संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
१८ माघ , कलैया–— आज बारामा शिवशंकर मिश्राको अध्यक्षतामा १३ सदस्यीय श्रमजीवी पत्रकार संघ नेपाल गठन भएको छ ।
समितिको उपाध्यक्षमा नरेश गुप्ता, महिला उपाध्यक्षमा प्रीयन्का सराफ दुई जनालई चयन गरिएको जनाएको छ।
यसैगरि, सचिवमा चन्देश्वर चौरसिया, सहसचिव द्वयमा महेन्द्र सहनी, श्याम पासवान र कोषाध्यक्षमा बिशाल सराफ रहेका छन्।
यस्तै्, सदस्यहरुमा शर्मालाल बैठा, अनिल वर्मा, अजय बियोगी, बिनिता चौधरी, श्यामकुमार ठाकुर, रन्जन कुमार र कृष्णा कुशवाहालगायतका जिल्ला समिति चयन गरिएको हो।
नेपाल पत्रकार महासङ मधेस प्रदेशका सदस्य सन्जिवकुमार मिश्राको प्रमुख आतिथ्य, बृजमोहन कुशवाहाको विशेष आतिथ्य र मधेस प्रदेशका प्रेस युनियन संयोजक सत्यप्रसाद श्रेष्ठ को आतिथ्यमा सम्पन्न बैठकले कलैयामा शुक्रबार बसेको भेलाले समिति गठन गरेको हो ।