https://drive.google.com/file/d/1qGeuAqoUGiR56xBQbiW0M0VpDO3ZjOfe/view?usp=drivesdk
Author: दाश पन्न्नालाल
-

धादिङ बस दुर्घटनामा ६ महिला र ११ पुरुषको मृत्यु, विदेशी नागरिक घाइते
भुुषण कुमार
११ फागुन, धाादिङ।
धादिङको त्रिशूली नदी किनारमा सोमबार मध्यराति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। मृत्यु हुनेमध्ये ६ महिला र ११ पुरुष रहेको पुष्टि भएको छ भने दुर्घटनामा विदेशी नागरिक समेत घाइते भएका छन्।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडास्थित सडकबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा दुर्घटना भएको हो। दुर्घटना राति करिब १ बजेतिर भएको जनाइएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये एक जना न्यूजील्याण्डका नागरिक पनि रहेका छन्। मृतक र घाइतेहरूको पहिचान प्रक्रिया भने अझै जारी रहेको छ।
अप्ठेरो भौगोलिक अवस्थाका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो। घटनास्थलबाट घाइतेहरूलाई डुंगाको सहायताले करिब एक किलोमिटर तलसम्म सारेर त्यसपछि सडकसम्म उकालो लगाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।
रातिको समय, प्रकाशको अभाव तथा आवश्यक उद्धार सामग्री पर्याप्त नहुँदा उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताएका छन्। सुरक्षाकर्मीहरूले टर्चको सहायताले घाइतेहरूको खोज तथा उद्धार गरेका थिए।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको थियो। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस आदमघाट तथा कुरिनटारस्थित तालिम शिक्षालयबाट गोताखोरसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। -

आजको प्रकाशित संवाहक राष्ट्रिय दैनिक पत्रिका
99_10_Fagun_Mdristi99_10_Fagun_Mdristi” target=”_blank”>यहाँ बाट डाउनलोड गर्नुहोस् ।<
-

मलङ्गवामा पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियरको गोली हानी हत्या
३ फागुन, सर्लाही/ मलङ्गवा — मलङ्गवा स्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको आइतबार राति गोली हानी हत्या गरिएको छ। घटनाले सदरमुकाम क्षेत्रमा त्रास र आक्रोश फैलाएको छ।
प्रहरीका अनुसार मलङ्गवा नगरपालिका–१० मा भाडाको घरमा बस्दै आएका यादवमाथि राति करिब ८ बजेको समयमा मोटरसाइकलमा आएका अपरिचित हतियारधारी व्यक्तिहरूले नजिकबाट गोली प्रहार गरेका थिए। गोली उनको बायाँ छातीमा, मुटुको तलतिर लागेको बताइएको छ।
गम्भीर घाइते अवस्थामा उनलाई तत्कालै प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका थिए।
मृतक यादव सिरहा जिल्लाको सुखीपुर नगरपालिका निवासी हुन्। करिब एक वर्षदेखि उनी मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत थिए। उनका दुई वर्षकी एक छोरी रहेकी छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। शंकास्पद व्यक्तिहरूको खोजीका लागि विशेष टोली परिचालन गरिएको र घटनाको कारण तथा संलग्नको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। -

बारामा सवारी दुर्घटना: सवार मण्डलको मृत्यु,चौरसिया र यादव घाइते
सरोज दास–
३ फगुन , कलैया। बाराको मानवत मटिअर्वा–पिलुवा सडकखण्डमा आईतवार राति करिब १० बजे भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
श्रीपुर नजिक भएको थियो, जहाँ प्र.२-०३-००१ त ५३८६ नम्बरको ट्याक्टर र प्रदेश २-०३-०२२ प ५१०४ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा मृत्यु हुनेमा जिल्ला बारा, कलैया उपमहानगरपालिका–१२, धर्मनगरका २५ वर्षीय उपेन्द्र मण्डल रहेका छन्। उनी घटनास्थलमै गम्भीर घाइते भएपछि मृत्यु भएको प्रहरीले जनाएको छ। भन्ने मोटरसाइकलमा सवार अन्य दुई सोही ठाँउका २३ वर्षीय करण चौरसिया र २५ वर्षीय सावन कुमार यादव घाइते भएका छन्। घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारको लागि परवानीपुरस्थित एल एस न्युरो हस्पिटलमा लगिएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए र दुर्घटनामा प्रयोग भएको ट्याक्टर चालक फरार छ। यस घटनामा संलग्न गाडी प्रहरी नियन्त्रणमा राखिएको छ भने थप अनुसन्धान जारी रहरको प्रहरीले जनाएका छन्। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।
प्रहरीले स्थानीयवासी र राहदानीको सहायतामा घटनास्थलको सर्वेक्षण गर्दै दुर्घटनाका कारण पत्ता लगाउने काम अघि बढाएको जनाएको छ। -

नेपाल पत्रकार माहसंघका पुर्व उपाध्यक्ष रामबाबु मेहताकी आमाको निधन
पन्नलालाल दास
२२ माघ, कलैया ,बारा ।नेपाल पत्रकार महासंघ बारा शाखाका निवर्तमान उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहताकी ममतामयी आमा पार्वती देवीको ७२ वर्षको उमेरमा निधन भएको छ।
स्वास्थ्यलाभको कामनासहित लामो समयदेखि उपचाररत रहनुभएकी उहाँको बिहीबार बिहान करिब साढे ९ बजे आफ्नै निवासमा निधन भएको हो। दिवङ्गतका छोरा मुकेश मेहताका अनुसार उपचारकै क्रममा रहनुभएकी आमाले आज बिहान अन्तिम सास लिनुभएको हो। निधन फरि दु: ख व्यक्त गर्दै नेपाल पत्रकार माहसंघ बाराले शोक विज्ञप्ति जारी गरि गहिरो समॐवेदना प्रकट गरेको छ
उहाँको निधनको खबरले परिवार, आफन्त तथा शुभेच्छुकहरू शोकमा डुबेका छन्। दिवङ्गतप्रति विभिन्न सामाजिक तथा पत्रकारिता क्षेत्रका व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिरहेका छन्।
दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा यो दुःख सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।


