३ कार्तिक, कलैया । बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले सिम्रौनगढ नगरपालिका – ६ का अजित कुमार नुनिया भन्ने अजित कुमारलाई पक्राउ गरेको हो ।
गएको बैशाख ६ गते पचरौता नगरपालिका वडा नम्बर-४ बाट दुई सय ३० किलो गाँजा सहित रौतहटको फतुवा विजयपुर नगरपालिका-४ का चन्दन पासवानलाई नियन्त्रणमा लिएपछि नुनिया फरार थिए ।
उनलाई पासवानको बयानका आधारमा प्रहरीले अजितलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पासवान गाँजा बोक्ने भरिया थिए भने अजित गाँजा कारोबार गर्ने मुख्य साहु रहेको बताईएको छ।
हिजो पक्राउ परेका अजितलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारि प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी जानकारी गराएका छन्।।