२२ चैत, कलैया — मानवत – मटिअर्वा सडक खण्ड तीन किलोमिटर सडक वर्षात अघि नबने कलैया उपमजानगरपालिकाका मेयर बिनोद साहले आमरण अनशन बस्ने सार्वजनिक घोषणा गरेपछि संसदिय अनुगमन समिति सडक निरिक्षण गर्न आज विहानै कलैया आएका छन्

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरुले मानवत–मटिअर्वा सडकखण्डको स्थलगत अनुगमन गरेका छन् । समितिका सदस्यहरुले बिहीबार उक्त सडकखण्ड अन्तर्गत निर्माण हुन बाँकी रहेको संस्कार एफएमदेखि सितलपुरसम्म तीन किलोमिटर सडकको स्थलगत अनुगमन गरेका हुन् ।
निर्माण व्यवसायीले निर्माणमा हेलचेक्र्याईं गर्दा जनतालाई व्यापक समस्या भएपछि समितिका सदस्यहरु स्थलगत अनुगमनमा पुगेका हुन् । अनुगमन समितिका संयोजक सांसद किशान श्रेष्ठको नेतृत्वमा रहेको टोलिले भरत चौकदेखि संस्कार एफएम तर्फको सडक अनुगमन गरेका छन्।
अनुगमन समितिलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले सडक निर्माणमा विगतदेखिका समस्या र वर्तमान अवस्थाबारे अवगत गराए। नगर प्रमुख साहले पटक–पटक हुलाकी सडक आयोजना र सडक बोर्ड धाउँदा समेत निर्माण व्यवसायीको लापरवाहीले सडक निर्माणमा ढिलाई भई जनतालाई समस्या भएको जानकारी दिए ।
अनुगमनका क्रममा स्थानीयहरुले बाटो जाम गरि विरोध प्रदर्शन गरिरहेको स्थानमा पुगेर सांसदहरुले यथाशिघ्र यसबारे कारबाही प्रकृया अगाडि बढाउन दवाव दिने बताए ।
टोलीका संयोजक श्रेष्ठले जनताको प्रत्यक्ष सरोकार रहेको सडक वर्षौँसम्म अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्ने समेत बताए । उनले ठेकेदारलाई समितिमा डाकेर यसबारे स्पष्टीकरण लिने र वर्षात अगावै सडक निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिने जनाए ।
अनुगमनका क्रममा संसदहरु गणेश पराजुली, महेन्द्रबहादुर शाही, रमा कोइराला पौड्याल, रामशंकर यादव लगायतकाले ठेकेदारको बलमिच्यार्इंले जनताले सास्ती खेप्नु परेको भन्दै यसबारे संसदमा आवाज उठाउने बताएका छन् ।
अनुगमन समिति निरिक्षण गरिरहदा बारा क्षेत्र ३ का सांसद जवाला लुमारी साहले जनताले भोगिरहेको समस्या प्रति सदनमा अवाज उठाउने र प्रधानमन्त्रीसँग पहल गरिने बताए।
अनुगमन समितिलाई संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व सांसद रामबाबु कुमार यादव , प्रदेश सभा सदस्य रबिनदास श्रेष्ठ, जसपा नेता रामकिशोर यादव लगायतले सडक निर्माणमा विगतदेखिका अवरोध, समस्या र वर्तमान अवस्थाबारे जानकारी दिएका थिए
एमालेका युवा नेता महमद एम समिउल्लाह , कलैया उपमहानगरपालिकाका – १ का वडाअध्यक्ष मोहन बहादुर क्षेत्री नगरपालिकाले गरेको हरेक प्रयास असफल देखिएको कारण ठेेकेदार हो, उनले भने।
वर्षौ देखि देखि सडकको दुराअवस्थाबारे समितिलाई प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले ब्रिफिङ्ग गरेका थिए ।
बाटो बन्द गरि दबाब दिईरहेको कांग्रेसका युवा नेता लुकेश सिंह, विबेकशिल साझा पार्टीका जिल्ला अध्यक्ष डा. शुशिल साह,माओवादी केन्द्रका युवा नेता मुकेश साह ,जनमतका जिल्ला अध्यक्ष शिवनाथ पटेल, एकृकित समाजवादीका अरुण खनाल, बिक्रम ठाकुर, जिल्ला उपाध्यक्ष हरिओम साह लगायत सयौं स्थानिय सरकार र मेयरको मुर्दाबाद गर्दै सडक अबिलमब बनाउन चर्का नाराबाजी गरेका थिए। आक्रोस सँगै बाटो वर्षा अघि बनाउमन समितिलाई आग्रह गरेका थिए।