२५ कात्तिक,घोडासहन — आज छिमेकी मुलुक भारतकोविहार राज्यको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान हुँदैछ ।
पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।
विहारमा निर्वाचनमा यसपाली मुख्यमन्त्री नितिश पटेलको जनता दल( जेडियु) सहितको गठबन्धन एण्डिय र पुर्व मुख्यमन्त्री लालु यादवको छोरा तेजस्वी यादवको नेतृत्वमा राष्ट्रिय जनता दल ( आरजेडी) सहितको महागठबन्धन विच कडा प्रतिस्पर्धा हुने बताईएको छ। साथै जनसुराज पार्टीको पनि हल्लाखाल देखिएको छ।
मुख्यमन्त्री पदमा विहारको मतदाताले कुर्सीमा बसाउने आजको दोस्रो चरणको मतदान पछि 14 तारिखको मतगणनाले विहारको भविष्य निर्धारण गर्नेछ।
बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् । विहारसँग जोडिएका सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको हो । आजको मतदानपछि वेलुका ६ बजेबाट सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।
१२२ क्षेत्रमा एक करोड ७४ लाख महिलासहित तीन करोड ७० लाखभन्दा बढी मतदाता छन् । मतदानका लागि ४५ हजार ३९९ मतदान केन्द्र निर्धारण गरिएको छ ।
नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो । मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए ।