जमुनीमा वालिकाको बेवारिसे लाश फेला

दाश पन्न्नालाल दाश पन्न्नालाल 184 Views

 संवाहक

अनलाईन / राष्ट्रिय दैनिक पत्रिका

५ माघ , कलैया—- बाराको पचरौता नगरपालिका -१ कुडवा स्थित जमुनी खोलामा अन्दाजी ४/५ वर्षकी बालिकाको बेवारिसे लाश फेला परेको बारा प्रहरीले जनाएको छ।

आज करिब ११ बजेको समयमा जमुनि खोलाको किनारामा पानीमा तैरी राखेको अवस्थामा वालिकाको मृत शव फेेला परेको हो।

पहिचान खुल्न नसकेका मृतक लाशको कलैया स्थितमा रहेको प्रदेशिक अस्पताल कलैया बारामा पोष्टमार्टमको लागी पठाईएको हो।

फेला परेका बेवारिसे शवको पहिचानको लागि हुलिया सहित मृतक लाशको आफन्तहरुलाई पता लगाउन वडा तहकै एरियामा सुचना गरिएको प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

प्रतिक्रिया
Share This Article