Author: दाश पन्न्नालाल

  • कांग्रेसमा नयाँ अध्याय: गगन थापा सभापति, सर्वसम्मत नेतृत्व चयन

    कांग्रेसमा नयाँ अध्याय: गगन थापा सभापति, सर्वसम्मत नेतृत्व चयन

    मुन्ना कुमार/ दास पन्नालाल—
    ३० पुस, काठमाडौं – नेपाली कांग्रेसको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ।

    चार दिनसम्म चलेको महाधिवेशनले पार्टीभित्र देखिएको आन्तरिक विवाद, नेतृत्व संकट र संगठनात्मक चुनौतीबीच बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितामा नयाँ नेतृत्व टुंगो लगाएको हो। यसैबीच गगनकुमार थापालाई पार्टीको नयाँ सभापतिमा चयन गर्दै कांग्रेसमा पुस्तान्तरण र सुधारको सन्देश दिएको विश्लेषकहरूले देखाएका छन्।

    विशेष महाधिवेशनले चयन गरेको नयाँ कार्यसमितिमा उपसभापति पदमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे, र सहमहामन्त्री पदमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै महिलातर्फ डिला संग्रौला पन्त, दलिततर्फ प्रकाश रसाइली स्नेही, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।


    महाधिवेशनले केवल शीर्ष नेतृत्वमात्र नभई केन्द्रीय सदस्यतर्फ पनि सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको छ। खुल्ला, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य चयन हुनुले कांग्रेसमा समावेशिता, भौगोलिक सन्तुलन र सामाजिक विविधता संस्थागत गर्न खोजिएको देखिन्छ।
    प्रदेशगत रूपमा पनि सबै सात प्रदेशबाट महिला र खुल्ला कोटामा सदस्य चयन गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले पार्टीको संघीय संरचना अनुरूप नेतृत्वमा स्थान पाएका छन्। साथै अल्पसंख्यक, दलित र पिछडिएका समुदायबाट उल्लेख्य संख्यामा प्रतिनिधि चयन हुनु विशेष महाधिवेशनको प्रमुख उपलब्धिका रूपमा हेरिएको छ।

    विश्लेषकहरूले टिप्पणी गरेका छन् कि नयाँ नेतृत्व पार्टी सुधार, संगठन सुदृढीकरण र आगामी निर्वाचन तयारीतर्फ केन्द्रित हुने सम्भावना बढेको छ। गगन थापा–विश्वप्रकाश शर्मा समूहले महाधिवेशनबाट उठेका सुधारका एजेन्डा कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध र भविष्यमुखी दिशामा अघि बढाउने जिम्मेवारी पाएका छन्।

    विशेष महाधिवेशनको निर्णयले पार्टीभित्रको आन्तरिक विवादलाई निष्कर्षमा पुर्‍याउँदै नयाँ नेतृत्वलाई सशक्त कार्यकारी र रणनीतिक निर्देशन दिने क्षमता प्रदान गरेको छ। अब कांग्रेसको ध्यान आन्तरिक विवाद व्यवस्थापनभन्दा बाहिर निस्किएर संगठनलाई एकीकृत गर्दै आगामी राजनीतिक चुनौती सामना गर्नेमा केन्द्रित हुने विश्लेषकहरूको निष्कर्ष छ।

  • महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरुलाई कारवाही !

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरुलाई कारवाही !

    Breaking news…

    ३० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ ।

    सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो । उनी सहित  सह महान्त्री पर्मुल्लाह मंसुरलाई समेत ५ वर्षको लागि पार्टीको सधारण सदस्य समेत नरहनेेेगरि पार्टीबाट निष्लाशन गरेको जनाएको छ। महामन्त्री द्वय गगन र विश्व प्रकाश सहितका नेताले पार्टी अनुशासन हउलंघन गरि पारॐटीको हित विपरीत काम गरेको आज बसौको केनॐद्रिय समितिको बैठकले निर्णय गरेको हो

  • कांग्रेस विशेष महाधिवेशनबाट शक्ति संघर्ष खुला, नेतृत्वको फैसला अब मतदानबाट

    कांग्रेस विशेष महाधिवेशनबाट शक्ति संघर्ष खुला, नेतृत्वको फैसला अब मतदानबाट

    मुन्ना कुमार ,
    २९ पुस, काठमाडौं — नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्र लामो समयदेखि दबिएको शक्ति संघर्षलाई खुला राजनीतिक प्रतिस्पर्धामा रूपान्तरण गरेको छ। पार्टी संरचनात्मक सुधारका प्रस्ताव पारित भएसँगै अब कांग्रेसको भविष्य नेतृत्व चयनको निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ।


    महाधिवेशनस्थलमा मंगलबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका पार्टी सुधारसम्बन्धी प्रस्तावहरू बहुमतले पारित भएपछि विशेष महाधिवेशन पक्षधरहरूले आफूहरू अब पछि नहट्ने स्पष्ट सन्देश दिएका छन्।
    गगनलाई भावी नेतृत्वको औपचारिक प्रस्ताव
    विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई पार्टीको भावी नेतृत्व र प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव गरे। प्रस्तावलाई स्वीकार गर्दै थापाले पार्टीका सबै निर्णायक विषय अब “महाधिवेशनको हलबाटै टुंगिने” घोषणा गरे।
    थापाले बाहिर भइरहेका सहमतिको प्रयास निष्कर्षमा नपुगेको जनाउँदै अब कुनै निर्णय वार्ताको नाममा रोकिन्न भन्ने संकेत गरे।
    ‘विद्रोहको महाधिवेशन’ भन्ने स्पष्ट सन्देश
    महामन्त्री थापाले विशेष महाधिवेशनलाई सामान्य राजनीतिक अभ्यासभन्दा फरक, सुधारका लागि भएको विद्रोहको रूपमा व्याख्या गरे। उनले नेतृत्वका आकांक्षीहरूलाई तत्काल पदको होडभन्दा पार्टी बचाउने जिम्मेवारीलाई प्राथमिकता दिन अपिल गरेका छन्।
    “यो छोटो अवधिको नेतृत्व हो, नियमित महाधिवेशनतर्फ पार्टी लैजाने जिम्मेवारी हो,” थापाको भनाइ थियो।
    संस्थापनसँग संवाद टुटेन, तर सहमति पनि आएन
    संस्थापन पक्ष, शेखर कोइराला समूह र विशेष महाधिवेशन पक्षधरबीच दिनभर संवाद भए पनि मूल विषयमा सहमति हुन सकेन। विशेष महाधिवेशन पक्षधरहरूले सभापति शेरबहादुर देउवाले पद छाड्नुपर्ने र महाधिवेशनलाई वैधानिक मान्नुपर्ने माग दोहोर्याए।
    संस्थापन पक्ष भने विशेष महाधिवेशनलाई नै अवैधानिक ठान्दै आएको छ। यही कारण मंगलबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक समेत औपचारिक रूपमा बस्न सकेन।
    नेतृत्व चयनको प्रक्रिया सुरुसंवाद अनिश्चित बन्दै जाँदा विशेष महाधिवेशनले नेतृत्व चयनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। आकांक्षीहरूले फारम लिन सुरु गरिसकेका छन् भने बुधबार नेतृत्वबारे निर्णायक फैसला हुने अपेक्षा गरिएको छ।
    महाधिवेशनस्थलमा “वार्ताको नाममा अल्झिनु हुँदैन” भन्ने नारासमेत उठेपछि नेतृत्व चयन नगरी कार्यक्रम टुंग्याउने सम्भावना लगभग समाप्त भएको देखिन्छ।विभाजनको रेखा प्रष्ट, कारबाहीको सम्भावनासंस्थापन पक्षभित्र विशेष महाधिवेशन आयोजक र अगुवामाथि अनुशासनात्मक कारबाहीको तयारी भइरहेको संकेत देखिएको छ। सहमति नजुटे आज राति वा बुधबार बस्ने बैठकबाट त्यससम्बन्धी निर्णय हुनसक्ने चर्चा छ।

    निर्णायक घडी  कांग्रेसको विशेष महाधिवेशन संवाद र समझदारीको चरण पार गरेर शक्ति परीक्षणको चरणमा प्रवेश गरिसकेको छ। बुधबार हुने नेतृत्वसम्बन्धी निर्णयले पार्टी एकतामा जाने कि औपचारिक विभाजनतर्फ धकेलिने भन्ने निर्धारण गर्नेछ।

  • पृथ्वी जयन्ती आज, देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

    पृथ्वी जयन्ती आज, देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

     

    काठमाडौँ । नेपाल एकीकरणका नायक राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्तीका अवसरमा राजधानी काठमाडौँसहित विभिन्न जिल्लामा श्रद्धाञ्जली सभा, प्रभातफेरी, दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
    पृथ्वीनारायण शाहले स–साना बाइसे–चौबिसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपालको आधारशिला राखेको इतिहास छ। “नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो” भन्ने उनका दिव्य उपदेश आज पनि राष्ट्रिय एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा स्मरण गरिन्छ।
    यस अवसरमा सरकारी तथा निजी क्षेत्र, विभिन्न संघ–संस्थाले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरेका छन्। पृथ्वी जयन्तीले राष्ट्रियता, स्वाधीनता र एकताको भावना सुदृढ बनाउने विश्वास लिइएको छ।
    पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलहरूमा शुभकामना सन्देश आदान–प्रदान भइरहेको छ भने ऐतिहासिक महत्वका स्थानहरूमा विशेष कार्यक्रम सञ्चालन गरिएको छ।

  • कांग्रेस विशेष महाधिवेशनका लागि प्रतिनिधि दर्ता प्रक्रिया सुरु भृकुटीमण्डपमा तयारी तीव्र, उद्घाटन आजै

    कांग्रेस विशेष महाधिवेशनका लागि प्रतिनिधि दर्ता प्रक्रिया सुरु भृकुटीमण्डपमा तयारी तीव्र, उद्घाटन आजै

    २७ पुस,काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया आज बिहानदेखि सुरु भएको छ। भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनलाई लक्षित गर्दै महाधिवेशन स्थलको मूल प्रवेशद्वार नजिकै स्थापना गरिएको स्टलबाट दर्ता कार्य अघि बढाइएको हो।
    व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार प्रतिनिधिले नाम दर्ता गर्न परिचय खुल्ने सरकारी कागजात र एकप्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ।
    बिहान ८ बजेदेखि दर्ता सुरु गर्ने तयारी भए पनि प्राविधिक व्यवस्थापनका कारण केही ढिलाइ भएको आयोजकले जनाएको छ। अहिले महाधिवेशन स्थल पुगेका प्रतिनिधिहरूले क्रमशः दर्ता गराई परिचयपत्र (कार्ड) लिने क्रम जारी छ।
    महाधिवेशनको उद्घाटन कार्यक्रम आज मध्याह्न १२ बजे हुने तयारी छ। उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न छ स्थानबाट जुलुस निकालेर प्रतिनिधि तथा कार्यकर्ताहरू भृकुटीमण्डप पुग्ने कार्यक्रम तय गरिएको छ।
    विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले गर्नेछन् भने उद्घाटनपछि सुरु हुने बन्द सत्रको अध्यक्षता पार्टीका ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गर्ने व्यवस्था गरिएको छ।
    पार्टी विधानको धारा १७(२) अनुसार पार्टीका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनको माग अघि बढाइएको हो। सोही अनुरोधअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा महाधिवेशन आयोजना गरिएको जनाइएको छ।
    यद्यपि, पार्टीको संस्थापन पक्षले यस विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ, जसका कारण कांग्रेसभित्रको आन्तरिक राजनीतिक बहस थप चर्किएको छ।
    आइतबारदेखि सुरु भएको विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

  • धार्मिक सद्भाव बिगार्ने गतिविधिमाथि पर्सा प्रशासनको कडा निगरानी उल्लंघन गरे कैद र जरिवाना दुवै हुन सक्ने चेतावनी

    धार्मिक सद्भाव बिगार्ने गतिविधिमाथि पर्सा प्रशासनको कडा निगरानी उल्लंघन गरे कैद र जरिवाना दुवै हुन सक्ने चेतावनी

    २० पुस, बार । धनुषाको जनकपुरस्थित एक मस्जिदमा भएको तोडफोडको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
    मुस्लिम समुदायको प्रदर्शन जारी रहँदा प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सार्वजनिक अपिल जारी गर्दै सामाजिक सञ्जालमार्फत धार्मिक द्वेष, घृणा वा अफवाह फैलाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन्। अपिलमा फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता डिजिटल प्लेटफर्ममा हुने गतिविधिहरूको प्रशासनले सूक्ष्म निगरानी गरिरहेको उल्लेख गरिएको छ।
    प्रशासनका अनुसार, राष्ट्रिय एकता खल्बल्याउने, कुनै धर्म वा समुदायको अपमान गर्ने तथा धार्मिक स्थलमा क्षति पुर्‍याउने कार्यमा संलग्न भए मुलुकी अपराध संहिता २०७४ अनुसार कडा कारबाही हुनेछ। धार्मिक स्थलमा क्षति पुर्‍याए तीन वर्षसम्म कैद र धार्मिक भावना आहत पार्ने कार्यमा दुई वर्षसम्म कैद तथा जरिवानाको व्यवस्था रहेको प्रशासनले जनाएको छ।
    त्यसैगरी, विद्युतीय कारोबार ऐन २०६३ अनुसार इन्टरनेटमार्फत घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको स्मरण गराइएको छ।
    जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सामाजिक शिष्टाचार, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आग्रह गर्दै कानुन विपरीतका गतिविधिबाट टाढा रहन अनुरोध गरेको छ।

  • अब एमाले पनि चुनावमा जाने, सामानुपातिक सुची छनौटमा मतभेद

    अब एमाले पनि चुनावमा जाने, सामानुपातिक सुची छनौटमा मतभेद

    मुन्ना कुमार

    १४ पुस, काठमाडौं — एमाले पनि अब चुुनावमा जाने औपचारिक घोषणा गरेको छ।  जेन जी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्रि शुशिला कार्किले गराउने निर्वाचनमा  चटानी अडान लिएको एमाले अन्तत: फागुन २१ मा हुने  प्रतिनिधिसभाको निर्वाचनमा जाने निर्णय गरेको छ।

    केन्द्रीय मूख्यालय च्यासलमा १३ गते बसेको सचिवालय बैठकले समानुपातिक तर्फको बन्दसूचीमा राखिने नामबारे छलफल गरेको छ भने प्रत्यक्ष तर्फका आकांक्षीहरुको नाम २० पुसभित्र सिफारिस गर्न निर्देशन दिएको छ ।

    ‘आगामी पुस २० गतेभित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटी मार्फत् सिफारिस गर्न निर्देशन गर्ने निर्णय भएको छ । समानुपातिकतर्फ आज निर्वाचन आयोगमा बुझाउने नामहरूबारे समेत एमालेले निर्णय गरिसकेको जनाईएको छ।

    बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव महेश बस्नेतले पनि अरुले चुनावको तयारी नगरे पनि आफूहरूले धेरै कुरा व्यवस्थित गरिसकेको बताए ।

    बैठक स्रोतका अनुसार ओलीले समानुपातिक बन्दसूचीमा बुझाइने ११० जनाकै नाम तयार पारेका छन् । जहाँ खस आर्यतर्फको एक नम्बरमा गुरु बरालको नाम उल्लेख छ ।

    सूची संशोधनको माग

    अध्यक्ष ओलीले ल्याएको सूचीमा रहेका नामहरू सच्चाउने पार्टी भित्र माग भएको छ ।

    ‘गुरु बराललाई प्राथमिकतामा राखेर गोरखबहादुर बोगटी, खेम सुवेदी, पुष्प कँडेलहरुको नाम राखिएको छ,’ बैठक स्रोत भन्छ, ‘यस्तो प्रस्ताव आएपछि अरू पदाधिकारीले संशोधनको सुझाव राखेका छन्।

    उनका अनुसार उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्त, उपमहासचिवहरू योगेश भट्टराई, लेखराज भट्ट र रघुवीर महासेठ तथा सचिव यामलाल कँडेलले आ–आफ्ना तर्फबाट नामहरू बुझाएका छन् ।

    उपाध्यक्ष विष्ट र उपमहासचिव भट्टराईले भने समानुपातिक बन्दसूची तयार पार्दा मापदण्डमा आधारित हुनुपर्ने अडान लिएका थिए ।

    ‘मापदण्ड बनाएर जाँदा पार्टी एकताबद्ध हुन्छ, आकांक्षी व्यवस्थापन गर्न सकिन्छ, नपाउनेले पनि मापदण्डलाई हेरेर चित्त बुझाउँछ,’ भट्टराईले भनेका थिए, ‘मापदण्ड नहुँदा कसैले अवसर पाइरहने, र कसैले पाउँदै नपाउने अवस्था आउन सक्छ ।’

    गुरु बरालकै प्रस्ताव पनि कुनै मापदण्डमा आधारित नभएको तर्क उनले गरेका थिए । ‘एउटै मान्छे सधैं फरक–फरक भूमिकामा मनोनीत भइरहने, र फेरिपनि उसैले प्राथमिकता पाइरहँदा राम्रो सन्देश जाँदैन,’ भट्टराईको तर्क थियो ।

    सुवास नेम्वाङको निधन भएपछि ओलीले पार्टी उपाध्यक्ष मनोनीत गरेका बराल गत महाधिवेशनमा सोही पदका उम्मेदवार थिए । तर उपाध्यक्ष सहित केन्द्रीय सदसयमा समेत पराजित भएका बराललाई एक नम्बरमा राखेर समानुपातिक बन्दसूची तयार पारिएको छ ।

    राष्ट्रिय सभामा उम्मेदवार बनेर पराजित भएका बराललाई प्राथमिकतामा राखिएपछि पदाधिकारीहरुले नाम सच्याउन आग्रह गरेका छन् । ‘अध्यक्षले प्रस्तुत गर्नुभएको नाम अन्तिम होइन, सच्याएर ल्याउनु होला,’ एक पदाधिकारी भन्छन् ।

    बराल जस्तै पटकपटक अवसर पाइरहेका नेताहरु समानुपातिकको बन्दसूचीमा राखिएको उनी बताउँछन् । उनका अनुसार पार्टी सचिव पद्या अर्याल महिला तर्फ एक नम्बर सूचीमा छन् । अर्यालसँगै निरु पाल, शान्ता चौधरी, टुका हमाल, भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, मञ्चु चौधरी, कोमल वलीको नाम समानुपातिक बन्द सूचीमा राखिएको छ ।

    प्रस्तावित सूचीका सबै नेता ओलीलाई समर्थन जनाउनेहरु मात्रै छन् । एक पक्षीय प्रस्ताव आएपछि एघारौं महाधिवेशनमा फरक समूहबाट पदाधिकारी जितेका गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टीभित्र एकताको सन्देश दिन पनि सूची सच्याउनुपर्ने माग राखेका छन् ।

    ‘उहाँहरुले सबैजसो क्लस्टरमा नाम दिनुभएको छ । खुला तर्फ एक नम्बर ईश्वर पोखरेल हुनुपर्छ पनि भन्नुभएको छ,’ ती पदाधिकारी भन्छन् । एक नम्बरमा गुरु बराल नभएर ईश्वर पोखरेललाई राख्दा पार्टीभित्र एकताको सन्देश जाने बिष्ट र भट्टराईले तर्क गरेका थिए ।

    ‘जस्तो सूची सुनाउनुभयो, त्यसमा पुनर्विचार गर्नस् । किनकी अहिले एमालेलाई एकताबद्ध हुनपर्ने आवश्यकता छ,’ भट्टराईले भनेका थिए, ‘महाधिवेशनपछि एमाले एकताबद्ध बनेको सन्देश दिन ईश्वर पोखरेललाई समानुपातिक तर्फ एक नम्बरमा राखौं ।’

    जित्नेले हार्नेहरुलाई समेटेर लगेको सन्देश दिनपनि बैठकमा प्रस्तुत भएको बन्दसूची सच्याउनुपर्ने तर्क विष्टले गरेका थिए ।

    ‘हारजित बिर्साउनेगरी पार्टी एकताबद्ध बनाउनुपर्छ । त्यस्तो सन्देश दिने ठाउँमा तपाईँ (ओली) हुनुहुन्छ,’ विष्टले भनेका थिए, ‘महाधिवेशनमा फरक ढंगले उम्मेदवारी दिए भन्ने हिसाबले व्यवहार गरिनु हुन्न । दशकौं योगदान गरेका कमरेडहरु निराश नहुनेगरी निर्णय लिनुपर्छ ।’

    तर्कसहित विष्ट र भट्टराईले बिन्दा पाण्डे, रचना खड्का, सर्मिला कार्की, उषाकिरण तिम्सेनाहरूलाई समानुपातिकको बन्दसूचीमा समेट्न सुझाव दिएका छन् । ‘फरक समूहबाट उम्मेदवारी दिनुभयो, यो अलग विषय हो । तर बिन्दा पाण्डे, रचना खड्का, सर्मिला कार्की, उषाकिरणहरूको नाम बन्दसूचीमा राखेको सन्देशले पार्टीको भोट घट्दैन,’ भट्टराईले भनेका थिए ।

    शम्भु थापा, टीकाराम भट्टराई, गौरी प्रधान, सुशील प्याकुरेलको नाम पनि बन्दसूचीमा समेट्न आग्रह गरिएको स्रोत बताउँछ । बिष्ट र भट्टराई बाहेक ओली तर्फकै अरु पदाधिकारीहरुले पनि बन्दसूचीमा प्रस्तावित नाम सच्याउनुपर्ने बताएका थिए ।

    केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि आफु समिपकालाई सामनुपातिक तर्फ छनौट गरेको प्रति ईतर पक्षका न

     

  • लेखकले आज जाँचबुझ आयोगमा बयान दिने

    लेखकले आज जाँचबुझ आयोगमा बयान दिने

    मुन्ना कुमार

    १४ पुस, काठमाडौं —  कांग्रेसका हरकर्ताान मानिएका पछिल्ल ो सरकारका  निवर्तमान गृहमन्त्री रमेश लेखकले आज जाँचबुझ आयोगमा गएर बयान दिने भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई यसअघि नै पत्र काटिसकेको थियो ।

    सरकारलाई नमान्ने  र बयान नदिने अडानमा रहेका उनी अबआयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका छन् ।

    लेखकको सचिवालयका अनुसार, सोमबार दिउँसो १२ बजे उनी बयानका लागि आयोगमा जानेछन् । जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए ।

     बयान सकिएपछि दिउँसो साढे २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएने बताईएको छ।

    जेनजी आन्दोलनमा झण्डै ७२ जनाको टाउको र छातीमा गोली लागि सहादत प्राप्त गरेका थिए।

  • जसपा नेपाल र लोसपाबीच एकतामा हस्ताक्षर

    जसपा नेपाल र लोसपाबीच एकतामा हस्ताक्षर

    दास पन्नालाल , धनुषा

    १४ पुस, जनकपुरधाम  —  आज  उपेन्द्र यादव नेतृत्वको दल जनता समाजवादि पार्टि नेपाल (जसपा नेपाल ) र  महन्थ ठाकुर नेतृत्वको लोतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण गर्ने निर्णय भएको छ ।

     औपचारिक्ता प्रदान गर्न जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुर द्वयले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

    जसपा अध्यक्ष यादव र  लोसपा अध्यक्ष ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो ।

    वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन एवं विश्लेषण गरेर एकता गरिएको निर्णयमा बताइएको छ ।

    त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी एकीकरणको निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    १० वैशाख २०७७ मा तत्काली संघीय समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएर जसपा बनेको थियो । डेढ वर्ष नपुग्दै २०७८ को भदौ दोस्रो साता जसपा नेपाल विभाजन भएर महन्थ ठाकुर नेतृत्वको लोसपा बनेको थियो ।

    २०६३ सालपछि उपेन्द्र र महन्थ ठाकुर मधेशको राजनीतिक शक्तिको रुपमा उदाएका थिए ।  ठुुला पार्टी मिल्दै गर्दा निर्वाचन ताका मिल्दै आएको असर अब मधेश केन्द्रित दलमा देखिएको हो।

  • अत्यधिक चिसो बढेपछि कलैयाउमनपाका विद्यालया थप तीन दिन बिदा

    अत्यधिक चिसो बढेपछि कलैयाउमनपाका विद्यालया थप तीन दिन बिदा

    सरोज दास-

    १२ पुस, कलैया —  अत्यधिक चिसो बाराको कलैया उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप ३ दिन बिदा दिएको छ।

    शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजिव कुमार यादवद्वारा जारी विज्ञप्ति अनुसार, अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी बर्षे विदाबाट कट्टा हुने गरी २०८२ पौष १३ गते आइतबारदेखि १५ गते मंगलबारसम्म पठनपाठन बन्द रहने जानकारी दिइएको हो।

    यस अघि हिजो शुुक्रवारसम्म विदा दिईएको थियो। तर मौसम झन  प्रतिकुल बन्दै चिसो बढेपछि थप विदाको निर्णय गरिएको जनाईएको छ।

    विज्ञप्तिमा उल्लेख भए अनुसार विदा पश्चात् पौष १६ गते बुधबारदेखि सबै विद्यालयहरू निर्धारित समयमै नियमित रूपमा सञ्चालन हुनेछन्।