जन जागरण युवा क्लबको सामाजिक परिक्षण र २७ औं वार्षिक साधारण सभा सम्पन्न

दाश पन्न्नालाल दाश पन्न्नालाल 526 Views

 

दास पन्नालाल

२५ असोज, कलैया— समृद्ध मधेस प्रदेश निर्माण गर्न प्रतिबद्ध छौ भन्ने नाराका साथ जन जागरण युवा क्लब बाराको आज कलैया स्थित करण राज पैलेसमा सामाजिक परिक्षण तथा २७ औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

जेजेवाईसी द्धाराका अध्यक्ष भैयारामको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि  करैयामाई गाँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र प्रसाद यादवले संस्थाले सामाजिक क्षेत्रमा गरेको उल्लेख्य प्रगतिको सार्बजनिक रुपमै यसरी भएको सामाजिक परिक्षणको प्रशंसा गर्दै वार्षिक साधारण सभाको  शुभकामना व्यक्त गरेका थिए।

खुुल्ला दिशामुक्त र सरसफाई पहिलेको भन्दा वर्तमान अवस्थामा सुधार हुँदै गएको देखिनुमा एनजिओहरुको योग्दान रहेको उनले धारणा राखेका थिए।

सो कार्यक्रमको समापन गर्दै जेजेवाईसीका अध्यक्ष यादवले दातृनिकायको सहयोगमा मधेश भरि सामाजिक रुपान्तरणको पक्षमा कृषि, सिपमुलक तालिम , शैक्षिक क्षेत्रमा सुधार लगायतमा उल्लेख्य काम गरेको बताए।

लक्षित वर्गको दैनिक जिवनयापनका लागि व्यवहारिक परिवर्तनमा सफल भुमिका रहेको बताए। ६० भन्दा बढी साझेदार संस्त्थासँग काम गर्ने अवसर मिलेकोमा पारदर्शिता, शुन्य सहनशिलता, लैंगिक सामान्ता देखि उत्तरदायित्व निर्वाहमा संस्त्थााले कतै सम्ज्झौता नगरेको र कहिलयै नगर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी  यस ससंस्थाको वार्षिक साधारण सभाको सफलताको शुभकामना दिदै यस संस्थाले समुदाय प्रति अहम भुमिका खेलेको मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै  देवताल गाँउपालिका- ३ वडाअध्यक्ष रामकिशोर कुश्वाहा, करैयामाई गाँउपालिकाका वडाअध्यक्ष सोनालाल साह, प्रेस युनियनका बाराका अध्यक्ष श्याम बाबु यादव, शैक्षिक तालिम केन्द्रका शाखा अधिकृत राजन भण्डारी,  साझेदार संस्था ओ एच डबल्युका प्रतिनिधि कल्पना श्रेष्ठ लगायतकाले संस्थाले गरेका आफ्ना कामको विवरण सहित कार्य प्रगतिको समीक्षा र सामाजिक परिक्षण सफलतापुर्वक सम्पन्न तथा २७ औं वार्षिक साधारण सभाको शुभकामाना व्यक्त गरेका थिए।

सोही अवसरमा जेजेवाईसीकमा कार्यरत ४० भन्दा बढी कर्मचारी मध्ये सब भन्दा उत्कृष्ट कर्मचारीको रुपमा डा. श्री निवास बैठा प्रथम, कौसल साह दोश्रो र पवन सहनी तेश्रो पुरस्कारबाट सम्मानित भएका थिए।

कार्यक्रमको संचालन द्वय कौशल साह र निषा पन्त गरेका थिए
भन्ने  बसुनधारा गैरेले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन्। साथै संस्थाको प्रतिवेदन शिवनाथ यादव र कार्यक्रमको नीति नियम उधेशय बारे संस्थाका कार्यकारी निर्देशक डा.श्रीनिवास बैठाले प्रकाश पारेका थिए।

प्रतिक्रिया
Share This Article