न्यायलाई केन्द्रमा विन्दुमा राखेर सेवा प्रवाह गर्नु मेरो आधारभुत मान्याता हो- एसपी तमाङ्ग

दाश पन्न्नालाल
3 Min Read

 संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

२२ माघ, कलैया — बारामा शान्ति सुरक्षाका साथै न्यायलाई केन्द्र विन्दुमा राखेर नागरिकलाई सेवा प्रवाह गर्नु मेरो आधारभुत मान्याता रहेको प्रहरी उपरिक्षक संतोष तमाङ्गले उदघोष गरेका छन्।

आज प्रहरी कार्यालयमा भएको पत्रकारसँग परिचय तथा भेेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।

जिल्ला प्रहरी कार्यालयमा शनिवार हाजिर भएका एसपी तमाङ्ग मातहतका प्रहरी युनिटलाई नागरिकको जिउधनको सुरक्षा र न्यायमा सहजता पु्याउन कुनै कम्जोरी हुन नदिन प्रहरी आचरण र मर्यादा विपरित काम नगर्न  कडा निर्देशन दिईसकेको उनले बताए।

जिल्ला भित्रका प्रहरीलाई आन्तरिक चिन्हितसँगै सुदृढिकरण गर्नुको साथै ९ सय ५६ प्रहरीलाई समान हिसाबले अवसर प्रदान गर्ने र सेवा प्रवाहमा न्यायको प्रकृयामा ढिल्ला हुने , न्याय मर्न नदिने जस्ता कुनै कतै सम्झौता नगर्न निर्देशन दिएको उनले जोड दिए।

कसैको दवाब प्रवाहमा परेर कुनै काम गर्ने प्रहरीको आफ्ना मर्यादा अधिकार र दायित्व भित्र रहेर बारामा राम्रो छुट्टै छाप छोडने बचनबद्धता व्यक्त गरेका छन्।

सिमामा अबैध गतिविधी चोरी निकासी पैठारी  तस्करीलाई शुुन्य सहनशितामा राखेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका प्रउ तमाङ्ग किसानको जनजिविकाको सवालमा उत्पादित बस्तु  बजारसम्मम लैजान विल बिजकको बहानामा र किसानले ल्याउने पारिबाट मलखादलाई हाम्रो प्रहरीबाट दु:ख दिईने कार्य नहुने, उनले थपे।

२० वर्षे सेवा अवधि पारारम्भको  बारामा एसपी भई जिल्लाको कमाण्ड सम्हालिए भन्दा शुरुमा २०६१ साल जेट १५ गतेबाट काठमान्डौबाट प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेका उनी डिएसपी छदाँ प्रधानमन्त्री केपी ओलीको सुरक्षाको दायित्व समेत निर्वाह गरिसकेका अनुसन्धान र कार्यशैलीमा पोख्त मानिन्छ।

बारामा खुल्ला बोर्डरले जिल्लामा नागरिकको सुरक्षा र हत्या अपराधिक घटनाले चुनौती थपिएको र राम्रो काम गरेर जनताको मन जित्ने अवसर पनि रहेको पत्रकारको जिज्ञासामा आफु नागरिकको सुरक्षा र न्यायमा कसैसँग सम्झौता कुनै पनि हालतमा नगर्ने दोहर्याए।

नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासले जिल्लाको सम्पुर्ण पत्रकारको तर्फबाट समाचारको विषयलाई लिएर आउने धम्की दुर्वयवहारलाई गम्भिरतापुर्वक लिई छिट्टो रेसपोन्स गर्न र मातहतका युनिटलाई निर्देश गरिदिन दिएको सुझावलाई शतप्रतिशत लागू गराउने एसपी तमाङ्गले प्रतिबद्धता व्यक्त गरेका छन्।

अर्को प्रसङ्गमा प्रहरी नागरिकको साथि भएर कामगर्ने अनि तथ्य  सवुत प्रमाणको अभाावमा कसैलाई मुद्दा चलाईने छैन। अभिियोग प्रमाणित हुने अपुष्ट अवस्था अनुसन्धानको सिलसिलामा उ निर्दोष मानिने भएकोले दोहोरो मुद्दा दर्ता नहुने बताए।

कार्यालयमा विचौलिया निषेध रहन्छ तर पिडितलाई न्यायको लागि गरिने पहल सुचनालाई सुचनाको कड्डिको रुपमा लिईने तर  यस्ता अनुचित लेनदेन कार्यमा जोकोहि परे नछोडिने प्रउ तमाङ्गले बाराली जनतालाई प्रेस साक्षात्कारमाार्फ आश्व्वत तुल्याएका हुन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *