Author: दाश पन्न्नालाल

  • वर्तमान सरकारका कारण जनता निराश , जनतासँग माओवादीको सम्बन्ध बलियो हुने -पुर्व प्रम  प्रचण्ड

    वर्तमान सरकारका कारण जनता निराश , जनतासँग माओवादीको सम्बन्ध बलियो हुने -पुर्व प्रम प्रचण्ड

     संवाहक

     राष्ट्रिय दैनिक/ अनलाईन

    ७, चैत, कलैया– माओवादीले तराई मधेशका जनतासँग सम्बन्ध बलियो बनाउन र जनातलाई जागरुता फैलाउन जनतासँग माओवादी तराई मधेश जागरण अभियान हुलाकी राजमार्गबाट थालिएको नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्य्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको कलैयामा आयोजित जागरण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

    वर्तमान सरकार भ्रटाचारीलाई जोगाउनमा नीति लिएको कारण जनतामा निराशा छाएको उपज निरंकुशताले टाउको उठाउन खोजेको उनको धारणा थियो।

    उत्पिडनमा परेको समुदाय वर्गलाई सरकारले उपेक्षित गर्दै भ्रष्टचारमा चुर्लु्म डुबेको छ। दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले जनताको समस्याको निकास दिनुको सट्टा सत्ता जोगाउन तर्फ उन्मुख रहेको उनले आरोप लगाए।

    अब माओवादी कसैको बैशाखी बन्दैन। यसबाट माओवादीलाई नै ह्रास आएकोले अब एक्लै अघि बढ्ने बताए। यसको संकेत भर्खरै सम्पन्न स्वतन्त्र विधार्थी यूनियनको चुनावको परिणामले देखाएको छ ,उनले थपे ।

    देशमा माओवादीले उत्पिडित दलित मुस्लिम चेेपुवा र सामाजिक बहिष्करणमा परेका जाति समुदायलाई जिवन उकासन र विकासका लागि माओवादीले मात्रै सक्छ , भन्दै माओवादीलाई साथ दिन जनतालाई अपिल गरे।

    जागरण सभाका प्रमुख अतिथि अध्य्यक्ष प्रचण्डले सभालाई सम्बोधनको क्रममा  ऐतिहासिक र पुरातात्विक सिम्रौनगढलाई विश्व सम्पदाको सुचीमा सुचिकृत गराउन र पर्यटकिय स्थलको रुपमा विकास गर्न सरकारले पहल गर्नु पर्छ उनले बताए।

    मानमत मटिअर्वा सडक खण्डको कलैयामा बाँकि रहेको ३ किलोमिटर सडक बनाउन, मटिअर्वा छोटी भन्सारको स्त्तरोन्ति गरि संचालन गर्ने लगायत बारा जिल्लाको बिकासमा पहल कदमी गर्ने प्रतिबद्धता ब्यक्त गरे। सरकारले तारुक्ता नदेखाए सदन र सडकबाट अवाज उठाउने उनले बताए।

    जनतासँग माओवादी हुलाकी राजमार्गमा झाापाबाट तराई मधेश जागरण अभियान थालेको अभियान बिहिवार बाराको सिमरा सिम्रौनगढ आदर्श कोतवाल र जिल्लाको सदरमुकाम कलैयामा सभालाई माओवादी बरिष्ठ उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायणकाजी श्रे्ष्ठले सरकार पुँजीवादी व्यवस्थामा सत्ता टिकाउन प्रतिक्रियावादी र यथास्थितिवादीले देशमा कुशासासन लादिरहेको उत्पिडित जनताको माग सम्बोधन गर्ने र भ्रष्टचारीलाई नछोडने पछिल्ला सरकारमा गृहमन्त्री भएको वेला क्षनक जनताले देखि सकेको हुँदा डराएर अपवित्र गठबन्धनको दलले सत्ता परिवर्तन गराएकोले जनताले साथ दिए माओवादीले मात्रै गर्ने बताए।

    सरकार भ्रष्टचारीको चंगुलमा फसेको उनले बताए। यसैगरि नेसपाका अध्यक्ष महेन्द्र राय , माओवादी केन्द्रका उमहासचिव तथा मधेशका ईन्चार्ज मातृका यादवले लगायतले सभालाई सम्बोधन गर्दै माओवादीका कारण जनतासँग सम्बन्ध कमजोर भएकोले जागरण अभियान फलदायी हुने उनले धारणा राखेेका थिए।

     

    जागरण सभामा सहिद परिवारलाई सम्मान गरिएको माओवादी नेता प्रभु यादवले बताए।

    कलैयामा आयोजित जागरण सभा जिल्ला अध्यक्ष अनिल श्रेेष्ठ र स्वागत मन्तव्य गीता कँडेल तथा संचालन नगर अध्य्यक्ष मुकेश साह गरेका थिए।

  • सशस्त्रद्धारा लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा,चालक कता ?

    सशस्त्रद्धारा लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा,चालक कता ?

    ७ चैत,  कलैया— बारामा सशस्त्र प्रहरीले ठुलो मात्रामा लागु आौषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएको छ ।

    विशेष सूचनाको आधारमा बुधबार राती करिब सावा ९ बजेको समयमा सशस्त्र प्रहरी बिओपी बेनौलीबाट सशस्त्र प्रहरी नायब निरीक्षक विश्वराज कुँवर क्षेत्रीको कमान्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले बाराको पचरौता नगरपालिका – ३ रामनगर स्थित हेटौडा रामनगरबाट कोतवाली तर्फ जादै गरेको ना ८ ख ९०२७ नम्बरको ट्रकलाई नियन्त्रणमा हो।

    सशस्त्र प्रहरीले ट्रकको सिटको बर्नर भित्र र ट्रकको हुड माथी लुकाई छिपाई राखिएको १०३ किलो लागु औषध गाजा सहित ट्रकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको त्यसको आवश्यक कानुनी कार्यावाही अगाडि बढाएको नेपाल प्रहरी बाराका सुचना अधिकारी एवम् प्रवक्ता डिएसपी बिजय राज पण्डितले जानकारी गराएका छन्।

    गाडी रोकी चेक जाँच गरिएको बताईरहदा यसरी समान र गाडी समाउनु अनि चालक फरार हुनु आशंकाको विषय बन्दै आएकोमा यो पटक पनि दोह्रिएको छ।

    लागू औषध गाँज र ट्रक नियन्त्रणमा लिई आर्थिक खेलमा चालक र सहचालकलाई भगाईएको श्रोतको दाबी छ। यस विषयमा कुरा गर्दा सशस्त्र प्रनानि क्षेत्रीले यसमा कुनै सत्यता नरहेको प्रतिकृया दिएका छन्।

  • सामाजिक बिकाश तर्फ कलैया उपमहानगरपालिका देशकै उत्कृष्ट, प्रधानमन्त्री ओलिले गरे पुरस्कृत

    सामाजिक बिकाश तर्फ कलैया उपमहानगरपालिका देशकै उत्कृष्ट, प्रधानमन्त्री ओलिले गरे पुरस्कृत

    संवाहक

    राष्ट्रिय  दैनिक / अनलाईन

    ७ चैत, कलैया — नेपाल नगरपालिका संघको बिहिवार काठमाडौंमा सम्पन्न ३२ औं स्थापना दिवसको अवसरमा बाराको कलैया उपमहानगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गरेको छ।

    आ.व.२०८०/८१ मा ‘सामाजिक विकाश क्षेत्रमा’ उल्लेख्य कार्यसम्पादन गरेकोले सोको उच्च मुल्यांकन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलिले कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, उपप्रमुख रौशन प्रविन तथा प्रमुख प्रशासकिय अधिकृत नाथु साहलाई संयुक्त रुपमा ‘Municipala Excellence Award 2081’ ले सम्मानित गरेका हुन।

    नगरिकको जीवन उकस्न उल्लेख्य कार्य गरेको तथा कृषी, शिक्षा, स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा देशमै उत्कृष्ट कार्य गरेबापत उक्त पुरस्कार प्रदान गरिएको हो।

    नगर प्रमुख साहले पुरस्कार तथा सम्मान थाप्दै पालिकाका जनप्रतिनिधी, कर्मचारी तथा आम नगरबासीलाई बधाई दिदै आगामी दिनमा थप उर्जाका साथ सेवा प्रवाह गरिने बताए।

  • टिभि सहित लाखौ रुपैया चोरी गरेको आरोपमा एकजना पक्राउ

    टिभि सहित लाखौ रुपैया चोरी गरेको आरोपमा एकजना पक्राउ

    संवाहक

    राष्ट्रिय दैनिक / अनलाईन

    सरोज दास

    ६ चैत, कलैया— बार प्रहरीले टिभि सहित लाखौ नगद चोरी गरेको आरोपमा आईतवार दिउँसो एक जनालाई पक्राउ गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तामाङले जानकारी गराएका छन्।

    पक्राउ पर्नेमा  सिम्रौनगढ नगरपालिका वडा नं.- ९ बाँसबरीया टोल बस्ने अं. वर्ष २१ को अनुरुध साह रहेका छन्।

    उनी गत फाल्गुन २९ गते बेलुका कलैया उप-महानगरपालिका वडा नं.५ घुसुकपुर स्थितमा अविनाश यादवको डेराकोठाबाट २ लाख ३०,  हजार नगद रहित अभियान कम्पनीको LED TV -१ थान समान चोरेको आरोप छ।

    चोरी भएको जानकारी पश्‍चात बारा प्रहरीले अनुसन्धान गर्दै जादा ३ चैत्र दिउसो २ बजेको समयमा सिम्रौनगढ नगरपालिका – ९ स्थितबाट पक्राउ गरीएको प्रहरीले भनाई छ।

    पक्राउ परेका साह माथि चोरी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी गराएका छन्।

  • कलैायले दाबी गर्दै आएको महेशपुरको विवादित जग्गा महागढीमाईमा नै रहेको उच्च अदालतको अन्तरिम आदेश

    कलैायले दाबी गर्दै आएको महेशपुरको विवादित जग्गा महागढीमाईमा नै रहेको उच्च अदालतको अन्तरिम आदेश

    संवाहक

    राष्ट्रिय दैनिक/ अनलाईन 

     ६ चैत्र, बारा— कलैया उपमहानगरपालिका- २६ महेशपुर र महागढीमाई नगरपालिका १० बिच भएको सिमाना बिबाद उच्च अदालसम्म पुगेपछि हिजो उच्च अदालतले परमादेश जारि गरेको छ।

    लामो समय देखि जग्गाको मालपोत रसिद काट्ने, सम्पति कर  लगायत कर असुल र  सिफारिस गर्ने हकदाबीको रसाकस्सी चलदै आएकोमा उक्त वबाद बारे उच्च अदालत जनकपुर अस्थायी इजलास विरगंजले सो जग्गाको स्वामित्व महागढीमाई नगरपालिकाको क्षेत्रधिकार भित्र रहेको भन्दै परमादेश जारि गरेको हो।

    कलैया उपमहानगरपालिकाले विवादित जग्गाको मालपोत रसिद लगायत कर लिन वडाको सिफारिसमा अडचन गरेको स्थानिय शशिकान्त यादवले आरोप लगाएका छन्।

    साबिक महेशपुर गाउ बिकास समितिको वडा नम्बर १ मा पर्ने जग्गाहरु महागढीमाई नगरपालिका वडा नम्बर १० मा कायम रहेको उच्च अदालत जनकपुर अस्थायी ईजलास बिरगंजले परमादेश जारी गरेको छ ।

    ईजलास नम्बर ४ न्यायधीश द्धय हरि प्रसाद पौडेल र नेत्र प्रकाश अचार्यको संयुतm ईजलासले सो परादेश जारी गरेको छ । नेपालको राजपत्र खण्ड ६७ संख्या ७ मिति २०७४ साल जेष्ठ ११ गतेको संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयको सुचना बमोजिम सावित महेशपुर गाबिस वडा नम्बर १ हाल महागढीमाई नगरपालिका वडा नम्बर १० मा पर्ने गरि पालिकाको संख्या थप हेरफेर र स्तरोनती गरि तिनीहरुको नाम संख्या सिमना तथा वडाको विभाजन गरि वडाको सिमना कायम गरेको देखिदा महागढीमामा नै कायम गर्ने अन्तरिम आदेश भएको उच्च अदालतले जनाएको छ ।

    सावित महेशपुर गाबिसको वडा नम्बर १ मा पर्ने जग्गाहरुको हकमा कलैया उपमहानगरपालिकालाई जग्गाको सम्पति कर तथा सिफारिस समेत नगर्न उच्च अदालतको नियमावली २०७३ को नियम ४२ को ( १) बमोजिम मिति २०८१ साल चैत्र ५ गते अन्तरिम आदेश जारी भएको उच्च अदालत बिरंगजले जनाएको छ ।

    महागढीमाई तर्फबाट अधिवकताहरु शिवबहादुर कोईराला, श्याम बिहारी प्रसाद, पंरमहंस केसरी, डाक्टर सुसिल कुमार साहले बहस गरेका थिए भने कलैया उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता बिनोद साह, शिवनाथ प्रसाद यादवले गरेका थिए ।

    सो जग्गाको दावी कलैया उपमहानगरपालिकाले गर्दै आएकोमा उच्च अदालतले भने महागढीमाई नगरपालिका वडा नम्बर १० मा सो जग्गा रहेको उच्च अदालतको अन्तरिम आदेश आएपछि आफु खुसी भएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव( उपन) ले बताए ।

    उक्त सिमाना भित्र शशिकान्त यादवको पोखरी विबाद पनि लामो समय देखि चलदै आएको छ। अब यो अदालतको परमादेशले कलैया उपमहानगरपालिकाको दाबी खाारेज भएको अधिवक्कता परमहंमश केसरीले जानकारी गराएका छन्।

    सिमाना विबाद संघियता लागू भएपछि नगरपालिकाको सिमाना छुट्याउने बेला महागढीमाई नपाको -१० मा समावेश गरिएकोले क्षेत्राधिकार पनि त्यसै बमोजिम अदालतले पनि ठहर गरि परमादेश गरिदिएकोले कलैया उपमहानगरपालिकाको स्वामित्वको दाबी खारेज भएको छ , साथै सबै प्रकारका सिफारिस तथा कर रसिद काट्ने अधिकार पनि महागढीमाई नपालाई कायम रहेको अधिवक्ता श्या्याम विहाारीले बताएका छन्।

    बिवादित बनाईएको थियो नगरपालिका बनेको दखि महागढीमाई नगरपालिकाको वडा नं.- १० को सिमानामा गाभिएको हो । उक्त जग्गाको मालपोत रसिद र अन्य सिफारिस मेरो वडाबाट हुने गरेकोमा उच्च अदालतले पनि विवाद निरुपण गरेको मगनपा -१० का वडाअध्यक्ष चन्दन साहले बताए।

     

  • स्कुटीलाई ठक्कर दिदा बस दुर्घटना, चालक घाईते

    स्कुटीलाई ठक्कर दिदा बस दुर्घटना, चालक घाईते

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    २८ फाागुन, कलैया— बाराको अमलेखगंजमा आज विहानै सावा ९ बजे सवारी दुर्घटना भएको छ। दुर्घटनामा परि एक जना स्कुटी चालक घाईते भएका छन्।

    विपरित दिशाबाट आउदै गरेको स्कुटीलाई बसले ठक्कर दिदा स्कुटी चालक मकवानपुरका हेटौडा उपमहानगरपालिका – १४ बस्ने अ.बर्ष ५१ को राजेश घलान घाईते भएका बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तामाङले बताएका छन् ।

    स्कुटी चालकको दुबै खुट्टामा चोट लागेमो छ। घाईते भएका घलानलाई उपचारको लागी हेटौडा सरकारी अस्पताल मकवानपुर पठाईएको छ। उनको अवस्था मध्यम रहेको  इलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीले बताएका छन्।

    जितपुर सिमरा उपमहानगरपालिका – २२ चुरेमाई स्थित पूर्व पश्चिम राजमार्गमा हेटौडाबाट कलैया तर्फ जादै गरेको ना ५ ख ४०७३ न.को  दिलजले बसले सोही दिशाबाट आउदै गरेको बा.प्र.०३-००५-प ९२२४ नम्बर स्कुटीलाई ठक्कर दिदा सोही दिशा तर्फ जादै गरेको ना.७ ख ४६३९ न.को टिपरमा ठोकिदा स्कुटी चालक घलान घाइते भएका हुन्।

    ठक्कर दिने बस,स्कुटी र,टिपरलाइई अमलेखगंज प्रहरीले नियन्त्रणमा लिईएको छ।  टिपर चालक मकवानपुर हेटौडा उपमहानगरपालिका – १९ बस्ने अ.बर्ष ३५ को सोम तामाङ इ.प्र.का.अम्लेखगंजको नियन्त्रणमा रहेको छ भन्ने बस चालक फरार रहेको छ। बस चालकलाई खोजतलास भईरहेको प्रहरीले जनाएको छ।

    बसलाई घट्ना स्बथलबाट ल्याउने कार्य भईरहेको र बासमा सवार यात्रुहरुलाई अर्को बसबाट गन्तव्य तर्फ पठाईएको प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी बिजय राज पण्डितले जानकारी गराएका छन्।

    घट्ना स्थाल इ.प्र.का.अम्लेखगंजका बरिष्ठ सई कार्कीको कमाण्डमा खटी गएको प्रहरी टोलीले खवर पाउने वितिकै पुगि यात्रुको उद्दारसँगै घाईतेको लागि अस्पताल पठाएका थिए । दुर्घटना स्थल इ.प्र.का. अम्लेखगंजबाट लगभग ७ कि.मी. उत्तरमा रहेको  छ।

  • राजश्व छलीका ६५ हजार बराबरको समान प्रहरीको नियन्त्रणमा

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    सरोज दास–

    २८ फाागुन, कलैया– विशेष सूचनाको आधारमा प्रहरी चौकी दक्षिण झिटकैयाले २७ गते फागुन साढे १० बजेको समयमा देवताल गाँउपालिका – २ गमहरियामा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको ६५ हजार बराबरको समान नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख एसपी संतोष तामङले जानकारी गराएका छन्।

    जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी ईकाइबाट खटिएको प्रहरी टोलीले गाडीहरूलाई रोकी चेकजाँच गरेका थिए।

    चेेकजाँचको क्रममा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको लेडिज चप्पल-५० पिस अं.मुल्य रु.२५ हजार,
    जेन्स चप्पल-५१ पिस अं.मुल्य रु.२५ हजार ५ सय, १ बोरा पिचकारी अं.मुल्य रु.५ हजार रहेको छ ।

    यस्तै, अबिर १ बोरा अं.मुल्य रु.४ हजार ५ सय, १ बोरा नाकाब पिचकारी अं.मुल्य रु.५ हजार २ सय ५० गरी अं.मुल्य रू. ६५ हजार २ सय ५० रुपैया बराबरको समानहरू नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाइएको प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी विजय राज पण्डितले जानकारी गराएका छन्।

  • प्रहरीले ६जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा दाखिला गर्यो

    प्रहरीले ६जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा दाखिला गर्यो

    संवाहक
    अनलाईन/ राष्ट्रीय दैनिक
    सरोज दास–
    २७ फागुन, कलैया– बारा प्रहरीले ६ जना फरार प्रतिवादी पक्राउ गरी  जिल्ला अदालत, कलैयामा दाखिला गरीएको प्रहरीले जनाएको छ।
    प्रहरी कारवाहीको सिलसिलामा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएको मुद्दामा बरदात पश्चात फरार रहेका थिए ।
    पक्राउ पर्नेमा चोरी कसुरमा १ महिना कैद  र १० हजार जरिवाना पाएका कलैया उपमहानगरपालिका – २३ का महेश प्रसाद कुशवाहा, लागू औषध मुद्दामा २ वर्ष २ महिना कैद सहित १ लाख २० हजार जरिवानामा कलैया – १८ का मुस्ताक अंसारी र  कुटपिट,लुटपिट मुद्दामा ३ हजार दण्ड पाई  फरार रहदै आएका कलैया – ३ का रमेश प्रसाद यादव  रहेका छन्।
    यसै गरि, कुटपिट,लुटपिट कसुरमा तीन हजार जरिवानामा कलैया – ३ का महेश प्रसाद यादव , कुटपिट,लुटपिट मुद्दामा – ३ हजार जरिवानामा कलैया -३ का बिसमतिया देवी ,चोरी कसुरमा २ दिन कैद र  २ हजार जरिवानामा कलैया – १९ का गणेश पटेल सहित ६ जनालाई अस्थाई प्रहरी पोष्ट गंगापुरले पक्राउ गरेको जनाएको हो।
    अदालतबाट दण्ड जरिवाना पाई फरार रहदै आएका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट  गत २६ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि  जिल्ला अदालत कलैयामा दाखिल गरिएको जिल्ला प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी बिजय राज पण्डितले जानकारी गराएका छन्।
  • अफिम खेती फँडानी तथा नष्‍ट

    अफिम खेती फँडानी तथा नष्‍ट

    संवाहक
    अनलाईन/ राष्ट्रिय दैनिक
    २७ फागुन, कलैया —- इलाका प्रहरी कार्यालय बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शको संयुक्त टोलीले आदर्शकोतवाल गाँउपालिका – ५ टेढाकट्टी स्थित कट्ठा खेतमा लगाएको अफिम खेती फँडानी तथा नष्‍ट गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तामाङ्गले बताएका छन्।
    प्रहरी कारवाहीको सिलसिलामा २६ गते ८ देखि १ बजेसम्म  इप्रका बारागढीबाट प्रहरी निरिक्षक ध्रुवनारायण श्रेष्ठ र इप्रका महेन्द्रआदर्श बाट प्रहरी नायब निरिक्षक तुल्सी राज पोखरेलको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ८ ठाँउको गरी ३ कट्ठा खेतमा अवैध रूपमा लगाएको तिस हजार अफिमको बोटहरू फडानी तथा नष्‍ट गरिएको जिल्ला प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बिजय राज पण्डितले जानकारी गराएका छन्।
  • ५६ किलो ग्राम लागू औषध गाँजा बरामद

    ५६ किलो ग्राम लागू औषध गाँजा बरामद

     संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    २७ फागुन, कलैया–
     विशेष सूचनाको आधारमा २६ फागुन साढे ९ बजेको समयमा इलाका प्रहरी कार्यालय कोल्हबीले ५६ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको बारा प्रहरीले जनाएको छ।
     प्रहरी हवलदार बच्चालाल यादवकको कमाण्डमा खटिएको प्रहरी टोलीले कोल्हबी नगरपालिका – ५ स्थितमा कुमरगढीबाट सोनाभारटोल तर्फ जाँदै गरेको नम्बरको नखुलेको मोटरसाईकलमा सवार दुईजनाले प्रहरीलाई देखी औषध गाँजा फाली फरार भएको प्रहरीको भनाई छ।

    ७ पोकामा ५६ किलोग्राम रहेको उक्त गाँजा वरामद गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बिजय राज पण्डितले जानकारी गराएका छन्।