Author: दाश पन्न्नालाल

  • सञ्चारमाध्यमलाई सबलीकरण गर्न केन्द्र मै सिमित श्रोत सुविधाहरु अब प्रदेश र स्थानिय स्तरमा हस्तान्तरण गर्न जरुरी छ : पुर्व मुख्यमन्त्री सोनल

    सञ्चारमाध्यमलाई सबलीकरण गर्न केन्द्र मै सिमित श्रोत सुविधाहरु अब प्रदेश र स्थानिय स्तरमा हस्तान्तरण गर्न जरुरी छ : पुर्व मुख्यमन्त्री सोनल

     दास पन्नालाल 

    ९  पुस ,कलैया–  सञ्चारमाध्यमलाई सबलीकरण गर्न केन्द्रमै सिमित रहेका स्रोत र सुविधाका कारण प्रदेश तथा स्थानीय तहका सञ्चार माध्यमहरू विभिन्न समस्यामा रहेको हस्तान्तरण गर्न जरुरी रहेको  प्रमुख अतिथि मधेश प्रदेशका पुर्व मुख्यमन्त्री जितेन्द्र सोनलले बताएका छन्।

    मिडिया काउन्सिल मधेश प्रदेश द्धारा आज बाराको कलैयामा आयोजित संचारमाध्यमको अवस्था र चुुनौती विषयक एक दिने गोष्ठीलाई उदघाटन गर्दै मधेस प्रदेश सरकारका पूर्व मुख्यमन्त्री सोनलले यस्तो बताएका हुन्।

    पत्रकारको क्षमता अभिवृद्धि, सुरक्षा, तालिम तथा प्रविधिमा पहुँच सुनिश्चित गर्न संघीय संरचनाअनुसार अधिकार र स्रोत प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुन आवश्यक रहेको बताएका छन ।

     स्वतन्त्र, उत्तरदायी र सशक्त पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूको पेशागत हकहित संरक्षण र आर्थिक तथा संरचनागत सशक्तिकरणमा राज्य गम्भीर हुनुपर्नेमा पुर्व मुख्यमन्त्री सोनलले जोड दिए।

    उनले संविधानलाई सहि ट्र्याकमा ल्याउन तोकिएको समयमा नै प्रतिनिधि सभा सदस्य पदको चुनाव गराउनै पर्ने बताएका छन   उनले चुनावलाई भयरहित बाताबरणमा सम्पन्न गराउने दायित्व सरकारको भएकोले त्यो सरकारले गम्भीर भएर हेर्नुपर्नेमा जोड दिदै पत्रकारहरुले चुनावका लागि बाताबरणका निम्ति सुचना सम्प्रेषण वढी फोकस गर्न उनको भनाई थियो।

     मधेस प्रदेशमा सञ्चालित छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यमले भोग्दै आएका समस्या र सुधारका सम्भावनाबारे छलफल गरेर आएको कुरालाई सम्बोधन गर्न आफुले पुर्ण पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

    आज सम्पन्न उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सचिव अशोक तिवारी, महासंघका केन्द्रिय लेखा समितिका संयोजक केसि लामिछाने, नेपाल पत्रकर महासंघ मधेश प्रदेशका अध्यक्ष श्या्म बञ्जाराे सवागत गर्दै संचार माध्यमको अवस्था र चुुनौती बारे आफ्ना मन्तव्य व्यक्त गरेका थिए।

    यसैगरि उक्त गोष्ठीमा सहभागी सम्पुर्णलाई नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासले धन्यवाद ज्ञापन गरेका थिए।

    नेपाल पत्रकार महासंघ पर्साका अध्य्यक्ष ओमप्रकाश खनालर महासंघ बाराका सचिव पुष्पराज खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त गोष्ठीको अध्यक्षता मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव गरेका थिए भन्ने सञ्चालन ोो कटुवाले गरेका थिए। एक दिने गोष्ठीा बारा रॐसाका मिडिया सञ्चालकहरुको संयुक्त रुपमा उल्लेख्य सहभागिता रहेका थिए।

  • शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध : एसपी कुँवर

    शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध : एसपी कुँवर

    दास पन्नालाल

    १९ मंसिर , कलैया–  नयाँ एसपीको रुपमा सरुवा भई आउनु भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवंम् प्रहरी उपरीक्षक  नरेन्द्र कुँवरले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न  प्रतिबद्धता व्यक्त गरेका छन्।

    शुक्रबार प्रहरी कार्यलयमा आयोजित बाराली संचारकर्मीसँगको परिच्यात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

    साधन श्रोतले भ्यासम्म नागरिकको जिउधनको सुरक्षामा केन्द्रित रहने बताए। यश अघि भए गरेका सेवा प्रवाहलाई सूक्ष्म समीक्षा  गर्दै अघि बढने प्रउ कुँवरले धार णा राखेका छन्।

    अपराधनियन्त्रण, सामाजिक सद्भाव र विधिको शासन कायम गर्न आफू सदैव  सुरक्षा चुनौतीलाई संवेदनशील रूपमा लिएर प्रहरी संगठनले प्रभावकारी कार्ययोजना अघि सार्ने बताए।

    नागरिकको विश्वास जित्ने गरी प्रहरी परिचालन र सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनेछ,” उनले भने। कार्यक्रममा पत्रकारहरुसँग सहकार्य गर्दै पारदर्शी र उत्तरदायी प्रहरी सेवा प्रवाहमा सहयोग अपेक्षा गरिएको पनि एसपी कुँवरले बताए।

    राज्यले दिएको जिम्मेवारी बहन गर्दै उनले सञ्चारकर्मीको सुरक्षा प्रति गम्भिर रहेको समेत जनाए ।

  • सिंहको हत्या आरोपी राम र साह प्रहरी हिरासतमा

    सिंहको हत्या आरोपी राम र साह प्रहरी हिरासतमा

    दास पन्नालाल 

    १४ मंसिर , बारा-— बारा प्रहरीले  किरण बेभरेज नेपाल प्रा. लि. पानी फैक्ट्रीका मेनेजर रामकिशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    घटना भएको १६ घण्टा भित्र पक्राउ गरिए पनि दुबैजनाई मंसिर १४ गते मात्रै प्रहरीले विज्ञप्ति मार्फत पुष्टि गरेको हो।

    हत्या आरोपमा पक्राउ पर्नेमा पर्साका वीरगंज महानगरपालिका वडा नं. २२ मनियारी बस्ने द्वय करिमन राम चमारको छोरा वर्ष २१ को राजन कुमार राम र आदेश लाल साहको छोरा वर्ष ३२ को प्रमोद साह तुरहा रहेका छन्।

    २०८२ मंसिर ११ गते बेलुका ८:२५ बजेको समयमा जिल्ला बारा, प्रसौनी गाँउपालिका वडा नं.६ भलुही चोक स्थितमा रहेको KIRAN BEVERAGE NEPAL PVT.LTD. (पानी फ्याक्ट्री) भन्दा २५ मिटर उत्तर तर्फ रहेको खाल्डोमा बीभत्स हत्या भएको अवस्थामा  शव भेेटेको थियो।

    हत्या गरिएका व्यक्ति सर्लाही धनकौल गाँउपालिका- २ घर भई सोही फ्याक्ट्रीमा मेनेजरको काम गर्ने नरसिंह सिंहको छोरा अं. वर्ष ५० को राम किशोर सिंह रहेका छन्। मृतक सिंहलाई धारिलो हतियारको प्रयोग गरी विभत्स हत्या गरी फालेको थियो।

    आरोपित राम सोही पानी फ्याक्ट्रीमा चालकको रूपमा काम गर्दै आईरहेकोमा गत सालको गढीमाईको मेलाको वखत गाडीको कलच प्लेट जलाएको कारण मृतक सिंह र रामको बिच झै-झगडा भएको हुँदा काम छाडी गएको थियो।

    पुनः मिति २०८२/०७/०१ गते देखी २०८२/०८/१० गते सम्म काम गरेकोमा रामले चालकको काम गर्दा फ्याक्ट्रीले तोकेको पानीको बिक्री मुल्य रू. ११० लाई  आफ्नो व्यक्तिगत मुनाफाको लागी उक्त पानी रू.११५/१२० बजारमा बेच्दै आएको कुरा मृतक सिंहले थाहा पाए पछि  मंसिर १० गते रामलाई कामबाट हटाएको बताईएको छ।

    पटक पटक बदमासीको कारणले  मिति २०८२/०८/११ गते मृतक सिंहले चालक रामको हिसाब किताब गरी रकम समेत फछौंट गरी दिएको सोही रिसईवीलाई लिई राजन कुमार राम र उनका साथी प्रमोद साह तुरहा वीरगंजमा संगै बसी जाँड रक्सी खाई हत्या गर्ने योजना बनाई बेलुका ८:२५ बजेको समयमा अ.वर्ष ५० को राम किशोर सिंह फ्याक्ट्रीमा रहेको अवस्थामा दुबै जना आई साथमा बोकी ल्याएका धारिलो हतियार छुरा र ईट को प्रयोग गरी विभत्स हत्या कसुर गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी गराएका छन्।

    घटना राती नै भईसकको भएपनि मंसिर १२ गते बिहान अ.०७:५७ बजे प्रहरीले सूचना पाएका थिए। सूचना लगतै  तत्काल घटना स्थलमा प्रहरी पुगी घटनामा संलग्न रही तत्काल फरार रहेका व्यक्तिहरूको खोजतलास तथा पहिचान गरी जिल्ला प्रहरी कार्यालय पर्सा समेतको समन्वयमा पर्साको छिपहरमाई गाँउपालिका -५ भिस्वाको नाकाबाट भारत तर्फ भाग्दै गरेको अवस्थामा राजन कुमार रामलाई र प्रमोद साह तुरहा वीरगंज महानगरपालिका – २२ मा लुकिछिपि बसेको अवस्थाबाट प्रहरीले आरोपी दुवैजनालाई पक्राउ गरी कर्तव्य ज्यान कसुर मुद्दामा बारा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थमाई थप अनुसन्धान कार्य भईरहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    साथै हत्या भएको घटना स्थलमा रगत लागेको फलामको छुरा-१ थान र रगत लागेको ईट-१ थान समेत बरामद भएको छ।

  • बाराका एसपी संतोष तामाङलाई पदबाट हटाई हेडक्वाटर तानिए

    बाराका एसपी संतोष तामाङलाई पदबाट हटाई हेडक्वाटर तानिए

    ५ मंसिर, काठमाडौं– पदिय दायित्वलाई दुरुपयोलोग गरि जिल्लामा शान्ति सुरक्षा भन्दा निजि स्वार्थमा लिप्त बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तामङको आज प्रहरी प्रधान कार्यालयलेजिम्मेवारी खोसी हेडक्वाटर तानेको छ।

    पछिल्लो क्रममा देखिएका खुल्याम तस्करी र बेथितिका  कारण बाराका एसपी सन्तोष तामाङलाई उनको जिम्मेवारीबाट हटाई प्रहरी हेडक्वार्टरमा तानिएको छ ।

    उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई बारा पठाइएको छ ।

     

  • विहारमा विधान सभाको दोस्रो चरणको मतदान हुँदै, तेजस्वी – नितिश बीच कड्डा प्रतिस्पर्धा

    विहारमा विधान सभाको दोस्रो चरणको मतदान हुँदै, तेजस्वी – नितिश बीच कड्डा प्रतिस्पर्धा

     निरज दास

    २५ कात्तिक,घोडासहन —  आज  छिमेकी मुलुक भारतकोविहार राज्यको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान हुँदैछ ।

    पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

    विहारमा निर्वाचनमा यसपाली मुख्यमन्त्री नितिश पटेलको जनता दल( जेडियु)   सहितको गठबन्धन  एण्डिय  र पुर्व मुख्यमन्त्री लालु यादवको छोरा तेजस्वी यादवको नेतृत्वमा राष्ट्रिय  जनता दल ( आरजेडी) सहितको महागठबन्धन विच कडा प्रतिस्पर्धा हुने बताईएको छ।  साथै जनसुराज पार्टीको पनि हल्लाखाल देखिएको छ।

    मुख्यमन्त्री पदमा विहारको मतदाताले कुर्सीमा बसाउने आजको दोस्रो चरणको मतदान पछि 14 तारिखको मतगणनाले विहारको भविष्य निर्धारण गर्नेछ।

    बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् । विहारसँग जोडिएका सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको हो । आजको मतदानपछि  वेलुका ६ बजेबाट  सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।

    १२२ क्षेत्रमा एक करोड ७४ लाख महिलासहित तीन करोड ७० लाखभन्दा बढी मतदाता छन् । मतदानका लागि ४५ हजार ३९९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

    नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो । मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए ।

     

     

  • दानबहादुर कार्की ३३ औं आईजीपीमा नियुक्त

     

    सरोज दास

    २४ कात्तिक, काठमाडौं — नेपाल प्रहरीको ३३ औं आईजीपीको रुपमा  दानबहादुर कार्की नियुक्त भएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नियुक्त गरिएको हो।

     कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजी कार्की आईजीपीको पहिलो दाबेदार थिए।

    प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । कार्कीले अब २७ कात्तिकबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् । संगठनमा उनी इमान्दार प्रहरीको रुपमा चिनिन्छन् ।

    उनी १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरको रुपमा भर्ना भएका थिए । जसअनुसार विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे २ वर्ष नेतृत्वमा रहनेछन् ।

  • मधेश प्रदेश प्रमुखमा सुरेन्द्र कर्णको नाम सिफारिस

    मधेश प्रदेश प्रमुखमा सुरेन्द्र कर्णको नाम सिफारिस

    २४ कात्तिक, काठमाडौं– नेपाल सरकारले मधेश प्रदेश नयाँ प्रमुखमा सुरेन्द्र लाभ ‘कर्ण’को नाम सिफारिस गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

    मधेश प्रदेशमा मुख्यमन्त्री बनाउने विषयमा उत्पन्न विवादित घटनालाई मध्यनजर गर्दै पुर्वत प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदम मुक्त गर्ने सिफारिस गरेको हो।

    लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री रहदा विश्वासको मत लिन वातावरण असहज बनाई मुख्यमन्त्रीमा एमाले सरोज यादवलाई एउटा होटेलमा नियुक्त गरि सपथ खुुवाएकी थिईिन्।

  • मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त

    मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त

     दास पन्नालाल

    २४ कार्तिक, जनकपुरधाम —  संघिय सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।सोमबार बसेको मन्त्रिपरषद्को बैठकको निर्णयले उनी पदबाट मुक्त गरिएको हो।

    विश्वासको मत परिक्षण गर्न नपाउदै होटेलमा एमालेका मुख्यमन्त्री नियुक्त गरेकी प्रमुख भण्डारीलाई मधेशमा भएको पछिल्लो विवादित घटनाक्रममा हटाइएको हो।’ सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री जगदिश खरेलले बताए ।

    आइतबार मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनको लागि खबरदारी गर्दै  दबाब दिएका थिए ।

    प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन्। तर अस्वस्थताको कारण देखाउँदै काठमाडौं जान्छु भनेर निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले होटल पानसमा कात्तिक २३ गतेको मितिमै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएकी थिइन् । त्यही होटलमै उनले शपथ पनि खुवाएकी थिइन् ।

    यो घटना सार्वजनिक भएपछि प्रदेश प्रमुख भण्डारीको चौतर्फी आलोचना भएको थियो ।

    मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका थिए भने प्रदेश सांसद तथा दलका कार्यकर्ताहरूले प्रदेश प्रमुख बस्‍ने आवास र मुख्‍यमन्त्रीको कार्यकषमा तोडफोड गरेका थिए ।

    मधेश भरि प्रमुख भण्डा्रीको कदम विरुद्ध टायर बालेर नाराबाजी गरेका थिए।  प्रमुखको राजिनामाको माग समेत माग गरेका थिए।

     

     

  • मधेशमा एमाले सरकार गठन, मुख्यमन्त्रीमा सरोज यादव, लखन दास सहित  संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त

    मधेशमा एमाले सरकार गठन, मुख्यमन्त्रीमा सरोज यादव, लखन दास सहित संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त

     पन्नालाल दास
    २४  कार्तिक,  जनकपुरधाम  । मधेशमा प्रदेशमा एमाले नयाँ राजनितिक कोर्ष बदल्दै लोसपाका जितेन्द्र सोनलको सरकार ढाली सरकार बनाएको छ।
    एमाले संसदिय दलका नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भई एमाले पहिलो चोट्टी मधेश सरकारको नेतृत्वको अवसर पाउन सफल भएको छ। नव नियुक्त मुख्यमन्त्री सँगै एमालेका प्रदेश सभाका सचेक लखन दास तत्मा मन्त्रीमा नियुक्त भई सपथ ग्रहण गरिसकेका छन्।
    मधेश प्रदेशमा एमाले सहित, संघीय समाजवादी र राप्रपाको तत्काल तीन दलको संयुक्त सरकार गठन भएको छ ।

     

    सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।

    सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् । संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

    स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटलमा शपथ खुवाएपछि उनको आलोचना भइरहेको छ ।

    विषम परिस्थितिमा सरकार गठनमा विवाद उत्पन्न हुने देखिने सम्भावना रहे पनि अन्तिम टुङ्गो अदालतको परिभाषामा निहित हुनेछ। र निर्धारित समयमा विश्वासको  मत आर्जनको ताका टुङगो लाग्ने छ।

     

  • जेनजीको पत्रकार सम्मेलन, जिल्ला भरि जेनजी समुुह गठन गरिने

    जेनजीको पत्रकार सम्मेलन, जिल्ला भरि जेनजी समुुह गठन गरिने

    सरोज दास
    २३  कार्तिक, कलैया ।  जेनजी एण्ड युथ अफ बाराले आफ्ना एजेण्डा र कार्यादिशा बारे कलैया स्थित बारा उधोग वाणिज्य संघको सभाहलमा शनिवार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
     आयोजित पत्रकार सम्मेलनमा बोल्दै जेनजीका बारा संयोजक सर्माट उपाध्यायले अगामी कार्तिक २९ गतेसम्म जिल्लाका १६ वटै पालिकामा जेनजी समुह गठन तथा मंसिर ६ गते जिल्ला भेला गरिने जानकारी गराए ।
    उनले जेनजी युवालाई एक जुट हुन आग्रह गरे । जिल्लाको प्रत्येक  गाउँ र टोलमा पुगेर भ्रष्टाचार बिरुद्ध अभियान समेत सञ्चालन गरिने बताए ।
    जेनजीका  संयोजक शौरभ पाण्डेयले जेनजी पुस्ताले सबैले गर्व गर्ने कार्य गर्ने बताए । उनले गलत कार्य गर्नेलाई कारवाही गर्नुपर्नेमा जोड दिए । राम्रो काम गर्नेलाई जेनजी पुस्ताले सहयोग गर्ने समेत बताए ।
    त्यसैगरि, सो सम्मेलनमा युवा अभियन्ता शौरभ चौगाईले स्वतन्त्र व्यक्तिलाई मात्र जेनजी समुहमा सहभागिता गराउने बताए । साथै शिक्षा, स्वास्थय क्षेत्रमा देखिएको कमी कमजोरीलाई सुधार गरिने , भ्रष्टाचार बिरुद्ध लडने समेत बताए ।
    सम्मेलनमा आर्दशकोतवाल गाउँपालिकाका प्रदिप कुशवाहाे सानो भ्रष्टाचार विरुद्धको ज्वलन्त उदाहरण  दिपावली छठमा पोलमा जडान गरिने कमअसल खाल का वल्विबलाई गुणस्रुतरी लगाउनु पर्ने अवाज  युवाले उठाएपछि प्रहरी दमन र पालिकाको अध्यक्षले जालझेल गरि मुद्दा गरेको पीडा सुनाए।यसरी सत्यको जित भई झुठा मुद्दा खारे भई  हिरासत मुक्त भएको बताए।
    त्यस्तै सुवर्ण गाउँपालिकाका  जेनजी अजय यादवले आफनो पालिकामा रहेको बेथिती  मौलाउदै गरेको भ्रष्टाचार बारे जानकारी गराएका थिए ।
    जिल्ला कमिटीका अध्यक्ष सम्राट उपाध्याय र जिल्ला समितिको रोहबरमा जीतपुरसिमरा उपमहानगरपालिका नगर कमिटी गठन गरिएको छ । राज थापाको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
    अध्यक्षः राज बहादुर थापा, उपाध्यक्षः कुनाल राज गिरी, उपाध्यक्षः सन्ध्या खरेल, कोसाध्यक्षः सेख रिजवान, सह–कोषाध्यक्षः सुजिता प्याकुरेल, सचिवः बिवेक रिजाल, सह–सचिवः सुदिप सिटौला, सदस्यहरुः धिरज सर्राफ, बिपुल सर्राफ, आशिष लम्साल, प्रिन्स शाह, अङ्गद अधिकारी, सेख सफिक, सिमन उपाधाय, संगम भट्टराई, निसान्त रिमाल , ज्ञान कुमार साह रहेका छन ।
    त्यसैगरी सदस्यहरुमै आकाश वाइबा, शेख साहिल, राजेन्द्र सिलवाल, सोनम शर्मा, बासु खतिवडा, कुन्दन कुमार, शेख प्रबेज , सुजल पाठक, दिपेस श्रेष्ठ, रोजन सिम्खडा , निकेस पटेल , सोम सिंह, अहिल अहमद, इजहार अन्सारी, समान्ट साह, राम किसोर यादव सहित ७० विशेष सदस्य सहित जितपुर सिमराको जेन्जी युथ संगठन बिस्तार गरिएको छ ।
    जिल्ला भरि जेनजी समूह सक्रिय बनाई दलगत दलदलको कुशासनलाई जरैबाट उखेलेर फााल्ने लक्ष्य रहेको बताईएको छ।