दास पन्नालाल
२५ असाेज,बारा — माटोको ढिस्कोमा पुरिएर सिम्रौनगढमा दर्जनौ घाईते भएका छन्।
छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ माटो खन्ने क्रममा माटोको ठुुलो ढिस्को खसेके हो।
माटोमा दबिएर दर्जनौं मानिस घाइते भएमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
स्थानीय सञ्चारकर्मी रामबाबु मेहताका अनुसार, घटनापछि तत्काल स्थानिय मानिस , सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए।
घाइते सबैलाई उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार कार्य सम्पन्न भइसकेको प्रहरीले जनाएको छ।
छठ पर्व नजिकिँदै गर्दा माटो खन्ने क्रममा भएको यो दुर्घटनाले स्थानीयमा त्रास उत्पन्न गरेको छ।
प्रतिक्रिया