संघिय गृहमन्त्री रमेश लेखकले गरे गढीमाईको दर्शन अवलोकन , मेलामा शान्ति सुरक्षामा चुक नहोस प्रहरी प्रशासनलाई गृहमन्त्री लेखकको निर्देशन

दाश पन्न्नालाल
2 Min Read

संवाहक 

अनलाईन / राष्ट्रिय दैनिक

१९ मसिर, गढीमाई मेला बरियारपुर—-  नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले आज गढीमाईको दर्शन पुजा गरेका छन्।

बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाईको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा शान्ति सुरक्षाको निरिक्षण गरेेका हुन्।

गृहमन्त्री  लेखकले गढीमाई मन्दिरका पुजारीको हाथ बाट टिका र प्रसाद समेत ग्रहण गरेका छन्

।विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगायत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री  लेखकको भनाई रहेको छ।

।गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताएका छन।

गढीमाई मेला पाँच बर्षमा एक पटक लाग्ने भएकोले मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाईने गृहमन्त्री रमेश लेखकले सन्चारकर्मीहरु संगको कुराकानीमा बताए ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवसँग गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा ब्यवस्थापनको बारेमा जानकारी लिएका छन्।

गृहमन्त्रीले सुरक्षा ब्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमि बाँकी नरहने प्रतिबद्धता समेत गरे।

महागढीमाई नगरपालिकाका मेुर उपेन्द्र यादवले देशका मन्त्रीहरिुको मेला अवलोकनबर गढीमाई मन्दिरमा दर्शन पुजाआजाले धार्मिक पर्यटन बढाउन तथा यसबाट थप उर्जा मिलेको भन्दै धन्यावद दिएका थिए।

 मंसिर ०१ गते देखि सुरु भएको गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ ।गढीमाई दर्शन गर्न आएका गृहमन्त्री रमेश लेखकलाई महागढीमाईका नगर प्रमुख उपेन्द्र यादव लगायत सम्पुर्ण गढीमाई मेला मुल ब्यवस्थापन समिति लगाुत  कांग्रेसका नेता कार्यकर्ताले फुप माला लगाई स्वागत सम्मान  गरेका हुन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *