संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए।
२९ असोज, जनकपुरधाम — मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए ।
जनमतका १३ प्रदेश सांसदसमेतको आफ्नो समर्थन रहेको भन्दै काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए ।
यद्यपि जनमतले त्यसलाई खण्डन गरेपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई नै समर्थन दियो
मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश तनाव समेत भएको थियो ।
कित्ता फेरेर जनमतले सोनललाई समर्थन गरेपछि काङ्ग्रेस र एमाले जनमत फोडेरै भएपनि आफूहरूको नेतृत्वमा सरकार बनाउने प्रयासमा थिए ।
फलस्वरूप जनमतबाट आज निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ साह-नेतृत्वको जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन् ।
निर्वाचन कार्यालयमा सनाखत गर्न निवर्तमान मुख्यमन्त्री सिंह पुगेपछि उनलाई रोक्न जनमतका नेता कार्यकर्ताले प्रयासको क्रममा झडप समेतहुन पुगेका थिए।
मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाले यसपटक बाजी मारेको हो। मदेश सरकारको नेतृत्वको पाएको पहिलो चोट्टी हो। र बाराले दोस्रो मुख्यमन्त्रीको रुपमा मधेशी दल लोसपा नेता सोनलले अवसर पाएका हुन्।
यश अघि जसपाले बाराबाटै सरोज यादवले मुख्यमन्त्रीमा थिए।
लिसपा नेता सोनल सादगी वुकास परेमि र जनताको माझमा ख्याती कमाएका मृदुबाणी नेताको रुपमा मधेशभरि लोकप्रिय नेता हुन्।
मधेशीको अधिकार र जनताको जनजिविकाको सवालमा सधै अवाज उठाईरहने नेताको रुपमा परिचित भएका व्यक्तित्व हुन्।