२४, कार्तिक , कलैया। , मोेटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भन्ने २ जना घाईाते भएका छन्। मृत्यु हुनेमा
मोटरसाइकल चालक पर्सा बिरगंज महानगरपालिक – १९ विन्दवासिनी टोल बस्ने जोखु मियाको छोरा अं.वर्ष २० को राज मिया उपचारको क्रममा ४ बजेर १७ मिनेटको समयमा मृत्यु भएको हो।
घाइते हुनेमा मोटरसाइकलमा पछाडि सवार पर्सा बौधरमाई गाँउपालिका-६ भवराटार बस्ने मोलिरहमान मियाको छोरा अं. वर्ष १७ को महबुब मियाको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था गम्भिर रहेको छ।
त्यस्तै मोटरसााइपकलमा छाडि सवार पर्सा बिरगंज महानगरपालिका-१९ केहुनिया टोल बस्ने सरोज प्रसाद यादवको छोरा अं. वर्ष १६ को बिक्की यादवको टाउको र शरिरको विभिन्न भागमा चोट लागि उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
गत वीहिवार एक बजेको समयमा बारा जीतपुर सिमरा उपमहानगरपालिका- १० नितनपुर स्थित रहेको शिव शक्ति पेट्रोलपम्प अगाडि दुर्घटना भएको हो।
जीतपुर बाट बिरगंज तर्फ जादै गरेको म.प्र.०३-०२८ प ३९०९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई बाटो छेउको रेलिङमा ठोकिन गई दुर्घटना हुँदा मो.सा.मा सवार चालक सहित ३ जना घाईते भई LS न्युरो परवानिपुर बारामा उपचार भईरहेको क्रममा १ जनाको मृत्यु भएको अन्यको उपचार भईरहेको प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जनाएका छन्।