संवाहक
अनलाई/ राष्ट्रिय दैनिक
चन्द्रभुषण दास
१२ मसिर, बरियारपुर– बारा प्रहरीले सावा ३ लाख भन्दा बढीको समान चेक जाँचको क्रममा बरामद गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतक प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थाननमा गाडीहरूलाई रोकी चेेकजाँच गरेका थिए।
चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ३ लाख २७ हजार ४ सय ९७ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले आज साढे ९ बजेको समयमा कलैया उप महानगरपालिक – ५ घुसुकपुरमा भन्सार छली गरी ल्याउदै गरेको बच्चाले लगाउने टोपी २२ पिस, सानो पन्जा १ सय २० पिस, ठुलो पन्जा २२ जोडा ,मोजा २ सय १२ पिस गरी अ.मुल्य रु.४० हजार २ सय बराबरको नियन्त्रणमा लिईएको बताएको छ ।
यसैगरि, प्रहरी चौकी पथलैयाले गए राति अं.०१:४० बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका – १ पथलैया चोकमा जनकपुर बाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख ६४९० न.को बसमा लोड गरेको केस (कपाल) ८ बोरा अं. मुल्य रू. १८ हजार बराबरको बिल नभएको बरामद गरेको छ ।
त्यस्तै डेह्र बजेको समयमा बर्दिवासबाट चितवन तर्फ जादै गरेको प्र.०३-०२३ च ३२२६ नं. को पिकअप गाडीमा लोड गरेको खुद्रा समान अं.मुल्य रू. २ लाख ६९ हजार २ सय ९७ रुपैया बराबरको बिल नभएको बरामद आवश्यक सवै समान कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरील प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जनकाारी गराएका छन्।