पचरौता नगरपालिकाले लङडा चौकमा नृत्य सहित धुमधामले मनाए होली मिलन सामारोह

दाश पन्न्नालाल
2 Min Read

 

 संवाहक

अनलाईन / राष्ट्रिय दैनिक

 २६ फाागुन, कलैया—

बारा क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य एवं पूर्व कृषि मन्त्री ज्वाला कुमारी साहले हिन्दु धर्मावलम्बीहरुले बडो हर्ष उल्लासका साथ मनाईदै आएका होली  पर्वलाई एकताको प्रतीकको रुपमा मनाउन सबैलाई आग्रह गरेकी छिन।

नेकपा एमाले पचरीता नगरकमिटी द्वारा आयोजित होलि मिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो बताईन। होलि पर्व रङ्गको पर्व रहेकोले रिस राग त्याग गरि आपसमा भाईचारा कायम गरि होलि पर्वको पहिचान बनाई राख्न आग्रह गरिन।

पचरौता नगरपालिकाको समृद्धी र विकासको लागि आफुले सधै तत्पर  रहेको बताईन । संघीय सरकारमा आफू कृषि मन्त्री केही समयको लागि रहेपनी बारा जिल्लाको कृषि क्षेत्र तर्फ बिकास गरेको दाबी गरिन ।

संविधान संविधान सभा सदस्य वलबिर चौधरीले होली पर्व रंगको पर्व मात्रै नभई सामाजिक सद्भाव र मिलनको पर्व भएको बताएका ।

सदियो देखेि बनाईदै आएको होली पर्वमा होलिका दहनले सत्यको जीत भएको खुशयालीमा पौराणिक काल देखि उत्साहपुर्व रंग अवीर दल्दै मान्दै आएको पर्वलाई सभ्यरुपमा मनाउन आग्रह गरेका हुन्।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारिले होलि पर्व सभ्य मर्यादित रुपमा मनाउन आग्रह गरेका छन।

होलि पर्वको नाममा अराजक गतिविधि अश्लील गित बजाएर फागु पर्वलाई विकृतिको र्सस्कृति बनाउनेलाई कडा कार्वाही गर्ने प्रजिअ अधिकारिले बताए ।

नगरप्रमुख जलन्धर सिंहले होलि पर्वलाई हर्ष उल्लासपुरॐवक पर्वको रुपमा मनाउन नगरबासीलाई होलीको शुभकामना दिदै यस्तो  आग्रह गरे।

होली मिलन समारोहमा नेकपा एमलाे जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, जिल्ला, नगर तहका नेता कार्यकर्ता लगायत उल्लेख्य  मानिसको सहभागिता रहेका थिए। सो अवसरमा होलि पर्वलाई उल्लासमय बनाउन नृत्य नांचगान प्रस्तुत गरिएको थियो

पचरौता नगरपालिका – ८ लङ्डा चौकमा आयोजित होलि मिलन कार्यक्रम नगर प्रमुख जैसवारको अध्यक्षतामा सम्पन्न भएको थियो।  । कार्यक्रमको संचालन प्रवक्ता  वडा नं – ५ का वडा अध्यक्ष लक्ष्मी यादवले गरेका थिए।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *