Author: दाश पन्न्नालाल

  • बाबाधाम तिर्थाटनमा गएका बारागढीका बस दुर्घटनामा परेका मध्ये रामको मृत्यु

    बाबाधाम तिर्थाटनमा गएका बारागढीका बस दुर्घटनामा परेका मध्ये रामको मृत्यु

    १४ भाद्र ,कलैया । बाबाधाम तिर्थटानमा गएका बाराको बारागढी गाँउपालिकाका बस भारतको समस्तीपुरमा भएको दुर्घटनामा घाइते मध्ये गम्भिर रहेका एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बारागढी गापा–३ मुर्कीपालियाका ६२ वर्षीय किशोरीराम चमार हुन्।उनको उपचारको क्रममा पटना अस्पतालमा मृत्यु भएको गाँउपालिका अध्यक्ष अशोक जयसवाल ले जनाएका छन्।

    रामको समस्तीपुरमा समान्य उपचार पछि थप उपचारार्थ पटनास्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । रामसँगै उनकी पत्नी रामपति र नातिनी सुजितासमेत घाइते भएकी थिइन् । दुवैजना उपचार पछि निको भएकी छन् । उनीहरू किशोरी रामको शव लिएर नेपाल फर्किदै गरेको आफन्तजनले जानकारी गराएका छन्।

    पिप्रा बसतपुर गाउँबाट ना ७ ख ६४४६ नम्बरको उक्त बस रिजर्भ गरी उनीहरु तीर्थ यात्रामा हिडेका
    बसलाई आइतबार बिहारको समस्तीपुरको मुसरीघरारी चोकमा ट्रकले पछाडीबाट ठक्कर दिँदा पल्टिएको थियो ।

    दुर्घटनामा बसका चालक–सहचालक सहित सवार सम्पुर्ण ४७ जना बोलबम काँवरिया घाइते भएका थिए । केही उपचारपछि घर फर्कि सकेका छन् भन्ने केहिको स्थानिय र काठमान्डौमा उपचार भईरहेको छ।

    भारतमा सरकारी अस्पतालमा उपचारमा लापरवाही भएपछि घाईते आ-आफ्नै खर्चमा उपचार गराईरहेका छन्।

  • न्यायको गुहार , अंशको लागि गिरि दम्तिको आमरण अंशन,

    न्यायको गुहार , अंशको लागि गिरि दम्तिको आमरण अंशन,

    १३ भााद्र, बारा। न्यायको गुहार लगाउदै पैतृृक सम्पतिबाट वञ्चित गरि अंशहक हडपेको भन्दै गत भाद्र ११ गते देखि गिरि दम्तपति अंशको लागि आमरण अंशनमा बसेका छन्।

    बाराको जितपुर सिमरा उपमहानगरपालिका -७ जितपुरका स्वर्गीय फकिरा गिरिको छोरा बुहारी बिनोद गिरि र मालति गिरि अंशकै लागि उनकै घर अगाडी  पाल टाँगेर आमरण अंशनमा बसेका हुन्।


    २०४७ सालमा फरक समुदायसँग प्रेम विवाह गरेपछि लफडा भई घरपरिवारले नस्विकारे पछिको परिणामले ३४ वर्षपछि झन बल्झेको छ।

    विनोद गिरिको भनाई अनुसार बुवाको सम्पतिबाट समान हक पाउनुुको सट्टा लव मैरेज गरेको निहुँमा आफुुलाई घरपरिवाट अनेकौ यातना पीडा दिई अचेत बनाई जालझेलगरि अर्बौको सम्पतिबाट शुरुमा १४ कट्ठामा अंश भर्पाई गराई त्यो जग्गा पनि सोही दिन भाई राजुराज गिरिले बेचेेको आरोप लगाए।

    दम्पति परिवार छुट्टै बस्दै भौतारिदै घर व्यवहार चलाउन अनेकौ दु:ख कष्ट सहेर दुईटा छोरी र एक छोराको लालनपलान गरे त्यत्रो सम्पति भएपनि प्रेम विवाहकै कारण अहिलेसम्म विच्चलीमा परेका छौ,  न्याय दिलाउन संचारकर्मी  मानवअधिकारकर्मी प्रहरी प्रशासन न्यायप्रेमी नागरिक समाजसँग गुहार माग्देै आमरण अंशनमा बसेकी मालति गिरिले वेदना पोखिन।

    छोरा बुहारीले छोरा पायो भनेर सासू आमाले घरमा भित्र्याए पनि मेरो पतिको भाई स्वर्गीय फकिरा गिरा गिरिको छोरा राजुराज गिरले प्रेम विवाहको निहुँमा हामी दम्पतिलाई विभिन्न यातना पीडा दिदै घर निकाला गर्न बाध्य बनाए।अनि बदनामी र  वितण्डालाई  सामसुम पार्न ३८ कट्ठा जग्गा दिईएकोमा त्यो पनि राजुराज गिरिले हडपेको अनको आरोप छ।

    उनले प्राप्ति गरेको सो जग्गा भएपनि फिर्ता दिलाउन समेत विगत चार दिन देखि अंशनमा बसेकी छन्। श्रीमान श्रीमति गिरि छोरा छोरी परिवार सहित अलपत्र अवस्थामा पालमुनि विरामी अवस्थामा परेका छन्।  

    जितपुरको मुख्य चौकमै १४ कट्ठा  चर्पेको दुई तल्ले आलिशान भवनको करिब ६० जति कोठा रहेकोमा दमपति गिरि घर प्रवेशको लागि भाईसँग हकको लडाईमा संघर्ष गर्दै  गेट अगाडी घाम पानी गर्मि बतास बसि आमरण अंशन बस्न बाध्य बनाईएको अवस्थाले सम्पतिको लोभ मान सम्मानको पगरीले बुवाको पैतृक हकबाट हात धुुने अवस्था रहस्य बाहिरिएको छ।

    आफ्नै भाइ राजु राज गिरि र उनका श्रीमती रजनी कुमारीले आफ्नो अंश नदिएको मालती गिरिले आरोप लगाईन । अंशको लागि बारा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको र त्यहा जितपुर सिमराको वडा न ३ कितान १७८ को जग्गा ८ कठा र वडा न ३ कै किता न १७९को ६ कठा गरि राजु राज गिरि र रजनी गिरिले सहमतिमा अंश भर्पाई गरि बिनोद गिरिलाई २०७६ मंसिर २ गते अंश भर्पाई लिखित दिइएको भएपनी राजु राज गिरिले आफ्नो दाजु बिनोद गिरि संग छल गरि सो जग्गा भोलि पल्ट नै बिक्रि गरिएको रहस्य बाहिर आएका छन ।

    स्व . फकिरा गिरिको छोराहरू सबैले अंश पाएको अर्का छोरा बिनोद गिरिले त्यतिबेला अंश नपाएको आफुहरु संग जालसाजी गरिएको मालती गिरिले बताईन । गिरि दम्पती परिवारले जितपुर वडा न ३ किता न ३५९२ को १ बिगहा ७ कठा , किता न ३५८६ को १४ कठा ४ धुर ,किता न ३५९६ को ७ कठा २ धुर गरि जम्मा ३८ कठा जग्गा आफ्नो अंश पाउनु प्रने मांग गर्दै उनको घर अगाडि अनशनमा बसेका छन ।

    शुुरुमा १४ कट्ठामा अंश भर्पाई गराई दिएको जग्गा र पछिल्लोपटक ३८  कट्ठा दिएको बहुमुल्य जग्गा कले कसरी बौच्य? छानबिन गरिनु पर्छ  र हामिले पाउने अंश पाउनु पर्छ माग र गुहार हो, अंसनरत गिरि दम्पतिले बताए। गिरि दम्पतिको दुखेसो र आरोपको बारे उनका भाई परिवारसँग प्रतिक्रिया लिन खोज्दा दिन मानेन्न।  गेट भित्रैबाट रमिता हेर्दै घर पसेका थिए।

  • ट्रक- बाईक दुर्घटनामा सिम्रौनगढका यादव घाईते

    ट्रक- बाईक दुर्घटनामा सिम्रौनगढका यादव घाईते

    १० भाद्र , कलैया। आज  बरााको कलैया उमहानगरपालिका -९ रामपुर चोक स्थित मैदामिल नजिक साँझ सावा सात बजे  ट्रक र मोटरसाईकल बिच ठोकिएर सिम्रौनगढका एक जना गम्भीर घाइते भएका छन्।

    घाइते हुनेमा सिम्रौनगढ नगरपालिका -३ नायकाटोलाका अन्मदाजी ३५ वर्षिय मनोज प्रसाद यादव रहेका छन्।  उनको छाती र शरिरको भित्री भागमा चोट लागि गम्भिर अवस्थामा उपचारको भईरौको छ।

    उनको उपचार कलैयामा सम्भव नभएछि बिरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन्।

    घाईते यादव कलैयाबाट घरतर्फ ज.१ ब ७४० सरकारी नम्वर पलेट पलसर सवार बाईकले घर जाँदै गर्दा सडक छेउमा बायाँ साईडमा रोकी राखेको ना.६ ख १९४३ नं.को ट्रकमा पछाडीबाट ठक्कर दिदाँ मो.सा.चालक गम्भीर घाईते भएका हुन्।

    ट्रक चालक रौतहट माधव नारायण नगरपालिका -२ खेसरहिया बस्ने अं.बर्ष ३० को रामबिकेस साह रहेका छन्। ट्रक र चाल क प्रहरी नियन्त्रणमा रहेको र  थप कुरा बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी सापकोटाकाले बताएका छन्।

  • राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्बोच्चको अन्तरिम आदेश

    राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्बोच्चको अन्तरिम आदेश

    ९ भदौ, काठमाडौ ।राष्ट्रिय परिचयपत्रबारे विभिन्न अडकलबाजीका  बिच सर्बोच्चको आदेशले बुढाबुढिको चिन्ता अलिक कम भएको छ।राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    सर्बोच्चका न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।

    राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौ जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

    सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिमकार्ड लिन र सबै सार्वजनिक बैंक पास्पोर्ट नागरिकता लगायत सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । नागरिकता हुँदाहुँदै परिचयपत्रले अनेकौ झन्झट निमत्याएको छ। दुईटा परिचय खुुल्ने सरकारी कागजातको औचित्य भार मात्रै हो जनमानसमा चर्चा छ

  • बारागढीका बैद्यनाथधाम हिडेका तिर्थालु बस भारतमा दुर्घटना, २५ जना घाइते

    बारागढीका बैद्यनाथधाम हिडेका तिर्थालु बस भारतमा दुर्घटना, २५ जना घाइते

     ९,भदौ, विहार । बाराबाट बोलबम तीर्थ यात्राका लागि बैद्यनाथ धाम गइरहेको बस भारत विहारमा दुर्घटनामा परि २५ जना तिर्थालु घाइते भएका छन्। बसमा ४७ जना तिर्थालु देवघर जाँदै थिएत्यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ 

    समस्तीपुरको सरकारी सदर र वीवन अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । पिप्रा बसतपुर गाउँबाट  उक्त बस रिजर्भ गरी उनीहरु तीर्थयात्रामा निस्केका थिए ।

     बिहारको समस्तीपुर स्थित  मिश्रि घडारीमा आज विहान तीर्थ यात्राका लागि गएको बस दुर्घटना भएको हो ।

    बारा जिल्लाको बारागढी गाउँपालिका – ३ मूर्किपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले जानकारी गराएका छन् ।

    बस दुर्घटनाबारे प्रारम्भिक सूचना आफूलाई पनि आएको छ ,थप बुझने प्रयासमा छु , उनले थपे।

    यता भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

    बाराका तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको केही भारतीय सञ्चारमाध्यमले जनााएको छ।

    समस्तीपुर स्थित मुसरीघरारी चौकमा दुर्घटना हुँदा घाइते हुनेहरु बारागढी गाउँपालिका -३ मुक्तीपलियाका मानिसहरु रहेका छन्। घाईतेहरुको नामावली:-
    गीता देवी, सीमा कुमारी,विश्वनाथ मुखिया बिंद, शोभा कुमारी, राजेश्वर प्रसाद साह, मुस्कान साह, फेकन मुखिया, शिव कुमारी, सियापति देवी,अमन प्रजापति, रामरती देवी, सुजीत कुमारी, राम किशोरी, राम नागेंद्र साह, रामभा साह, सुखिया देवी, लक्ष्मी राउत अहिर,रविंद्र कुमार, रामेश्वर शाह, सुबोध प्रसाद साह,लक्ष्मण मुखिया, सुमन मिश्रा, काजल कुमारी,किशोरी साह,उषा देवी रहेको र अन्य घाइतेहरुको पहिचान हुन बाकी रहेको गाउँ पालिका अध्यक्ष जयसवालले जानकारी गराए । गहातेको उपचार स्थानिय अस्पतालमा भईरहेको छ।

  • मोटरसाईकल दुर्घटनामा परि चालक लामाको मृत्यु

    मोटरसाईकल दुर्घटनामा परि चालक लामाको मृत्यु

    ८ भाद्र ,बारा। मोटरसाईकल  दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका -१ पथलैयामा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालको  मृत्यु भएको हो ।

    बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका -१ बस्ने ३० वर्षीय आदेश लामा रहेको प्रहरीले जनाएको छ ।

    मोटरसाइकल चालक लामा  पथलैयाबाट सिमरास्थित घरतर्फ  जाँदै थिए । घाईते पैदल यात्री हेटौंडा उपमहानगर घर भई ट्रकका सहचालकसमेत रहेका २१ वर्षीय रितेश रुम्बालाई ठक्कर दिँदा दुर्घटना हुन गएको हो ।

    मृतक आदेशले रुम्बालाई ठक्कर दिएपछि मोटरसाइकल सहित बिजुलीको पोलमा ठोकिनपुगी उछिटिएर दुर्घटनामा परेका हुन्।

    बिरगंज स्थित वयोधा अस्पतालमा घाईते भएका पैदलयात्री रुम्बाको खुट्टा भाँचिए उपचार भैइ रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी ढकालले जानकारी दिएका छन् ।

  • अबुखैरनिको मर्स्याङदीमा भारतिय बस दुर्घटनामा मृतकको शव लिन राज्यमन्त्री आएर विमानबाट लगे।

    अबुखैरनिको मर्स्याङदीमा भारतिय बस दुर्घटनामा मृतकको शव लिन राज्यमन्त्री आएर विमानबाट लगे।

    ८ भाद्र ,भरतपुर  । मर्स्याङदीमा भारतीय बस दुर्घटमा परि मृत्यु भएका शवलाई भारत सरकारले विमानबाट लगेका छन्।

    मृतकलाई घर पठाउन भरतपुरमा भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि आएका थिए । उनीहरू पनि साेही विमानमार्फत फर्केका छन् ।

    भारतको पश्चिम बंगाल पानागढबाट भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    उक्त विमान भरतपुरबाट शुक्रबार साँझ ५ बजेर ८ मिनेटमा भारत महाराष्ट्र राज्यकाे नासिकतर्फ उडेकाे छ ।

    प्रजिअ यादवका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये २५ जना महाराष्ट्रकाे जलगाउँ जिल्लाका हुन् । बाँकी दुई जना मृतक बसका चालक, सहचालक गाेरखपुरका हुन् ।

    यस अघि काठमान्डौ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १६ घाइतेलाई भेटेका थिए। साथै गृहमन्त्रि रमेश लेखकसँग पनि भेटेका थिए।

  • बारा प्रहरीले १३ जना जुवाडेलाई रंगे हात समाते,लाखौ रकम बरामद

    बारा प्रहरीले १३ जना जुवाडेलाई रंगे हात समाते,लाखौ रकम बरामद

    • ८ भाद्र,कलैया  । बारा प्रहरीले जुवातास खेल्ने  १३ जनालाई शुक्रबार साढे तीन बजे दिउँसै पक्राउ गरेको छ ।

    प्रहरीले महागढीमाई नगरपालिका-१ स्थित मोतीलाल कुश्वाहाको घरमा छापामारी गरेर १३ जना जुवाडेलाई पक्राउ गरेको हो ।

    कुश्वाहाको घरमा जुवा संचालन भईरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले छापामारी गरेर कुश्वाहा सहित १३ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्र खडकाले जानकारी गराएका छन् ।

    जुवा खेल्दै खेलाउदै गरेको अवस्थामा रंगे हात पक्राउ पर्नेमा  जिल्ला बारा, महागढीमाई नगरपालिका वडा नं -१ का राजेन्द्र साह कानु,  मनोज प्रसाद कुशवाहा , बिनोद प्रसाद, मोतिलाल प्रसाद ,  जतिकर हुसेन, मोतिलाल प्रसाद कुशवाहा, राजु प्रसाद कुशवाहा, अच्छे कस्तुरी साह रहेका छन्।

    त्यस्तै महागडीमाई  -२  राजकिशोर प्रसाद कुशवाहा, वर्ष ४१ को जितेन्द्र तिवारी रहेका छन्।

    भन्ने जिल्ला बारा, सुवर्ण गाँउपालिका – २ बस्ने सुकदेव प्रसाद यादव र मुस्ताक खान पैठान गरि  तेह्र जना जुवाडे पक्राउ परेका छन्।

    उनीहरुको साथबाट एक लाख ७१ हजार दुई सय ८० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरुमाथी आवश्यक कानुनी कार्बाही अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

    कुश्वाहाको घरमा लामो समयदेखी जुवा संचालन हुँदै आएको स्थानीयले बताएका छन । जुवा लतमा क्यौंले आफ्ना सम्पति बेचेर विलिबाठ बनेका एक बृद्धले बताईए।

  • मर्स्याङदीमा दुर्घटनाग्रस्त भारतिय बसमा सवार २७ मृतक, १६ घाईतेको पहिचान।

    मर्स्याङदीमा दुर्घटनाग्रस्त भारतिय बसमा सवार २७ मृतक, १६ घाईतेको पहिचान।

    ७ भदौ,तनहुँ । धार्मिक तिर्थ धाम दर्शनमा भैरहवा, पोखरा हुँदै पशुपतिनाथसम्म यात्रामा निस्किएका भारतीय पर्यटक सवार बस आँबुखैरेनीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु हुन गएको छ ।

    भारतको गोरखपुर हुँदै नेपालको धार्मिकस्थल घुम्न निस्केका पर्यटकहरु सवार बस शुक्रवार  तनहुँको आँबुखैरेनी गाउँपालिका -२ ऐना पहरा नजिकैबाट मर्स्याङ्दीमा खसेको हो ।

    चार धाम (बद्री, केदार, गया, काशी) घुमेर फर्किएपछि नेपाल घुम्न निस्किएका ९६ जनाको टोली पोखरा आइपुगेको थियो । नेपालको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथदेखि पशुपतिनाथसम्म दर्शन गर्ने योजना अनुरुप यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

    पोखराको होटल स्पोट्र्स र पोखरा इन होटलमा बाँडिएर बसेका उनीहरु २ दिन पोखरा घुमेर मुक्तिनाथ भने गएनन् । शुक्रबार बिहानै पशुपतिनाथ दर्शन गर्न काठमाडौं लागे ।

    भारतको महाराष्ट्रदेखि इलाहबाद हुँदै सँगै तीर्थ यात्रा र नेपालको भ्रमण गरेर रोमाञ्चित भएर फर्किने योजनासहित दुई गाडीमा पोखराबाट काठमाडौं लागेका उनीहरु चढेको एउटा गाडी आँबुखैरेनी त्रिशुली नजिकै मस्र्याङ्दीमा खसेको हो ।

    गाडीमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये धेरैको अवस्था चिन्ताजनक छ । २७ जनाले ज्यानै गुमाएका छन् । आँबुखैरेनी–२ को ऐना पहारा भन्दा १ सय मिटर वरको घुम्ति कट्नेबित्तिकै सिधा बाटो आउने बेलामै सडक सुरक्षाका लागि क्र्यास व्यारिएर भत्काउँदै मर्स्याङ्दीमा खसेको हो ।

    मृत्यु भएकामध्ये २६ जनाको पहिचान भएको छ भने १ जनाको पहिचानसमेत खुल्न नसकेको सिडिओ गौतमले बताए ।
    बसमा तिर्थयात्री टोल छरछिमेक र चिनेजानेको साथि सँगी आफन्त नै थिए।
    पृथ्वी राजमार्गबाट नपत्याउँदो ठाउँमा मर्स्याङ्दीमा गाडी खसेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘घटनास्थल दुर्घटना हुने सम्भावित अप्ठ्यारो सडकमा पर्दैन । घुम्ति कटेर सिधा बाटो लाग्ने ठाउँबाट बस खसेको देखिन्छ’ चुमानले भने, ‘तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घुम्ती कटेर सिधा बाटो लागिसक्दा तीव्र गतिका कारण बस अनियन्त्रित हुन सक्ने अनुमान गर्न सकिन्छ ।’

    दुर्घटनामा ज्यान गुमाएका :

    १. वर्ष ४५ का सुहास प्रभाकर राणे

    २. वर्ष ४२ की सरला सुवास राणे
    ३. वर्ष ५७ की नीलिमा सुनिल घाडे

    ४. वर्ष ६२ का तुक्सीराम तायडे

    ५. वर्ष ४५ की मंगला विलास राणे

    ६. वर्ष ६० का सुधाकर वकीराम जावके
    ७. रोहिणी सुधाकर जावके
    ८. सागर कडु जावके
    ९. वर्ष ६० की भारती प्रकाश जावके
    १०. वर्ष ५० को संदिप राजाराम सरोदे
    ११. पल्लवी सन्दीप सरोदे
    १२. गणेश पाण्डुरंग भारंवे
    १३. सुलभा पाण्डुरंग भारंवे
    १४. मिनल गणेश भारंवे
    १५. वर्ष ६ की परी गणेश भारंवे
    १६. नीलिमा चन्द्रकान्त जावके
    १७. वर्ष ४४ को पंकज भगवन भंगाके
    १८. अनिता अविनाश पाटिल
    १९. मुर्तीजा खान
    २०. वर्ष २८ को अनुप सरोजे
    २१. वर्ष ६० की सरला तुडसिराम ताछेडे
    २२. वर्ष ६२ की सुल्क वारमे
    २३. रुपाली हेमराज सरोजे
    २४. गोकर्णी सन्दीप सरोदे
    २५. वर्ष १६ की सदना सुहास राय
    २६. सरोज मनोज भिरुक
    २७. एकजनाको सनाखत हुन बाँकी

    काठमाडौंमा उपचाररत घाइते

    १. ६० वर्षीय सुनील झाण्डे
    २. ४५ वर्षीया भारती पटेल
    ३. ३२ वर्षीय अविनाश पटेल
    ४. ४५ वर्षीया रेखा कोटी
    ५. ५५ वर्षीय न्यारेश्वर नोन्डे
    ६. ५८ वर्षीय आनन्द इक्ले
    ७. ६० वर्षीया आशा पाण्डुरा पटेल
    ८. ६० वर्षीया शारदा पटेल
    ९. ५५ वर्षीय प्रवीण पटेल
    १०. ५६ वर्षीय हेमराज सरौती
    ११. ५८ वर्षीया आशा बोन्डे
    १२. ४३ वर्षीया रूपाली सरौदी
    १३. ५६ वर्षीय हेमराज सरोद
    १४. ४५ वर्षीय सिम अनन्तास्कन्डे
    १५. ६७ वर्षीया कुमोदिनी झाप्रे
    १६. ४२ वर्षीय नेलिमा घेरोङ

    घाईाते मध्ये केहिको अवस्था नाजुक रहेको छ। शवको पोस्टमार्टम पछि परिवारलाई बुझाईने छ। वर्षायाममा हुने बाढी पहिरो लगायत सुख्खा पहिरोमा समौत सरकारले गम्भीर हुन सकौको छैन। सडक हादसा बढेपनि ठोस योजना बनेको देखिएको छैन्।

  • मर्स्याङदी नदिमा खसेको भारतिय बसमा सवार २७ जनाको मृत्यु, १६ जनाको उपचार काठमान्डौमा हुदै। मृतकको शव पोस्टमार्टम गरिदै

    मर्स्याङदी नदिमा खसेको भारतिय बसमा सवार २७ जनाको मृत्यु, १६ जनाको उपचार काठमान्डौमा हुदै। मृतकको शव पोस्टमार्टम गरिदै

    ७  भदौ, तनहुँ ।  तनहुँको आँबुखैरेनी गाउँपालिका- २ ऐना पहरा नजिकैबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेर भारतीय नागरिक सवार मध्ये मृत्यु हुनेको संख्या २७ जना पुगेको छ।

    मृतक सबैको पोखरामा पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने भएको छ ।

    बसमा ४३ जना पर्यटक सवार थिए। शुरुमा १४ र पछि थप १३ जना मृत फेला परे। भन्ने घाईते १६ जनालाई उपचारका लागि नेपाली  सेनाको हेलिकप्टर मार्फत काठमान्डौ पुर्याइएको छ।

    तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार दुर्घटनामा मृत्यु भएका २७ जना शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर आफन्त तथा परिवारलाई बुझाइने छ । शव पोखरा ल्याउने तयारी भइरहेको उनले बताए ।

    तनहुँको दमौलीमै पोस्टमार्टम हुने भए पनि भारतीय दूताबासको आग्रहमा पोखरा ल्याउन लागिएको हो । पोखरा भारतीय दूताबासको कन्सुलर कार्यालय रहेकाले पनि उनीहरुले ल्याउन चाहेको बताइएको छ ।

    भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोर्ट्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।