Category: कृषि

  • प्रहरीले सावा १७ लाखको समान राजश्व कार्यालय पथलैयामा बुझाए

    प्रहरीले सावा १७ लाखको समान राजश्व कार्यालय पथलैयामा बुझाए

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    २९ माघ, कलैया —

    बारा प्रहरीले साढे १७ लाख बराबरको समान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ।

    गएराती ११:५५ बजेको समयमा प्रहरी चौकी पथलैयाबाट  प्रहरी बरिष्ठ नायब उपरिक्षक रोशन अधिकारीको कमाण्डमा खटीएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चौक स्थितमा वीरगंजबाट काठमाणडौँ तर्फ जादै गरेको प्र.३-०२२ च ३५५५ नम्बरको पिकअप गाडीलाई चेेकजाँच गरेका थिए।

    चेकजाँच गर्दा बिल बिजक भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. १७ लाख २३ हजार २६ रूपैया बराबरको पिकअपमा लोड रहेको मोटर पार्टस, कम्प्युटर पार्टस, औषधी, मोबाईल पर्ट लगायत अन्य समानहरू समेत पिकअप नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • एसपी तमाङ्गको एक्सन ९ बिगाहाको गाँजा खेती फँडानी तथा नष्ट

    एसपी तमाङ्गको एक्सन ९ बिगाहाको गाँजा खेती फँडानी तथा नष्ट

      संवाहक

    अनलाई / राष्टरिय दैनिक

     २४ माघ, कलैया–    बाराको उतरी भेेगमा लुकाई छिपाई ९ बिगाहा खेतमा लगाएको अबैध गाँजा खेती फँडानी तथा नष्ट गरिएको प्रहरी उपरिक्षक संतोष तमाङ्गले बताएका छन्।

    जिल्लाको कमाण्ड सम्भाले पछि पत्रकारसँग साक्षात्कार गर्दै गाँजा खेेती जहाँ भएपनि अमीन लगाएर सिमाना एकिन गरि फडानी गर्ने प्रतिबद्धता गरेको तेस्रो दिनमै भनाई र गराईको एक्सन देखिएको छ।

    ईलाका प्रहरी कार्यालय अमलेखगंजले जीतपुर सिमरा उपमहानगरपालीका –  २२ टोल चकरी गाँउ र नयाँ बस्तीमा लगाईएका अबैध गाँजा खेति ५ बिगाहामा करिब १ लाख  बोटहरू फडानी तथा नष्ट गरिएको प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यलाय निजगढले निजगढ नगरपालिका- १२ र  १३ नम्बर वडाको एरियामा ४ बिगाहामा लगाईएका गाँजा ८० हजार बोटहरू फडानी तथा नष्ट गरिएको हो।

    प्रहरी कारवाहीको सिलसिलामा आज साढे ९ बजेदेखि. साढे ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय  र मातहतका प्रहरी ईकाइबाट खटी गएको प्रहरी टोलीले जिल्लाको बिभिन्न स्थानहरूमा ९  बिगाहा खेतमा अवैध रूपमा लगाएको गाँजाको अं.१ लाख ८० हजार   बोटहरू फडानी तथा नष्ट गरिएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जाकारी गराएका छन्।

  • सावा ६४ लाख बराबरको समान सहित गाडी प्रहरीको नियन्त्रणमा

    सावा ६४ लाख बराबरको समान सहित गाडी प्रहरीको नियन्त्रणमा

     संवाहक 

    अनलाईन / राष्टरिय दैनिक

    २३ माघ, कलैया— विशेष सुचनाको आधारमा पथलैया र अमलेखगंज प्रहरीले सावा  ६४ लाख  बराबरको समान सहित  गाडी प्रहरीले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यालय अमलेखगंजले आज  साडे ९ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – २१ अमलेखगंज चौक स्थितमा बिरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख ८३०५ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.४१ लाख ८६ हजार ३० सय  बराबरको wire,toweler,tyre,plywooel jail, led light, नेपाली कपडा र चिनी लगायतका अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिईएको हो।

    त्यसेगरि, १ बजेको समयमा जितपुर सिमरा उप-महानगरपालिका –  – २१ अमलेखगंज चौक स्थितमा बिरगंज बाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.२-०३-००१ च ०७७५ नं. को पिकअपलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.२१, लाख ७४ हजार ८ सय  बराबरको brass utensil-४७ बोरा सहित पिकअप नियन्त्रणमा लिईएको बताईएको छ।

    त्यस्तै, प्रहरी चौकी थलैयाले आजै राति ६ बजेको समयमा जितपुर सिमरा उप-महानगरपालिका – .१ पथलैया चौक स्थितमा यस कार्यालयबाट प्रहरी बरिषठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले गौर बाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख १४६३ नं. को बसलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.६१ हजार ३ सय  ५० रूपैया बराबरको ४ कार्टुन चार्जर र डाटाकेवल समानहरू नियन्त्रणमा लिईएको छ।

    गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६४ लाख २२ हजार ४ सय ५० रूपैया बराबरको विभिन्न समानहरू सहित १ ट्रक १ पिकअप नियन्त्रणमा लिई आवश्यक कारवाही बढाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • २ हजार लिटर अबैध घरेलु मदिरा गंजभवानीपुर प्रहरीद्धारा नष्ट

    २ हजार लिटर अबैध घरेलु मदिरा गंजभवानीपुर प्रहरीद्धारा नष्ट

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    २३ माघ, कलैया– बाराको महागडछीमाई स्थित गंजभवानीपुर प्रहरी चौकीको सक्रिय अभियानको करवाहीको सिलशिलामा  करिब २ हजार लिटर अबैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको बारा प्रहरीले जनाएको छ।

    माघ २१ गते साढे २ बजेदेखि करिब १  बजेसम्म प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका – ०३ र  १०  वडा स्थित ३ स्थानमा सञ्चाल गरेको अबैध मदिरा भट्टी नष्ट गरिएसँगै उत्पादित मदिरा तथा कच्चा पदार्थ समेत नष्ट गरिएको हो।

    नष्ट घरेलु मदिरा तथा उत्पादन गर्न तयारी मदिरा २ सय लिटर अं. मुल्य रू. २० हजार र कच्चा पदार्थ १ हजार ८ सय लिटर अं. मुल्य रू. ९० हजार बराबरको रहेको बताईएको छ।

    रक्सी उत्पादनका सामग्री भट्ठी संख्या -३ ,सानो ड्रम – ५  ठुलो ड्रम- २  नियन्त्रणमा लिई भट्ठी समेत नष्ट गरिएको प्र्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • साढे २९ लाख बराबरको समान प्रहरीको नियन्त्रणमा

    साढे २९ लाख बराबरको समान प्रहरीको नियन्त्रणमा

     संवाहक

    अनलाईन / राष्टॐरिय दैनिक

    २३ माघ , कलैया– बारा प्रहरीले गाडी चेक जाँचको क्रममा साढे २९ लाख बराबरको समान नियन्त्रणमा लिएको जनाएको छ।

    माअ २१ गते बेलुका साढे ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरिक्षक मोह नारायण रायको कमाण्डमा खटीएको प्रहरी टोलीले सो रिमाण बराबरको समान बरामदबगरेको हो।

    जितपुर सिमरा उप-महानगरपालिका- ७ जीतपुर चोक स्थितमा वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको लु १ ख ७९६९ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि समान रहेको र समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. २९ लाख ४८ हजार ९ सय ५३ रूपैया बराबरको ट्रकमा लोड रहेको हाडवेयर सामान अल्मुनियम सिट ,SS हेण्डल , SS टवेयर वेल्ट , इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन ,सब विलेट ,बालनट इन्सेल  लगायत समानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

     

  • ७ किलो लागू औषध गाँजा सहित २ प्रकाउ

    ७ किलो लागू औषध गाँजा सहित २ प्रकाउ

    संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    २३ माघ, कलैया— बारा प्रहरीले ७ किलो लागू औषध गाँजा सहित २ जना मानिसहरू   चेकपजाँचको क्रममा पक्राउ गरिएको जनाएको छ।

    माघ २२ गते विहान अं.०६:१० बजेको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्ष तथा ट्राफिक व्यस्थापन कार्यालय पथलैयाबाट प्रहरी नायब निरिक्षक टंक न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलील लागु औषध गाँजा सहित स्कुटी सवार दुबै जनालाई नियन्त्रणमा लिईएको हो।

    प्रक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका – १५ बस्ने बर्ष ३१ को बिक्रम लामा र मनहरी गाँउपालिका – २ बस्ने बर्ष ३८ को जिवन स्याङवो रहेका छन्।
    उनिसँग लागू औषध गाँजा ७ किलो ( २ पोका) बरामद गरिएको प्रहरीले जनाएको छ।

    जितपुर सिमरा उपमाहानगर पालिका – १ पथलैया स्थित ट्रफिक चेक पोष्टमा खटिएको ट्रफिक प्रहरी टोलीले चेकिङ गर्ने क्रम्मा हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बा.प्र.०३-००५ प ७२६६ नं. को स्कुटी रोकी चेकजाँच गर्दा स्कुटी भित्र लुकाई छिपाई लगी रहेकोबताईएको छ।

    लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरी चालक सहित २ जना मानिसहरू र स्कुटी समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरी प्रवक्ता तथा सुचना अधिकारी डिएसपी प्रकाश साकोटाले जानकारी गराएका छन्।

     

  • न्यायलाई केन्द्रमा विन्दुमा राखेर सेवा प्रवाह गर्नु मेरो आधारभुत मान्याता हो- एसपी तमाङ्ग

    न्यायलाई केन्द्रमा विन्दुमा राखेर सेवा प्रवाह गर्नु मेरो आधारभुत मान्याता हो- एसपी तमाङ्ग

     संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    २२ माघ, कलैया — बारामा शान्ति सुरक्षाका साथै न्यायलाई केन्द्र विन्दुमा राखेर नागरिकलाई सेवा प्रवाह गर्नु मेरो आधारभुत मान्याता रहेको प्रहरी उपरिक्षक संतोष तमाङ्गले उदघोष गरेका छन्।

    आज प्रहरी कार्यालयमा भएको पत्रकारसँग परिचय तथा भेेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।

    जिल्ला प्रहरी कार्यालयमा शनिवार हाजिर भएका एसपी तमाङ्ग मातहतका प्रहरी युनिटलाई नागरिकको जिउधनको सुरक्षा र न्यायमा सहजता पु्याउन कुनै कम्जोरी हुन नदिन प्रहरी आचरण र मर्यादा विपरित काम नगर्न  कडा निर्देशन दिईसकेको उनले बताए।

    जिल्ला भित्रका प्रहरीलाई आन्तरिक चिन्हितसँगै सुदृढिकरण गर्नुको साथै ९ सय ५६ प्रहरीलाई समान हिसाबले अवसर प्रदान गर्ने र सेवा प्रवाहमा न्यायको प्रकृयामा ढिल्ला हुने , न्याय मर्न नदिने जस्ता कुनै कतै सम्झौता नगर्न निर्देशन दिएको उनले जोड दिए।

    कसैको दवाब प्रवाहमा परेर कुनै काम गर्ने प्रहरीको आफ्ना मर्यादा अधिकार र दायित्व भित्र रहेर बारामा राम्रो छुट्टै छाप छोडने बचनबद्धता व्यक्त गरेका छन्।

    सिमामा अबैध गतिविधी चोरी निकासी पैठारी  तस्करीलाई शुुन्य सहनशितामा राखेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका प्रउ तमाङ्ग किसानको जनजिविकाको सवालमा उत्पादित बस्तु  बजारसम्मम लैजान विल बिजकको बहानामा र किसानले ल्याउने पारिबाट मलखादलाई हाम्रो प्रहरीबाट दु:ख दिईने कार्य नहुने, उनले थपे।

    २० वर्षे सेवा अवधि पारारम्भको  बारामा एसपी भई जिल्लाको कमाण्ड सम्हालिए भन्दा शुरुमा २०६१ साल जेट १५ गतेबाट काठमान्डौबाट प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेका उनी डिएसपी छदाँ प्रधानमन्त्री केपी ओलीको सुरक्षाको दायित्व समेत निर्वाह गरिसकेका अनुसन्धान र कार्यशैलीमा पोख्त मानिन्छ।

    बारामा खुल्ला बोर्डरले जिल्लामा नागरिकको सुरक्षा र हत्या अपराधिक घटनाले चुनौती थपिएको र राम्रो काम गरेर जनताको मन जित्ने अवसर पनि रहेको पत्रकारको जिज्ञासामा आफु नागरिकको सुरक्षा र न्यायमा कसैसँग सम्झौता कुनै पनि हालतमा नगर्ने दोहर्याए।

    नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासले जिल्लाको सम्पुर्ण पत्रकारको तर्फबाट समाचारको विषयलाई लिएर आउने धम्की दुर्वयवहारलाई गम्भिरतापुर्वक लिई छिट्टो रेसपोन्स गर्न र मातहतका युनिटलाई निर्देश गरिदिन दिएको सुझावलाई शतप्रतिशत लागू गराउने एसपी तमाङ्गले प्रतिबद्धता व्यक्त गरेका छन्।

    अर्को प्रसङ्गमा प्रहरी नागरिकको साथि भएर कामगर्ने अनि तथ्य  सवुत प्रमाणको अभाावमा कसैलाई मुद्दा चलाईने छैन। अभिियोग प्रमाणित हुने अपुष्ट अवस्था अनुसन्धानको सिलसिलामा उ निर्दोष मानिने भएकोले दोहोरो मुद्दा दर्ता नहुने बताए।

    कार्यालयमा विचौलिया निषेध रहन्छ तर पिडितलाई न्यायको लागि गरिने पहल सुचनालाई सुचनाको कड्डिको रुपमा लिईने तर  यस्ता अनुचित लेनदेन कार्यमा जोकोहि परे नछोडिने प्रउ तमाङ्गले बाराली जनतालाई प्रेस साक्षात्कारमाार्फ आश्व्वत तुल्याएका हुन्।

  • करिब ४० लाख बराबरको समान सहित ट्रक पथलैया प्रहरीको नियन्त्रणमा

    करिब ४० लाख बराबरको समान सहित ट्रक पथलैया प्रहरीको नियन्त्रणमा

    संवाहक 

    अनलाईन/ राष्ट्रीय दैनिक

    २१ माघ, कलैया —बारा प्रहरीले जिल्लाको विभिन्न ठाँउबाट चेक जाँचको क्रममा करीब   ४० लाख  बराबरको समान सहित मिनि ट्रक प्रहरीले नियन्त्रणम लिईएको प्रहरीले जनाएको छ।

     प्रहरी चौकी पथलैयाको ईन्चार्ज प्रहरी बरिष्ठ नायब उपरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले माघ २० गते राति अं.११: ५५ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चौक स्थितमा विराटनगरबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०१-०२-००१ ख ८०८६ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.३८ लाख,१६ हजार ७ सय ६० रुपैया  बराबरको इलेट्रिक सामन, कपडा, कफि लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    यसैगरि, प्रहरी चौकी बरियारपुरका प्रहरी नायब निरिक्षक दल बहादुर श्रेष्को  कमाण्डमा खटिएको प्रहरीटोलीले माघ २० गते बिहान साढे ११  बजेको समयमा महागढीमाई नगरपालिका – २ ईनर्वा चोक स्थितमा  तेलकुवाबाट बरियारपुर तर्फ जादै गरेको ना ७ ख ३४३९ नम्बरको मिनि ट्रकमा लोड अ.७ हजार के.जी.आलु अ.मु.१ लाख ६८ हजार बराबरको आलु सहित मिनि ट्रक नियन्त्रणमा लिएको जनाएको छ।

    विशेष सूचनाको आधारमा गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ३९ लाख ८४ हजार ७ सय ६० रूपैया बराबरको विभिन्न समानहरू सहित २ वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी प्रवक्ता सुचना अधिकारी  डिएसपी प्रकाश  सापकोटाले जनकारी गराएका छन्।

     

  • श्रमजीवी पत्रकार संघको अध्यक्षमा मिश्रा सर्बसहम्मत

    श्रमजीवी पत्रकार संघको अध्यक्षमा मिश्रा सर्बसहम्मत

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १८ माघ  , कलैया–— आज बारामा  शिवशंकर मिश्राको अध्यक्षतामा १३ सदस्यीय श्रमजीवी पत्रकार संघ नेपाल गठन भएको छ ।
    समितिको उपाध्यक्षमा नरेश गुप्ता, महिला उपाध्यक्षमा प्रीयन्का सराफ दुई जनालई चयन गरिएको जनाएको छ।

    यसैगरि, सचिवमा चन्देश्वर चौरसिया, सहसचिव द्वयमा महेन्द्र सहनी, श्याम पासवान र  कोषाध्यक्षमा बिशाल सराफ रहेका छन्।

    यस्तै्, सदस्यहरुमा शर्मालाल बैठा, अनिल वर्मा, अजय बियोगी, बिनिता चौधरी, श्यामकुमार ठाकुर, रन्जन कुमार र कृष्णा कुशवाहालगायतका जिल्ला समिति चयन गरिएको हो।

    नेपाल पत्रकार महासङ मधेस प्रदेशका सदस्य सन्जिवकुमार मिश्राको प्रमुख आतिथ्य, बृजमोहन कुशवाहाको विशेष आतिथ्य र मधेस प्रदेशका प्रेस युनियन संयोजक सत्यप्रसाद श्रेष्ठ को आतिथ्यमा सम्पन्न बैठकले कलैयामा शुक्रबार बसेको भेलाले समिति गठन गरेको हो ।

  • सिम्रौनगढको ईतिहास जोगाउन सामाजिक न्याय विद्यार्थी निकेतन द्धारा दुई दिने गोष्टी शुरु

    सिम्रौनगढको ईतिहास जोगाउन सामाजिक न्याय विद्यार्थी निकेतन द्धारा दुई दिने गोष्टी शुरु

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १६ माघ, सिम्रौनगढ—– सामाजिक न्यायको लागि वैचारिक पक्षधर र अबको बाटो विषयक बाराको ऐतिहासिक नगरी सिम्रौनगढको ओम पार्टी पैलेसमा सामाजिक न्याय विद्यार्थी निकेतन नेपालद्धारा आयोजित तेस्रो संगोष्ठीको दुई दिने कार्यक्रमको आज मधेश प्रदेशका पुर्व प्रदेश प्रमुख राजेश अहिराजले दिप प्रज्वलन गरि उदघाटन गरेका छन्।

    सिम्रौनगढको ईतिहास लोप हुँदै गएकोले यसलाई जोगाउन राज्य सहित नगरले पहल गर्न जरुरी रहेको उनले बताए।

    सिम्रौनगढमा ईतिहासलाई पुष्टि गरिने डढेको चामल, फेला परेका मुर्ती, बाहि, इशरा पोखरी, रानिनिवास दरवार, पलकिया मन्दिर लगायत पुरातत्व विभागद्धाराग गरिएको खोज उत्खनन्लाई संरक्षण सम्बर्द्धन गर्न जरुरी रहेको जोड दिएका छन्

