Author: दाश पन्न्नालाल

  • मुग्लिन–नारायणगढ खण्डमा पहाडबाट खसेको ढुंगा लागेर बस दुर्घटना, २५ जना घाइते

    मुग्लिन–नारायणगढ खण्डमा पहाडबाट खसेको ढुंगा लागेर बस दुर्घटना, २५ जना घाइते

    ७ भदौ, नारायणगढ ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका -२९ सत्र किलोमा बस दुर्घटना भएको छ। आज दिउँसो पवने दुई बजे  माथिबाट ढुंगा खसेर लाग्दा यात्रुबाहक बस दुर्घटना परेको छ ।

    ग २ ख ४७ नम्बरको बस रौतहटको गौरबाट पोखरा जाँदै गरेको थियो ।  माथिबाट ढुङगा खसेर बसमा ठोके अनि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइएकी हुन्।

    चितवन प्रहरीका अनुसार बस दुर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् ।सो  बसमा ३५ जना यात्रु सवार थिए।

    घाइते हुनेहरूमा बारा निजगढ-८का २६ वर्षीया सबिना थापा, रौतहट चपुर-८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी,  रौतहट गौर-२ का १७ वर्षीया सन्ध्या साह,  चितवन भरतपुर महानगर-२९ बस्‍ने २७ वर्षीया पूजा न्यौपाने,  भरतपुर-२९ कै ४८ वर्षीया मनरूपा न्यौपाने र कास्कीको पोखरा महानगर-१७ का ४० वर्षीया सावित्री थापा मगर रहेका छन् । उनीहरूको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै रौतहट कटहरिया-१ का २५ वर्षीय सिनोज दास, रौतहट मंगलपुर-८ का  २० वर्षीय लालबाबु दास, रौतहटकै वृन्दावन-६का २२ वर्षीय विक्रम दास, बसका सहचालक बारा निजगढ-५ का ४३ वर्षीय अर्जुन चौलागाइ, रौतहट गरूडा-४का २० वर्षीय पवन साह र गरूडा-७ बस्‍ने १५ वर्षीय अनोस साह, बाराको जितपुर सिमरा-१ का २४ वर्षीया उन्नती उपाध्‍याय र उनका श्रीमान अनदीप धिमाल रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    यसैगरी रौतहटको गढीमाई-६का ४८ वर्षीय शैलेन्द्र यादव, शैलेन्द्र यादवकी १८ वर्षीय छोरी अर्चना यादव,   रौतहटको वृन्दावन- ६ बस्‍ने २२ वर्षीय दिनानाथ दास, रौतहटको परोहा-७ बस्‍ने ३४ वर्षीय  मो.खैयाज, , रौतहटको  वृन्दावन-६ बस्‍ने १७ वर्षीय नौराज कुमार साह, रौतहटको गौर-५ बस्‍ने ५० वर्षीय नबिन कुमार केसरी, रौतहटको वृन्दावन-६ बस्‍ने १८ वर्षिय अजय कुमार दास,  रौतहटको गौर-९का २१ वर्षीया ढली ठाकुर र उनकी बहिना २० वर्षीया दिव्या ठाकुर सामान्उ घाइते भएकी छिन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ। पल्टिएको बस अहिले पनि घटनास्थलमै छ । सडक भने सुचारू गराइएको छ ।

    यसअघि गत असार २८ गते सोही सडकखण्डमा बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो । सोही दिन सिमलतालमा पहिरोले २ बस बगाउँदा ६२ यात्रुको मृत्यु भएको थियो ।

    वर्षाले र निम्त्याएको पहिरोले पहाड र भिर भएका सडकमा जोखिम बढदै जादा आजै मात्रै कौहि मिनेटको फरकमा दुईटा यात्रुबाहक  बस दुर्घटना भएको छ।
    अबुखैरनीकि मर्स्यङदीमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएको छ १६ जनालाई उद्दार गरि उपचारको लागि हेलिकप्टरबाट काठमान्डौ लगिएको छ।

  • मर्स्याङ्दीमा भारतीय बस खस्यो,१४ जनाको मृत्यु, १६ जनाको उद्दार

    मर्स्याङ्दीमा भारतीय बस खस्यो,१४ जनाको मृत्यु, १६ जनाको उद्दार

    ७ भदौ, काठमाडौं । पृथ्विराज मार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाँउपालिका -२ स्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रु बाहक बस खस्दा १४ जनाको मृत्यु भएको छ । भन्ने  १६ जना घाइते यात्रुको उद्दार गरिएको छ। बसमा  ४१ जना भारतिय यात्रु सवार रहेका बताईएको छ। एकजना चाालक र एक जना सह चाालक रहेका प्रहरी जनाएको छ।

    सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ।

    छिमेकि देश भारतको गोरखपुरबाट भदौ ५ गते पोखरा आएका थिए शु।क्रबार बिहान साढे बजे पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।

    तनहुँक डीएसपीा दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।सक्रियताका साथ उद्दार कार्य भईरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मानविय क्षतिको एकिन् विवरण आउन समय लाग्न सक्ने बताईएको छ। हालसम्म मृतक र घाईातेको पहिचान हुन सकेको छैन।

  • एलएस न्युरो अस्पतालका डा.अंसारी पक्राउ

    एलएस न्युरो अस्पतालका डा.अंसारी पक्राउ

    ७ भदौ,विरगंज । पर्सा  प्रहरीले एलएस न्युरोका नामचलेका एक जना डाक्टरलाई पक्राउ गरेको छ।

    उनी बाराको परवानिपुर गाउँपालिका- ५ स्थित नौतन गण्डकमा संचालित एलएस न्यूरो अस्पतालमा कार्यरत चिकित्सक  हुन्।

    पक्राउ परेका डा. एलएस न्यूरो अस्पतालमा कार्यरत मेडिकल अफिसर अमिर हुसेन अन्सारी हुन्।
    न्युरोका चिकित्सक अंसारीलाई बुधवार अस्पताल परिसर अगाडिबाट पर्सा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

      चिकित्सकलाई पर्सा प्रहरीले ठगी मुद्दाको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    डाक्टर अन्सारीमाथि आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेकोले उनलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका चिकित्सक अंसारीलाई पर्सा प्रहरीले हिरासतमा राखी अदालतबाट तीन दिनको म्याद थमाई  थप अनुसन्धान अगाडि बढाईएको प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    न्युरो अस्पतालको यसरी बिभिन्न बदनामी र उचार सेवाबाट  आमजनमानसमा प्रभाव खस्किदेै गएको छ।

  • टिकटकमाथिको प्रतिबन्ध फुकुवा

    टिकटकमाथिको प्रतिबन्ध फुकुवा

    ६  भाद्र,काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो। नेपालमा  टिकटक एक वर्षदेखि बन्द थिए।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको बताएका छन् ।

    निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले उक्त निर्देशिकाबाहेक पनि चार सर्तहरु पूरा गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ ।

    तीन महिनामा चार शर्तहरु सहित नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनु पर्नेछ।

  • बारा प्रहरीद्धारा सावा करोड भन्दा बढिको समान सहित ट्रक प्रक्राउ

    बारा प्रहरीद्धारा सावा करोड भन्दा बढिको समान सहित ट्रक प्रक्राउ

     

    ६ भाद्र, कलैया । बारा प्रहरीले सावा करोड भन्दा बढी मूल्य बराबरको समान सहित सहित तीन वटा ट्रक नियन्त्रणमा लिईएको  प्रहरी उपरिक्षक महेन्द्र खडकाले जनाईएकका छन्।

    राजश्व छलिको गरि विभिन्न सरसमानहरु लगिरहेको विशेष सुचनाबाट हाम्रोप्रहरीको संयुक्त टोलीले गाडि सहित एकै चोटिमा करोडौको सरसमान समाईएको उनको भनाइ रहेको छ।

    जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधवार पवने दस बजेको समयमा  जीतपुर सिमरा उप महानगरपालिका -७ जीतपुरमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको ४ ख ८८७५ नम्बरको को ट्रकमा लोड गरेको अ.मुल्य रू. ३३ लाख ३२ हजार २ सय २६ रुपैया बराबरको किराना सामान, नरिवल लगायत हार्डवेयर तथा अन्य खुद्रा समानहरू नियन्त्रणमा लिईएको हो।

    त्यसैगरि  सोही ठावँउबाट साढे एघाह्र बजेको समयमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ७ ख ५९२६ नम्बरको डिब्बा ट्रकमा लोड गरेको अं. मुल्य  २८ लाख ९५ हजार ७ सय १३ रुपैया बराबरको लेडिज सुट, ग्लास फ्रेम समिते , वाटर प्रुफ ग्लु  लगायतका खुद्रा समानहरू चेेकजाँचको क्रममा पक्राउ गरेेको छ।

    त्पस्तै प्रहरी चौकी पथलैया ११ बजेर ५० मिनेटमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोकमा बीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ३ ख ७३४२ नम्बरको डिब्बे ट्रकमा लोड गरेको अं. मुल्य  ६६लाख ९० हजार १ सय ३१ रपैया बराबरको कपडा, ग्लास, फोटो पिक्चर, लेडिज सुट, रिबन, पुजा सामाग्रीह तथा अन्य खुद्रा सामानहरू  नियन्त्रणमा लिइएको छ।

    विशेष सुचनाको आधारमा तीनटै  नेपाली ट्रक (गाडी) हरूलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. १ करोड २९ लाख १८ हजार ७० रूपैया बराबरको समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया पठाईएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जनाएका छन।

  • टिआरसी विधेयक राष्ट्रिय सभाबाट पारित

    टिआरसी विधेयक राष्ट्रिय सभाबाट पारित

    ६ भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको हो।

    बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्तावमा सभाले सभाले सर्वसम्मत रुपमा पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका छन् ।

    पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो।

    आयोग गठन भएपछि कस्ता पदाधिकारी आउँछन् उनीहरुले गर्ने कामका आधारमा नेपालको शान्ति प्रक्रिया टुंगिनेतिर अग्रसर हुनेछ । संक्रमणकालीन न्यायलाई यही रुपमा सम्बोधन गरिनुपर्ने र यसका लागि सबै जिम्मेवार हुनुपर्ने दलका नेताको धारणा छ।

  • भातृत्व प्रेमको अटुट रिश्ताको रक्षाबन्धन उत्साहपुर्वक मनाईदै

    भातृत्व प्रेमको अटुट रिश्ताको रक्षाबन्धन उत्साहपुर्वक मनाईदै

    भााद्र, ३ बारा ।  रक्षाबनधन ” भेैया मेरे राखि के बन्धन को निभाना ” तराई मधेसमा आज भातृत्व प्रेमको प्रतीक रक्षाबन्धन  उत्साहपुर्वक मनाईदै छ। आजका दिन दिदि बहिनिले दाजुभाईको हातमा राखि बाँध्ने गरेकी छन्। राखि बाँधेसँगै दाइ भाईसँग दिदि बहिनिले बाचुनञ्जेल रक्षाको वचन पूरा गर्ने वाचा माग्ने गरकी छिन्।

    दिदि बहिनीले राखि नबाँधुनजेल उपवास रहि शुभ साईतमा दाई भाईको संकटबाट रक्षा हेतु आरति देखाई निधारमा चन्दन टिका लगाई मुख मीठो गराई दाहिने हातमा राखि बाँधि दिदीले भाइलाई  अनिष्टबाट ईश्वरले सधै रक्षा गरुन आशिर्वाद दिने गर्छिन्। अनि बहिनिले दाईसँग आशिश ग्रहण गर्छिन्।

    एउटा रक्षासुत( राखि) ले कालले पनि जिवन रक्षा गर्छ भन्ने विश्वास दिदि बहिनिमा रहेको छ। यो अदभुत परम्पाले  दाजु बहिनी बिचको अगाध प्रेम दर्शाएको हुन्छ।

    राखि पर्व मधेशी समुदायमा मात्रै समित रहिआएकोमा दिदी र भाईको बिचको माया प्रेमको अपनत्वको सम्बनधको महत्वले  पछिल्लो समय देशका अन्य समुदायले पनि राखि बाँध्ने परम्परा मान्न थालेका छन्।

    सदियो अघि राक्षसका राजा वलिले युद्ध लडन जादा उनका दूईटी बहिनी गंगा र जमुनाले हातमा रक्षा सुत (राखि ) बाँधि दिएकोले सो युद्धमा उनी विजयी भएका थिए। सोही दिनलाई आजको रक्षा कवचको रुपमा राखि बाँध्ने प्रचलन रहिआएको किम्दवन्ति छ।

    यो रक्षाबन्धन नेपाल भारत लगायत हिन्दु धर्म मान्ने विदेशमा पनि आजैका दिन  हर्षोउल्लासपुर्वक मनाईने गरेको छ। राखि बाँध्ने समयलाई लिएर वैदिक नियमअनुसार भद्रा लागेको भन्दै नेपाल पञ्चाङ निर्णायक समितिले राखि बाँध्ने शुभ साईत १ बजेर ३१ मिनेट पछि विज्ञप्ति जारी गरेेका थिए ।

    अनि नेपाल ज्योतिषचार्य समितिले भद्रा पताल लोकमा लाग्ने भएकोले पृथ्विलोकमा यसको असर नपर्ने भन्दै अनरगल भ्रम फेैलाएको निर्णय सार्बजनिक भएपछि जानकार पंडितको विरोधाभाषले कसका पत्याउने? अन्यौलता  सृजना गरेका थिए। यसका बिच राखि बाँध्ने  परम्परा  रक्षाबन्धनको रित पूरा गेरका छन्।

     

  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति, विज्ञ समिलित ‘संविधान पुनरावलोकन आयोग’गठनको माग संविधान संशोधन/पुनरलेखन गर्नुपर्ने जसपा नेपालको प्रस्ताव

    प्रत्यक्ष निर्वाचित राष्ट्रपति, विज्ञ समिलित ‘संविधान पुनरावलोकन आयोग’गठनको माग संविधान संशोधन/पुनरलेखन गर्नुपर्ने जसपा नेपालको प्रस्ताव

     

    भाद्र २, काठमाडौँ ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले राष्ट्रको कार्यकारी प्रमुखमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था सहित संविधान संशोधनको प्रस्ताव पारित गरेको छ ।
    पहिचान झल्कने प्रदेशहरूको नामकरणम जोड दिएको छ । संविधान संशोधनका लागि विज्ञ सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ बनाउनुपर्ने र आयोगको सिफारिसका आधारमा संविधान संशोधन / पुनरलेखन गर्नुपर्ने जसपा नेपालको प्रस्ताव छ।

    संघिय राजधानी काठमाडौमा साउन २७ देखि चार दिनसम्म चलेको केन्द्रीय समिति बैठकबाट पारित अध्यक्ष उपेन्द्र यादवको ६७ बुँदे राजनीतिक प्रतिवेदनमा समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने, स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र राख्नुपर्ने लगायत विषय समेटिएको छ ।

    पुर्ण समानुपातिक, समावेशी प्रतिनिधित्व भएको संघीय न्याय प्रणाली, राष्ट्रिय/जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहितको राज्यको संरचना र राज्यशक्ति बाँडफाँड लगायतका लागि संविधान संशोधन गर्नुपर्ने माग छ।

    अध्यक्ष यादवले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा संघीयता कार्यान्वयनका लागि प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने, संघीय निजामती ऐन संसदबाट पारित गरी कर्मचारी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्नुपर्ने, संघ र प्रदेश सरकारमा मन्त्रालयहरूको संख्या घटाउनुपर्ने र प्रदेश मामिलासम्बन्धी विषय प्रदेश सरकारलाई नै जिम्मा दिनुपर्ने पनि उल्लेख छ ।

    जसपा नेपालले लोकतान्त्रिक प्रणालीको मूल सिद्धान्त र भावनाअनुसार संसदीय/प्रादेशिक निर्वाचन क्षेत्रको पुनर्निर्धारण गरिनुपर्ने माग पनि अघि सारेको छ ।

    राष्ट्रिय सभामा प्रदेशको जनसंख्याको अनुपातमा प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव छ । मधेश आन्दोलनका ताका आन्दोलनकारीमाथि लगाइएका मुद्दा नेपाल सरकारसँग भएका सम्झौता अनुसार तुरुन्त खारेज गर्न माग गरिएको छ । आन्दोलनरत व्यक्तिको गैरन्यायिक हत्या गरिएकोलाई सहिद घोषणा गर्न माग गरिएको छ ।

    मधेशी र गैरमधेशी दलितहरूको छुट्टाछुट्टै सूची तयार गर्ने तथा तराई/मधेशका अति पिछडिएका मुसहर, डोम, मेस्तर, हल्खोर जातिलाई महादलित घोषणा गरी तिनको उत्थानका विशेष व्यवस्था गरिनुपर्छ, निःसहाय, सुकुम्बासी तथा वास्तविक भूमिहीन नेपालीलाई जिल्लाभित्र नै भूमि उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।
    शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण अन्त्य गर्नुपर्ने, स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि नहर,तटबन्ध, सिचाई आयोजना निर्माण र किसानलाई अनुदान दिनुपर्ने माग पनि गरिएको छ ।

    ’ सुशासनको क्षेत्रमा कडाइका साथ काम गर्न सरकारलाई आग्रह गरिएको छ । ‘सुशासन र सदाचारका लागि भ्रष्टाचार, कमिसनतन्त्र, नेता र व्यापारीको स्वार्थको जालो बिचौलिया तथा प्रशासनिक अक्षमता र ढिलासुस्ती लगायतका कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने, निर्मूल पार्ने’ प्रस्ताव प्रतिवेदनमा उल्लेख छ ।

    मिटरब्याजबाट पीडितलाई मुक्त गर्न गाउँमा वित्तीय संस्था स्थापना गरी सहज ढंगले ऋण उपलब्ध गराउन माग गरिएको छ । ‘मिटरब्याजसम्बन्धी कारोबारले समाजमा आन्तरिक द्वन्द्वका साथै अत्यन्त गम्भीर रूपमा उत्पन्न भएका समस्या समाधान गरिनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।

  • बैदेशिक रोजगारीबाट एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

    बैदेशिक रोजगारीबाट एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

    भदौ २ , काठमाडौं ।  देशमा पछिल्लो एक वर्षको अवधिमा करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । स्वदेशमा रोजगारी नपाएपछि मान्छे लाखौको संख्यामा बैदेशिक रोजगारीमा खााडि मुलुक अरब कतार मलेसिया लगायत देशमा कामको शिलशिलामा विदेशिनु परेको दृष्टान्त आंकडाले देखाउँछ।

    नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ । यो अघिल्लो आ.व. २०७९/८० को तुलनामा १६.५ प्रतिशत बढिी हो ।

    राष्ट्र बैंकको यो तथ्याङ्क अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो ।

    यस वर्ष वैदेशिक रोजगारीमा जाने संख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाह अनुमान भन्दा अत्यधिक हो ।

    वैदेशिक रोजगारीमा जानेको संख्यामा ४.३४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा भने सात लाख ४१ हजारले नयाँ र पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष यस्तो स्वीकृति लिनेको संख्या ७ लाख ७४ हजार थियो।

    रेमिटेन्स भित्रिने दर बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ। बैंकहरूमा संकलन भएको निक्षेप वार्षिक सात खर्ब ४२ अर्ब रूपैयाँले बढेको छ। निक्षेप १३ प्रतिशतले बढेको हो।

    पढेलेखेका योग्य दक्ष सहित कामदार विदेशिनुको आफ्नै व्यथा छ। उनिहरुले पठाएको रेमिटन्सले देशमा अर्थतन्त्रमा ठुलो टेवा पुर्याएको छ।

    बैध रुपमा आउने बैंक, आएमई ,मनिट्रा्सन्फर  लगायतबाट मात्रै हो, यस बाहेक हुण्डि कारोबारी मार्फत  अर्बौ रकम रेमिटान्स चुहावट भईरजहेको  हुण्डि कारोबारी पक्राउ पर्नुले पुष्टि गरेको छ।

  • दलितलाई खेै? भन्दै सडकमै सुतेर विरोध प्रदर्शन

    दलितलाई खेै? भन्दै सडकमै सुतेर विरोध प्रदर्शन

    काठमाडौँ — राज्यको मुलधारबाट वञ्चित दलित समुदाय विभेदबाट मुक्ति र पाएको अधिकार कार्यन्वयनको लागि आन्दोलनमा होमिएका छन्। संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरेपनि सरकारले कार्यान्वयन नगरेको भन्दै अभियन्ता र युवाहरूले भुँइमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।


    • ११ दिनदेखि शरीरमा नेल /सिकड लगाएर काठमाडौंको माइतीघरमा दिनभर धर्ना दिँदै आएका दलित अभियनका संयोजक खगेन्द्र सुनारको विरोध प्रदर्शनमा समर्थनमा शनिबार युवाहरूले भुँइमा सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

    दलित अभियनता सुनारले मन्त्रिपरिषद् गठन असमावेशी भएको,  राजदूत नियुक्तिमा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानून, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै साउन २३ गतेदेखि शरीरमा नेल लगाएर प्रदर्शन गर्दै आएका थिए ।

    दुई दिनअघि प्रदर्शनकै क्रममा संसद्‌ भवनभित्र प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । युवाहरुले ‘दलितलाई खै’ भन्ने प्ले-कार्ड सहित विरोध प्रदर्शन गरेका हुन्।

    संयोजक सुनारले संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्त  बमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आएका छन् ।

    (more…)