- कलैया ३१ साउन । जिल्ला प्रहरी कार्यालय बाराले साढे ६३ लाख भन्दा बढीको अबैध समान सहित ट्रक पक्राउ गरेको छ।
गएराति अं. ११:३५ को समयमा प्रहरी चौकी पथलैयाबाट प्र.ब.ना.नि. नरेश बहादुर शाहीको कमाण्ड्मा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालका – १ पथलैया चोकमा सो परिणामको सामग्री बरामद गरिएको हो।
वीरगंजबाट बाँके तर्फ जादै गरेको ना ४ ख ५४०६ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा बिलबिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. ६३ लाख ५३ हजार ३ सय ८१ रूपैया बराबरको मोबिल, हाडवेयर, कपडा, पलास्टिक, औषधी, किराना आईटम लगायतका अन्म खुद्रा सामानहर सहित ट्रक नियन्त्रणमा लिईएको छ।
बरामद गरिएका समान कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया पठाईएकोप्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायाब परिक्षक प्रकाश सापकोटाले जनाएका छन्।