पुर्व मन्त्री तथा सांसद श्रेष्ठले महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई गरे सम्मान, पत्रकार महासंघको लागि अक्षयकोष स्थापन गर्ने

दाश पन्न्नालाल
2 Min Read

संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

५ पुस, बारा— बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले नेपाल पत्रकार महासंघ बारा शाखाकि लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । यसबाट पत्रकारिता क्षेत्रमा थोरै भएपनि टेवा मिल्ने उनले सो अवसरमा बताएका छन्।

मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासंघ बारामा निर्वाचित पदाधिकारी र सदस्यलाई शुक्रबार जीतपुरसिमरा ४ स्थित निजी निवासमा सम्मान गर्दै पूर्वमन्त्री श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।

सांसद श्रेष्ठले आफ्नो स्वर्गीय बुवा केवलबहादुर श्रेष्ठको स्मृतिमा उक्त एक लाखको अक्षयकोष स्थापना गर्न लागेका हुन् ।

अक्षयकोषबाट प्रत्येक वर्ष एक जना संचारकर्मीलाई पत्रकारिता पुरस्कार प्रदान गर्न समेत पुर्वमन्त्री श्रेष्ठले आग्रह गरेका छन् ।

यसअघि तनहुँमा समेत स्वर्गीय बुवाको नाममा एक लाखको अक्षय कोष स्थापना गरेका उनले सो अक्षयकोषबाट हालसम्म तनहुँमा तीन जना पत्रकार पुरस्कृत भईसकेका छन् ।

कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठले पत्रकार महासंघको पूर्वाधार निर्माण र पत्रकारको हकहितका लागि आफूले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

सो क्रममा श्रेष्ठले हालै सम्पन्न निर्वाचनबाट विभिन्न तहमा निर्वाचित पदाधिकारी, सदस्यलाई सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले सम्मानका लागि धन्यवाद व्यक्त गर्दै उक्त अक्षयकोषबाट प्रत्येक वर्ष पत्रकारलाई पुरस्कृत गर्ने जनाएका छन् ।

पत्रकार महासंघलाई व्यवस्थितरुपमा संचालन गर्नका लागि आफूले काम गरिरहेको समेत अध्यक्ष सुवेदीले बताए । पत्रकारको हकहित संचार माध्यम पत्रपत्रिका अनलाईन र एफएममा जाने सुचना विज्ञापनलाई ट्रयाकमा ल्याउने बताएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *