साढे १५ लाख बराबरको समान प्रहरी नियन्त्रणमा

५ कार्तिक, कलैया ।  गए राती करिब साढे नव बजेको समयमा बारा  प्रहरीले  झण्डै साढे पन्द्र लाख बराबरको अबैध समान नितन्त्रणमा लिईएको जनाएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिक्षक त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुर सिमरा उप-महानगरपालिका – २१ अमलेखगंज चोकमा वीरगंजबाट चितवन तर्फ जादै गरेको ना २ क ६७६ नम्बरको मिनि ट्रकलाई रोकी चेकजाँच गर्दा सपोर्टिङ विल नभएको करिब .१५ लाख ४० हजार २ सय ८० रूपैया मुल्य बराबरको राजश्व छलीको समान नियन्त्रणमा लिएको हो।

उक्त  ट्रकमा लोड गरेको बदाम दाना, जिरा, मेथि, नारिवल र अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन्।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *