संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
२७ फागुन, कलैया–
विशेष सूचनाको आधारमा २६ फागुन साढे ९ बजेको समयमा इलाका प्रहरी कार्यालय कोल्हबीले ५६ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको बारा प्रहरीले जनाएको छ।
प्रहरी हवलदार बच्चालाल यादवकको कमाण्डमा खटिएको प्रहरी टोलीले कोल्हबी नगरपालिका – ५ स्थितमा कुमरगढीबाट सोनाभारटोल तर्फ जाँदै गरेको नम्बरको नखुलेको मोटरसाईकलमा सवार दुईजनाले प्रहरीलाई देखी औषध गाँजा फाली फरार भएको प्रहरीको भनाई छ।
७ पोकामा ५६ किलोग्राम रहेको उक्त गाँजा वरामद गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बिजय राज पण्डितले जानकारी गराएका छन्।