संवाहक
अनलाई / राष्ट्रिय दैनिक
१५ मंसिर,बरियारपुर— बाराको महागढीमाई नगरपालिका १ स्थित गढीमाई पञ्चवर्षिय मेलामा ओमशान्ति शिविरको उदघाटन भएको छन।
ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैया बाराद्धारा आयोजना गरिएको १२ ज्योतिर्लिङ्ग दर्शन, चैतन्य झाँकी, कैलाश पर्वत दर्शन तथा प्रवचन कार्यक्रमको शनिवार एक कार्यक्रमको आयोजना गरि महागढीमाई नगरपालिकाका मेयर तथा गढीमाई पञ्चवर्षिय मेला संचालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले उदघाटन गरेका हुन ।
बलीमा विश्व प्रसिद्ध गढीमाई मेलालाई भव्य र सभ्य बनाउन सबैको सहयोगको अवश्यकता रहेको छ, उन्ले भने,‘ आ–आफनो तह तपकाबाट मेला भव्य र सभ्य रुपमा लगाउन मेला संचालन तथा व्यवस्थापन समितिले अपेक्षा राखेको छ ।
विश्व प्रसिद्ध मेलामा आउने भक्तजनहरुको सुविधाको लागि मेला संचालन तथा व्यवस्थापन समिति लागि परेको छ । भक्तजनहरुलाई कुनै किसिमको असुविधा नहोस भनेर विभिन्न उपसमितिहरु निर्माण गरिएको उनलेे बतसएका छन् ।’
ओम शान्तिले समाजका लागि राम्रो काम गर्दै आएको छ उहाँले भन्नुभयो,‘स्वच्छ एवं स्वस्थ्य समाजका लागि ओमशान्तिले जहिले पनि महत्वपूर्ण योग्दान दिदै आएको उनले जानकारी दिए ।
शिविर मेला अवधि भरि संचालन हुने ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैयाका प्रमुख मिना दिदीले बताईन ।
ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैया बाराको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता ब्रहमकुमारी राजयोग सेवा केन्द्र बीरगंजका क्षेत्रिय संचालिका रविना दिदीको रहेको थियो भने संचालन सुष्मा बहनले गरेकी थिईन ।