा नागरिक समाजको समिति विस्तार, अध्यक्षमा पुन:दास

    बारा नागरिक समाजको समिति विस्तार, अध्यक्षमा पुन:दास

     संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    २३ बैशाख, कलैया— नागरिक समाज बाराको मंगलवार नयाँ जिल्ला कार्य समिति विस्तार गरिएको छ। पुन:उमेशलाल दासको अध्यक्षतामा ११ सदसिय जिल्ला समिति विस्तार गरिएको नागरिक समाज बाराको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    बारा नागरिक समाज जिल्ला कार्य समितिलाई अझै चलायमान बनाउदै समाज प्रति नागरिक समाजको विश्वासलाई जागृत गराउन एवम् नागरिकको आधारभूत आवश्यकतालाई आत्म साथ गर्दै मौलिक अधिकारलाई नागरिकमा प्रत्याभुत गराउनका लागि जिल्ला कार्य समितिको सदस्यमा मनोनयन गरी जिल्ला कार्य समिति विस्तार गरिएको अध्यक्ष दासले बताए।

    विस्तारित समितिको अध्यक्षमा उमेशलाल दास र बाँकि सदस्य रहने गरि एकरामुल हक, सत्य प्रसाद श्रेष्ठ,ईन्द्रसन मण्डल, गोखुल घोडासाइने,समसुद्दिन हवारी, सरस्वती खरेल,निवेश तिमिल्सीना बविता जयसवाल, लक्ष्मी प्रसाद चौधरी र सिकेन्द्र पासवानलाई मनोयन गरिएको जनाईएको छ।

    नागरिक समाजको समिति विस्तारमा अधिवक्ता , संचारकर्मी समाजसेवी र महिला अधिकारकर्मीलाई समेटीएको हो। विगत नागरिक समाज नामको लागि भयो नागरिकको मुद्दा प्रभावकारी ढंगले भएन।पुरानो समितिको रुचि समिति प्रति उत्तरदायि भुमिकामा सहयोगि भएन, नागरिक समाजलाई बुझन नसक्ने भएकोले विघटन गरि नयाँ सिराबाट नागरिकको अवाज मुद्दा उठानमा सक्रिय होस् उद्देश्यले विस्तार गर्नु परेको अध्यक्ष दासले बताए।

  • शिक्षाका लागि राष्ट्रिय अभियान बाराको शुभारम्भ नागरिक र्याली  र कोणसभा

    शिक्षाका लागि राष्ट्रिय अभियान बाराको शुभारम्भ नागरिक र्याली र कोणसभा

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    सरोज दास

    २२ बैशाख, कलैया — शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति, बारााले आज कलैयामा निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ, मुल नाराका साथ शिक्षाका लागि विश्वब्यापी कार्यसप्ताह २०८२ कार्यक्रम र्याली र कोणसभा गरि मनाएको  छ।

    बिधालयहरुमा अनिवार्य अतिरिक्त कियाकलापलाई प्रोत्साहन गरियोस ।प्रविधिमैत्री र रुपान्तरणकारी शिक्षाको लागि आवश्यक नीती तथा बजेटको व्यवस्थापन गरियोस ।सार्वजनिक विधालयहरुमा प्रवाप्त शिक्षकको व्यवस्था गरी गुणस्तरिय, समावेशी शिक्षा सुनिश्चित गरियोस ।आपत्कालको समयमा सिकाई निरन्तरता र शैक्षिक अधिकारको सुनिश्चित होस ।

    सरकारी कर्मचारी तथा जनप्रतिनिधिका बालबालिकाहरुलाई अनिवार्य रुपमा सार्वजनिक विधालयमा भर्ना गरी पठन पाठनको सुनिश्चिता गरियोस ।स्थानिय तथा प्रदेश सरकारले शिक्षामा लगानी २०% सुनिश्चित गरियोस ।विधालयमा दण्डरहित र भयमुक्त शिक्षा लागु गरियोस ।

    विद्यालय बालमैत्री र अपाङ्गमैत्री बनाउनका लागि वातारण सुनिश्चित गरियोस । सबै बालबालिकाको विधालयमा सहभागिता गुणस्तरिय शिक्षा प्राप्तीको सुनिश्चिता ।विधालयहरुमा अनिवार्य अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गरियोस ।प्रत्येक विधालयमा प्राविधिक शिक्षाको सुनिश्चित गरियोस । शिक्षक महासंघ र नेपाल सरकार बीच भएको सम्झौता बमोजिमको शिक्षा विधेयक २०८२ तत्काल लागु गरियोस जस्ता लागू गर्ने अभियाानले अवाज उठाएको छ।

    समन्वय समितिका जिल्ला संयोजक उतिमलाल चौरसियाको अध्यक्षतामा र्याली पछि भरतचोकमा कोणसभामा परिणत भएका थिए ।  आयोजित कोणसभामा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासले विद्यालयमा वालबालिकाहरु शतप्रतिश भर्नाको सुनिश्ता सँगै विद्यालयमा विद्यार्थी टिकाउने र पढाउने वातावरण विशुद्ध शिक्षामैत्री हुनुपर्नेमा जोड दिए।

    पेशागत सुरक्षा र गुणस्तरिय शिक्षा प्रदानको तीन तहको सरकारले विद्यालयमा राजनितिक पुर्वाग्रह त्यागी शिक्षामुखि रणनिति कार्यन्वयन गर्नुमा ईमान्दार हुनुपर्दछ महासंघका उ्पाध्यक्ष  दासले बताए। आयोजक संस्थाले शिक्षालाई अभियानको रुपमा गरेको कार्यक्रमले समाजमा चेेतना जागेको बताए।शिक्षक महासंघ र सरकार बिच भएको सम्झौता अक्षरस पालना गर्न सरकारसँग माग समेत गरे।

    उक्त कोण सभामा प्रेस सेन्टर नौपालका केन्द्रीय सदस्य रामबाबु मेहता, शिक्षक फोरमका जिल्ला अध्यक्ष पारस साह लगायतकाले गुणस्ततरिय शिक्षााको लागि राज्य प्रदेश र स्थानिय सरकारले शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर्न पर्ने औल्याए।  नेपाल शिक्षक महासंघ र सरकार बिच भएको सम्झौौता कार्यन्वयन सहित नयाँ शििक्षा ऐन ल्याउन माग गरेका थिए।

    उक्त कोणसभाको सञ्चालन संरक्षण नेपालका वृजमोहन कुश्वाहाले गरेका थिए।

     

  • जसपा बाराको अध्यक्षमा रमेश यादव सहित पुरै पायनल निर्वाचित, सहसचिवमा सिकेन्द्र दास अत्यधिक मतले विजयी

    जसपा बाराको अध्यक्षमा रमेश यादव सहित पुरै पायनल निर्वाचित, सहसचिवमा सिकेन्द्र दास अत्यधिक मतले विजयी

     संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    २२ बैशाख, कलैया–जनता समाजवादी पार्टी नेपाल बाराको जिल्ला अधिवेशनमा भएको सम्पन्न निर्वाचनबाट पदाधिकारी सहित जिल्ला कार्यसमिति सबैको मतपरिणाम आज विहानै सार्बजनिक भएको छ।

    मतगणनाको अन्तिम नतिजा अनुसार अध्यक्षमा  रमेश कुमार यादव २६९ मत ल्याई निर्वाचित भएका छन्।भन्ने उनका  निकटम प्रतिद्वन्दी धर्मबिर प्रसाद यादव १७५ ल्याएका छन्।

    यसैगरि दुई जनाको लागि भएको निर्वाचनमा उपाध्यक्षमा द्वय शिवेन्द्र प्रताप सिंह २५३ मत र पुनम कुशवाहा २४६ मत लयाई  बिजयी भएका छन्। भन्ने  उनका निकटम प्रतिद्वन्दी म. मुरतुजा अन्सारी १९९ र सुरेन्द्र प्रसाद साह १८९  मत ल्याएका छन्।

    यसैगरि सचिव पदको लागि भएको निर्वाचनमा शम्भु कुमार गुप्ता २६१  निर्वचित भएका छन्।  भन्ने निकटम प्रतिद्वन्दी मुकेश कुमार पाण्डे १९२ मत पाएका छन्।

    यसैगरि दुई पदको लागि भएको  निर्वाचनमा सह सचिव द्वय सिकेन्द्र दास २७२ अत्यदधिक मत ल्याई निर्वाचित भएका छन्।भन्ने नन्दन गुप्ता २४७ विजयी भएका छन्।

    उनका निकटम प्रतिद्वन्दी धनसुनर यादव १४६ र  सुनैना कुमारी चौधरी १३५ मत पएका छन्।

    यसैगरि कोषाध्यक्षमा  विनोद प्रसाद यादव २६८ मत ल्याई बिजयी भएका छन्। भन्ने उनको निकटम प्रतिद्वन्दी शारदा यादव १६० मत पाएको निर्वाचन अधिकृत्त शंकर प्रसाद साहले जानकारी गराएका छन्।

    पपक दाधिकारी सहित ५७ पदको लागि भएको चुुनावमा ९२ जनाले निर्वाचन लडेका थिए। यस मध्ये ताजा मतपरिणाम अनुसार पदाधिारी  सहित सम्पर्णको पदको मतगणना सकिएकोले मतपरिणाम  घोषणा गरिएको जनाएका छन्।

    जिल्ला कार्यसमितिको लागि ४७९ जना मतदाता संख्या रहेकोमा  ४७२ मत खसेका थिए। जिल्ला निर्चानमा शिर्ष नेताहरुले पायनलमा कसिएकाले पुर्व मेयर रमेश कुमार यादवको पदाधिकारी सहित सदस्यमा समेत पुरै पायनल विजयी भएको जसपाका नेताले बताएका छन्। जिल्ला अधिवशनको  बैशाख १३ गते उद्घाटन रजसपाका केन्द्रीय उपाध्यक्ष राजकिशोर  यादवद्भारा उद्घाटन गरिएका थिए। अधिवेशन सर्वसहम्मत गराउन नेताहरुले अनेक प्रयास गरेपनि युवाको सहभागिता कोहि पछि नहटने आ आफ्नै अडानले सम्भव भएन।  अनथ: जिल्ला नेतृत्वको लागि  शनिवार  सिद्वेश्वर विद्यालयमा निर्वाचन भएको थियो।

     

  • बारा नागरिक समाज विघटन

    बारा नागरिक समाज विघटन

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    १९ बैशाख, कलैया– शुक्रबार नागरिक समाज बारा विधिवत रुपमा विघटन भएको छ। नागरिक समाजका अध्यक्ष उमेशलाल दासले  बिज्ञप्ति जारी गर्दै जिल्ला कार्य समिती बिघटन जनाएका छन्।

    जारी गरेको बिज्ञप्तीमा बारा नागरिक समाज नागरिकको पक्षमा रही न्यायका लागि लडी रहने सस्थाको रुपमा जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको र सस्थाले सदैव शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरण लगायत संबिधानले प्रद्धत गरेका सबै खाले नागरिकको मौलिक अधिकारको ग्यारेन्टीका लागि वकालत र पैरवी गर्दै आएको उल्लेख गरिएको छ।

    त्यसैगरी नागरिकहरुको जनजिवीकाका सवालहरु अवाज उठाउदै अगाडी यात्रा तय गर्दा समेत नागरिकको पीडा र समस्याको समाधान कार्यन्वयन गराउन अप्ठयारोको सामना गर्नु परेको बिज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
    चाडै नै समाजमा प्रबुद्ध ब्यक्तिरुलाई समेटेर पुनः जिल्ला कार्यसमितीको बिस्तार गर्ने समेत दासले बिज्ञप्ती उल्लेख गरका छन्। ।

