काठमाडौं — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार शपथ कार्यक्रम आज अपराह्न २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुँदैछ।
शपथ ग्रहण कार्यक्रम प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सञ्चालन गर्नेछन्। यसअघि उनलाई रामचन्द्र पौडेल ले बुधबार पद तथा गोपनीयताको शपथ गराइसकेका छन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।
यसपटक ४७ जना सांसदले नेपाली बाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्। नेपालको संविधानअनुसार धारा ९९ र धारा ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथको व्यवस्था गरिएको हो।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले सर्वाधिक १८२ सिट जितेको छ। त्यस्तै नेपाली कांग्रेस ले ३८, नेकपा एमाले ले २५, नेपाल कम्युनिस्ट पार्टी ले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट प्राप्त गरेका छन्।
शपथसँगै नवनिर्वाचित सांसदहरुको संसदीय यात्रा औपचारिक रूपमा सुरु हुने भएको छ।
Author: दाश पन्न्नालाल
-

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज शपथ
-

संवाहक राष्ट्रिय दैनिक ~ई-पेपर~ २०८२ चैत्र ८ गते
236https://drive.google.com/file/d/1n51vZiSfW5OAiR2cCAls38HTVuk64j1n/view?usp=drivesdkयहाँ बाट डाउनलोड गर्नुहोस् ।
-

दुई दशकको संघर्षपछि भूमिका श्रेष्ठ संसद्मा: अल्पसंख्यक अधिकारको आवाज अब नीति निर्माणमा
७ चैत्र, काठमाडौं — लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएकी भूमिका श्रेष्ठ अब संघीय संसद्मा पुगेकी छन्। सडक आन्दोलनबाट सुरु भएको उनको यात्रा अब नीति निर्माण तहसम्म पुगेको छ।
रास्वपाबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित श्रेष्ठले समाजमा विभेद, अपहेलना र असमानताविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी थिइन्। उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समान नागरिकका रूपमा स्वीकार गर्नुपर्ने माग गर्दै लामो समयदेखि अभियान चलाएकी हुन्।
सांसद बनेपछि उनले अब अधिकारको मुद्दा सदनबाट उठाउने बताएकी छन्। “संविधानमा व्यवस्था भएका अधिकार व्यवहारमा लागू हुन सकेका छैनन्, त्यसलाई कार्यान्वयनमा लैजानु मेरो प्राथमिकता हुनेछ,” उनले भनिन्। नागरिकता, शिक्षा, स्वास्थ्य र वैवाहिक समानताजस्ता विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको उनको धारणा छ।
श्रेष्ठले आफ्नो भूमिका केवल एक समुदायमा सीमित नरहने बताउँदै मधेशी, मुस्लिम, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत वर्गका मुद्दा पनि उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
नेपालको संसदीय इतिहासमा उनको प्रवेशलाई समावेशी प्रतिनिधित्वको सशक्त संकेतका रूपमा हेरिएको छ। यसअघि सुनिलबाबु पन्त ले संविधानसभामा प्रतिनिधित्व गरेपछि सुरु भएको यो यात्रालाई भूमिका श्रेष्ठले नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। -

कपिलवस्तुमा साम्प्रदायिक झडप पछि निषेधाज्ञा: ५ घाइते, स्थिति नियन्त्रणमा
७ चैत्र, महाराजगञ्ज (कपिलवस्तु) — हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्ज–बर्गदवा क्षेत्रमा प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
शनिबार रामनवमी र ईद पर्वको अवसरमा माइकको आवाजलाई लिएर सुरु भएको विवाद विस्तारै चर्किँदै साम्प्रदायिक झडपमा परिणत भएको हो। झडपका क्रममा दुवै पक्षबीच ढुंगा हानाहान हुँदा कम्तीमा ५ जना घाइते भएका छन्।
स्थिति थप बिग्रिन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ। प्रशासनले उक्त क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा गतिविधिमा प्रतिबन्ध लगाएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्र पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्म तोकिएको छ।
सुरक्षा निकायको सक्रियतापछि अहिले अवस्था नियन्त्रणमा आएको बताइएको छ भने थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालनलाई कडाइ गरिएको छ। प्रशासनले स्थानीयवासीलाई संयमित रहन र अफवाहमा नलाग्न आग्रह गरेको छ। -

संवाहक राष्ट्रिय दैनिक~ ई-पेपर~ २०८२ चैत्र ७ गते
https://drive.google.com/file/d/1La1dqOtGhPsGhTNtEbWZ_CQa-uDt0iZ-/view?usp=drivesdkयहाँ बाट डाउनलोड गर्नुहोस् ।235-2
-

कांग्रेसमा तरंग: सभापति गगन थापाको राजीनामा
मुन्ना कुमार–
५ चैत्र, काठमाडौं — नेपाली कांग्रेसभित्र अप्रत्याशित राजनीतिक हलचल देखिएको छ। पार्टी सभापति गगन थापा ले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाइसकेको बताइएको छ।
यो निर्णय गत प्रतिनिधिसभा निर्वाचनको परिणामसँग जोडिएको मानिएको छ। सर्लाही–४ बाट उम्मेदवार बनेका थापा अमरेशकुमार सिंह सँग पराजित भएपछि उनले नैतिक जिम्मेवारी लिँदै पद छोड्ने कदम चालेका हुन्।
निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनले कांग्रेसभित्र समीक्षा र आत्ममन्थनको माग बढिरहेको बेला थापाको यो कदम आएको हो। पार्टी दोस्रो स्थानमा सीमित रहँदा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट मात्र जित्न सकेको थियो।
यद्यपि, थापालाई राजीनामा नदिन पार्टीभित्रैबाट दबाब र सुझाव पनि आइरहेका थिए। उनी हालै सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए।
अब उनको राजीनामाबारे अन्तिम निर्णय भने शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ। यसले कांग्रेसको आगामी नेतृत्व र रणनीतिमा कस्तो मोड ल्याउँछ भन्नेमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।



