मेयर यादवले गरे गढीमाईको दान पेटीको रकम सार्बजनिक, ५ जोडि चाँदीको आँखा सहित एक दान पेटीबाट ४ लाख भेटी संकलन

दाश पन्न्नालाल
3 Min Read

 १२ कार्तिक, गढीमाई।  गढीमाईको इतिहासमा पहिलो पटक महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र  प्रसाद यादवले गढीमाईको मन्दिरमा राखिएको दान पेटिकाको भेेटि संकलन रकमको गन्न लगाई सार्वजनिक गरेका छन्

गढिमाई पञ्चवर्षिय मेला लक्षित मन्दिर प्राङ्गणमा ४ वटा दान पेटी राखिएको छ। जसमध्ये आज एक दान पेटीको रकम गणना गर्न लगाएका हुन्।

महागढीमाई नगरपालिका बरियारपुरमा अवस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर विकास तथा संचालनको लागि भेेटी व्यवस्थित गर्न  रणनितिमा आज दर्शनार्थीबाट चढाइएका सो भेेटी रकम संकलनको सार्बजनिक भएको हो।

गढीमाई मन्दिर प्राङ्गणमा आश्विन १७ गते घटस्थापनाको दिनदेखि कार्तिक ११ गतेसम्म राखिएका ४ वटा दान पेटिका मध्ये मूल मन्दिरको एक दान पेटिकाबाट भेेटीको रकम गन्ति गरि सार्वजनिक गरेका छन्।

 दान पेटी मध्ये एक वटाबाट भएको दान रकम  ३ लाख ८७ हजार ४७४ रुपैयाँ नगद  सहित ५ जोडी गढीमाईको चाँदीको आँखा संकलन भएको जनाईएको छ।

गढीमाई दर्शनाार्थीबाट दिनहुँ दान गरिने रुपैया यसरी अब देखि  पार्दर्शी हुने भएको छ। यश अघि भेटी रकम पुजारीले मात्रै राख्ने गरेकोमा स्थानिय तह सक्रिय भएपछि लाखौ रकमको आंकलन एकिन भएको छ।

अबदेखि पुजारीले गढीमाईमा चढाईाएको दान रकम सिधै लिन पाईने छैन्। मन्दिर वयवस्थापन पुजाआजाको लागि १० वटा तलबीमाई पुजारिो नियुक्त गरिएको छ। अधििकृत सरह देखु सुब्बा र कजरिदार तहको बराबर तलब पाउने मुल पुजारी शिव चौधरीले जानकारी गराएका छन्।

चौधरीका पु्र्वज भगवान चौधरी मकवानपुर गढीको जेलबाट यहव स्थापना गरेका हुन्। सोही पालादेखि प्रतयेक पाँच वर्षमा मेला लाग्ने भााकल अनुसार बली चढााउने ईतिहास चल्दै आएको छ।

गढीमाईलाई श्रद्धाले अर्पण गरेका नगद तथा जिन्सी संकलन रकम नगरवासी लगायत सरोकारवालाको जानकारीको लागि पार्दशी गरािएको छ।

चार मध्ये बाँकी रहेका भेटी संकल्न दान पेटी मध्ये ३ को भोली  देखि करमशा: गन्ति हुँदै जाने नगरप्रमुख यादवले बताएका छन्।

दान स्वरुप प्राप्त भएको रकम मन्दिर विकास कोषमा जम्मा गरिने सोको खर्च मन्दिर विकास र पुजारी व्यव्सथापनमा खर्चिने  बताईएको छ।

गढीमाई मेलाको विधिवत असोज १७ घटस्थापना देखि  निकालिएको शोभायात्रासँगै शुरु भइसकेको छ। बिशौ लाख मानिस मेला भर्न आउने अनुमान छ। हजारौ पशुपंक्षीको वली चढाईाने परम्परा छ। गढीमाईलाई श्रद्धाापुर्वक मनोकमना पुर्तीको भाकल गरेका भक्तजनको कुम्भ नै देखिन्छ।

मेलामा मंसिर लागेदेखि चहलपहल बढने छ।  मसिर २३ देखि २५ गते विशेष पुजा गरि वलि चढाईानछ।हजारौ पाडा लाखौ बोका सुँगुर  परेवा हाँस मुर्गा लगायत पंक्षिको वली दिईने चलन छ।

यसपालीको मेलाको शान्ति सुरक्षालगायत सम्पुर्ण व्स्थापनको जिम्मेवारी नगरपालिकाले सम्भालेका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *