दास पन्नालाल
१९ असोज,बारा– बाराको प्रसौनी स्थित दुधौरा खोलामा दुई जाना युवाले टिकटक बनाउने क्रममा खोलामा एक बेपता भएका छन् भन्ने अर्का एक जनाको उद्दार भएको छ।
प्रारम्भिक अनुसन्धानबाट युवकहरु खोलाको पुलको किनारमा टिटक बनाउदै गरेको अवस्था घटनामा प्रहरी परिचालन भएको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तमाङले जानकारी गराएका छन्।
बेपाता युवक गोसाईँको खोजतास गर्न सशस्त्र प्रहरीका गोताखोर टोली परिचालन भएको छ।
बेपता हुनेमा प्रसौनी गाँउपालिका – २ बस्ने शम्भु गोसाईको अन्दाजी १८ बर्षिय छोारा विकि गोसाई रहेको छ भन्ने अर्का उद्दार गरिएका प्रसौनी गाँउपालिका-२ बस्ने शंकर केसरीको छोरा अन्दाजी १९ वर्षिय अनराग केसरी रहेका छन्।
आज विहानै करिब ९ को समयमा दुवै युवक टिकटक बनाउने क्रममा खोोलामा खस्न गएका थिए। घटनाको जानकरी पाए लगतै घटना स्थलमा उद्दार कार्यमा टोली खटिएको ईलाक प्रहरीका सईले जानकारी गरएका छन्।