    आजको सिम्रौनगढ पुराना सभ्यता बोकेको ऐतिहासिक धरोहर धार्मिक पर्यटन स्थल हो, यसलाई जोगाउन उदासिन रहेका राज्य सत्ता नगरपालिका प्रति चिन्ता व्यक्त गर्दै मधेश आश्रित दलले संघमा लाभका ठुला पद  शिक्षा, कृषि, पर्यटन  मन्त्री जस्ता पाए। सत्तामा गए तर समय छदा केही गर्न सकेन मधेश विकासको सवालमा पछाडी पर्नुको कारण पनि अरु मध्ये यो पनि प्रमुख हो।

    विद्यार्थीहरु द्धारा देखाईएका सिम्रौनगढको वृत चित्रले ईतिहास प्रति उत्तरदायी बन्न प्रेरित गरेको हुनुपर्दछ। साथै सम्पुर्ण पक्ष मिलि ईतिहास जिवित राख्न आ आफ्ना तर्फबाट अहम् भुुमिका खेेल्न एक जुट हुनु पर्दछ पुर्व प्रदेश प्रमुख अहिराजले जोड दिए।

    सिम्रौनगढको ऐतिहासिक धरोहर बाँकि रहेकलाई जोगाउन र जगेर्ना गर्न नरपालिका जोडतोडले लागेको नगर प्रमुख किशोरी प्रसाद कलवारले बताए। साथै ईतिहासको भगनावशेष र मासिएदैको धरोहरलाई पालिकाले मात्रै सम्भव नरहेको यसमा राज्यको पहलकदमी उतिकै आवश्यक रहेको उनको कथन थियो।

    कानुनका विद्यार्थीले अध्ययन र अनुसनधान पश्चात मिहिनेत गरेर देखाईएका डकुमेन्ट्रीले राम्रो रहेको तर केवल पुरातत्व विभाग वेला न कुवेला आएर उत्खनन् गरेर दुई चार समान फेला पारि लिएर जाने अनि संरक्षण नगर्नाले यहाँ समस्या सृजना भई विकास समेत अवरुद्ध हुने गरेको उनले औल्याए।

    देश भरिकाका कानुन संकायका विद्यार्थीहरुले बृत चित्र मार्फत सिम्रौनगढको ईतिहासबारे जगेर्ना गर्न जोड दिईएका छन्।

    सिम्रौनगढलाई तत्कालिन मगल राजा गयासुदिन तुगलकले सिम्रौनगढमा आक्रमण गरि  ईतिहास तहसनहस गरेेपछि यहाँका तत्कालिन राजाले भागि भक्तपुरमा राज्य स्थापना गरेको बताए।

    आज देखि शुरु दुई दिने कार्यक्रम सामाजिक न्यायको पक्षमा जानकारी एक अर्का प्रति सजग गराउने उद्देश्यले काठमान्डु स्कुल अफ ल, मधेश विश्वविद्यालय , ममता स्कुल अफ ल, हरिखेतान बहुमुखि क्याम्पसका अध्ययनरयनत छात्रछात्राहरुले आफना प्रस्तुति द्धारा अध्ययनको अनुभव साझा गरेका थिए।

    देश भरिका विभिन्न कानुन संकाय क्याम्पसका कानुनका करिब ८७ जना विद्यार्थी सो छलफल कार्यक्रममा सहभागिता जनाएका छन्।

    कृषि  माटो खद्यान्न र मलखादको हरुको उपादेयता र उपभोग बारे सामाजिक न्याय अन्तर्गत बहस छलफल चलाईएका कानुनका विद्यार्थी जयमंगल कोईरीले बताएका छन्।

    दुई दिवसिय संगोष्ठी कार्यक्रम दीक्षा दवाडीको अधयक्षता तथा स्वागत मन्तव्य अधिवक्कता विरेन्द्र प्रसाद यादवले गरेका छन् भन्ने संचालन द्वय आयुष मिश्र र अशुुप्रिया झा गरेका हुन्।