     

  • ३३ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा कलैयामा बारा शाखाले प्रभात फेरी र कोणसभा गरि मनाए

    ३३ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा कलैयामा बारा शाखाले प्रभात फेरी र कोणसभा गरि मनाए

     संवाहक
    अनलाईन/ राष्ट्रिय दैनिकemail sharing button
    सरोज दास
    २०,बैशाख , कलैया — आज ३३ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बारा शाखाले सदरमुकाम कलैयामा प्रभात फेरी निकालेको छ। महासंघद्धारा आयोजित प्रभातफेरि नगर परिक्रममा पछि भरत चोकमा कोणसभा गरी सम्पन्न भएको हो।
    ।  नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक  तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कोणसभामा शुभकामाना मन्तव्य व्यक्त गर्दै पत्रकारको पेशागत सुरक्षासँगै आफु मर्यादित भई सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिए। साथै उहाँले अरु वेला र महासंघले आयोजना गरेको कार्यक्रममा सहभागिताको विषयलाई जोडदै केवल सुविधाको लागि कार्ड लिन मात्र सिमित यस्ता प्रवृतिमा सुधार ल्याउन उनले भने।
    यसैगरि, कोणसभामा महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरव, प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम निवर्तमान उपाध्यक्ष रामबाबु मेहता, महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान लगायतकाले प्रेस जगत र पत्रकार माथिको हत्या आक्रमण असुरक्षा दिनानुदिन बढ्दै गएको प्रति राज्य गम्भिर
     हुन आग्रह गरेका थिए।
    पेशागत सुरक्षाको लागि महासंघ एकजुट भएर लाग्न प्रतिबद्धता व्यक्त गर्दै माहसंघले गर्ने कार्यक्रम प्रति सबे सहयोगी भएर सफल बनाउन पत्रकारको दायित्व रहेको बताए। र महासंघले पनि सबैलाई साझा रुपमा लिएर हिडन सुझाएका थिए।
    राज्यले पत्रकारको सुरक्षा आश्रित परिवारलाई भरणपोषणको सुनिश्तिता गर्नु जरुरी रहेको बताउदै शुभकामना मन्तव्य व्यक्त गरे।महासंघद्धारा आयोजित कोणसभा शाखा अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा भएको थियो ।
    उक्त कोणसभाका सञ्चालन गर्दै महासंघका उपाध्यक्ष पन्नालाल दासले प्रभात फेरि र कोण सभामा सहभागी पत्रकार सम्पुर्णलाई स्वागत गर्दै  विश्व स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
    पत्रकारले आफु सुरक्षित रहि पुर्ण आचारसहिंताको पालना गर्नु पर्नेमा उपाध्यक्ष दासले जोड दिए।  महासंघले पत्रकारको हकहित, सुरक्षा र दण्डहिन्ताको अन्त्यको लागि गरेको कार्यक्रममा न्युन्ताको प्रश्न उठिरहेको प्रति सजग र सचेत भई अग्रिम भुमिका सुधारोन्मुख होस भन्ने सुझाए।
      कार्यक्रममा  नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका सदस्य  संजीव कुमार मिश्र, बृजमोहन कुशवाहा, साजिर मन्सुर, प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ , पत्रकार महासंघ बाराका उपाध्यक्ष प्रियंका दास, पुर्व उपाध्यक्ष राकेश पाण्डे, श्रमजिवी पत्रकार संघका अध्यक्ष शिवशंकर मिश्रा, मेची महाकाली सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई, प्रेस युनियन बाराका सचिव राजेश कुशवाहा, कोषाध्यक्ष अरुण साह ,  पत्रकार संदिप यादव लगायतका पत्रकारहरुको सहभागिता रहेका थिए।