२६ भाद्र ,कलैया। संरक्षण नेपाल बाराले आज आफ्नो २३ औं वार्षिक सधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रमका अर्थपुर्ण सहभागिताका बीच सम्पन्न गरेको छ।
जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा उधोग वाणिज्य संघ कलैयाको सभा हलमा सम्पन्न भएको हो।
प्रमख अतिथि साहले कार्यक्रमको उदघाटन गर्दै संरक्षण नेपालले बालबालिकाको क्षेत्रमा अतुल्निय काम गरेको छ। बाल क्लब देखि शुरु गरेको संस्था आजको दिनमा सामाजिक योगदानमा प्रभावकारी भुमिका खेलेको छ, उनले भने।
किशोर किशोरीको प्रजनन स्वास्थ्य, पोषण बारे समुहगत उनी सहित उनको अभिभावकलाई समेत सचेतना दिदै संस्ष्थागत दायित्व निर्वाहमा समुदायमा वेग्लै छाप छोडन सफल भएको छ।साथै बालबालिकाको उद्दार पुनर मिलन र पुनरस्थापन गरि मानव वेचबिखन रोकथाम जस्ता कार्यमा गरेको प्रगतिको सराहना गर्दै जिल्लामा सबै सस्थाले लागू औषध दुर्व्यसनमा फसेका बालबालिकाको लागि सुधार केन्द्र बनाउन आवश्यक रहेको सभापति साहले बताए। जिल्लामा गैर सरकारी संस्थामा संरक्षण नेपाल अबल र उत्कृष्ट हो, सधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सधारण सभामा शुभकामना मन्तव्य दिने क्रममा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बालबालिका देशका कर्णधार हो ।सामाजिक परिवर्तनमा यस संस्थाले कार्य प्रगतिको समिक्षामा अग्र पंक्तिमा रहेर आफ्ना दायित्व निभाउनमा उल्लेख्य फडको मारेको बताए।
तयस्तेै बाराका डिएसपी प्रकाश सापकोटाले एक प्रसंगमा प्रहरीले नियम कानुनको भित्र रहेर काम गर्नु पर्ने हुन्छ, कानुन उलङघन गर्ने कसैलाई छुट नभएको र पिडकले उनमुक्ति नपाउने उनले स्पष्ट पारेका थिए। संरक्षण नेपालसँगको सहकार्य मानव बेचन विखन रोकथाममा महत्वपुर्ण रहेकोले शक्दो सहयोग रहने बताए।
पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहताले संरक्षण नेपालले क्रस बोर्डर देखि ग्रामिण भेगमा बालिकाको क्षेत्रमा सराहनिय काम गरेको बताए।
यसैगरि स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश राय , गैससका उतिमलाला चौरसिया, ओएमसीका प्रतिनिधि अन्जु प्रबिन लगायतकाले वार्षिक उत्सवको शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा संस्थाको तर्फबाट कर्मचारी तर्फ उत्कृष्ट कर्तव्य निर्वाह गरेकी जेसि अफिसर सविना अधिकारीलाई उत्कृष्ट सम्मानले पुरस्कृत गरिएको संरक्षण नेपालकी अध्यक्ष जयसवालले बताईन्
सरोकारवाला सहित सबै पक्षको सहभागितामा संरक्षण नेपालको वर्ष भरिको भए गरेका काम प्रगति बजेट र चुनौति सफलताका बिच समुदायमा आफ्ना संस्थागत दायित्व निर्वाहमा बालबालिकाको क्षेत्र,समुदायमा किशोर किशोरीलाई प्रजनन स्वास्थ्य शिक्षा, सिपमुलक तालिम, बालबालिकाको उद्दार , पुनरमिलन र पुनरस्थापनको लागि निरन्तर काम गरिरहेको साथै बाराको ५ वटा पालिका सहित बारा, पर्सा र रौतहट जिल्ला यस संस्थाले ४४ वटा दक्ष जनशक्तिलाई रोजगारी समेत प्रदान गरि सक्रिय र पार्दर्शिता संस्थाको मुल उदेश्य स्थापित मान्यता रहेको संंरक्षण नेपालका महासचिव वृजमोहन कुश्वाहाले सधारण सभा तथा सामाजिक परिक्षणको अवसरमा सविस्तार कार्यपत्र प्रस्तुत गरेका थिए।
संरक्षण नेपालकी अध्यक्ष बबिता जसवालले अगामी दिन अमूल्य सुझावलाई मनन गर्दै संस्थाले कार्यक्षेत्रमा काम सवालमा कुनै कम्परमाइज नगरिकन संस्थाको मुल उद्देश्य सामाजिक परिक्षणले सामाजिक उतरदायित्व वहन गर्न झन हौसला प्राप्त भएकोमा यसलाई अझ समुचित ढंगले अगाडी बढाउने बताइन्।
संरक्षण नेपाकी अध्यक्ष जसवालकी अध्यक्षता सम्पन्न कार्यक्रमका संचालन बरिष्ठ सदस्य पारस जसवाले गरेका हुन्।बन्द सत्रले कोषा अध्मयक्ष रन्जु चौधरीको आर्थिक प्रतिवेदन सहित महत्वपुर्ण प्रस्तावहरु पास गर्दै अगामि कार्यदिशा तय गरि सम्पन्न गरेको छ।