सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिएर दर्जनौ घाईते ,२ को अवस्था गम्भिर

दाश पन्न्नालाल दाश पन्न्नालाल 308 Views

दास पन्नालाल

२५ असाेज,बारा —  माटोको ढिस्कोमा पुरिएर सिम्रौनगढमा दर्जनौ घाईते भएका छन्। 

ठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ माटो खन्ने क्रममा माटोको ठुुलो ढिस्को खसेके हो।

माटोमा दबिएर दर्जनौं मानिस घाइते भएमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

​स्थानीय सञ्चारकर्मी रामबाबु मेहताका अनुसार, घटनापछि तत्काल स्थानिय मानिस , सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए।

​घाइते सबैलाई उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार कार्य सम्पन्न भइसकेको प्रहरीले जनाएको छ।

छठ पर्व नजिकिँदै गर्दा माटो खन्ने क्रममा भएको यो दुर्घटनाले स्थानीयमा त्रास उत्पन्न गरेको छ।

प्रतिक्रिया
Share This Article