१० लाख भन्दा बढी रकम सहित नियन्त्रित ३ जना अनुसन्धान पश्चात छाडिए

संवाहक

अनलाई / राष्ट्रिय दैनिक

२८ माघ, कलैया — विशेष सूचनाको आधारमा २६ गते ५ बजेको समयमा प्रहरी चौकी पथलैयाले पथलैया चौक दस लाख भन्दा बढी रकम सहित नियन्त्रणमा लिएका ३ जनालाई अनुसन्धान पश्चात छोडिएको बारा प्रहरीले जनाएको छ।

भारत, राज्य बिहार, जिल्ला पूर्वी चम्पारण,ग्राम दरपा ४ बस्ने अं.वर्ष ५० को उजीर मिया , ग्राम छौडादनो बुदबाहा-६ बस्ने अं.वर्ष ३५ को समिर आलम र सोही ठाउँका अं.वर्ष १७ को गफार मियालाई  प्रहरीले नियन्त्रणमा लिएका थिए।

प्रहरी चेकिङ टोलिले नारायणघाटबाट बीरगंज तर्फ आउँदै गरेको ना ५ ख ६५४४ नं. को यात्रु बाहक बसलाई रोकि चेकजाँच गर्दा नियन्त्रित तीनै जनाको साथबाट नेपाली रू. १० लाख १७ हजार ५ सय र भारु १, लाख ४७ हजार ५ सय नगद भारतीय रुपैया बरामद गरिएका थिए ।

बरामद रकमको आवश्यक छानबिन गर्दै जाँदा उक्त मानिसहरू सहितका २०/२५ जनाको समूहमा आबद्ध ब्यक्तिहरू सुदुर पश्चिमका बिभिन्न जिल्लाहरूमा आफ्नो ट्याक्टर लिइ गाउँ गाउँ घुमि सिरक, डस्ना, गद्दा लगायतका कपडाको समानहरु बनाउने बेच्ने पाईएको प्रहरीले जनाइएको छ।

उनीहरुले आर्थिक उपार्जन गरी घर पठाउने तथा समुहको जो कोही घर गएमा सबैजनाको कमाई एकासँगोल गरी घर लिई जाने र बँडफाड गर्ने गरेको भन्ने देखिएको र विश्वास गर्नुपर्ने कारण तथा प्रमाणहरू समेत देखिए पश्चात छानबिन तथा अनुसन्धान गरी आवश्यक परेमा उपस्थित हुने गरी ती ब्यक्तिलाई रकम दिई नियन्त्रण मुक्त गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *