Category: पर्व

  • बलुवामा उत्तर बाहिनी गंगा स्नान तथा कुवारीमाई मेलाको वडाअध्यक्ष शुक्ला द्धारा उदघाटन

    बलुवामा उत्तर बाहिनी गंगा स्नान तथा कुवारीमाई मेलाको वडाअध्यक्ष शुक्ला द्धारा उदघाटन

     

    सरोज दास
    १९ कार्तिक , बारा–

    बाराको महागढीमाई नगरपालिका -९ पिप्रविर्ता स्थित बलुवामा मंगलवार साँझ उतर बाहिनी गंगा स्नान तथा कुवारीमाई मेलाको उद्घाटन प्रमुख अतिथि यसै वडाका वडाअध्यक्ष दिलिप शुक्लाले गरेका छन्।

    वडाअध्यक्ष शुक्लाले मेलालाई सम्बोधन गर्दै उत्तर बाहिनीमा कार्तिक पुर्णिमा स्नानको महत्व हाम्रै आफ्नै वडामा भएकोले यस ठाँउको विकास प्रबर्द्धनको लागि हरसम्भव काम भईरहेको बाँकि अधुरा काम पनि पूरा हुने प्रतिबद्धता व्यक्त गरे।

    उक्त अवसरमानेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास, वडासदस्य उमेस दास, राम्प्रवेश महतो, रास्वपाका चन्दन स्वर्णकार , प्रतिनिधिको रुपमा सोनालाल साह, विष्णु वैठा तथा मेला समितका जगेश्वर यादव, पोषण यादव, रामाबाबु यादव, कमल राम , दिनेश राम, बुनिलाल यादव, अनिल यादव र सोनालाल साह, विष्णु बैठा, लगायत उपस्थित रहेका थिए।
    मेला समिताका अध्यक्ष धनसुन्दर यादवको अध्क्षतामा सम्पन्न भएको हो।

    हिन्दुहरुको महानपर्व छठ पछि व्रतालुहरुले कार्तिक पुर्णिमाको स्नानलाई धार्मिक दृष्टिकोणले पवित्र मान्दै आएका हुन्।

    प्रत्येक साल झै यस वर्ष पनि बलुवा टोलको उतरपट्टि र हुलाकी सडकको दक्षिण सँगै जोडिएको बसतीमा थलही नदि उत्तर दिशा भएर बगेकोले यस ठाँउको महत्व बढदै गएको हो।

    त्यस किनार मै कुवारीमाईको सानो मन्दिर छ, जो आजको कार्तिक स्नानको महत्वलाई अझ बढाएको छ। उक्त ठाँउले बिस्तारै धार्मिक महत्व बोकेको रुपमा प्रसिद्ध बढदै गएपनि पुर्वाधार विकासले ओझेलमा परेको छ। यद्धपी थलही वारिपारि सानो बस्तीलाई वडा र हुलाकी सडकसँग जोडन झुलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको छ। समस्याको रुपमा वर्षामा वाढीको चपेटा पर्दै आएकोले व्यवसथित गर्न उतिकै आवश्यक छ।
    यो ठाँउलाई धार्मिक स्थानको रुपमा प्रवर्द्धन गर्न स्नान डिल निर्माण गर्न जरुरी देखिन्छ। मेला आज बुधवारसम्म लाग्ने स्थानिय शिक्षक रामानन्द यादवले बताए।

    यसरी बाराको फेटा गाँपालिका-१ स्थित त्रिवेणी संगम आजको स्नानलाई विशेष धार्मिक स्नान सँगै भव्य मेला लागेको युवा उर्जाशिल पुर्व वडाअध्यक्ष जयप्रकाश दासले सामाजिक कार्य बाटोघाटो सडक नाला खानेपानी पिननिक स्पट ब्रतालुलाई सहज सुविधाको लागि हरेक प्रयास आफुले गर्दै आएको बताएका छन्।

    ,यसैगरि सुुवर्ण गाँउपालिका स्थित चरमोहना गाँउको तीनमुहान थलही, जमुनी र तियर नदिको संगममा स्नानले स्थान अगिटेको छ । यसरी महागढीमाई -९ स्थित कन्चनपुर टोलको अलिक दक्षिण सरेहमा गढीमाई स्थान नीर तियर नदि उत्तर भएर बगेकोले यी ठाँउमा कार्तिक पुर्णिमा स्नान भिड बढेको छ।
    साथै धार्मिक अनुष्ठान प्रयोजनका निम्ति जल भर्ने जस्ता कार्यले चिनारी पाएको हो।

  • आज अस्ताउदै गरेको सुर्यलाई अर्घ्य दिई छठ पर्व मधेश लगायत देशभर मनाईदै

    आज अस्ताउदै गरेको सुर्यलाई अर्घ्य दिई छठ पर्व मधेश लगायत देशभर मनाईदै

    सरोज दास

    ११ कार्तिक , बारा—  लोक आस्थाको महापर्व को रुपमा मनाईदै आएकोमा आज तराई मधेसमा अस्ताउदै गरेको सुर्यको अर्घ्य दिई मनाईरहेका छन्।

    निराहार अत्यन्त कठिन र निष्ठापूर्वक मनाइने छठ पर्वको तेस्रो दिन आज सोमबार बारा सहित देशभर उल्लासपुर्वक मनाईरहेका छन्।

    बाराका अधिकाशंं स्थानहरुमा ब्रतालु महिलाले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा साँझको अस्ताउदो सुर्यलाई अर्घ्य दिएका हुन ।

    सदरमुकाम कलैया, जीतपुरसिमरा, सिम्रौनगढ,  महागढीमाईको बरियारपुर, पिप्रविर्ता,  कोल्हवी, निजगढ, लगायत जिल्लाका सवै गाउँ टोलहरुमा आईतवार साँझ अस्ताउदो सूर्यलाई अघ्र्य दिएर व्रतालुहरुले पूजा अराधना गरेको छन् । षष्ठी तिथीलाई छठको मुख्य दिन अर्थात संझीया घाट भन्ने गरिन्छ ।

    यो पर्वमा विशेषगरी सूर्य भगवान र छठी मातालाई ब्रतालुहरुले पूजा अराधना गर्दै गंहु वा चामलको पिठोबाट तयार पारिएको ठेकुवा,केसार, मुला, गाजर, अदुवा,बेसारको हरियो बोट, ज्यामिर, नारिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उंखु, बोडी, फर्सी, पानको पात, मिठाई (बतासा) लाई नाङ्गलो, सुपुली, दौउरा वा छैंटीमा राखी व्रतालुहरुले अर्घ्य दिने परम्परा रहेको छ।

    आज सोमबार अस्ताउदो सूर्यलाई अर्घ्य दिई सकेपछि (भोली) मंगलबार सप्तमीका दिन बिहान उदाउंदो सूर्यलाई अघ्र्य दिएर पूजापाठ गरीसकेपछि छठ पर्व विधिवत रुपमा समापन गरिन्छ ।

    व्रतालुहरुले यसभन्दा अघि कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई नहाए खाए (नुहाउने खाने), दोस्रो दिन पञ्चमी तिथिको ‘खरना’ निर्जला व्रत बसी सांँझ पख नुहाएर चोखो हुंदै चन्द्रमालाई पूजा पाठ गर्ने, तेस्रो दिन षष्ठीका दिन अस्ताउदो सूर्यलाइृ अर्घ्य दिने प्रचलन छ ।

    ब्रतालुहरुले छठघाटमा पुगेर चमुक, ढकनामा अर्घलाई राखेर अस्ताउदो सूर्यलाई अर्घ्य दिने गर्दछन । अर्घ्य दिईसकेपछि राति परेपछि कोशी भएकाहरुले आ–आफनो आङ्गनमा आई माटोको हाती, उखु र चमुकमा बती बालेर कोशी भर्ने गर्दछन । आफुले छठी मातासंग राखेको मनोकांक्षा (भाकल) पुरा भएको भन्दै कोशी समेत भर्ने गरेका छन ।

    छठ पर्वमा सन्तान र परिवारको सुख शान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सूर्य भगवानको पूजा गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने पनि धार्मीक जनविश्वास रही आएको छ ।

  • सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिएर दर्जनौ घाईते ,२ को अवस्था गम्भिर

    सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिएर दर्जनौ घाईते ,२ को अवस्था गम्भिर

    दास पन्नालाल

    २५ असाेज,बारा —  माटोको ढिस्कोमा पुरिएर सिम्रौनगढमा दर्जनौ घाईते भएका छन्। 

    ठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ माटो खन्ने क्रममा माटोको ठुुलो ढिस्को खसेके हो।

    माटोमा दबिएर दर्जनौं मानिस घाइते भएमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

    ​स्थानीय सञ्चारकर्मी रामबाबु मेहताका अनुसार, घटनापछि तत्काल स्थानिय मानिस , सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए।

    ​घाइते सबैलाई उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार कार्य सम्पन्न भइसकेको प्रहरीले जनाएको छ।

    छठ पर्व नजिकिँदै गर्दा माटो खन्ने क्रममा भएको यो दुर्घटनाले स्थानीयमा त्रास उत्पन्न गरेको छ।

  • पचरौता नगरपालिकाले लङडा चौकमा नृत्य सहित धुमधामले मनाए होली मिलन सामारोह

    पचरौता नगरपालिकाले लङडा चौकमा नृत्य सहित धुमधामले मनाए होली मिलन सामारोह

     

     संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

     २६ फाागुन, कलैया—

    बारा क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य एवं पूर्व कृषि मन्त्री ज्वाला कुमारी साहले हिन्दु धर्मावलम्बीहरुले बडो हर्ष उल्लासका साथ मनाईदै आएका होली  पर्वलाई एकताको प्रतीकको रुपमा मनाउन सबैलाई आग्रह गरेकी छिन।

    नेकपा एमाले पचरीता नगरकमिटी द्वारा आयोजित होलि मिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो बताईन। होलि पर्व रङ्गको पर्व रहेकोले रिस राग त्याग गरि आपसमा भाईचारा कायम गरि होलि पर्वको पहिचान बनाई राख्न आग्रह गरिन।

    पचरौता नगरपालिकाको समृद्धी र विकासको लागि आफुले सधै तत्पर  रहेको बताईन । संघीय सरकारमा आफू कृषि मन्त्री केही समयको लागि रहेपनी बारा जिल्लाको कृषि क्षेत्र तर्फ बिकास गरेको दाबी गरिन ।

    संविधान संविधान सभा सदस्य वलबिर चौधरीले होली पर्व रंगको पर्व मात्रै नभई सामाजिक सद्भाव र मिलनको पर्व भएको बताएका ।

    सदियो देखेि बनाईदै आएको होली पर्वमा होलिका दहनले सत्यको जीत भएको खुशयालीमा पौराणिक काल देखि उत्साहपुर्व रंग अवीर दल्दै मान्दै आएको पर्वलाई सभ्यरुपमा मनाउन आग्रह गरेका हुन्।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारिले होलि पर्व सभ्य मर्यादित रुपमा मनाउन आग्रह गरेका छन।

    होलि पर्वको नाममा अराजक गतिविधि अश्लील गित बजाएर फागु पर्वलाई विकृतिको र्सस्कृति बनाउनेलाई कडा कार्वाही गर्ने प्रजिअ अधिकारिले बताए ।

    नगरप्रमुख जलन्धर सिंहले होलि पर्वलाई हर्ष उल्लासपुरॐवक पर्वको रुपमा मनाउन नगरबासीलाई होलीको शुभकामना दिदै यस्तो  आग्रह गरे।

    होली मिलन समारोहमा नेकपा एमलाे जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, जिल्ला, नगर तहका नेता कार्यकर्ता लगायत उल्लेख्य  मानिसको सहभागिता रहेका थिए। सो अवसरमा होलि पर्वलाई उल्लासमय बनाउन नृत्य नांचगान प्रस्तुत गरिएको थियो

    पचरौता नगरपालिका – ८ लङ्डा चौकमा आयोजित होलि मिलन कार्यक्रम नगर प्रमुख जैसवारको अध्यक्षतामा सम्पन्न भएको थियो।  । कार्यक्रमको संचालन प्रवक्ता  वडा नं – ५ का वडा अध्यक्ष लक्ष्मी यादवले गरेका थिए।

  • आज खिचडीमा पनि गढीमाई मेला भव्य लाग्दै, हजारौ बोका वली चढाईदै, मेलामा शान्ति सुरक्षा सहित सम्पुर्ण व्यवस्था दुरुस्त गरिएको छ- मेयर यादव महागढीमाई

    आज खिचडीमा पनि गढीमाई मेला भव्य लाग्दै, हजारौ बोका वली चढाईदै, मेलामा शान्ति सुरक्षा सहित सम्पुर्ण व्यवस्था दुरुस्त गरिएको छ- मेयर यादव महागढीमाई

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक पत्रिका

    १ माघ, महागढीमाई बरियारपुर-— विशव प्रसिद्ध गढीमाई पञ्चवरषिय मेला आज माघेसंक्रान्तिका दिन पनि भव्य सभ्य लागेको छ। मेला भर्न वलि चढााउने लाखौको भिड लागेको छ । माघेसंक्रान्तिको अवसरमा लागेको मेलामा हाजरौ बोकाको वलि चढाईाने छ। गत मंसिर १ गते देखि लागेको मेलाको विधिवत समापन्न माघ ३ पछि हुने बताईएको छ। हजारौ पाडा बली तथा लाखौ बोका वलि चढाईएको थियो।

    प्र्त्येक पाँच वर्षपछि लाग्ने मेलाको सोही वर्षको खििचडीका दिन गढिमाईलाई भाकलका बोका वली दिने गरिन्छ।  मेला वर्ष खिचडी पर्वमा मन्दिर परिसर लागयत स्थानियले आफ्ना पायक पर्ने नदिनाला कटाएर भाकलका भााकल गरिएका पशुपंक्षिको वलि दिईने परम्परा छ।

    त्यसैगरि यसपछि पनि भाकलको बोका वलि दिन चुक भएपछि यसै वर्षको होलि पर्वको दिन पुजारीको घर आंगनमा रहेका मन्दिरमा वलि चढाई वलि दिने कार्य सम्पन्न हुने गढीमाईका मुल पुजारी मंगल चौधरीले बताएका छन्। होलीपछि अर्को ८६ सालमा लाग्ने पञ्चवर्षिय मेला वली चढाईाने छ, उनले भने।

    राङ्गा वली मंसिर महिनामा लाग्ने मेलामा मात्रै चढाईाने परम्परा छ,  त्यसपछि श्रद्धालु भक्तजनको एकपटकको लागि माघि पर्व र होली पर्वका दिन बोका बलि दिईने गढीमाताले अवसर प्रदान गरेको जनविश्वास रहिआएको अर्का मुल पुजारी शिव चौधरीले जानकारी गराएका छन्।

    बोका बली दिने समितिले कुनै चिराकी शुुल्क नतोकिएको हुँदा कसैले यस्तो कार्य गरे कार्यवाही

    मंसिर महिनामा लागेको मेलामा वली चढााउन नसकेका श्र्रद्धाालुहरु आजको दिन पशुवली चढााउने परम्परा रहेको छ।

    मेला व्यवस्थापन चुस्त दुरुस्त बनाईएको छ। मेला भर्न आउने तिर्थालुहरुको शान्ति सुरक्षाको व्यवस्थापन मजबुत बनाईएको छ। वली चढााउने अन्तिम अवसर भएकाले दुरदराजबाट ईच्छााएको र भााकल पूरा भएपछि श्रद्धालु वलि दिन आउने दशौ लाख आगन्तुकलाई व्यवस्थित दर्शन बाटोघाटो शौचौाालय खाानेपानी देखि लिएर नि:शुुल्क बासको पनि भरपुर व्यवस्था मिलाईएको मेला मुल व्यवस्थापन समितिका अध्यक्ष एवम् महागढीमई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी गराएका छन्।

    संक्रान्तीको अवसरमा प्रसिद्ध गढीमाई मन्दिरमा आयोजित हुने विशेष मेलामा बोका बली र परेवा उडाईने छ।

    गढीमाई मेलाको बर्ष माघेसंक्रान्तीको दिन बोका बली र परेवा उडाउने परम्परा पुरानो हो, जसलाई स्थानीय समुदायका मानिसहरूले ठूलो धार्मिक विश्वासका रहिआएको  छ। बोका बली दिने यस परम्पराले मन्दिरको धार्मिक महत्वलाई अझ प्रगाढ बनाएको छ भने, यस मेलाले स्थानीय अर्थतन्त्रलाई पनि सहयोग पुर्याएको छ।

    यस वर्षको माघेसंक्रान्ती मेलामा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। भक्तजनहरूको भीडलाई व्यवस्थित गर्न र कुनै अप्रिय घटना नहोस् भन्ने हेतुले स्थानीय प्रशासनले पर्याप्त प्रहरी बलको व्यवस्था मिलाईएको छ। साथै, स्वास्थ्य सेवासमेत उपलब्ध गराएको छ ।

  • हिन्दुहरुको महान पर्व छठ घाट भव्यरुपमा सजाईदै, आज खरना

    हिन्दुहरुको महान पर्व छठ घाट भव्यरुपमा सजाईदै, आज खरना

     २१ कार्तिक, कलैया ।  तराई मधेश लगायत संघिय राजधानी काठमान्डौमा हिन्दुहरुको महान पर्व छठ ब्रतको छठी घाठको सजावट द्रुत गतिमा भईरहेको छ। निराहार कठोर ब्रतमा छठ ब्रतालुहरुले अर्घ्य दिईने घाट नदि पोखरी जलाश्य समेतलाई सरसफाई र व्यवस्थापनमा श्रद्धालुहरु सहित समिति बनाएर कार्यमा जुटेका छन्।
    मधेश प्रदेशको राजधानी जनकपुर देखि औधोगिक नगरी पर्साको विरगँजको घडिअर्वा ,बाराको कलैयाको रामजानकी मन्दिर, सिद्धेशवर विद्यालयमा घाट सजवाटमा लाखौ रकम खर्ची भव्य र मनमोहक बनाउन तयारीको लगभग पुर्ण अवस्थामा छ।
     यसैगरि,  महागढीमाईको बरियारपुर, पिप्राविर्ता, कन्चनपुर, बलुवा, सिम्रौनगढ कचोर्वा, सुवर्णको कवहीगोठ, आदर्शकोतवालको चिउटाहा, देवताल,  विश्रामपुर, फेटाको भलुही भरवलिया त्रिवेनी, प्रसौनी, परवानीपुर, नौतन, निजगढ , करैयामई ,बारागढीको लङ्डाचोक, पचरौता वेनौली लगायतमा प्रत्येक टोलमा गच्छअनुसार साना ठुल्ला छठघाटमा पण्डाल बनाई सजवाट भईरहेको छ।
     ब्र्रतालुहरु मंगलबार ‘नहाय खाय’ विधिबाट छठ पर्वको विधिवत शुरु गरेका छन् । स्नान पछि शुद्ध चोखो  मिठा मसिना खाने कुरा खाएका छन् ।

    व्रतालुहरुले बुधबार ‘खरना’ विधिअन्तर्गत ‘रस्याउ रोटी’ अर्थात् दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र रोटी/पुरी खानेछन् । बिहीबार दिनभरि निर्जल निराहार बसेर व्रत बस्ने छन् । त्यस दिन साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखर, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँ-नयाँ वस्त्र लगाएका व्रतालुका परिवारजनले पूजा सामग्री राखिएको बाँसको दौउरा छैंटा टाउकोमा बोकि घाटसम्म लग्नेछन् ।

    छठ घाटमा व्रतालुहरुले बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत पूजा सामग्रीको अर्घ्य दिईने छन् । त्यसपछि  घण्टौ घाटमा बसेर पूजाअर्चनामा लिन हुन्छन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यो विधिले व्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    यसरी कोसी भर्दा परिवारका सदस्य, आफन्त, छरछिमेकका पनि त्यहाँ पूजाअर्चना गर्न आइपुग्छन् । घाटमै बसेका व्रतालुहरु भने रातभरि त्यही भजनकीर्तन गर्छन् । घटा सेवन गरि विहानको सुर्य भगवान दिनानाथलाई अर्घ्य दिई पारना गरि छठ पर्व सम्पन्न हुनेछ।

    ब्रताुलु अंकमालगरि एकआपसमा शुभुकामना अदानप्रदान सँगै  शुभाशिस दिने र थाप्ने गर्दछन्। गाउँ टोलका मन्दिर पुजनगरि अनजल ग्रहण गरि छठी माताको कठोर निराहार व्रत सकिनेछ।