- ११ कार्तिक , सिम्रौनगढ । बाराको दक्षिणि पुर्वी भेगमा अवस्थित सिम्रौनगढ नगरपालिकामा किसानहरु फुलको व्यसायिक खेेति तर्फ आकर्षित हुन थालेका छन्।
तरकारी खेतिमा पकेट क्षेत्रले परिचित भिन्न व्यवसायिक सोचका साथ एक दर्जन किसान १० औं विगाहा जग्गामा सयपत्री (गेन्दा) फुलको खेेति गरेका छन्। जुन ढकमक फुुलेको सरेह भरि मगमग बासनासँगै आय आर्जनको राम्ररी श्रोत बन्न पुगेको छ।
उन्नत बीउ भारतको कोलकत्ताबाट ल्याई एक पटक बेर्नामा लगाएपछि प्रत्येक तीन महिनामा तयारी भई बर्षभरि नै उत्पादन हुने यतिवेला देशको माग धान्न खुबै फस्टाएको छ।
सिम्रौनगढ नगरपालिका – ५ ठुलो इटवाल टोलको सरेहमा कहि २-३ विगाहाकि पलट त कतै १०-१२, १५ कट्ठामा छरिएर व्यवसायिक रुपमै फुलको खेेति फष्टाउदै गएको मनमोहक दृश्यले परम्परागत सदियो देखि हुँदै आएको धान, गहुँ, मकै ,आलु ,तरकारी खेेति, माछा पालन भन्दा फुलमा लगानीको तुलनामा मनगै आम्दानी हुने भएपछि किसानको आकर्षण बढदै गएको हो।
भारतबाट देखेर सिकेर शुुरुमा थोरै ५-७ कट्ठाबाट शुुरु गरेका खेति समुहमा छलफल सिकाउदै स्वप्रोत्साहित गर्दै जादा आजको अवस्थामा दर्जनौ किसान फुल खेेतीलाई पेशाको रुपमा अंगालेर खेेत हुण्डा बटैया , सुधभर्ना, लिजमा लिएर विगहौ खेेति गर्न सफल भएका सिम्रौनगढ -८ कचोर्वाका किसान रुपलाल कुश्वाहा भन्छन्। उनी अहिले १२ कट्ठामा फुल खेति गरि प्रयाप्त आम्दानी गर्दै आएका छन्। प्रति कट्ठा ३ हजार ५ सय देखि ४ हजार उनेको माला उत्पादन हुने गरेको उनको भनाई छ।
कृषि विज्ञ जेटिएको सहयोग विना आफ्ना अनुभवले अन्य कृषि वाली झै मल विषाधी र समयावधीमा विधुतीकरणले मटरपम्मको सिंचाईले सहजता प्रदान गरेको भन्दै यसले विदेशिने युवालाई रोक्न परिश्रम गरे चाहे अनुसारको आम्दानी र रोजगारीको अवसरलाई देखाई दिएको, उनले थपे।
एक कट्ठामा फुल लगाउदा लगभग १० देखि १५ हजारसम्म लागत लाग्ने गरेकोमा खर्च कटाएर सरदर प्रति कट्ठा डेह्र लाखसम्म आम्दानी हुने गरेको अर्का किसान सुरेश प्रसाद कुश्वाहा बताउँछन्।
उनी २०५७ साल देखि ५ कट्ठामा फुल खेेति शुरु गरेको आज ३ विगाहा खेत आफ्नो र लिजमा लिई ईटवाल चौरहिया टोलको सरेहमा व्यवसायिक हिसाबले जागिर छोडदेखि लकडाउन ताका शुरु गरेको सिम्रौनगढलाई फुलको खेेतिमा समेत पहिचान दिलाउन लागिपरेको उनको एक दशकको फुुल खेतिमा लगावले अन्य किसान फुल खेेतिमा उत्साहित भएर धेेर थोर गर्न थालेका, उनले बताए।
बार्षिक उत्पादन गरेर खपत हुने बजार भएकोले अनुमान भन्दा बढी आम्दानी देखेर उनी जस्तै श्रीप्रसाद कुश्वाहा-२ विगाहा, प्रेमचन्द्र लुश्वाहा- १ विगाहा, दिपेन्द्र कुश्वाहा १५ कट्ठा, मुकेश कुश्वाहा ५ कट्ठा , सिकेन्द्र कुशवाहा १५ कट्ठा , सोनालाल कुश्वाहा, सन्तलाल कुशवाहा, सुरेश प्रसाद कुशवहा (सानो), कुन्दन कुश्वाहा, कमल प्रसाद कुश्वाहा लगायतकाले दशौं विगाहामा फुुलको रातो, सेतो र पहेलो रंगको सयपत्रि फुुल उत्पादन थालेका छन्।
उत्पादित फुल स्थानिय बजार सिम्रौनगढ , बंकुल , कलैया , विरगंज नारयणगढ हुँदै काठमान्डौसम्म बजार माग अनुसार बस, पिकअपमा वरफ राखी पठाउने गरेका छन्। बारा, पर्सा , रौतहटको प्रमुख हाट बजारसम्म पसल फुल सेन्टरमा बिक्रि वितरणको लागि बजार अगोटेको छ ।
उहिले यहाँ खेेति नहुँदा भारतिय बजारबाट ल्याई विभिन्न धार्मिक अनुष्ठान पुजापाठ, घर आंगन पँधेरा सजाउने, मठमन्दिर, राजनिति सभासमेलन, कार्यक्रम, शादि विवाह ,जस्ता मान्छे मर्दा समेत भारतिय बजारबाट आयात भई पुर्ती हुने गरेकोमा अब त्यो अवस्था स्थानिय स्तरमै उत्पादन भएदेखि हटेको छ।
अब सिमापारी तिर राजनिति सभा सामरोह हुँदा यतैबाट जाने गरेको अवस्था सृजना भएको छ। यसरी फस्टाउदै गरेको फुुलको खेेतिलाई प्रबर्द्धन सहित स्वदेश विदेशमा सहज बजारीकरणको किसानको माग रहेको छ।
पसल र व्यवसाय दर्ता गरि खेेति गर्दैका फुुल किसानले बजारको माग अनुसार पुर्तीमा बाटो घाटोमा प्रहरी प्रशासनद्धारा दु:ख भोग्नु परेको संवाहक संचारकर्मीसँग बताएका छन्।
अनलाईन विल भौचर व्यवसाय दर्ता गरि कर तिरेेको सम्पुर्ण कागजात हुँदाहुदै देखाउदा समेत भारतिय फुुल भनेर अनाहकमा बाधा अडचन कार्यवाहीको डरत्रास दिई आर्थिक संकलनको समस्याले अनाहकमा दु:ख दिएकोले सास्ति खेेप्नु परेको किसानको गुनासो रहेको छ।
उनेको मालालाई सुरक्षित र ताजा ठाँउमा पुग्नु पर्छ अनि मात्र भुक्तानी हुने उनी बताउँछन् । प्रतिकुल समयमा तीन/चार घण्टा रोकिए कुहिएर सम्पुर्ण नष्ट हुनजान्छ, अनि नोक्सानी भई घाटा व्यहोर्नु पर्ने भएको हूँदा यसो नगर्न आग्रह गरेका छन्।
स्वदेशि सुन्दर फुुल उत्पादनमा नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराई फुल खेेतिबाट रोप्ने गोडमेल गर्ने देखि माला टिप्ने उन्ने समेतमा ज्यालादारले बर्षभरि रोजगारी पाउने अवसरलाई प्रोत्साहित गर्न जरुरी छ।