प्रहरीद्धारा २७ किलो लागू औषध गाँजा बरामद

५ कार्तिक, कलैया । बारा प्रहरीले आज बिहानै साढे नव बजेको समयमा सुवर्ण गाँउपालिकाको बकतौरा सरेहबाट लागु औषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय तथा अस्थाइ प्रहरी पोष्ट चरमोहनाबाट खटिएको संयुक्त प्रहरी टोलीले सुर्वण गाँउपालिका- ३ मा पर्ने बकतौरा नहरमा चेक जाँच गर्ने क्रममा सो गाँजा बरामद गरिएको हो।

महागढीमाई नगरपालिका -९ कञ्चनपुरबाट बकतौरा तर्फ चलाई आउदै गरेको अन टेष्ट( On Test) मोटरसाईकल प्रहरीलाई देखी फाली फरार भएको प्रहरीले जनाएको छ।

सो मोटरसाइकल पछाडी बान्धी राखेको बोरा खोली हेर्दा बोरा भित्र लुकाई छिपाई राखेको लागू औषध गाँजा २७ किलोग्रामको दुई पोका  बरामद गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईए छ।

साथै फरार भएको व्यक्तिको खोज तलास कार्य भई रहेको प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *