Author: दाश पन्न्नालाल

  • विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाको पुर्व तयारी

    विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाको पुर्व तयारी

     साउन ३२,महागढीमाई, बरियारपुर ।  गढीमाई पञ्चवर्षिय मेला नजिकिदै गएको छ। लाखौको भिडलाई सुव्यवस्थित तुल्याउन पुर्व तयारीमा नगरपालिका र मन्दिर विकास समिति जुटेको छ।

    मेलाको स्वामित्व लिन आन्तरिक छलफल  र योजना बनिरहेको बताईएको छ।  पशु वलि बढी चढने एसियाको सब भन्दा ठुलो मेला हो।  विश्ववमा प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेला यहि २०८१ सालको अबको तीन महिना पछि मंसिरमा लाग्ने भएको छ।

    बाराको महागढीमाई नगरपालिका स्थित बरियारपुरमा हरेक पाँच  वर्ष पछि मसिर महिनामा लाग्ने गर्दछ।  करिब एक महिना अगावै देखि मेलाको तामझाम र क्षणक देखिन थाल्छ । छठपर्व पछि मेलाको रौनकता बढदै जान्छ।

    गढीमाईको महिमा र यशलाई लिएर दर्शन, मेला भर्ने श्रद्धालुको बाक्लो आवतजावत हुन थाल्छ। मंसिर शुुक्ल पक्ष एकम् देखि सप्तमी अष्टमीको बृहत् पुजापाठ पछि  विधिवत वलि दिने प्रारम्भ हुने गरेको छ।

    मेला लागेको सोही वर्ष पुन: माघे संक्रति ( खिचडी)का दिन भव्य मेला लाग्ने गरेको छ। कारणबश मंसिरमा भाकल चढााउन नसकेका भक्तजन मनोकामना पुर्तिको पाडा बाहेक पशु पंक्षि वलि चढाउँछन्।

    • यसपछि पनि कसैले भााकल गरेेकाले वलि चढााउन छुटेछ भन्ने फाागु पुर्णिमा / होली पर्वको दिन पुजारी शिव चौधरी र मंगल चौधरीको आंगनमा रहेको मन्दिरमा वलि दिने परम्परा छ। त्यस पश्चात वलिको समाप्ति हुन्छ । अब अर्को पाँच वर्ष पछि लाग्ने मेलामा वलि दिईने पुजारी शिव चौधरी बताउँछन्।

    गढीमाईको मन्दिर विशालकाय नभएपनि किम्दवन्ति अनुसार जेल जिवनबाट भगवान चौदधरीलाई मुक्त गराएकी बेला देखि गढीमाईको महिमाको गाथाले संसारभरि ख्याति कमाएको छ। ईच्छा वरदानको पुर्ति हुने, गढीमाईको मन्दिरको फुल अक्षता बाँझो नारीले खादा नि:सन्तानले पुत्र प्राप्ति हुने गरेको जनविश्वासले गर्दा हरेक वर्ष भाकल बढदै गएको हो।सोही बेला देखि गढीमातालाई पशु वलि चढााउने प्रथा रहदैआएको बताईन्छ। भाकल गरे नगरेपनि वलि नचढाए अनिष्ट हुने डरले मानिस गढीमाई मन्दिर आसपास क्षेत्र गाँउघरमा घरैपिच्छे कम्ति एक बोका अनिवार्य चढााउने प्रचलन छ। भाकल गरेअनुसार स्व:स्फुर्त दुई/ चाा बोका र पाडाको वलि दिईने परम्परा कायम छ। मन्दिर स्थापना कालदेखि भगवान चौधरीका बंशज मुख्य पुजारी लगायत मन्दिरका रेखदेख पुजापाठ गर्ने चौधरीहरु नै यस ऐतिहासिक गढीमाई मन्दिरका पुजारी रहदै आएका छन्। यहाँ पण्डित पनि यिनै चौधरीका आशिर्वाद थााप्छन्।

     

    मान्छेको आस्था विश्वासले मनमा चिताएको पुरा भएकोले भाकल स्वरुप बोका , राङ्गा( पाडा) , हाँस, परेवा, कुखुरा लगायतका बलि चढाउने चलन प्रथाको रुपमा कायम छ। यसको साथै फलफुल, मिठाई ,नारिवल चुनरी समेत चढाई पुजाआजा पनि गरिन्छ। दिनहुँ भििडभााड हुने गरेको छ।

    गत मेलामा २० औं लाख मानिस मेला भर्न आएका थिए। हजारौ पशुपंक्षिको वलि चढेेका थिए। मेला व्यवस्थापनमा यसपाली मन्दिर परिसर धुुलोरहित बनाईएको छ। पसललाई व्यस्थित गरिएको छ। मन्दिर नीर लकर सुविधा थपिएको छ भन्ने स्तनपान गराउने सुविधा व्यस्थित गरिएको छ।

    मन्दिर विकासका प्रयासहरु नभएका होईन्न जुन किसिमले हुनुपर्ने हो, अपेक्षित हुन सकेको छैन्। गढिमाई नगरपालिका र बारा जिल्लाको मात्रै नभई देशको धाार्मिक स्थल धरोोहरको रुपमा रहेकोले राज्यको लगानिको खाँचो छ।

    •  मन्दिरको पोखरीमा डिल बनाइएको छ, जसबाट मेला भर्ने आगन्तुकलाई सहज होस्। टाढा टाढाको यात्रीको लागि सुविधा युक्त धर्मशाला र निजि गेस्ट हाउस पनि सुचारु रहेको छ।

    पशु वलि व्यवस्थापनको लागि ठुुलै स्तरको बधशाला यसअघि निर्माण भईसकेको छ।

     गढीमाईको रौनकता बढाउन जनकपुरधामको झझल्को दिने विवाह मण्डप निर्माण सम्पन्न भई चिटिक्क परेकोले सौन्दर्यतामा फडको मारेको छ।

    मन्दिर परिसरमा सेल्फि खिच्ने खिचिाउनेेको दृश्य देखिएपनि दिर्घाकलिन तवरले आन्तरिक पर्यटन प्रबर्द्धनको विकास हुन सकेको छैन्।

    धार्मिक पर्यटनको बाह्य पर्यटक तथा श्रद्धालुको लागि आकर्षण गर्न सरोकारवाला पक्ष चुुकेकै हो।  पोखरीमा आधा अधुुरा बनाईएका मन्दिर निर्माण भईदिएको भए विहान बेलुका मोर्निङग वाक र साँझ दृश्यावलोकनले मन्दिर व्यवसथापन विकासमा टेवा मिल्ने थियो ।

    मंन्दिरसम्म पुग्ने बाटो केही पिच भई पक्कि ढलानको क्रममा रहेको छ। तर नाम अनुसारको मेला व्यवस्थापनमा कमिजोरी हुँदै आएको छ। सुव्यवस्थित मेलाको पुर्व तयारी वेलैमा सरोकारवाला निकाय जुटनु पर्ने ७२ वर्षिय वृद्ध रामजी दास बाताउँछन्। जनसंख्या बढोतरीसँगै अझ मास बढने आकलन छ, उनले भने।

    लाखौको आगन्तुक मेला हेर्न आउने भएकोले यो नगरपालिका मात्रै नकि आसपासका पालिका पाँच कोष दुरीसम्म आफन्त कुटुम्बको भिड हुन्छ, बाटोघाटो अस्तव्यस्त हुन जान्छ स्थानिय जगेश्व र यादव बताउँछन्।

    गढीमाईमा विशेष गरि बारा, पर्सा, रौतहट गरि तीन जिल्ला र मधेश प्रदेश सहित स्वदेशी तथा छिमेकी राष्ट्र भाारतको विहार र युपीबाट समेत लाखौलाख मानिस मेला भर्ने आउने गरेका छन्।

    मेला व्यवस्थापन मुल समितिको संयोजक नगरपालिका प्रमुख उपेन्द्र यादव र गढीमाई मन्दिर विकास तथा संचालन समितिका अध्यक्ष रामचन्द्र साह तेलीको मुख्य रुपमा मेलाको व्यवस्थापन र चुुनौती काँधमा छ।

    समितिका अध्यक्ष तेली कसैसँग वलि चढाउ कोहि भन्न जादैन । मानिसको आस्था छ।मातासँग प्रार्थना गरेको हुन्छ ,मनोकामना पूरा भएपछि वलि चढााउन ल्याउने गरेको छ। मेलामा ल्याईएको पशु वलिको लागि त्यसै छाडिदिदा गाँउका पुरै वालिनाली सखाप हुन्छ उनि बताउँछन्।मेला समितिले व्यवस्थपान गरिदिने गरेको छ।

    गत मेलामा देखिएका कमि कमजोरीलाई सुधार गर्दै  मेला भव्य सभ्य बनाउन कुनै कतै कसर बाँकि नराख्ने नगरप्रमुख यादवको अठोट छ। पुर्व तयारीमा गृहकार्य थालेका छौ, मेला पहिले भन्दा यसपालि अझ सुव्यवस्थित ढंगले लाग्छ, ऊनले बताएका छन्।

     

     

     

  • आत्महत्या रोक्न आत्मबल बलियो बनाउनु पर्दछ, विद्यालयस्तरबाटै सचेतना दिऔ –  नगरप्रमुख साह

    आत्महत्या रोक्न आत्मबल बलियो बनाउनु पर्दछ, विद्यालयस्तरबाटै सचेतना दिऔ –  नगरप्रमुख साह

    साहकलैया, ३१ साउन ।  कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले समाजमा  दिनप्रतिदिन बढदै गईरहेको आत्महत्या न्युनिकरणका लागि मानिसले तनावपुर्ण जिवनमा आत्मबल बलियो बनाउनु पर्दछ।

    साथै युवा विद्यार्थीमा असफलतालाई  कहिल्यै पूरा गर्न नसकिने निराशा ठानेर बढि टिनएजरमा देखिने समस्या भएकोले  विधालयस्तरबाटै सचेतना फेेैलाउन अत्यावश्यक रहेको जोड दिएका छन।

    आत्महत्या गर्नेहरुमा किशोर-किशोरी तथा युवाहरुको संख्या बढ्दै गईरहेकोले त्यसको रोकथामक एकदम नितान्त छ , उनले बताएका छन्।
    बिहिवार जिल्ला प्रहरी कार्यालय बाराले कलैयामा आयोजना गरेको ‘आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्ययोजना २०८१’ को शुभारम्भ कार्यक्रमको प्रमुख आतिथ्यताबाट बोल्दै नगर प्रमुख साहले आत्महत्या रोक्न आफ्नै घर-छिमेकबाट सजगता अपनाउनुका सांथेै व्यापक रुपमा जनचेतना जगाउनुपर्ने औलाएका छन्।

    समाजमा बढ्दै गएको निराशा, पश्चिमी संस्कृतिको प्रभाव तथा सामाजिक संजालको दुरुपयोगले समस्यालाई झन जटिल बनाएको नगर प्रमुख साह चिन्ता जाहेर गरेका हुन्।

    जिल्ला प्रशासन कार्यालय बाराका  प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले समय परिवर्तनसंगै आत्महत्याको कारण र तरिका बदलिदै गएको छ।

    मानव जीवन रक्षाका लागि घरका माहौल शान्त राख्नु पर्छ, जीवन संघर्ष हो बुझि प्रत्येक अभिबभावकले  आफ्न छोराछोरी भाइ सामिप्यता बढाई स्ट्रेस कम गर्न उनिहरुसँग मनको भाव बुझि राख्न सचेत हुनुपर्ने प्रजिअ घिमिरेले सुझाएका छन्।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बिगत १० वर्षमा यस जिल्लामा आत्महत्याको घटना बढ्दै गएको छ।

    एसपी खड्काका अनुसार आ.व.२०८०-०८१ मा बारा जिल्लामा १ सय चौसठी वटा घटना घटेको देखिन्छ। जुन हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ। आत्महत्या बढी युवा प्रेममा फस्ने केटाकेटी गर्ने गरेको तथ्याङ्कले डरलाग्दो अवस्था रहेकाले देखाएको छ। त्यसको रोकथाम न्युनिकरण व्यस्थापनका लागि कार्ययोजना ल्याईएको बताएका छन्।सो बारे प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले कार्यक्रम सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन्।प्रादेशिक अस्पताल कलैयाका निमित्त सुपरिटेण्डेण्ड डा.अजय गुप्ताले आत्महत्याको प्रकृति, कारण र समाधानबारे मन्तव्य व्यक्त गरेका छन्।

    कार्यक्रममा कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रविन, नेपाली सेनाका प्रमुख से.ना.नि. कुमार खड्का, स.प्र.उ. सन्तोष बहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसनन्धान अधिकृत रामबबाबु चौधरी, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, जिल्ला स्थित सुरक्षा, स्वास्थ्य, तथा अन्य सरकारी निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष, गैरसरकारी संस्थाका प्रतिनिधि तथा सरोकारवाला लगायतकाको उपस्थिती रहेका छन्।

    आत्महत्या  न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्य योजना २०८१ बमोजिम कार्यक्रम गरी प्रहरी उपरिक्षक महेन्द्र खडकाको संयोजकत्वमा प्रजिअ शशिधर घिम१िर सल्लाहकार रहने गरि १५ सदसिय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन गरिएको छ। भन्ने सह-संयोजकमा राम नरेश यादव रहेका छन्।

    त्यसेैगरि सदस्यमा डा. पुनिता केसरी ,बृज किशोर प्रसाद ,अनिल कुमार पाण्डे, राजेन्द्र खड्‌का,भरत साह,राज कुमार साह,शिव शंकर साह, रेशम तिवारी,बबिता जैसवाल, मुन्ना मण्डल,अजित कुमार साह र सदस्य सचिव रादेश कुमार खत्री रहेका छन्।

     

  • पेट्रोल, डिजेल र मटितेलको भाउ घटयो

    पेट्रोल, डिजेल र मटितेलको भाउ घटयो

    ३१ साउन, काठमान्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले    पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैया घटाएको हो ।

    घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।

    काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने  निगमले एक सूचना मार्फत जनाएको छ ।
  • ६२ किलो लागू औषध गाँजा र गाडी प्रहरीले समाए पनि… …

    कलाैया ३१ साउन जिल्ला प्रहरी कार्यालय बाराले  ६२ किलो लागू औषध गाँजा बरामद गरेको छ। साथै लुकाई छिपाई लगिरहेको ना १ ज ८४५८ नम्वरको  हाईस गाडी समेत  प्रहरीले नियन्त्रणमा लिईएको जनाएको छ।

    साउन ३० गते बिहान ०५:४० बजेको समयमा प्रहरी चौकी पथलैया बाट प्रहरी सहायक नरिक्षक हरिन्द्र प्रसाद यादवको कमाण्ड्मा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेका हुन्।जितपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोक स्थितमा नियमित चेज जाँच गर्ने क्रममा निम्म नम्बरको गाडीलाई रोक्दा नरोकी फरार भएको जनाईएको छ ।

    शंका लागी उक्त गाडीलाई खोज तलासको क्रममा जिसिउमनपा- १ हुलाश प्याक्ट्री स्थित रोकी राखेको अवस्थाबाट उक्त गाडी नियन्त्रणमा लिईएको बताईएको छ।

    गाडी भित्र लुकाई छिपाई राखेको  लागू औषध गाँजा बरामद गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

     

  • साढे ६३ लाखको समान सहित ट्रक पक्राउ

    1. कलैया ३१ साउन । जिल्ला प्रहरी कार्यालय बाराले साढे ६३ लाख भन्दा बढीको अबैध समान सहित ट्रक पक्राउ गरेको छ।

    गएराति अं. ११:३५ को समयमा प्रहरी चौकी पथलैयाबाट प्र.ब.ना.नि. नरेश बहादुर शाहीको कमाण्ड्मा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालका – १ पथलैया चोकमा सो परिणामको सामग्री बरामद गरिएको हो।

    वीरगंजबाट बाँके तर्फ जादै गरेको ना ४ ख ५४०६ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा बिलबिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. ६३ लाख ५३ हजार ३ सय ८१ रूपैया बराबरको मोबिल, हाडवेयर, कपडा, पलास्टिक, औषधी, किराना आईटम लगायतका अन्म खुद्रा सामानहर सहित ट्रक नियन्त्रणमा लिईएको छ।

    बरामद गरिएका समान कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया पठाईएकोप्रहरी  प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायाब परिक्षक प्रकाश सापकोटाले जनाएका छन्।

  • कांग्रेस- एमालेले दुई दलिय शासन प्रणाली लादने प्रपञ्च गरिरहेको- डा. सिके राउत , सडक आन्दोनको तयारीमा रहन कार्यकर्तालाई निर्देशन

    कांग्रेस- एमालेले दुई दलिय शासन प्रणाली लादने प्रपञ्च गरिरहेको- डा. सिके राउत , सडक आन्दोनको तयारीमा रहन कार्यकर्तालाई निर्देशन

    वीरगन्ज । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले नेपालमा जबरजस्ती दुई दलीय व्यवस्था ल्याउने खेल भइरहेको बताएका छन् । जनमत पार्टी पर्साले बुधबार वीरगन्जमा गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यो षडयन्त्रविरुद्ध सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिएका हुन् ।

     डा. राउतले नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय शासनको व्यवस्था ल्याउन लागेको आरोप लगाए । जसको गन्ध बुधबारको संसद् बैठकबाट प्रष्ट भएको उनले बताए ।

     दुई दलले गरिरहेको षड्यन्त्रको विरोधमा आन्दोलनमा उत्रिन तयार रहनुपर्ने आवश्यक रहेको बताउदै  दुई दलिय सत्ता प्रणालीको आशय साना दलहरुलाई समाप्त गर्नु रहेको छ।

    अध्यक्ष डा. राउतले संविधानमा लेखिदैमा निश्चिन्त हुनेअवस्था नरहेको बताए । कार्यन्वयनका लागि दबाब दिनुपर्नेमा जोड दिँदै उनले संसदमा बोल्न समेत प्रतिबन्ध लगाइएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

    दुई दलीय व्यवस्थामा जाने चर्चा चलीरहेकोमा चिन्ता व्यक्त गर्दै प्रतिनीधि सभा सदस्यसमेत रहेका राउतले देशलाई संकटमा पार्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे । एमाले र कांग्रेस मात्रै मिलेर देशमा शासन लाद्ने प्रपञ्च रचिरहेको आरोप लगाएका छन्।

    ‘दुई दलीय व्यवस्था ल्याउन दुई ठुला दल एकमत देखिएका हुन्, मिलेर सरकार पनि चलाइरहेका छन् । जुन संसारमा कहीँ पनि अभ्यासमा छैन । ठुला दलहरूमध्ये एक सरकारमा जाने हो भने अर्को विपक्षमा बस्ने परिपाटी छ ।

    तर हाम्रो मुलुकमा त्यसको उल्टो भइरहेको छ ।’  उनको कथन थियसो।रकार र सदनबाट विश्वास नरहेको बताउँदै उनले अन्तिम बाटो भनेको सडक आन्दोलन नै रहेको छ त्यसको लागि आम नागरिकको अग्रिम मोर्चामा पार्टि नेता कार्यकर्तालाई रहन निर्देश गरेका हुन्। ।

    ठूला दलले संघीयता शब्द सुन्न नचाहने बताउँदै उनले सबै अधिकार सिंह दरबारमै राख्ने खेल खेलीरहेको आरोप लगाए । मन्त्रीमण्डललाई समावेशी नबनाउने र दलित, सीमान्तकृत समुदायलाई माथि उठ्न नदिने कार्य सह्य नहुने बताएका छन्। 

    आज पार्टी प्रवेश गर्ने सबैलाई स्वागत गर्दै उनले जनमत पार्टीमा सबैलाई जिम्मेवारी र स्वाभिमान मिल्ने आश्वासन दिए ।  क्षमता र योग्यताको मूल्यांकन जनमतमै हुने पनि उनले दाबी गरे।

    अध्यक्ष राउतले संघीयतालाई बलियो बनाउन संघीय सरकारले प्रदेशहरूलाई अझै बढी अधिकार दिनुपर्ने बताए । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ रम्भा मिश्रासहित एमाले, माओवादी, जसपा, लोसपा पार्टी परित्याग गरि सयौं जनाले जनमत पार्टीमा प्रवेश गरेका बारा क्षेत्र-२ का विधायक प्रत्यासी एवम् सक्रिय जुझारु युवा नेता गजानन्द यादवले बताएका छन्

  • मधेश प्रदेशका मुख्यमन्त्री सिंहले ८ दिनमै ८ राज्यमन्त्रीलाई बर्खास्त गरे

    मधेश प्रदेशका मुख्यमन्त्री सिंहले ८ दिनमै ८ राज्यमन्त्रीलाई बर्खास्त गरे

    जनकपुरधाममधेश प्रदेशका ८ राज्य मन्त्रिहरु पदभार सम्भालेको ८ दिनमै बर्खास्तिमा परेका छन्।

    सिके राउत नेतृत्वका जनमतबाट मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जम्बो मन्त्रिमण्डलको आलोचना थेग्न नसकि सत्ता साझेदार सहितका ८ जना राज्यमन्त्रीहरूलाई आज हटाएका छन्।

    एमालेबाट ३, कांग्रेसबाट २, जनमतबाट २, लोसपाका एक राज्यमन्त्रीले साउन २२ गते पदभार ग्रहण गरेका थिए।

    राज्यमन्त्रीहरु रेखा ठाकुर, निलकुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम, केशव राय, शारदादेवी थापा र रञ्जुकुमारी मण्डल खंगलाई पदमुक्त गरिएको जनाईएको हो ।

    अब मधेस सरकारमा कांग्रेस, एमालेका ४/४ ,जनमतका मुख्मयन्त्रीसहित ३ र लोसपाका १ गरि १२ सदसिय मन्त्रिहरु छन्। नयाँ कार्यभार सहित मन्त्रीमण्डल पुनर्गठन गरेको छ।

    मधेसमा मुख्यमन्त्रीले अहिलेसम्मकै धेरै २० सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आन्दोलन गर्दै आएको थियो। 

    जनमत पार्टीले कहि फरक गर्छ भन्ने आशातित नागरिकमा सरकारको कार्यशैलीले व्यापक आलोचना हुँदै आएका थिए। सांसदलाई ५ करोड दिने विवादीत र सत्ता जोगाउन मन्त्रि थप्ने अदुरदर्शि भिजनमा सत्ता घटक नै उदाङ्गिएका छन्।

     

  • सिम्रौनगढमा एकै परिवारका तीन बालबालिकाको मृत्यु

     


    कलैया ।  बाराको सिम्रौनगढ नगरपालिकामा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ।  ।

    शुक्रवार राती खानासँगै माछा खाएका थिए । त्यस लगतै एकाएक तीनेै जना बालबालिकाको स्वास्थ्य अवस्था विग्रिन थााले। स्थानिय क्लिनिक कलैया प्रदेशिक अस्पताल हुँदै विरगंज अस्पतालसम्म उपचारको लागि लगिएका थिए।

    जसमध्ये एकजनाको आइतवार मृत्यु भएको थियो भने  दुई जनाको  गएराती मृत्यु भएको जनाइएको छ ।

    मृत्यु हुनेहरुमा बारा सिम्रौनगढ नगरपालिका – ७ टोल झवानीका नरेश रामको ९ बर्षिया छोरी लालिमा राम ,५ वर्षीय छोरा कृष्णनन्दन राम र ४ वर्षिया छोरी पुष्पा कुमारी रहेका छन् ।

    मृतक मध्ये ललिमा रामको एक दिन अगाडी र दुईजनाको गएराती साढे १२ बजेको समयमा उपचारको क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन राईले जानकारी गराएका छन् ।

    शुक्रबार रोटी र माछा खाए लगत्तै उनीहरु तीनै जना बिरामी भएका नरेशकी श्रीमतीले बताएकी छिन् । बिरामी भएपछि उनीहरुलाई स्थानीय क्लिनिकमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्ज लगिएको थियो ।

    घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट पछि मात्र थप यकिन हुने प्रहरी निरीक्षक राईले बताएका छन्।

     अती विपन्न गरिब परिवारलाई मृतक बालबालिकाको अभिभावककलाई वडा अध्यक्ष बिवेक मेहताले सहयोगार्थ नगद रु १० हजार प्रदान गरेका छन्। साथै असहाय गरिब दलित परिवार भएकोले सकेसम्मको आर्थिक सहयोगको लागि अनुरोध गरेका छन् ।

  • झण्डेै ७२ लाखको समान सहित ट्रक प्रहरीको नियन्त्रणमा

    कलैया- जिल्ला प्रहरी कार्यालय बाराले झण्डेै ७२ लाख बाराबरको अवैध समान सहित ट्रक नियन्त्रणमा लिईएको जनाएको छ। 

     आइतबार  राति अं.०१:१० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा बाट प्र.ब.ना.नि. त्रीभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले  जीतपुर सिमरा उप-महानगरपालिका -२१ अमलेखगंज चोकमा रोकि चेक जाँच गर्दाबसो परिमाण बाराबरको समान बरामद गरएको हो।

    विरगंजबाट चितवन तर्फ जादै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा बिलबिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको र सपोटीङ बिल नभएको अं. मुल्य रू. ७१ लाख ६७ हजार ५ सय ३४ रूपैयाको बराबरको सामग्री रहेको छ।

    ट्रकमा लोड गरिएका समान कस्मेटिक, फैन्सि क्लोथ रेडिमेड, मिल पार्टस लगायतका अन्य खुद्रा सामानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया पठाईएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

     

  • बारा प्रहरी श्रीमती संघद्धारा रक्तदान

    बारा प्रहरी श्रीमती संघद्धारा रक्तदान

    बारा- नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिक उत्सव आज  रक्तदान गरि मनाएको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

    सो कार्यक्रममा रक्तदान गर्न चाहने ईच्छुक प्रहरी लगायत सर्बसधारण  ब्यक्तिहरु समेत रक्तदान कार्यमा सहभागीता जनाएका हुन्।

    नेपाल प्रहरी श्रीमती संघ नेपाल प्रहरीका कर्मचारीहरूको श्रीमतीहरूले स्थापना गरेको यस संघको मुख्य उद्देश्य प्रहरीको परिवारहरूको सामाजिक, आर्थिक, शैक्षिक, र सांस्कृतिक विकासमा योगदान पुर्याउनु रहेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी गराएका छन् ।


    संघले बिपतिमा परेका बर्ग,दलित,असहाय,गरिब,बिपन्न बर्गलाई आवश्यक राहत सहयोग सँगेै बालबालिकाको शिक्षामा समेत सहयोग गर्दै आएको प्रहरी उपरीक्षक खड्काले जनाएका छन्।

    वार्षिक उत्सवको अवसरमा अमृता अनाथालयमा राहत बितरण र बृक्षारोपण समेत गरिएको बाराका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन्।

    सो अवसरमा प्रादेशिक अस्पताल कलैयाका चिकित्सक शेख गुल,प्रादेशिक अस्पताल कलैयाका ल्याब ईन्चार्ज शेख फुलमहमद,रक्त सन्चार केन्द्र कलैयाका ल्याब टेक्निसियन नाजदा खातुन,ल्याब असिस्टेन्ट कृष्ण यादव,ल्याब असिस्टेन्ट राजाबाबु गुप्ता,महिला संजाल बाराकी अध्यक्ष बबिता जयसवाल,नेपाल रेडक्रस सोसाइटी बाराका उदय नेपाल लगायतका उपस्थिति रहेको छ।