६ भाद्र, कलैया । बारा प्रहरीले सावा करोड भन्दा बढी मूल्य बराबरको समान सहित सहित तीन वटा ट्रक नियन्त्रणमा लिईएको प्रहरी उपरिक्षक महेन्द्र खडकाले जनाईएकका छन्।
राजश्व छलिको गरि विभिन्न सरसमानहरु लगिरहेको विशेष सुचनाबाट हाम्रोप्रहरीको संयुक्त टोलीले गाडि सहित एकै चोटिमा करोडौको सरसमान समाईएको उनको भनाइ रहेको छ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधवार पवने दस बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका -७ जीतपुरमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको ४ ख ८८७५ नम्बरको को ट्रकमा लोड गरेको अ.मुल्य रू. ३३ लाख ३२ हजार २ सय २६ रुपैया बराबरको किराना सामान, नरिवल लगायत हार्डवेयर तथा अन्य खुद्रा समानहरू नियन्त्रणमा लिईएको हो।
त्यसैगरि सोही ठावँउबाट साढे एघाह्र बजेको समयमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ७ ख ५९२६ नम्बरको डिब्बा ट्रकमा लोड गरेको अं. मुल्य २८ लाख ९५ हजार ७ सय १३ रुपैया बराबरको लेडिज सुट, ग्लास फ्रेम समिते , वाटर प्रुफ ग्लु लगायतका खुद्रा समानहरू चेेकजाँचको क्रममा पक्राउ गरेेको छ।
त्पस्तै प्रहरी चौकी पथलैया ११ बजेर ५० मिनेटमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोकमा बीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ३ ख ७३४२ नम्बरको डिब्बे ट्रकमा लोड गरेको अं. मुल्य ६६लाख ९० हजार १ सय ३१ रपैया बराबरको कपडा, ग्लास, फोटो पिक्चर, लेडिज सुट, रिबन, पुजा सामाग्रीह तथा अन्य खुद्रा सामानहरू नियन्त्रणमा लिइएको छ।
विशेष सुचनाको आधारमा तीनटै नेपाली ट्रक (गाडी) हरूलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. १ करोड २९ लाख १८ हजार ७० रूपैया बराबरको समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया पठाईएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जनाएका छन।