१५ कार्तिक, कलैया। बारा प्रहरीको सक्रियताले घटनाको छैठो दिनमै अपराधी पता लगाई पक्राउ गर्न सफल भएको छ।
महागढीमाई समेरा तेगछियाका यादव हत्याकाण्डको बारा प्रहरीले एक हप्ता भित्रै आरोपित हत्यारालाई पक्राउ गरि आज घटनाबारे प्रस सम्मेलन मार्फत सार्बजनिक गरेको छ।
यादवको हत्यामा पश्चात घटनामा संलग्न आरोपितबारे विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान र छानविन गर्दै जादा मुख्य अभियुक्त सोही ठाँउका ६४ वर्षिय सोथाई चौधरी भन्ने सोथाई खाँ थारु रहेको पुष्टि भएको प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्।
महागढीमाई नगरपालिका वडा नं.१ सेमरा तेगछिया नयका टोल बस्ने अं.बर्ष ५५ को भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवलाई सेमरा तेगछिया सडक खण्डमा कार्तिक १० गते साँझ करिब साढे सात बजेको समयमा धारिलो हतियारले टाउको पछाडी गर्दनमा प्रहार गरी विभत्स हत्या भएको थिए।
सोही दिन थारूलाई उनकै घरबाट पक्राउ गरी अनुसन्धान गर्दा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा बिवादको कारणले निज मृतकको हत्या गरेको खुल्न आएको तथा हत्यामा प्रयोग गरेको धारिलो हतियार २.५ ईन्च चौडाई, १ फिट ७ ईन्च लम्बाई भएको फलामको खुकुरीसमेत घरको पछाडी झाडीमा लुकाई छिपाई राखेको अवस्बथाबाट १५ गते बरामद गरिएको प्रहरीले जनाएको छ।
थारुलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको सुचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।