सावा ८ किलो लागू औषध अफिम सहित २ पक्राउ

दाश पन्न्नालाल दाश पन्न्नालाल 174 Views

  संवाहक 

अनलाईन/ राष्ट्रिय दैनिक

१६ चैत, कलैया— बारामा सशस्त्र प्रहरी बल राजश्व इकाई पथलैयाले सावा ८ किलो ग्राम लागू औषध अफिम सहित २ जनालाई पक्राउ गरेेको छ।

पक्राउ गरेका लागु औषध सहित दुईटैलाई जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको  प्रहरीले जनाएको छ।

मकवानपुर, हेटौडा उप-महानगपालिका – १२ बस्ने वर्ष ४४ को मिलन भोलान र सोही वडा १२ बस्ने वर्ष ४७ को गोपाल प्रसाद गौतमलाई ८ किलो २ सय ५२ ग्राम लागू औषध अफिम जस्तो पदार्थ ( ८ प्याकेट) सहित पक्राउ रेका छन।

चैत १५ गते दिउँसो अं ३ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी इकाई पथलैयाबाट खटिएको सशस्त्र प्रहरी बल टोलीले जीतपुर सिमरा उप-महानगरपालिका – १ स्थित बा प्र -०१-०२९ च ५४१४ नम्बरको कारलाई रोकी चेक जाँच गरेका थिए।

चेक जाँच गर्दा लुकाई छिपाई लगी रहेको लागू औषध अफिम जस्तो पदार्थ वरामद गरी मानिस समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको लागी  जिल्ला प्रहरी कार्यालय, बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरिक्षक विजय राज पण्डितले जानकारी गराएका छन्।

प्रतिक्रिया
Share This Article