Author: दाश पन्न्नालाल

  • विहारमा चुनाव, आज देखि तीन दिनसम्म नेपाल – भारत सिमा बन्द

    विहारमा चुनाव, आज देखि तीन दिनसम्म नेपाल – भारत सिमा बन्द

    सरोज दास

    २२ कार्तिक, कलैया— जिल्ला प्रशासन कार्यालय  वाराले विहार सँग जोडिएका नेपाल- भारत सिमा आज देखि ३ दिन बन्द रहने जनाएको छ।

    नेपाल-भारत सीमा नाकामा आवागमन बन्द हुने कार्यालयले आज एक विज्ञप्ति जारी गरि कार्तिक २२ गते बेलुका ६ बजे देखि २५ गते बेलुका ६ बजेसम्म सिमा बन्द रहने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी गराएका छन्।

    २०८२ कार्तिक २५ गते (तदनुसार 11 November 2025) मंगलबारको दिन यस जिल्लाको सीमावर्ती क्षेत्र भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्लामा दोश्रो चरणको विधानसभा निर्वाचन हुने भएको छ।

    निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल-भारत सीमा नाकामा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने नेपाल-भारत सीमा समन्वय बैठकको निर्णय एवं समाहरणालय पूर्वी चम्पारण, मोतिहारीको च.नं. १४१ मिति 07 November 2025 बमोजिमको पत्रानुसार सम्बन्धित सबै जानकारी गराईएको हो।

     

  • कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन

    कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन

    पन्नालाल दास

    २२ कात्तिक, बारा — देशमा सर्वाधिक चर्चामा रहदै आएका पुर्व मन्त्री तथा नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।

    स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे दुई बजे निधन भएको  परिवारजनले जानकारी गरएका छन्।

    उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    उनलाई सिधै आईसीयुमा राखेर उपचार गरिएको थियो र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मिर्गौला फेल  भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस भइरहेको थियो ।

    गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो ।

    त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो । त्सपछि उनी भारत गएर उपचार गराएका थिए । ती चिकित्सकका अनुसार ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनको मृत्यु भएको हो ।

    संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए ।

    घाइते सिंह र अख्तर ईंटा भट्टामा जुउदै जलाएर मारेको घटनाले देस विदेशमा व्यापक चर्चा भएका थिए। पिडित परिवारले करिब १२ वर्ष मुद्दा ताकेदा गर्दा अफताबलाई प्रहरीले पक्राउग गरेका थिए।

    घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए। त्यसलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो ।

    यद्धपि पिडित परिवारले उनिमाथि सर्बोच्च अदालतमा रिट दायर गरेका छन्। न्यायको लडाईमा फैसलाको टुङ्गो नलाग्दै उनको मृत्यु  भयो

    उनको कांग्रेस पार्टी भित्र मात्रै नभई रौतहट जिल्लामै दबदबा थियो।

     

  • पिप्राविर्तामा आगलागि, पशु सहित जलेर लाखौको क्षति

    पिप्राविर्तामा आगलागि, पशु सहित जलेर लाखौको क्षति

     

     

    पन्नालाल दास

    २२ कार्तिक, बारा — गएराती बाराको महागढीमाई नगरपालिका -९ स्थित पिप्राविर्तामा   मध्यराति २ बजे भएको आगलागीबाट पशु समेत जलेर लाखौको क्षति भएको छ।

    स्थानीय महादेव प्रसाद यादवको घरमा घरगोठमा मच्छर धपाउन राखेको घुरबाट सल्केर आगलागि हुनगएको स्थानीय समाजसेवी सोनालाल साहले जनाएका छन्।

    घर पूर्णरूपमा जलेर खरानी भएको छ भने घरमै रहेको दुईवटा बाख्रा जलेर खरानी भएको छ। साथै सँगै बाँधिएको भैंसी डढेर गम्भीररूपमा घाइते भएको छ।

    घरगोठमा लता कपडा सहित भाँडाकुडा र घर पूर्णरुपमा खरानी भएसँगै करिब डेढ लाख बराबरको क्षति भएको पीडित यादवले जनाएका छन्।

    मध्यराति घरमा आगोको मुस्लो सल्केपछि पिडित परुवारले छिमेकी गुहार्दै स्थानीयको सहयोगमा आगो निभाईएको  हो।

    आगलागिबाट पीडित भएका मर्मात भएका पीडित परिवारले राहतकालागि गुहार मागेका छन् । तत्कालै डढेर घाईते भएको भैंसीलाई उपचारको व्यबस्था सँगै पिडित परिवारलई राहतको जरुरी रहेको छ।

     

     

  • जिल्लामा शान्ति सुरक्षा र सुशासन बहालसँगै सेवाप्रवाहमा सुधारको अनुभुति गराउने : प्रजिअ मिश्र

    जिल्लामा शान्ति सुरक्षा र सुशासन बहालसँगै सेवाप्रवाहमा सुधारको अनुभुति गराउने : प्रजिअ मिश्र

    सरोज दास

    २० कार्तिक,बारा —  जिल्लामा शान्ति सुरक्षा र सुशासन बहाल सँगै कसैको दबाब र प्रभावमा नपरि ईमान्दारीका साथ सेवा प्रवाहमा सुधारको अनुभुति गराउने बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले  बताएका छन्।

    नयाँ सिडियोको रुपमा हाजीर भएसँगै जिल्ला प्रशासन कार्यालय बाराका आज सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन्।

    उनले मातहतका कार्यालयहरूमा परिवर्तन आफैबाट सुरु गरी जिल्लाका सबै कार्यालयलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे।

    खुला सिमानाका चुनौतीहरूबारे चर्चा गर्दै प्रजिअ मिश्रले चोरी निकासी पैठारी रोक्ने, गैरकानुनी कार्यहरू नियन्त्रण गर्ने र सीमा वारपार हुने अवैध गतिविधिहरूलाई नियन्त्रणमा कदम चाल्ने बताए।

    कर्तव्यनिष्ट राष्ट्रसेवक भएर समन्वय सहकार्य र सह अस्तित्व सिद्धान्तमाएउटा प्रजिअले गर्ने कार्य ईमान्दार भई निरॐवाह गर्ने छु, उनले भने।

    उनले जेन्जी पुस्ताको भावनालाई बुझेर उनीहरूको मुद्दालाई प्राथमिकता दिने र गृह मन्त्रालयबाट आएको ६२ बुँदे निर्देशन कार्यान्वयन गर्ने बताए।

    सार्वजनिक कार्यक्रमहरूमा माला खादा लगाउनुभन्दा काममा जोड दिने धारणा राख्दै उनले सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न निर्देशन दिए, किनभने मनोबल गिराए जिल्लाकै मनोबल गिर्ने बताए।

    प्रजिअ मिश्रलाई जिल्लाको बस्तु स्थिति बारे जानकारी गराउदै खुुलारुपमा भईरहेको तस्करी नियन्त्रणगर्न सुझाए। , साथै दिनदहाडै घरमा चोरी, लुटपाट र मोटरसाईकल चोरीको घटनामा वृद्धि हुनुमा जनता त्रसित भई प्रहरीको कार्यशैलीबाट असन्तुष्ट रहेकोले यस तर्फ सिडियो मिश्को  ध्यानाकर्षण गराएका थिए।  

    उक्त परिच्यात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, के. स. सिकेन्द्र पासवान, प्रदेश सदस्य साजिर मसुर  उपाध्यक्ष पन्नालाल दास, उपेन्द्र ठाकुर, अनिल तिवारी, रबिन्द्र सिंह, जिउत यादव,मनोज साह, अरुण कुशवाहा लगायतका सञ्चारकर्मीहरूले बाराका समग्र सुरक्षा चुनौतीका विषयमा आफ्ना सुझावहरू राखेका थिए।

    उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्र प्रहरीका सप्रउ खुम केसी अनुसनॐधानका प्रमुख सरोज निरौला , सहायक प्रमुख जिल्ला अधिक छविरमण भट्टराई गायतका सुरक्षा अधिकारीहरूसँगै कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत समेतको उपस्थिति रहेका थिए।

  • बलुवामा उत्तर बाहिनी गंगा स्नान तथा कुवारीमाई मेलाको वडाअध्यक्ष शुक्ला द्धारा उदघाटन

    बलुवामा उत्तर बाहिनी गंगा स्नान तथा कुवारीमाई मेलाको वडाअध्यक्ष शुक्ला द्धारा उदघाटन

     

    सरोज दास
    १९ कार्तिक , बारा–

    बाराको महागढीमाई नगरपालिका -९ पिप्रविर्ता स्थित बलुवामा मंगलवार साँझ उतर बाहिनी गंगा स्नान तथा कुवारीमाई मेलाको उद्घाटन प्रमुख अतिथि यसै वडाका वडाअध्यक्ष दिलिप शुक्लाले गरेका छन्।

    वडाअध्यक्ष शुक्लाले मेलालाई सम्बोधन गर्दै उत्तर बाहिनीमा कार्तिक पुर्णिमा स्नानको महत्व हाम्रै आफ्नै वडामा भएकोले यस ठाँउको विकास प्रबर्द्धनको लागि हरसम्भव काम भईरहेको बाँकि अधुरा काम पनि पूरा हुने प्रतिबद्धता व्यक्त गरे।

    उक्त अवसरमानेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास, वडासदस्य उमेस दास, राम्प्रवेश महतो, रास्वपाका चन्दन स्वर्णकार , प्रतिनिधिको रुपमा सोनालाल साह, विष्णु वैठा तथा मेला समितका जगेश्वर यादव, पोषण यादव, रामाबाबु यादव, कमल राम , दिनेश राम, बुनिलाल यादव, अनिल यादव र सोनालाल साह, विष्णु बैठा, लगायत उपस्थित रहेका थिए।
    मेला समिताका अध्यक्ष धनसुन्दर यादवको अध्क्षतामा सम्पन्न भएको हो।

    हिन्दुहरुको महानपर्व छठ पछि व्रतालुहरुले कार्तिक पुर्णिमाको स्नानलाई धार्मिक दृष्टिकोणले पवित्र मान्दै आएका हुन्।

    प्रत्येक साल झै यस वर्ष पनि बलुवा टोलको उतरपट्टि र हुलाकी सडकको दक्षिण सँगै जोडिएको बसतीमा थलही नदि उत्तर दिशा भएर बगेकोले यस ठाँउको महत्व बढदै गएको हो।

    त्यस किनार मै कुवारीमाईको सानो मन्दिर छ, जो आजको कार्तिक स्नानको महत्वलाई अझ बढाएको छ। उक्त ठाँउले बिस्तारै धार्मिक महत्व बोकेको रुपमा प्रसिद्ध बढदै गएपनि पुर्वाधार विकासले ओझेलमा परेको छ। यद्धपी थलही वारिपारि सानो बस्तीलाई वडा र हुलाकी सडकसँग जोडन झुलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको छ। समस्याको रुपमा वर्षामा वाढीको चपेटा पर्दै आएकोले व्यवसथित गर्न उतिकै आवश्यक छ।
    यो ठाँउलाई धार्मिक स्थानको रुपमा प्रवर्द्धन गर्न स्नान डिल निर्माण गर्न जरुरी देखिन्छ। मेला आज बुधवारसम्म लाग्ने स्थानिय शिक्षक रामानन्द यादवले बताए।

    यसरी बाराको फेटा गाँपालिका-१ स्थित त्रिवेणी संगम आजको स्नानलाई विशेष धार्मिक स्नान सँगै भव्य मेला लागेको युवा उर्जाशिल पुर्व वडाअध्यक्ष जयप्रकाश दासले सामाजिक कार्य बाटोघाटो सडक नाला खानेपानी पिननिक स्पट ब्रतालुलाई सहज सुविधाको लागि हरेक प्रयास आफुले गर्दै आएको बताएका छन्।

    ,यसैगरि सुुवर्ण गाँउपालिका स्थित चरमोहना गाँउको तीनमुहान थलही, जमुनी र तियर नदिको संगममा स्नानले स्थान अगिटेको छ । यसरी महागढीमाई -९ स्थित कन्चनपुर टोलको अलिक दक्षिण सरेहमा गढीमाई स्थान नीर तियर नदि उत्तर भएर बगेकोले यी ठाँउमा कार्तिक पुर्णिमा स्नान भिड बढेको छ।
    साथै धार्मिक अनुष्ठान प्रयोजनका निम्ति जल भर्ने जस्ता कार्यले चिनारी पाएको हो।

  • आज अस्ताउदै गरेको सुर्यलाई अर्घ्य दिई छठ पर्व मधेश लगायत देशभर मनाईदै

    आज अस्ताउदै गरेको सुर्यलाई अर्घ्य दिई छठ पर्व मधेश लगायत देशभर मनाईदै

    सरोज दास

    ११ कार्तिक , बारा—  लोक आस्थाको महापर्व को रुपमा मनाईदै आएकोमा आज तराई मधेसमा अस्ताउदै गरेको सुर्यको अर्घ्य दिई मनाईरहेका छन्।

    निराहार अत्यन्त कठिन र निष्ठापूर्वक मनाइने छठ पर्वको तेस्रो दिन आज सोमबार बारा सहित देशभर उल्लासपुर्वक मनाईरहेका छन्।

    बाराका अधिकाशंं स्थानहरुमा ब्रतालु महिलाले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा साँझको अस्ताउदो सुर्यलाई अर्घ्य दिएका हुन ।

    सदरमुकाम कलैया, जीतपुरसिमरा, सिम्रौनगढ,  महागढीमाईको बरियारपुर, पिप्रविर्ता,  कोल्हवी, निजगढ, लगायत जिल्लाका सवै गाउँ टोलहरुमा आईतवार साँझ अस्ताउदो सूर्यलाई अघ्र्य दिएर व्रतालुहरुले पूजा अराधना गरेको छन् । षष्ठी तिथीलाई छठको मुख्य दिन अर्थात संझीया घाट भन्ने गरिन्छ ।

    यो पर्वमा विशेषगरी सूर्य भगवान र छठी मातालाई ब्रतालुहरुले पूजा अराधना गर्दै गंहु वा चामलको पिठोबाट तयार पारिएको ठेकुवा,केसार, मुला, गाजर, अदुवा,बेसारको हरियो बोट, ज्यामिर, नारिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उंखु, बोडी, फर्सी, पानको पात, मिठाई (बतासा) लाई नाङ्गलो, सुपुली, दौउरा वा छैंटीमा राखी व्रतालुहरुले अर्घ्य दिने परम्परा रहेको छ।

    आज सोमबार अस्ताउदो सूर्यलाई अर्घ्य दिई सकेपछि (भोली) मंगलबार सप्तमीका दिन बिहान उदाउंदो सूर्यलाई अघ्र्य दिएर पूजापाठ गरीसकेपछि छठ पर्व विधिवत रुपमा समापन गरिन्छ ।

    व्रतालुहरुले यसभन्दा अघि कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई नहाए खाए (नुहाउने खाने), दोस्रो दिन पञ्चमी तिथिको ‘खरना’ निर्जला व्रत बसी सांँझ पख नुहाएर चोखो हुंदै चन्द्रमालाई पूजा पाठ गर्ने, तेस्रो दिन षष्ठीका दिन अस्ताउदो सूर्यलाइृ अर्घ्य दिने प्रचलन छ ।

    ब्रतालुहरुले छठघाटमा पुगेर चमुक, ढकनामा अर्घलाई राखेर अस्ताउदो सूर्यलाई अर्घ्य दिने गर्दछन । अर्घ्य दिईसकेपछि राति परेपछि कोशी भएकाहरुले आ–आफनो आङ्गनमा आई माटोको हाती, उखु र चमुकमा बती बालेर कोशी भर्ने गर्दछन । आफुले छठी मातासंग राखेको मनोकांक्षा (भाकल) पुरा भएको भन्दै कोशी समेत भर्ने गरेका छन ।

    छठ पर्वमा सन्तान र परिवारको सुख शान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सूर्य भगवानको पूजा गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने पनि धार्मीक जनविश्वास रही आएको छ ।

  • कम्युनिष्ट नेता हरिहर यादवको सालिकमा माल्यार्पण गरि कचोर्वामा श्रद्धाञ्जली

    कम्युनिष्ट नेता हरिहर यादवको सालिकमा माल्यार्पण गरि कचोर्वामा श्रद्धाञ्जली

    दास पन्नालाल

    ८ कार्तिक, बारा– कम्युनिष्ट नेता हरिहर यादवको सम्झनामा कचोर्वा आज श्रद्धाञ्जली सभाको आयोजना गरि श्रद्धाञ्जली दिईएको छ।

      सिम्रौनगढ नगरपालिकाको कचोर्वा गाउँ स्थित बजारमा अवस्थित उनको सलिकमा विभिन्न पार्टी सम्बद्ध नेता कार्यकर्ता सुवेक्षुक लगायत स्थानीय बासीले फुलमाला चढाइ श्रद्धाासुमन अर्पण गरेका हुन्।

    नेकपा माओवादीका स्थानीय युवा नेता भोगेन्द्र यादवको अध्यक्षतामा भएको सो सभामा युवा नेता नागेन्द्र यायव, रामेश्वर यादव , रामबाबु यादव वाडा नं -९ का वडाअध्यक्ष राम एकवाल लगायतकाले उनको योगदानको बारेमा चर्चा  गरका थिए ।

    सोही प्रसङ्गमा  स्व यादवको जिवनी र योग्दानको बारेमा भाषा आयोगका आध्यक्ष स्थानीय गोपाल ठकुरले तयार पारेका  उनको जिवनीको बारेमा छोटो जानकारी दिईएको थियो।

    राजा महेन्द्रले २०१७ सालमा दलहरूमा प्रतिबन्ध लगाएपछि जनकवि हरिहर यादव भारतमा निर्वासनमा रहनुभएको रहेछ । त्यो कुरा सत्य पनि थियो।

    समय बित्दै गयो । म म्याट्रिक पास गरेर आफ्नै विद्यालय — श्री जय किसान माध्यमिक विद्यालय, धरहरी (रौतहट) — मा प्रशासनिक सहायकको रूपमा काम गर्न थालेँ र गृहस्थ जीवनमा प्रवेश गरेँ ।

    त्यसैबेला तत्कालीन पाकिस्तानी प्रधानमन्त्री शेख जुल्फिकार अली भुट्टो लाई सैनिक शासक जियाउल हक ले फाँसी दिएको घटनाको विरोधमा नेपालमा विद्यार्थी आन्दोलन चर्कियो । त्यसकै फलस्वरूप राजा वीरेन्द्रले २०३६ साल जेठ १० गते सुधारसहितको निर्दलीय पंचायती व्यवस्था वा बहुदलीय व्यवस्थामध्ये एक रोज्ने जनमत संग्रह गर्ने घोषणा गर्नुपर्‍यो 

    उहाँको जन्ममिति सटीक छैन । १९९० सालको भूकम्प आफैंले अनुभव गरेको भन्नुहुन्थ्यो, त्यस आधारमा उहाँको जन्म १९८५ सालतिर भएको अनुमान छ । उहाँ तत्कालीन पटवारी लालबहादुर राय यादव का कान्छा छोरा हुनुहुन्थ्यो ।  थियो — “संसारमा श्रम गर्ने, भोकाउने, उघ्र्याउने मानिसहरू सधैं दुःखी किन ? भगवानले तिनीहरूको आवाज किन नसुन्‍ने ?”

    २००७ सालको क्रान्तिमा उहाँ सक्रिय सहभागी हुनुभयो । कचोर्वा प्रहरी चौकीमाथिको कब्जा पनि उनकै नेतृत्वमा भएको भनाइ छ । प्रजातन्त्रको घोषणा भएपछि पनि राजशाहीप्रति असन्तुष्ट रहनुभयो ।

    २००८ सालमा नेपाल कम्युनिस्ट पार्टीका नेतासँग भेट गरी पार्टीमा प्रवेश गर्नुभयो । त्यसपछि अखिल नेपाल किसान संघ मार्फत किसान आन्दोलनमा नेतृत्व लिनुभयो । २००९, २०११ र २०१३ सालका बारा–रौतहट क्षेत्रका किसान आन्दोलनमा अग्रणी भूमिकामा रहनुभयो र दुई वर्ष जेलसमेत खानुभयो ।

    २०१७ सालपछि निर्वासन र भूमिगत जीवन बिताउँदै उहाँ अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष तथा नेकपा (माले) र नेकपा एकीकरणपछि बनेको नेकपा (एमाले) का पहिलो केन्द्रीय संयोजन समितिका सदस्य पनि हुनुभयो ।

    तर २०४८ सालको संसदीय निर्वाचनमा उम्मेदवार नबनाइएपछि  नेकपा (एमाले) छाडेर नेकपा (संयुक्त मार्क्सवादी) मा जानुभयो । अन्ततः २०६१ साल कात्तिक ८ गते उनको निधन भयो ।

    आज पनि मधेसमा जन्मिएर वर्ग–संघर्षको बाटो समातेका हरिहर यादवजस्ता व्यक्तिहरूको योगदान कम्युनिस्ट इतिहासमा ओझेलमा पारिएको छ । समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा सबैले गर्ने तर व्यवहारमा मधेसी, श्रमिक र किसानका आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति अझै छ ।

    कम्युनिस्ट पार्टीहरूमा नेतृत्व विकासको अवसर सबै समुदायलाई समान रूपमा दिइएको भए मधेसमा पनि कम्युनिस्ट आन्दोलन बलियो हुन्थ्यो । अब साम्प्रदायिक सोच र छद्म राष्ट्रवादका पर्दामुनि सत्य लुकाउन सकिँदैन । 

  • कलैया- सितलपुर अधुरो सडकका बनाउन युवाको हस्ताक्षर अभियान,सडकको लागि युवा जागे

    कलैया- सितलपुर अधुरो सडकका बनाउन युवाको हस्ताक्षर अभियान,सडकको लागि युवा जागे

    ६ कार्तिक, कलैया—  वर्षौंदेखि अधुरो रहेको मानवत मटिअर्वा अन्तर्गत कलैया–सितलपुर सडक खण्ड निर्माणका लागि युवाहरु एक सत्ता देखि वृहत् हस्ताक्षर अभियानमा जुटेका छन्।

    करिब ३ किलोमिटर सितलपुर देखि संस्कार एफएम सम्म बन्न सकेको छैन्। भन्ने विचमा बाँकी रहेको ग्रावेल सडक मटिअर्वा देखि सितलपुरसम्म र पिलुवा देखि संस्कार एफएमसम्म दुईतिर कलोपत्रे भईसकेको छ।

     यो सडक धुलो, हिलो र खाल्डाखुल्डीले दुर्घटनाले त्रासदी बनेसँगै सहरको मुहार नै कुरुप देखिएको छ । नेता तथा स्थानीय निकायको पटक-पटकको आश्वासनबाट दिक्क भएका युवाहरूले ‘उठ र गर’ भन्ने बाटो रोजेका हुन्।

    सौरभ पाण्डे लगायतका युवाहरूको अगुवाइमा सुरु भएको यो अभियानमा बिहानैदेखि बेलुकासम्म घर–घर र चौक–चौकमा पुगेर हस्ताक्षर संकलन भइरहेको छ, जहाँ भाइटीकाको दिनमा समेत नागरिकहरू लाइन लागेर हस्ताक्षर गरिरहेेका छन्।

    हालसम्म २,००० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ र उनीहरूको लक्ष्य ५,००० हस्ताक्षर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएर सडक निर्माणका लागि दबाब दिने रहेको बताएका छन्।

    स्थानीयवासी, वृद्ध, महिला र व्यवसायीको समेत स्वस्फूर्त साथ पाएको यो अभियानले यदि सरकारले तत्काल सडक निर्माणमा ध्यान नदिए अर्को चरणमा सामूहिक आन्दोलन गर्ने चेतावनी दिएको छ।

    विभिन्न राजनितिक दलका नेता मन्त्री समेतले सिलान्तास , आन्दोलन , निरिक्षण ढाठ नै लगाएर टायर बालेर चक्का जाम भयो ।र संसदमा पनि अपुरो सडक खण्डलाई बनाउन अवाज नउठेका पनि होईन्न्। स्वय मेयर विनोद साहले अनसन वस्ने घोोषणा गरेका थिए।

    यसका वावजुद पनि ठेेकेदार, पोल , खाानेपानी पाईप सार्नेका विच वर्षातका कारण अलपत्रलाई कालोपत्रे बनाउने आश्व्वसनमा स्थानियले आश्व्वत हुन नसकेको भन्दै फरक ढंगले अभियान शुरु भएको छ। सरोकारवालले गम्भीर हुन जरुरी देखिन्छ।

  • कलैयामा बहुला कुकुरको त्रास, पत्रकार महासंघका पूर्व उपाध्यक्षसहित ७२ जनालाई टोक्यो, ५२ को उपचार प्रादेशिक अस्पतालमा

    कलैयामा बहुला कुकुरको त्रास, पत्रकार महासंघका पूर्व उपाध्यक्षसहित ७२ जनालाई टोक्यो, ५२ को उपचार प्रादेशिक अस्पतालमा

    दास पन्नालाल

    ​बहुला कुकुर नियन्त्रण बाहिर रहेको र लगातार मानिसहरूलाई  टोक्दै हिँडेको स्थानीयले बताएका छन्। आक्रमणबाट घाइते हुनेहरूमा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डेय पनि रहेका छन्।

    उनले दिएको जानकारीअनुसार, उनी मोटरसाइकलमा भरतचोक तर्फ जाँदै गर्दा कुकुरले लखेटेर टोकेको हो। मानिसलाई हेर्ने वितिकै झम्टिदै टोक्ने गरेको छ।

    टोकाईबाट गहिरो घाउ भएपछि प्रादेशिक अस्पताल कलैयामा इन्जेक्सन उपलब्ध नभएकोले उपवचार हुन नसकेपछि पर्सा स्थित विरगंज नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार गराई घर फर्केको उनले बताए।

    ​घटना पछि स्थानीयवासीमा त्रास फैलिएको छ। कुकुर दक्षिण तर्फ लागेकोले सो क्षेत्रका बासिन्दालाई थप सतर्क रहनुपर्ने जरुरी छ।

    स्थानीय प्रशासनलाई तत्काल बहुला कुकुरलाई नियन्त्रणमा लिई रेबिज लगायतका संक्रमणबाट बच्ने उपायहरू अपनाउन पीडित तथा स्थानीयहरूले माग गरेका छन्।

    ​रेबिजको उच्च जोखिमलाई ध्यानमा राख्दै, टोकाईबाट घाइते भएका सबैलाई अविलम्ब रेबिजविरुद्धको खोप (एआरभी) लगाउन स्वास्थ्यकर्मीहरूले सुझाएका छन् । झारफुकको भरमा नबस्न समेत आग्रह गरिएको छ।

    सरोकारवाला निकाय बहुला कुकुर नियन्त्रण र उपचारमा लाग्नुपर्दछ।

    (more…)

  • ६ दलको समर्थनमा मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त

    ६ दलको समर्थनमा मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त

     दास पन्नालाल —

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए।

    २९ असोज, जनकपुरधाम —   मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए ।

    जनमतका १३ प्रदेश सांसदसमेतको आफ्नो समर्थन रहेको भन्दै काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए ।

    यद्यपि जनमतले त्यसलाई खण्डन गरेपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई नै समर्थन दियो

    मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश तनाव  समेत भएको थियो ।

    कित्ता फेरेर जनमतले सोनललाई समर्थन गरेपछि काङ्ग्रेस र एमाले जनमत फोडेरै भएपनि आफूहरूको नेतृत्वमा सरकार बनाउने प्रयासमा थिए ।

    फलस्वरूप जनमतबाट आज निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ साह-नेतृत्वको जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन् ।

    निर्वाचन कार्यालयमा सनाखत गर्न निवर्तमान मुख्यमन्त्री सिंह पुगेपछि उनलाई रोक्न जनमतका नेता कार्यकर्ताले प्रयासको क्रममा झडप समेतहुन पुगेका थिए।

    मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाले यसपटक बाजी मारेको हो। मदेश सरकारको नेतृत्वको पाएको पहिलो चोट्टी हो। र बाराले दोस्रो मुख्यमन्त्रीको रुपमा मधेशी दल  लोसपा नेता सोनलले अवसर पाएका हुन्।

    यश अघि जसपाले बाराबाटै सरोज यादवले मुख्यमन्त्रीमा थिए।

    लिसपा नेता सोनल सादगी वुकास परेमि र जनताको माझमा ख्याती कमाएका मृदुबाणी नेताको रुपमा मधेशभरि लोकप्रिय नेता हुन्।

    मधेशीको अधिकार र  जनताको जनजिविकाको सवालमा  सधै अवाज उठाईरहने नेताको रुपमा परिचित भएका व्यक्तित्व हुन्।